The following Nepali translation was commissioned and published by Rev. Arthur Bolstad (LCMS), under Creative Commons license, and provided to SALM for free distribution. Originally published in part 1 of इसाई शिक्षा, the Nepali translation of Christians Teach, which is a compilation of Creeds, Luther's Small Catechism, Large Catechism, and A Summary of the Christian Faith by Henry Jacobs. इसाई शिक्षा is now published globally by South Asia Lutheran Mission, 2022.
दश आज्ञाहरु
म बाहेक अरु कुनै देवी देउताहरु नमान्नु ।
आफ्नो निम्ती खोपेर कुनै किसिमको मुर्ति नबनाउनु ।
परमप्रभु आफ्नो परमेश्वरको नाउँ व्यर्थमा नलिनु।
शवाथ दिन पवित्र मान्नु ।
आफ्नो बुबा आमालाई आदर गर्नु कि जुन देश तिमीहरुलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरुको आयु लामो होस् ।
हत्या नगर्नु
व्यभिचार नगर्नु
चोरी नगर्नु ।
आफ्नो छिमेकीको बिरुद्धमा झुटो गवाही नदिनु ।
आफ्नो छिमेकीको कुनै पनि कुराको लालच नगर्नु ।
आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु । आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु ।
म परमप्रभु तिमीहरुका परमेश्वर, म डाह गर्ने परमेश्वर हुँ । मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरुका सन्तानहरुलाई तेश्रो र चौथो पुस्तासम्म दिनेछु । तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरु पालन गर्नेहरुका हजारौं पुस्तामाथी म कृपा गर्ने छु।
