इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय ३ त्रिएक (Chapter 3 – The Trinity)
१. परमेश्वरको कुन चाहिँ ज्ञान इसाईत्वमा बिचित्रका छ ?
फरक चाहिँ त्यहाँ एउटा परमेश्वर हुनुहुन्छ । एक परमेश्वर चाहिँ पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ।
२. के यो सिद्धान्त चाहिँ प्राकृतिक प्रकाशद्वारा सिकाईएको छैन ?
न त यो प्राकृतिक प्रकाशद्वारा सिकाईएको छ । न त यो यसको श्रोतहरुद्वारा नै प्रदर्शन गर्न सकिन्छ । जवकी तथ्य चाहिँ पवित्र धर्मशाश्बाट नै परिचित हुन्छ । यो चाहिँ शुद्ध सिद्धान्त हो, मिसावट भएको सिद्धान्त होईन ।
३. के गैह्र इसाईहरुले तीन वा परमेश्वरमा भएको त्रिएकत्वको बारेमा सिकाउँदैनन् ?
अँ, बिशेषगरि हिन्दुत्व र प्राचिन इजिप्सीयन हरुको धर्मले सिकाउँछन् तर यो सिद्धान्त चाहिँ त्रिएकत्व भन्दा बिलकुलै फरक छ अनि इश्वर सर्वव्यापी हुनुहुन्छ भन्ने मत मान्ने र एकभन्दा बढि इश्वर छन् भनी मान्नेहरुको बाहिर छैनन् ।
४. के यो पुरानो करारमा सिकाईएको छैन ?
पुरानो करारमा यसलाई संकेत गरिएको छ तर व्यक्त गरेर सिकाईएको छैन । जब यो सिद्धान्तलाई नयाँ करारबाट सिकिन्छ यो चाहिँ पुरानो करारको निशानमा हेर्न सकिन्छ।
५. त्रिएक भन्नेशब्दलाई सबैभन्दा पहिले कसले प्रयोगमा ल्याए ?
टटुंलियनले De Pudicitia को पाठ २१ मा
६. तर कुन धर्मशाश्त्रभन्दा बाहिरको कुराहरु प्रयोग गर्न सक्छन् ?
यसलाई एक शब्दमा व्यक्त गर्नुपर्दा त्यो पवित्र धर्मशाश्त्र चाहिँ धेरै शब्दमा अपन अनगिन्ति बाक्यहरुमा सिकाईएको छ।
७. के यो सिद्धान्त शुद सैद्धान्तिक वा परिकल्पनामा आधारित छैन ?
कुनै पनि हालतमा छैन । यो एकदमै व्यवहारिक हो । यसको बिषयमा भएको बिबादिन ज्वलन्त कुराहरु चाहिँ येशू ख्रीष्टको प्रकृतिको सन्दर्भ हो । अनि पितालाई प्रकट गर्ने कुराको सत्यतालाई उहाँले घोषणा गर्नुभएको कुरा यसमा छ । अनि मानिसलाई क्षमा दिने उहाँको कामको कार्यक्षमता यसमा छ ।
८. कुन तीनवटा नाममा त्रिएकको सिद्धान्त रहन्छ ?
यी कुराहरुमा,
क. त्रिएक हुनुहुन्छ तर एक परमेश्वर हुनुहुन्छ ।
ख. त्यहाँ तीनजना हुनुहुन्छ जसले परमेश्वर घोषणा गर्नुहुन्छ ।
ग. तीन जनाको भिन्नता चाहिँ केवल अभिव्यक्ति होईन तर यो सत्य र व्यक्तिगत हो ।
९. एकतालाई कुनै बस्तुको सोचाईमा लगाउँदा यसको अर्थ के हुन्छ ?
या त यो बस्तु आफैमा अविभाजित छ । (सकारात्मक रुपमा) नत यसमा अरु कुनै बस्तु नभएको नै छ । (बिशेष रुपमा)
१०. यसलाई परमेश्वरमा प्रयोग गर्नुहोस् ।
उहाँ एक हुनुहुन्छ अनि त्यो एक चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ ।
११. बाइवलीय प्रमाण दिनुहोस् ।
१ तिमोथी २:५ किनकी परमेश्वर एउटै हुनुहुन्छ ।
गलाती ३:२० तर परमेश्वर एउटै हुनुहुन्छ ।
व्यवस्था ६:४ हे इस्रायल सुन परमप्रभु हाम्रा परमेश्वर एउछ परमप्रभु हुनुहुन्छ ।
प्रस्थान २०:३ म बाहेक अरु कुनै देवतादेवीहरु नमान्नु ।
यशैया ४३:१० म भन्दा अघि कोहि इश्वर नै बनिएको थिएन न ता म पछि कोहि हुनेछ।
१२. के परमेश्वरको वास्तविक अवधारणामा एकतालाई अर्थ लगाईएको छैन ?
एक भन्दा बढि सर्वोच्च व्यक्ति हुन सक्दैन । यसकारणले गर्दा अधर्मीहरुको बीचमा इश्वरको बहुमतको बिषयमा सिकाईएको छ । मन चाहिँ अपरिहार्य रुपमा सर्वोच्चमा परिवर्तन हुन्छ । अनि बाकी चाहिँ त्यसको सहायताको रुपमा रहन्छन् ।
१३. हामीले त्यहाँ तीन जना परमेश्वर हुनुहुन्छ भन्दै गर्दा के यो एकताको कुरा विवादिन हुँदैन र ?
यो कुरा बिवादास्पद हुनुपर्छ । जतिबेला हामीले तीनै परमेश्वरलाई एउटै रुपले हेछौँ कि तिनीहरु एक हुन् । यदि उहाँ तीनै जना परमेश्वर हुनुहुन्छ अनि त्यहाँ एक परमेश्वर हुनुहुन्छ भने यसले एक परमेश्वरको तीनवटा पृथकीकरण भन्ने देखाउँछ । त्यहाँ तीनवटा परमेश्वर हुन सक्नु हुन्न ।
१४. त्यहाँ तीन जना हुनुहुन्छ जो परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई के आधारले पक्रन सक्छ ?
पहिलो आधार चाहिँ पिता पुज्ञ र पवित्र आत्माले अलग अगल प्रकारले परमेश्वर हुने प्रमाण दिन सक्नु हुन्छ।
१५. कसरी ?
किनकी यिनीहरु प्रत्येकलाई छुट्टाछुट्टै प्रकारले समर्पित गरिन्छ ।
क. इश्वरीय नाम ख. इश्वरीय स्वभाव ग. इश्वरीय काम घ. इश्वरीय आराधना
१६. यी चारवटा तर्कहरुलाई पितामा प्रयोग गर्नुहोस् ।
पिताको सन्दर्भमा भएको यस तर्क चाहिँ पराजित गरिएको छ कि परमेश्वरको अस्तित्वलाई बिश्वास गर्नेहरुको बिरुद्धमा यो हुँदैन । यो तिनीहरुसँग बिबादिन छ जसले पुत्र र पवित्र आत्माको बिचमा भएको तर्कलाई इन्कार गर्छन् । तथापी, प्रक्रियालाई पुर्ण बनाउनको लागि यसलाई सारांशमा भनिएको छ।
पितालाई इश्वरीय बनाईएको छ ।
क. नामहरु
१ कोरिन्थी ८:६ तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ । जसबाट सबै थोक हुन आए । अनि जसकै निम्ति हामी जीउदछौँ । हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए र जसद्वारा हामी जिउँदछौँ ।
१ कोरिन्थी १:३ परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरुलाई अनुग्रह र शान्ति ।
गलाती १:३ परमेश्वर पिता र हाम्रो प्रभु येशू ख्रीष्टबाट तिमीहरुलाई अनुग्रह र शान्ति ।
ख. स्वभावहरु
सर्वव्यापी : मत्ती ११:२५ हे पिता स्वर्ग र पृथ्वीका प्रभु म तपाईमा धन्यवाद चढाउँछु । मर्कुस १४:३४ हे पिता तपाईमा सबै कुरा सम्भब छ।
अनन्तता : यशैया ९.६ शक्तिशाली परमेश्वर, अनन्तका पिता ।
पवित्रता : युहन्नचा १७:११ पवित्र पिता तपाईले मलाई दिनुभएको तपाईको नाउँमा तिनीहरुलाई सुरक्षित राख्नुहोस् ।
असलपना : तितस ३:५ तर उहाँको आफ्नै कृपा अनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नविकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो ।
दया : १ पत्रुस १:३ परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुहुन्छ । उहाँको महान कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जिवीत आशाको निम्ति हामी नयाँ गरि जन्मेका छौँ ।
महिमा : युहन्ना १७:३ अव अनन्त जीवन यहि हो कि तिनीहरुले तपाई एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईले पठाउनुभएको येशू ख्रीष्टलाई चिनुन् ।
ग. कामहरु :
यहाँ माथिका कुरालाई प्रमाणित गर्नको लागि १ पत्रुस् १:३ मा व्यक्त गरिएका कुराहरु नै पर्याप्त छ अर्थात् मुत्युबाट पुनर्जीवन पाएको र पुनरुत्थान भएको भन्ने कुरा र १ कोरिन्थी ८:६ अर्थात् सृष्टि र सुरक्षा।
घ. आराधना
युहन्ना ४:२३ तर बेला आईरहेछ र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरुले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । किनकी आराधना गर्ने यस्तै आराधकहरुलाई नै पिताले खोज्नुहुन्छ।
फिलिप्पी २:११ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनि स्वीकार गर्नु पर्छ।
युहन्ना १६:२३ तिमीहरुले मेरो नाउँमा पितासँग जे माग्छौ ।
प्रकाश १:६ उहाँका पिता र परमेश्वरका पुजाहारी तुल्याउनुहुने ।
१७. यहि तर्क पुत्रको सन्दर्भमा प्रयोग र्गा पहिलो हरफमा लेखिएको परमेश्वरको नाउँ चाहिँ पुत्रलाई समर्पण गरिएको हो ?
युहन्ना १:१ अनि बचन परमेश्वर हुनुहुन्थ्यो । पद १४ पनि हेर्नुहोस् ।
रोमी ९:५ ख्रीष्ट पनि शरीर अनुसार तिनीहरुकै बशंका हुनुहुन्छ ।
हिब्रु १:८ तर पुत्रको बिषयमा चाहिँ उहाँ भन्नु हुन्छ, हे परमेश्वर तपाईको सिहाँसन सदा सर्वदाको निम्ति रहिरहन्छ ।
युहन्ना २०:२८ थोमाले उहाँलाई भने, मेरा प्रभु मेरा परमेश्वर ।
१ युहन्ना ५:२० हामी उहाँमा छौँ अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा । उहाँ नै साचों परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
तितस २:१३ र हाम्रो धन्यको आशा, हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्ट का महिमाको आगमनको हामी प्रतिक्षा गर्दछौँ ।
१८. कसरी येशू ख्रीष्टलाई यसको अगाडी निश्चय गर्न इश्वरीय नाम दिन्छ ?
पुरानो करारमा भएका कुराहरुलाई नयाँ करारमा भएका अरु वाक्यहरुमा तुलना गरेर ।
क. यसरी यशैया ६:१ मा भएको इश्वरको दर्शन चाहिँ युहन्ना १२:४१ मा व्याख्या गरिएको छ । यशैयाले यी कुरा भने किनकी तिनले उहाँको महिमा देखे र उहाँको बिषयमा भने । तथापी धेरै शासकहरुले उहाँमा बिश्वास गरे जो येशू हुनुहुन्छ ।
ख. भजन १०२:२५-२७ मा भएको परमेश्वरको अमरत्वको सर्वोत्तम बर्णन चाहिँ हिब्रु १:८,१०,१२ मा उल्लेख गरिउको छ । तर पुत्रको बिषयमा चाहिँ उहाँ भन्नुहुन्छ । आदिकालमा तपाईले पृथ्वीको जग बसाल्नुभयो । आदी ।
ग. यशैया ७:१४ हेर कन्या गर्भबती हुनेछ र त्यसले एउटा छोरा जन्माउने छ र उसको नाउँ इम्मानुयल राखिने छ । भन्ने कुरा चाहिँ मत्ती १:२१ मा उद्धत गरिएको छ । र तिमीले उहाँको नाउँ येशू राख्ने छौ, किनभने उहाँले आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट बचाउनुहुनेछ।
घ. यशैया ४०:३ कसैले बोलाईरहेको एउटा आवाज सुनिन्छ । मरुभुमिमा परमप्रभुको निम्ति मार्ग तयार गर । चाहिँ युहन्ना १:२३ मा बप्तिष्मा दिने युहन्नाको येशूसँगको सम्बन्धको सन्दर्भमा व्याख्या गरिएको छ।
१९. परमेश्वरको कुन चाहिँ स्वभाव पुत्रमा दिईएको छ ?
उहाँ अनन्त हुनुहुन्छ : कलस्सी १:१७ उहाँ नै सबै कुराभन्दा अगाडी हुनुहुन्छ, र उहाँमा नै सबै कुरा बाधिएर रहेका छन् । युहन्ना १:२ उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो । प्रकाश १:८ अल्फा र ओमेगा म नै हुँ । सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ ।
उहाँ अपरिवर्तनीय हुनुहुन्छ : हिब्रु १:१२ खास्टो झैँ तपाईले तिनीहरुलाई लपेटनुहुन्छ । बस्त्र झैँ ती फेरिनेछन् । तर तपाई एकैनास हुनुहुन्छ र तपाईका बर्षहरुको अन्त कहिल्यै हुनेछैन । हिब्रु १३:८ येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ । २ कोरिन्थी १:१९ परमेश्वरका पुत्र येशू ख्रीष्ट हो र होईन हुनुहुन्नथ्यो । तर उहाँमा सधै हो मात्र छ ।
उहाँ सर्वव्यापी हुनुहुन्छ : मत्ती २८:२० हेर म युगको अन्त्यसम्मै तिमीहरुको साथमा छु । मत्ती १८:२० किनकी जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन् त्यहाँ म तिनीहरुको माभमा हुनेछु । एफिसी १:२३ र उहाँले नै सबै थोक परिपुर्ण पार्नु हुन्छ।
उहाँ सर्बज्ञानी हुनुहुन्छ : युहन्ना :२:२५ उहाँलाई मानिसको बिषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकी मानिसको हृदयमा के हुन्छ, सो उहाँ स्वयम् जान्नुहुन्थ्यो । युहन्ना १:४८ फिलिपले तिमीलाई बोलाउन अघि अञ्जीरको रुखमुनि मैले तिमीलाई देखेको थिएँ । प्रकाश २:१८, २३ यसरी परमेश्वरको पुत्र भन्नुहुन्छ कि म उहि हुँ जसले सबैका मन र हृदयको जाँच गर्छ । युहन्ना २१:१७ प्रभु तपाई सब कुरा जान्नुहुन्छ म तपाईलाई माया गर्छ भनि तपाईलाई थाहा छ।
उहाँ सर्वशक्तिमान हुनुहुन्छ : मत्ती २८:१८ स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिईएको छ । प्रकाश १:१८ मृत्यु र पातालका साँचाहरु मसित छन् । फिलिप्पी ३:२१ उहाँले जुन शक्तिद्वारा सबै कुराहरुलाई उहाँको अधिनमा ल्याउन सक्नुहुन्छ । हिब्रु १:३ सम्पुर्ण बिश्वलाई आफ्नो शक्तिको बचले सम्भाल्नुहुन्छ । कलस्सी १:१७ उहाँ नै सबै कुराभन्दा अगाडी हुनुहुन्छ र उहाँमा नै सबै कुरम बाधिएर रहेका छन्।
उहाँ जीवन हुनुहुन्छ : युहन्ना १४:६ बाटो, सत्य र जीवन म नै हुँ । युहन्ना ११:२५ पुनरुत्थान र जीवन म नै हुँ । युहन्ना ५:२१ त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ त्यसलाई जवन दिँदछ।
२०. परमेश्वरलाई पुत्रमा रहनको लागि के कामले खास बनाएको छ ?
क. सृष्टि : युहन्ना १:३ कलस्सी १:१६, हिब्रु १:१० (माथिका पदहरु हेर्नुहोस्)
ख. सुरक्षा : कलस्सी १:१७, हिब्रु १:३ (माथिका पदहरु हेर्नुहोस् ।)
ग. पाप क्षमा : मर्केस २:७, १० अनि बचाउनुहुने मत्ती १:२१
घ. मुत्युको पुनरुत्थान : २ कोरिन्थी १:९ मृतकहरुलाई जीवन दिई उठाउनुहुने परमेश्वरमाथि हामी भर परौं । युहन्ना ६:३९ र मलाई पठाउनुहुनेको इच्छा यो हो की उहाँले मलाई दिनुभएका हरु मध्ये कसैलाई पनि म नगुमाउँ तर तिनीहरुलाई अन्त्यको दिनमा जिवित पारूँ।
ङ. संसारको न्याय : युहन्ना ५:२२,२३ किनकी पिताले कसैको न्याय गर्नुहुन्न तर सबै न्याय गर्ने काम पुत्रलाई दिनुभएको छ । ताकि सबैले पुत्रको आदर गरुन् जसरी तिनीहरुले पिताको आदर गर्छन् ।
२१. कस्तो आराधना पुत्रको लागि दावी गर्नुहुन्छ ?
क. पितासँगको बराबरको आदर । (युहन्ना ५:२३ हेर्नुहोस् ।)
ख. पिताको नाउँमा बप्तिष्मा लिएको जस्तै पुत्रको नाउँमा पनि बप्तिष्मा लिनु । (मत्ती २८:१९)
ग. हामीलाई पितालाई प्रेम गरेको जस्तै बिश्वास पुत्रलाई पनि गर्नलाई आज्ञा गरिएको छ । युहन्ना १४:१ तिमीहरु परमेश्वरमाथि बिश्वास गर्दछौ, म माथि पनि बिश्वास गर ।
घ. उहाँलाई धार्मिक प्रकारले आदर गरिनुपर्छ । फिलिप्पी २:१० कि स्वर्गमा पृथ्वीमाथि पृथ्वीमुनि भएका हरेक प्राणीले येशूको नाउँमा घुडा टेक्नुपर्छ । प्रकाश ५:१२-१४ तिनीहरु चर्को स्वरले यसो भनिरहेका थिए । मारिएको थुमा सामर्थ, बैभव, बुद्धि, शक्ति, सम्मान, महिमा र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ । अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि, समुद्र र त्यहाँ भएको हरेक प्राणीले यसो भनिरहेको मैले सुनें । सिहाँसनमा बिराजमान हुनुहुनेलाई र थुमालाई स्तुति, सम्मान, महिमा र सामर्थ सदासर्वदा होस् । त ती चारै जिवीत प्राणीले भने, आमेन । अनि ती धर्मगुरु हरुले घोप्टो परमेर दण्डवत् गरे।
२२. के पुत्र चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने तर्कलाई प्रमाणित गर्नको लागि कस्तो खालको आराधनाको समर्पणतालाई विशेष प्रकारले जोड दिनु पर्छ ?
परमेश्वरले आफुलाई डाही परमेश्वरको रुपमा प्रकट गर्नु भयो अनि उहाँको आदर कसैलाई पनि दिनुभएन भन्ने तथ्य लाई बिशेष जोड दिनुपर्छ ।
यशैया ४२:८ म परमप्रभु हुँ मेरो नाउँ त्यहि हो । मेरो महिमा म अरुलाई दिनेछैन । त्यस्तै प्रस्थान २०३,५ पनि हेर्नुहोस् ।
२३. सबैभन्दा उत्तम सृष्टिले आराधनालाई कहाँ प्रमाणित गरेको छ ?
जब युहन्नाले स्वर्गदुतलाई आराधना गर्ने योजना बनाए उनले यी बचनहरु सुने ।
प्रकाश २२:९ तर तिनले मलाई भने हेर तिमीले यसो गर्नु हुँदैन म त तिम्रो र अगमवाणी बोल्ने तिम्रो भाईहरु र यस पुस्कका बचन पालन गर्नेहरुका सङ्गी दास मात्र हुँ । परमेश्वरलाई दण्डवत् गर ।
२४. परमेश्वरको नामलाई पवित्र आत्मामा कहाँ समर्पित गरिएको छ ।
प्रेरित ५:३,४ पवित्र आत्मासँग भट बोल्ने कुरा शैतानले तिम्रो मनमा कसरी भरिदियो ? … तिमीले मानिसहरुलाई त होईन तर परमेश्वरलाई नै ढाटेका छौ ।
१ कोरिन्थी ३:१६ के तिमीलाई थाहा छैन तिमीहरु परमेश्वरका मन्दिर हौ र परमेश्वरका आत्मा तिमीहरुमा बास गर्नुहुन्छ ?
१ कोरिन्थी १२:४-६ बरदानहरु बिभिन्न किसिमका छन् तर पवि आत्मा एउटै हुनुहुन्छ । सेवाहरु धेरै थरिका हुन्छन् तर प्रभु एउटै हुनुहुन्छ । कामहरु धेरै किसिमका छन् तर उनै परमेश्वरले हरेकलाई ति काम गर्ने प्रेरणा दिनुहुन्छ ।
२ शमुएल २३:३ इस्रायलका परमेश्वर बोल्नुभयो । पद ३ मा अनुवाद गरिएको छ । इस्रायलका चट्टानले मलाई भन्नुभयो ।
२५. परमेश्वरको कुनचाहिँ स्वभाव उहाँमा दिईएको छ ?
अनन्तता : हिब्रु ९:१४ किनकी उहाँले अनन्त आत्माद्वारा आफैलाई निस्खोट बलिको रुपमा परमेश्वरलाई अर्पण गर्नु भयो । यसैले पुरानो करारमा अनन्तको कुरालाई व्याख्या गर्ने साधारण स्वरुपको आधारमा व्याख्या गरिएको छ । जसले सृष्टिलाई अगाडी लैजान्छ । भजन ९०:२ आत्मा चाहिँ यशैया ४०:१३ मा उल्लेख गरिएको छ, कसले परमप्रभुको मन बुझको छ ? अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ ?
सर्वव्यापी : भजन १३९:७ तपाईका आत्माबाट म कहाँ अलग जान सक्छु ? अथवा तपाईको उपस्थितिबाट म कहाँ भाग्न सक्छ ?
सर्वज्ञानी : १ कोरिन्थी २:१० पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ । परमेश्वरका गहिरा गहिरा कुराहरु पनि खोजी गर्नुहुन्छ ।
२६. परमेश्वरका कस्ता कामहरु पवित्र आत्मालाई समर्पित गरिएको छ ?
क. शक्तिको काम : उत्पत्ती १:२, भजन ३३:६ उहाकै मुखको सासले त्यहाँका ग्रह नक्षत्रहरु निर्माण भए । भजन १०४:३० तपाईले आफ्ना आत्मा पठाउनु हुँदा तिनीहरुको सृष्टि हुन्छ । येशूको धारणा । लुका १:३५ दुष्ट आत्मा निकाल्नुहुनेछ । मत्ती १२:२८ येशूको ख्रीष्टको रुपमा अभिषेक । प्रेरित १०:३८
ख. अनुग्रहको काम : मानिसलाई मुक्ति दिन र छुटकारा दिनको लागि सबै कुरालाई उहाँको अधिनमा राख्ने कामको रुपमा ।
ग. न्यायको काम : मृतकलाए उच्च स्थानमा उठाउनु । रोमी ८:११ तर यदि येशूलाई मरेकाहरुबाट जिवित पार्नुहुनेका आत्मा तिमीहरुमा वास गर्नुहुन्छ भने ख्रीष्ट येशूलाई मरेकाबाट जिवित पार्नुहुनेले नै तिमीहरुमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरुका मरणशील शरीरलाई पनि जिवन दिनुहुनेछ ।
२७. इश्वरीय आधारमा उहाँलाई कहाँ सम्बोधन गरिएको छ ?
क. मत्ती २८:१९ अनुसार बप्तिष्मा चाहिँ उहाँको नाउँमा प्रबन्ध गर्नुपर्छ ।
ख. १ कोरिन्थी ६:१९ मा, विश्वासीको हृदयलाई पवित्र आत्माको मन्दिर भनिएको छ।
ग. उहाँ पिता र पुत्रको प्रेरितीय आशिषमा जोडिनुभएको छ । (२ कोरिन्थी १३:१३)
२८. पुरानो करार र नयाँ करारका खण्डहरुलाई तुलना गरेर कसरी पवित्र आत्मा परमेश्वर हुनुहुन्छ भन्ने तथ्य लाई प्रमाणित गर्न सक्नु हुन्छ ?
पुरानो करारमा जे कुरालाई परमेश्वर भनिएको छ त्याहि कुरालाई नयाँ करारमा पवित्र आत्मा भनिएको छ । यसरी यशैया ६:८-१० मा परमेश्वरबाट बोलिएको बचन प्रेरित २८:२५ मा यशैयाद्वारा पवित्र आत्माबाट बोलिएको छ । यशैया १:२१, इजकियल १:३, यर्मिया १:२, होसे १:१ आदी खण्डहरुमा परमेश्वरले अगमबाक्ताहरु मार्फत बोल्नको लागि घोषणा गर्नुभएको कुराहरु पछि २ पत्रुस १:२१ मा उल्था गरिएको छ । जहाा परमेश्वरको मानिसहरु पवि आत्माको अगुवाईअनुसार बोल्नको लागि भनिएको मानिन्छ अनि १ पत्रुस १:११ ले भन्छ, तिनीहरु भित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरु र त्यपछि आउने महिमाको भविश्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरुले खोजी गरेका थिए।
२९. पवित्र आत्माको इश्वरत्वलाई आक्रमण गर्नको लागि सबैभन्दा मुख्य कुरा के हुन्छ ?
माथिको तर्कको सहायता चाहिँ निश्चयताबाट भेटिन्छ कि पवित्र आत्मा पिताबाट अलग हुनहुन्न तर उहाँको आत्मा जुन चाहिँ उहाँको कुशलता, इच्छा र शक्ति हो ।
यसलाई तल बिस्तृतमा भनिएको छ। (प्रश्न नं. ३२)
३०. कुन चाहिँ दोश्रो श्रेणीको तर्क त्रिएकत्वको सिद्धान्तबाट प्रमाणित हुन सक्छ ?
ती धर्मशाश्त्रका खण्डहरुबाट जसमा पिता पुत्र र पवित्र आत्मा तिनै जना एक समान हुनुहुन्छ।
क. ख्रिष्टको महिमामा भएको प्रकटिकरण । (मत्ती ३:१६-१७) जहाँ येशूले बप्तिष्मा लिनुहुन्छ, पवित्र आत्मा ढुकुरको रुपमा देखा पर्नुहुन्छ अनि स्वर्गबाट पिताले बोल्नुहुन्छ ।
ख. बप्तिष्माको शुत्र, मत्ती २८:१९ यसकारण जाओ र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिष्मा देओ।
ग. प्रेरितीय आशिर्वाद, २ कोरिन्थी १३:१४ प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको संगति तिमीहरु सबैसँग रहोस् ।
घ. ख्रीष्टका प्रतिज्ञाहरु, युहन्ना १४:१६ र म पितासँग बिन्ति गर्नेछु र उहाँले तिमीहरुलाई अर्को सल्लाहकार दिनुहुनेछ । युहन्ना १५:२६ जव सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरुकहाँ पठाईदिनेछु अर्थात् सत्यका आत्मा जो पिताबाट आउनुहुन्छ । उहाँले नै मेरो बिषयमा गवाही दिनुहुनेछ ।
ङ. प्रेरित पावलको जस्तै शुत्र, १ कोरिन्थी १२:४-६ (माथिको प्रश्न नं. २४ हेर्नुहोस्) एफिसी ४:४-६
३१. तर के पिता पुत्र र पवित्र आत्मालाई परमेश्वरको प्रकटिकरणको फरक स्वरुपमा हेर्न सकिंदैन ?
सकिँदैन, किनभने पिता र पुत्र चाहिँ स्पष्ट रुपमा अरु भन्दा अलग हुनुहुन्छ । (युहन्ना ५:३२,३७ मेरो बिषयमा गवाही दिने अर्कै हुनुहुन्छ । ….. मलाई पठाउनुहुने पिता आफैले मेरो बिषयमा गवाही दिनुभएको छ । पिताले पुत्रको बारेमा बोल्नुहुन्छ अनि पुत्रले पिताको बारेमा बोल्नुहुन्छ । पिताले पुत्रलाई सम्बोधन गर्नु हुन्छ र पुत्रले पितालाई सम्बोधन गर्नु हुन्छ । अनि पितामा प्रार्थना गर्नु हुन्छ । आत्मा चाहिँ होसियारीसाथ अनि स्थीर रुपमा पिता र पुत्र दुबैभन्दा फरक हुनहुन्छ । यी कुराहरु पुरै नयाँ करारबाट प्रकट हुन्छ अनि बिशेष गरि युहन्नाको पुस्तक १४ देखि १७ अध्यायबाट प्रकट हुन्छ।
३२. प्रश्न नं. २९ मा दिईएको प्रस्तावित व्याख्या कि पवित्र आत्मा एक साधारण प्रकारको शक्ति र बल हुनुहुन्छ भन्ने कुरालाई कसरी जवाफ दिनुहुन्छ ?
एउटा नाम जसद्वारा उहाँ बप्तिष्माको शुत्र र प्रेरितीय आर्शिवादमा व्यक्तिगत रुपमा प्रकट हुनुभएको छ । उहाँहरुले परमेश्वरको शक्तिलाई व्यक्तिगत बनाउन सक्नुहुन्न । व्यक्तिगत कामहरुले उहाँलाई देखाउँछ । उहाले मण्डलीलाई सिकाउनु हुन्छ । प्रार्थना गर्नुहुन्छ, बोल्नुहुन्छ अनि शासन गर्नुहुन्छ । ख्रीष्टको बप्तिष्मामा र पेन्तिकोसको दिनमा भएको घटनामा व्यत्तिःगत प्रकाश देखिन्छ । व्यक्तिगत घटनाहरु उल्लेख गरिन्छ । जस्तै उहाँलाई निन्दा गरिनेछ । (मत्ती १२:३१) उहाँ परिक्षित हुनहुन्छ । (प्रेरित ५:९) बिश्वासीको हृदयमा बस्नुहुन्छ । (१कोरिन्थी ३:१६) बिरोध गरिन्छ । (प्रेरित ७:५१) शोकित हुनुहुन्छ । (एफिसी ४:३०) पिता पुत्र र पवित्र आत्माको फरक चाहिँ स्वरुप सम्बन्धी हुन सक्दैन तर व्यत्तिःगन हुनु सक्छन्।
३३. यी तर्कहरुबाट हामी कुन नतिजामा पुग्न सक्छौ ?
प्रश्न नं. ८ मा तय गरिएको तीन वटा नामको संस्थापन गर्न सक्छौ ।
३४. मण्डलीले यो सिद्धान्तलाई कसरी सिकाउँछन् ?
अथानेसियनको विश्वासको सारमा यसलाई यसरी लेखिएको छ हामीले त्रिएक परमेश्वरमा र एकतामा त्रिएकत्व भएको एउटै परमेश्वरको आराधना गर्छौँ । न त उहाँ भ्रमित पार्ने व्यक्ति हुनुहुन्छ न त बिभाजन ल्याउने वस्तु नै हुनुहुन्छ । किनभने त्यहाँ पिताको एक व्यक्तित्व छ, पुत्रको अर्को व्यक्तित्व छ अनि पवित्र आत्माको अर्को व्यक्तित्व छ । तर उहाँ पिताको, पुत्रको र पवित्र आत्माको सबैलागि एक हुनुहुनछ । उहाँकोहरु समान महिमा छ, सर्वोच्चता एक समान छ । यस्तो पिता हुनुहुन्छ त्यसै पुत्र पनि हुनुहुन्छ र त्यस्तै पवित्र आत्मा पनि हुनुहुन्छ
पिता परमेश्वर हुनुहुन्छ, पुत्र परमेश्वर हुनुहुन्छ, अनि पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । अनि अझ त्यहाँ तीन परमेश्वर हुनहुन्छ तर एकमात्र परमेश्वर हुनुहुन्छ
अनि अस्वर्गको स्वीकारोक्तिमा, त्यहाँ एक इश्वरीय सार छ जुन चाहिँ बोलाईएको छ अनि परमेश्वर हुनहुन्छ … अनि अझ त्यहाँ एउटै सार र शक्तिमा ३ वटा व्यत्ति: हुनुहुन्छ । जो सँगै अनन्त पिता, पुत्र र अवित्र आत्मा सँगै हुनुहुन्छ ।
३५. यसले बस्तु भनेर बोल्दा अथानेसियनको बिश्वासको सार र सार भनेर बोल्दा अस्वर्गको स्वीकारोक्ति भनेर बोल्दा परमेश्वरको अर्थ के हुन्छ ?
त्यसको अर्थ यो हुन्छ जसले परमेश्वरलाई परमेश्वर नै बनाउछ अनि एउटा बिशाल व्यक्तित्व बनाउछ कि उहाँको सबै सिद्धता र स्वभावहरु व्यक्त हुन्छन् ।
३६. सार भन्ने कुरा कसरी ३ व्यक्तित्वमा साझा हुन्छ ?
यसरी तिनीहरुमा बिभाजन हुँदैन वा हरेकले आफ्नो आफ्नो भाग लिँदैन । किनकी त्यसो गर्दा परमेश्वरको एकता र सरलतामा बिबाद आउन सक्छ । तर हरेक व्यक्तित्वमा सम्पुर्ण इश्वरीय सार रहेको हुन्छ । पिता कहिल्यै पनि पुत्र र पवित्र आत्मा बिना रहन सक्नुहुन्न । एउटै सार सबै व्यामा सामुहिक रुपमा र व्यक्तिगत रुपमा हुन सक्नुहुन्छ । त्यहाँ तीन परमेश्वर हुनुहुन्छ तथापी तीन वटा छुट्टाछुट्टै परमेश्वर होईन ।
३७. व्यक्ति भन्नाले के बुझिन्छ ?
अरुमा भएको भाग वा गुण होईन तर त्यहाँ त्यो सहि प्रकारले आस्तित्वमा आएको छ । (अस्वर्गको स्वीकारोक्ति) पिता, पुत्र र पवित्र आत्मा चाहिँ मिश्रीत प्रकृतिको मानिसको आत्मा जस्तो परमेश्वरको छुट्टै भाग होईन । न त तिनीहरु परमेश्वरको गुणस्तर वा स्वभाव नै होस् । जस्तो परमेश्वरको प्रेम, परमेश्वर प्रेमिलो हुनुहुन्छ । परमेश्वर सर्वज्ञानी हुनुहुन्छ र सबै कुरा जान्नु हुन्छ । ततर तिनीहरु सहि प्रकारले लागु भएका छन् त्यो चाहिँ तिनीहरुमा फरक र स्वतन्त्र सम्बन्ध छन् अनि परमेश्वरको प्रकाश र सोचाईबाट अलग गरिएका छन् । जव पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । पिता चाहिँ न त पुत्र हुनुहुन्छ न त पवित्र आत्मा हुनुहुन्छ । किनकी पिता एक व्यक्ति, पुत्र अर्को व्यक्ति र पवित्र आत्मा अर्को व्यक्ति हुनुहुन्छ । हामी उहाँद्वारा आफैलाई परमेश्वर र प्रभु बनाउने इसाई बुझाईको यथार्थतालाई स्वीकार गर्न बिबस पारिएका छौँ ।
३८. व्यक्तित्वको फरकखालको स्वभावहरु के के हुन् ?
स्व चेतना र स्व निश्चयता ।
३९. व्यक्तिको निश्चित परिभाषा के हो ?
व्यक्ति भनेको एक हो जसले म भन्न सक्छ।
४०. व्यक्तिलाई व्याकरण मा के फरक देखाउँछ ?
व्यक्तिगत उच्चारण म र तिमी भन्ने कुराले व्यक्तिगत सम्बन्ध देखाउँछ । जव पिताले आफैलाई म र पुत्रलाई तिमी भन्नुहुँछ वा पुत्रले पिता वा पवित्र आत्मालाई उहाँ भनेर उल्लेख गर्नुहुन्छ । यो चाहिँ व्यक्तित्व सम्बन्धी सिकाईको बिशुद्ध फरक हो ।
४१. कुनै व्यक्तिको लोकप्रिया लेखको लागि यो पर्याप्त हुन्छ । त्यसो भए प्रोटेस्टेन्टको सबै हाँगाहरुको सुधारकहरुले गरेको संसोधनमा अहिलेको बिद्धानको परिभाषामा के कस्ता कुराहरुको मुल्य समाहित गर्नु पर्छ ?
यथार्थ र सम्भावित प्रतिवाद वा गलत बुझाईमा भएको सबै कुराहरु होसियारी पुर्वक छानिनुपर्छ।
४२. यसलाई दोहोऱ्याउनुहोस् ।
व्यक्तिचाहिँ वास्तविक, बिशेष, कुशल, अवर्णनीय हो तर अरुमा भर पर्ने वा अरुको भाग होईन।
४३. किन व्यक्तिलाई वास्तविक बूतुमा पारिभाषित गरिएको छ ?
[missing answer]
४४. [missing question]
व्यक्ति जस्तो गरि परमेश्वरको सार भन्ने कुरा पनि न त व्यक्तिगत धारणा हो न त आकस्मिक हो । बिद्धानहरुको परिचयले केवल एक व्यक्तिको अस्तित्व अर्कोबाट आएको हो भन्ने कुरा मात्र पारिभाषित गर्छन् । इश्वरीय प्रकाशको धारणालाई दर्शनशाश्त्रको प्राबिधिक अवस्थामा घटोने कोशिष गर्ने सबै अवस्थाहरु चाहिँ यी अवस्थाहरु प्रष्ट हुने कुराको अपुर्णता हो।
४५. व्यक्तिगत कुशल, अवर्णनीय, अरुमा भनन पर्ने र अरुको भाग नहुने भन्ने कुराको बर्णनको अर्थ के हो ?
व्यक्तिगत भनेको चाहिँ कुनै एक जना अरु उस्तै प्रकृतिको भन्दा फरक हुनु हो अनि उसको चरित्र चाहिँ अरुको भन्दा फरक र छुट्टै हुन्छ । हरेक व्यक्तिको व्यक्तित्व चाहिँ स्केमाल्कल्ड को लेखामा बिस्तृत रुपमा घोषणा गरिउको छ । पिता चाहिँ कोहिबाट पठाईएको होइन, पुत्र चाहिँ पिताबाट पठाईएको हो । अजि पवित्र आत्मा चाहिँ पिता र पुत्रबाट अगाडी ल्याईएको हो । पिता र पवित्र आत्मा मानिस बन्नुभएको होईन तर पुत्र चाहिँ मानिस बन्नु भएको हो ।
कुशल भन्ने कुरासँग चाहिँ स्वचेतना र सोचाई हुन्छ । कुनै पनि रुख वा जनावर व्यक्ति बन्न सक्दैनन् ।
अवर्णनी भनेको चाहिँ यसको व्यक्तित्वलाई अरुमा सुचित गर्न असमर्थ हुनुहु हो । एक जनाको व्यक्तित्व अरुको व्यक्तित्वसँग एउटै हुन सक्दैन । कुनै पनि शारीरिक बुबाले आफुले जन्माएको छोराछोरीमा आफ्नो व्यक्तित्व सार्न सक्दैन ।
अरुमा भर नपर्ने भन्ने कराले चाहिँ कुनै पनि सोचाईलाई निकाल्छ कि ख्रीष्टको मानवता चाहिँ उहाँको इश्वरीय प्रकृतिमा केहि समानान्तर प्रकारको हुन्छ । एउटा चाहिँ समयसँगै शुरु हुन्छ अनि अर्को चाहिँ अनन्तता देखि थियो । एउटा चाहिँ पछि हुने कामबाट उत्पन्न भएको हो अनि कामबाट मात्र त्यो जिवित रहन्छ।
अरुको भाग नहुने, त्यो चाहिँ अस्वर्गको स्वीकारोक्तिमा भएको वर्णन हो। जसलाई प्रश्न नं. ३७ मा व्याख्या गरिएको छ ।
४६. मानिस र स्वर्गदुतको सन्दर्भमा प्रयोग भएको व्यक्ति भन्ने बश्द भन्दा यहाँ प्रयोग भएको व्यक्ति भन्ने शब्द कसरी फरक छ ?
पछिल्लो कुरामा, हरेक व्यक्तिमा उसको आफ्नै सार तत्व हुन्छ । तर यहाँ तीन व्यक्तिमा एउटै सार छ।
४७. शुरुको ग्रीक इश्वराशाश्त्रीहरुले अहिले हामीले प्रयोग गरेको व्यक्ति भन्ने शब्द भन्दा फरक प्रकारले यो शब्दलाई कस्तो प्रकारले प्रकट गरेका छन् ?
हाइपोस्टेसिस । तिनीहरुले यसलाई व्यक्तिमा चाहान्छन् किनकी तिनीहरुले सबेलियनीजमसँग भन्दा ग्रीक शब्द व्यक्ति सँग सहमत हुन नसक्ने रुपमा लिन्छन् । जसको अथए मास्क जस्तै हो । अनि तुरुन्तै कुनै धारणामा रहेर अनर्थ लगाउन सक्छन् कि परमेश्वरको प्रधानता चाहिँ साचों, वास्तविक र अन्तर्यामी होइन तर फरक खालको मितव्ययी र ठिक समयमा लिईएको आधिकारिक अभिव्यक्ति हो।
४८. के कुरामा तीन व्यक्तित्व मिल्दो जुल्दो वा उस्तै छन् ?
क. तिनीहरुसँग हामीले देखेको जस्तै उस्तै खालको अलग नहुने इश्वरीय तत्व छ। यो चाहिँ चाल्सडनको परिषद्मा घोषणा गरेर स्वीकार गरिएको थियो कि एक व्यक्ति अरु सँग उपभोग्य वा ग्रीकमा एउटै प्रकृतिको हुन्छन् ।
ख. तिनीहरुसँग एउटै सर्वोच्चता छ । यसैले अर्को व्यक्तिको अगाडी अर्को व्यक्तिलाई प्राथमिकता दिँदैन । उनीहरु सँगै महिमित हुन्छन् अनि सर्वोच्चता सह अनन्त छ । यस त्रिएकतामा कोहि पनि अघि पछि छैनन् । कोहि पनि एक अर्का भन्दा महान छैनन् । । अथानेसियनको सार ।)
ग. हरेक तीन व्यक्तित्व अरु दुईको अस्तित्वको सारमा रहेका हुन्छन् । यो चाहिँ गीक वा अलौकिक जीवबाट प्रकट गरिएको हुन्छ । वा अनन्त हुन्छ र एकलाई अर्कोबाट छुटाउन सकिंदैन । (युहन्ना १४:१०) म पितामा छु र पिता म मा हुनुहुन्छ ।
४९. तिनीहरु के कुरामा फरक छन् ?
निश्चित क्षेत्रहरुद्वारा फरक छन् स्पष्टताको होइन तर एक इश्वरीय तत्वको समकालिन बस्तुमा छन् । तिनीहरुले एक अर्कामा निश्चित सम्बन्ध राख्छन् अनि दुईवटा व्यक्तिगत काममा आधारित छन् जसको नतिजा पाँचवटा व्यक्तिगत बिशिष्टतामा आउँछ ।
५०. ती व्यक्तिगत कामहरु के के हुन् ?
ती चाहिँ परमेश्वरको अन्तर्यामी र अनन्तको कामहरु हुन् । जसलाई opera as intra भनिन्छ । किनकी तिनीर परमेश्वरबाट टाढा जाँदैनन् तर उहाँमा निर्माण गरिएका हुन्छन । यो चाहिँ पुस्तामा र स्वासप्रस्वासमा हुन्छ । जव यसलाई यसको आफ्नै काममा हेरिन्छ अनि बन्धनमा र तातीमा हुन्छ जव यसलाई यसको नतिजाको रुपमा हेरिन्छ ।
५१. पुस्ता भनेको के हो ?
यो यस्तो कार्य हो जहाँबाट एउटा व्यक्ति चाहिँ पिता र अर्को चाहिँ पुत्र हुन्छ वा अझ बिशेषगरि भन्दा एउटा काम हो जहाँबाट पिता र पुत्र सबै अनन्तताबाट उहाँको सबै तत्वहरुको सञचथरबाट एकमात्र पुत्रबाट, उहाँको प्रतिरुपबाट, साँचो र ठिक सित हुन्छ । अझ अलौकिक र रहस्यमय प्रकारले हुन्छ ।
५२. कुन धारणाबाट यो रक्षा गरिएको हुनुपर्छ ?
सृष्टिबाट, जस्तो त्यहाँ यस्तो समय हुन क्थ्यो जव त्यहाँ पुत्र हुनुहुन्थेन । त्यस कुरा को समाप्तीबाट तिनीहरुो काम चाहिँ एउटा काममात्र थियो जुन समाप्त भएको छ वा त्यो निरन्तर रुपमा छैन । सफलताको सबै तरिकाबाट परिवर्तन, विभाजन वा गुणात्मक बृद्धि हुन्छ । सबै कुराबाट यसलाई अलौकिक रुपमा व्याख्या गर्न प्रयत्न गरिन्छ । किनकी यदि पुस्ताहरु हुन्छन् भने परमेश्वर पिता हुनुहुन्छ र परमेश्वर पुत्र हुनुहुन्छ तर यो केवल आलङ्कारिक रुपमा मात्र हुन्छ तर साँचो रुपमा हुँदैन । अझ मौलिक रुपमा यसलाई भन्दा, यो चाहिँ मानिसको सम्बन्धहरुको सिमा भन्दा माथि रहेको हुन्छ । यो मानिसको सम्बन्ध हो । इश्वरीय कुराको दुर्वल चित्र हो ।
५३. कुन आत्मिक क्षेत्रमा यो बाकी रहन्छ ?
क. भजन २:७ तिमी मेरा पुत्र हौ आज मैले तिमीलाई जन्माएको छ । यसको तुलनामा नयाँ करारका खण्डहरु जसले यसलाई आधारको रुपमा लिन्छ । प्रेरित १३.३३ जस्तो भजनको दोश्रो अध्यायमा लेखिएको छ तिनी मेरा पुत्र हौ आज मैले तिमीलाई जन्माएको छु । हिब्रु १.५ तिमी मेरा पुत्र हौँ, मैले नै आज तिमीलाई जन्माएको छु । भनी के कुनै स्वर्गदुतलाई परमेश्वरले कहिल्यै भन्नुभयो ?
हिब्रु ५.५ ख्रीष्टले प्रधान पुजाहारी हुन आफैले आफैलाई उच्च पार्नुभएन तर उहाँलाई यसो भन्नुहुनेबाट नियुक्त गर्नुभयो । तिमी मेरा पुत्र हौ मैले नै आज तिमीलाई जन्माएको छु । परमेश्वरको दिन अनन्तको छ।
ख. ख्रीष्टको पुत्रको रुपमा भएको अनौठो स्वभावलाई घोषणा गर्नु ।
युहन्ना १:१४ हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।
युहन्ना १:१८ पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
रोमी ८:३२ जसले आफ्नो निज पुत्रलाई बाँकी राख्नुभएन । उहाँको आफ्नै भन्ने कुरा चाहिँ साधारण सम्बन्ध राख्ने कुरा होईन तर यसको बिशेषता चाहिँ idios हो । जसको अर्थ उहाँको अनौठो भाव हो । यस्तो भाव जसमा कसैले पनि आफ्नै पुत्र भनेर बोलाउँदैनन् । यसलाई तुलना गर्दा युहन्ना ५:१८ जहाँ येशू लाई चाहिँ बोलाईएको परमेश्वरको रुपमा बुझिन्छ । उहाँको आफ्नै पितालाई idos शब्द प्रयोग गरिएको छ । अनि यसकारण परमेश्वरलाई पिताको रुपमा जुन प्रकारले दावी गरिएको छ । त्यसरी कसैले पनि आफुलाई परमेश्वरको बराबरी हुने दावी गर्न सक्दैन ।
युहन्ना ३.१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो । उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो।
हिब्रु १:३ उहाँ नै परमेश्वरका महिमाको प्रतिविम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरुप हुनुहुन्छ।
५४. स्वासप्रस्वास भनेको के हो ?
पिता र पुत्रको काम हो । जहाँबाट अनन्तसम्म पवित्र आत्मा ती दुबैबाट बहनुहुन्छ ।
५५. के यो कामसँगै एकनासको छ जसद्वारा पुत्रको उत्पत्ती भएको छ ?
छैन, पवित्र आत्मालाई जन्माईएको भनेर कतै भनिएको छैन । अनि यदि यस्तो हो भने उहाँ पुत्र हुनुहुन्थो । पवित्र आत्मा होईन ।
५६. पवित्र आत्मा चाहिँ पिताबाट नै प्रक्रियागत रुपमा आउनुभएको हो भन्ने कुराको प्रमाण के छ ?
युहन्ना १५:२६ सत्यका आत्मा जो पिताबाट आउनुहुन्छ ।
५७. के हाम्रो प्रभुले पवित्र आत्मा पठाएको प्रमाण दिनुहुन्छ कि उहाँ पिताबाट पुत्र हुँदै आउनुभएको हो?
यो आफ्नै होईन । किनकी पवित्र आत्माको बरदान चाहिँ मुक्तिदाता मानिस उचालिनुभएके समयबाट आएको भन्ने कुरा र सबै अनन्तताको सम्बन्ध बाट अस्तित्वमा आएको भन्ने कुराको बिचमा मतभेद छ।
५८. त्यसो भए किन पश्चिमी मण्डलीहरुले ग्रीक मण्डलीको बिरोध गर्छन् कि उहाँ केवल पिताबाट मात्र होईन तर पुत्रबाट पनि आउनुभएको हो ?
क. किनकी ममत्ती १०:२० मा लेखिएको जस्तै पवित्र धर्मशाश्त्रको एउटा खण्डमा मात्र उहाँ आउनुभएको भन्ने हो भने पिताको आत्मा अर्को ठाउँमा उहाँको पुत्रको आत्मा (गलाती ४:६) भनिएको छ अनि रोमी ८.९ मा ख्रीष्टको आत्मा भनिएको छ ।
ख. किनकी युहन्ना १६:१५ मा उहाँको पुत्रसँगको सम्बन्ध यसरी व्याख्या गरिएको छ कि आत्माको शिक्षा चाहिँ पुत्रबाट लिईएको हो।
ग. आत्मा चाहिँ पिता र पुत्रबाट बराबर रुपमा पठाईएको हो । युहन्ना १६.७, युहन्ना १५:२६
घ. पिता र पुत्रको सवारी बिना आत्मालाई पुत्रबाट अलग राख्नु गाह्रो हुन्छ वा पुत्र चाहिँ पिता भन्दा कम अधिकारको हुनुहुन्छ भन्ने कुरा जान्न गाह्रो हुन्छ ।
ङ. हाम्रो प्रभुले उहाँका चेलाहरुसँग बचनद्वारा स्वासप्रस्वास गर्नुहुन्छ । पवित्र आत्मा प्राप्त गर्नुहोस् । भन्ने कुरा चाहिँ अनन्तताबाट जे कुरा आउँछ त्यहि कुराको चित्र आउँछ ।
च. यसरी प्रकाश २२:१ तव तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनको पानीको नदि देखाए । त्यो नदि परमेश्वरको र थुमाको सिहाँसनबाट निस्कि त्यस शहरका सडको बिचबाट बगिरहेको थियो । भन्ने कुराले अनन्तताबाट आउने दुबैको सवारी हुन्छ भन्ने कुरा उदार सँग लागु हुन्छ ।
हरेक तर्कलाई छुट्टाछुट्टै रुपमा लिएर अनि साथमा राखेर प्रश्नको पुर्ण निश्कर्ष ननिकालिकन तिनीहरुले यस्तो सम्बन्धलाई सुचित गर्छन् । जस्तो कुनै पनि कुराको निश्कर्ष निकाल्नु अति गाह्रो हुन्छ ।
५९. यी पाँचवटा व्यक्तिगत बिचित्रको कुराहरु यी दुई कुराबाट कसरी पाउन सकिन्छ ?
यी दुई कुरा केवल पितामा हुनुहुन्छ ? कि उहाँ पठाईएको होईन । (पिता कसैबाट बनिनुभएको हाडैन न त सृष्टि गरिनु भएको हो । न त पठाईनुभएको हो । अथानेसियनको सार) अनि पिताको भुमिका निर्वाह गर्नुभएको । एक चाहिँ पुत्रमा हुनुहुन्छ भठोपन, उहाँले पठाउनुभएको छ अनि उहाँमा पिताको सबै तत्व रहेको छ । एउटा पिता र पुत्र दुबैमा रहेको छ : स्वासप्रस्वास, अनि अर्को पवित्र आत्मामा रहेको छ : जुलुस ।
६०. त्यसो भए के त्यहाँ क्रम छैन ?
स्पष्ट छ, अझ दर्जा दिईएको छैन । समयको पनि फरक देखाईएको छैन तर शुरुवात र काममा फरक देखाइएको छ।
जव अथानेसियनको सारले स्वीकार गर्छ, कोहि पनि अधि पछि छैन । अर्को वाक्यले यसलाई अनुवाद गरेको छ, कोहि पनि एक अर्का भन्दा ठूलो छैन । त्यो क्रम चाहिँ पिता, पुत्रको पिता र पुत्रको पवित्र आत्मा वा पुत्र र पवित्र आत्माद्वारा पिता।
रोमी ११:३६ किनकी सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् ।
युहन्ना ५:१९ पुत्र आफैले केहि गर्न सक्दैन तर जे गर्नुभएको देख्छ त्यहि मात्र गर्छ ।
६१. जव परमेश्वरको रुपमा प्रयोग गर्दा पितालाई त्रिएकतामा पहिलो व्यक्तिमा राख्न खोजिएको छ ?
यो बारबार परमेश्वरको अस्तित्वमा रहन्छ अनि त्यसरी नै उतीन वटै व्यक्तित्वमा रहन्छ । जव हामी प्रभुले सिकाउनुभएको प्रार्थना घोषणा गर्छौँ । हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ । त्यहाँ त्रिएकको सम्बन्ध देखाईएको छैन वा संकेत गरिएको छैन । हामी तीन वटै व्यक्तित्वलाई एउटै सारमा राखेर प्रार्थना गर्छौँ । परमेश्वरको सम्पुर्ण व्यक्तित्व पिता मानिसमा सृष्टि र पुनर्जीवनबाट हुनु हो । हामी प्रार्थनामा एक परमेश्वर मध्ये एकलाई मात्र सम्बोधन गर्न सक्दैनौ । किनकी तिनीहरु सबै छन् र सबैमा हुनुहुन्छ अनि एक सारमा हुनुहुन्छ।
६२. भित्री कामको तुलनामा यो सबै व्यक्तित्वमा साझा हुँदैन तर एक अर्थमा फरक हुन्छ । (opera ad intra) त्यहाँ अरु के व्यक्तिगत कामहरु छन् ?
आन्तरिक कामहरु तीन वटै व्यक्तिको साझा शक्तिबाट परिचालिन हुन्छन् । अनि अन्तिममा परमेश्वरको भनेर बाहिर निर्देशीत गर्छन् । (opera ad extra)
६३. पहिलेको श्रेणीबाट के कुराहरु बिशेष गरि फरक हुन्छन् ?
तिनीहरु तीन वटै व्यक्तित्वमा साझा हुन्छन् । यस कारणले गर्दा तिनीहरु केहिलेकाही आवश्यक भनेर चिनिन्छन् । अव भित्री कामहरु व्यक्तिगत भनेर चिनिन्छन् । यद्यपी हरेक व्यक्तित्व संसारिक काम मा अनौठो प्रकारले प्रकट हुन्छन् । जुन चाहिँ उहाँलाई एकमात्र वा मुख्य रुपमा दिईएको होइन तर त्यसलाई महत्व दिएको कारणले वर्णन गरिकाउ व्यक्ति प्रकाशद्वारा काम गर्ने हुन्छन् ।
६४. तिनीहरुको नामाकरण गर्नुहोस् ।
सृष्टि अर्थात् पिताको बाहिरी काम
छुटकारा अर्थात् पुत्रको बाहिरी काम
शुद्धिकरण अर्थात् पवित्र आत्माको बाहिरी काम।
६५. पुरानो करारको सिद्धान्तमा के कस्तो निशान रहेको छ ? (प्रश्न नं. ४)
यसले परमेश्वर र प्रभुहरुका प्रभुले बोल्नुभएको कुरालाई व्याख्या गर्छ । (उत्पत्ती १९:२४, प्रस्थान १६:७, ३४:५-६, गन्ती १४:२१) यी खण्डहरुमा परमेश्वरको पुत्रलाई स्पष्ट प्रकारले उल्लेख गरिएको छ । (भजन २:७) यी खण्डहरुमा व्यक्तिलाइ बहबचनको रुपमा उल्लेख गरिएको छ । (उत्पत्ती १:१,२, प्रस्थान ३१:१,३, भजन ३३:६, यशैया ६१:१) यसैगरि यी खण्डहरुमा परमेश्वर आफैले बहुबचनको रुपमा बोल्नुभएको छ । (उत्पत्ती १:२६, ३:२२) वा त्यहाँ परमेश्वरको नाम वा यहोबे भन्ने शब्द तीन पटक दोहोरिएको छ । (गन्ती ६:२३-२६, व्यवस्था ६:४,५, भजन ४२:१,२, ६७:६,७)
६६. त्रिएकको बिषयमा कस्ता दर्शन सम्बन्धी तर्कहरु प्रयोग गरिएका छन् अनि तिनीहरुको मृत्यु कस्तो रहेको छ ?
एउटा व्यक्तित्वबाट तर्क गरिएको छ । व्यक्तित्वले स्वचेतनाको संकेत गर्छ र स्वचेतनाले तीनवटा कुराको संकेत गर्छ । व्यक्तिको बिचार गर्छ । बस्तुको बिचार गर्छ र व्यक्तिको चेतनाको बिचार गर्छ। कि त्यसले जे बिचार गरेको भए पनि ती कुराहरु एउटै हुन्छ । अर्को प्रेमबाट तर्क गरिउको छ ।
यसले व्यक्तिको प्रेम, बस्तुको प्रेम अनि तेश्रो व्यक्तिसँगको प्रेमको संकेत गर्छ । जसले एउटा प्रेमिलो अनि प्रेम गर्ने परमेश्वरलाई एकताबद्ध गर्छ ।
यी दुबै उदाहरणमा व्यवाख्या गर्दा समहत्वपुर्ण हुन्छ तर तर्क गर्नु मुल्यावान हुदैन ।
