इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय २ परमेश्वरको अस्तित्व र गुणहरु (Chapter 2 – The Being and Attributes of God)
१. धर्मको कुन परिभाषा पहिले नै दिईएको छ ?
हामीले भनेका थियौँ कि मानिसको हर्षित चिनारी र सर्बोच्च व्यक्तित्वको आनन्ददायक सेवा चाहिँ पुनर्मिलापको चेतना र उहाँसँग चासो राख्ने समुदायसँग आधारित रहन्छ ।
२. यसले कस्तो खालको सम्बन्धलाई बुझाउँछ ?
एउटा व्यक्तिगत सम्बन्ध, उसको प्रबृत्ति वा एक व्यक्तिबाट अर्को व्यक्तिमा हुने हस्तान्तरणलाई बुझाउँछ । यो केवल सिद्धान्तका केहि निश्चित संख्यामा मात्र स्वीकार हुँदैन । जस्तो कि जव एक जनाले दर्शनशाश्त्रको बिधि सिक्छ वा यसले स्थापित नियमको सुचीलाई सम्झने काम गर्छ । उत्तेजनाको बिशेषकक्षाको अनुभव होईन वा हाम्रो भावनाको अस्वभाविक स्वरुपलाई प्रसन्न पार्नु हो । हाम्रो व्यवहारलाई अनिवार्य रुपमा निश्चित प्रकारको नियम भित्र रहेर चिनिनु पनि होईन । धर्मसँग यसको मानसिक, भावनात्मक र यसको नैतिक पाटोहरु छन् किनकी तिनीहरु व्यक्तिगत सम्बन्धमा संलग्न भएका छन् । जसमा धर्महो वास्तविक सारहरु निहित छन् ।
३. व्यक्तिगत सम्बन्धमा के के कुराहरु संलग्न हुन्छन् ?
कुनै बस्तुको निशिचत परिचय वा रुप हो जुन यसमा आंकलन गरिन्छ । अर्थात व्यक्तित्व हेरिन्छ । परमेश्वर व्यक्ति हुनुहुन्छ । मानिस पनि व्यक्ति हो । धर्म चाहिँ मानिसको परमेश्वरसँगको सम्बन्ध हो ।
४. व्यक्ति भन्नुको अर्थ के हो ?
जो सुकैले भन्न सक्छ व्यक्ति भनेको म हो । यसले आफैलाई आत्मज्ञान र आत्म निश्चयता वा स्वतन्त्रता व्यक्त गर्छ।
५. यसकारण धर्मको केवल धारणामा के कुरा आवश्यक पर्छ ?
केवल केहि ठुलो अज्ञानमा निर्भर हुँदैन तर परमेश्वरको मानिससँगको आत्मियताको धारणामा उसको परमेश्वरमा रहेको सम्बन्धको आधारमा हुन्छ कि मानिस परमेश्वरको स्वरुपमा सृष्टि गरिएको छ । यो प्रतिरुपले जे कुराको संकेत गर्छ त्यो सँगै सृष्टिको सुरुवात देखि नै परमेश्वर बिना हाम्रो सृष्टिको परिकल्पना गर्नु अनि यी साधारण आधारहरुलाई लिएर । परमेश्वर मानिसभन्दा फरक हुनुहुन्छ भन्नु असम्भव छ । कि परमेश्वरसँग इश्वरबिरोधी मानिस छ अनि मानिस निश्चित सिमाभित्र छ अनि मानिसको रुपमा हुनुहुने परमेश्वरले नदिएसम्म केहि गर्न सक्दैन । पवित्र धर्मशाश्त्रले यो शैलीको प्रस्तुतिकरणलाई पछ्याउँछ । अनि यसको दुश्प्रयोग हुनबाट बचाउँछ ।
६. कस्तो कमजोरीहरुको बिरुद्ध व्यक्तित्व बिकासको रुपमा परमेश्वरको धारणा छ ?
इश्वर सर्वव्यापी हुनुहुन्छ भन्ने मतको बिरुद्धमा जसले परमेश्वर चाहिँ बिश्वाव्यापी हुनुहुन्छ र उहाँ मानिस हो भनेर सिकाउँछ । यसै गरि बिश्व चाहिँ उहाँले प्रकट गर्न भएको एकमात्र स्वरुप हो । अनि परमेश्वरको अद्भुत रचना हो । सबै बिधिको बिरुद्धमा जसले परमेश्वरलाई प्राय शक्तिको रुपमा वा संसारको बिचारको बिषयमा प्रतिनिधित्व गर्छन् । एकभन्दा बढि इश्वर छन् भन्ने धारणाको बिरुद्धमा जुन एकातिर इश्वरहरुलाई गुणात्मक रुपमा बृद्धि गरेर अनि सर्बोच्च अस्तित्वलाई इन्कार गरेर अनि अर्कोतिर मानिसको बिकास प्रक्रियाचाहिँ परमेश्रको लागानीबाट अनि मानिसको सिमा र दुर्वलता सँग साथै सबै साना सृष्टिहरुबाट भएको हो भन्ने कुरालाई दुश्प्रयोग गरे । (रोमी १:२३) अज्ञानताबादको बिरुद्धमा जसले परमेश्वरको कुनै पनि ज्ञानको सम्भाव्यतालाई इन्कार गर्छ अनि वास्तविकबादको बिरुद्धमा जसले परमेश्वरको अस्तित्वलाई पुर्णतया इन्कार गर्छ ।
७. तर के परमेश्वरको व्यक्तित्व सम्बन्धी धारणा चाहिँ तीन व्यक्तिको इसाई सिद्धान्तको सार र अस्तित्वसँग बिबादिन छैन त ?
होईन, किनभने प्राकृतिक प्रकाशले पुत्र र पवित्र आत्माको बारेमा केहि जान्दैन । साथै पितालाई पनि पिताको रुपमा चिन्दैन । तथापि सबै प्राकृतिक धर्महरुको शिक्षाले चाहिँ परमेश्वरलाई व्यक्तिको रुपमा हेर्छन् । नत प्रचर र शुद्ध प्रकाशले चाहिँ ख्रीष्ट परमेश्वरलाई कुनै पनि तरिकाबाट धर्म भनेको मानिसको परमेश्वर पिताले पुत्रद्वारा मानिसलाई मिलापमा ल्याउनुभयो भन्ने कुरालाई झुटो साबित गर्छन् । अनि पुत्र चाहिँ छुटकारा दिने र पिताको इच्छा प्रकट गर्ने हुनुहुन्छ । साथै पवित्र आत्माचाहिँ शिक्षक शाशक र शान्तिदाता हुनुहुन्छ भन्ने कुरालाई पनि झुटो बनाउँछन् । प्राकृतिक धर्मले एक व्यक्तिको पछाडी भएको कुरालाई ठम्याउछ । अलौकिक प्रकाशको एक व्यक्ति होइन भन्ने घोषणा गर्छ तर तीन व्यक्ति एक व्यक्तित्वमा हुनुहुन्छ ।
८. के परमेश्वरलाई व्याख्या गर्न सकिन्छ ?
परिभाषाको अर्थ के हो भन्ने बिषयमा यसको जवाफ आधारित हुनुपर्छ । यदि परिभाषा चाहिँ पुर्ण र सिद्ध छ भने यो चाहिँ परमेश्वरलाई सिमाङ्कक गर्नु सँग समतुल्य हुन सक्छ । यो अर्थमा सिमाङ्कनलाई पारिभाषित गर्नको लागि त्यो चाहिँ परमेश्वरको अनन्ततासँग टक्कर गर्छ । तर यदि यो केहि शब्दहरुमा एकाग्र हुन्छ भने त्यसमा पवित्र धर्मशाश्त्रले उहाँको आवश्यकता र अलग गरिएको सम्पति वा स्वभाव यसमा हुन्छ भन्ने कुरा घोषणा गर्छ?
९. त्यसो भए कस्तो परिभाषा दिनख सकिन्छ त ?
परमेश्वर चाहिँ बिशाल आत्मिक, वास्तविक कुरा हुनुहुन्छ । यहाँ वास्तविक कस्तुले चाहिँ फराकिलो पद वा प्रजाति भनेर अकिंत गर्छ । जवकी आत्मिक भन्ने कुरा बस्तुको वास्तविक बाट अलग हुन्छ । बिशाल भन्ने कुराले चाहिँ फरक खालको देखाउने परमेश्वरलाई अरु आत्मिक बस्तुबाट फरक रुपमा जनाउँछ । स्वर्गदुतहरु चाहिँ सिमित आत्मिक बस्तु हुन् । तथापि यी परिभाषा चाहिँ अपर्याप्त छन् कि इश्वर सर्वव्यापी छ भन्ने मत मान्नेहरुले यसले स्वीकार गर्छन् । यदि समझदार भन्ने शब्द राखियो भने यस्तो गलत धारणाको बिरुद्धमा आशिक रुपमा रक्षा गर्न सक्छ । यसैले परमेश्वरले यसलाई पुर्ण वस्तु जुनचाहिँ परमेश्वरलाई उहाँमा निर्भर रहने सबै बस्तुहरुबाटा अलग गर्ने कुरामा पारिभाषित गर्न सक्नु हुन्छ।
वा फरक देखाउने योग्यता सम्बन्ध र परमेश्वरको कामको गणना गर्न सक्नु हुन्छ । हामीसँग असवर्ग कन्फर्सनको परिभाषा छ, “एउटा इश्वरीय तत्व अनन्तता हो जुनचाहिँ शरीरबिना, भाग बिना बिशार शक्ति ज्ञान र असल कुरा हुन्छ । सबै कुरा बनाउने र सरंक्षण गर्ने व्यक्तिचाहिँ दृश्य वा अदृश्य हुन्छ ।
१०. के यस्तो परिभाषा पछि फैलाउन सकिन्छ ?
अँ सकिन्छ, मेलान्चथोनद्वारा उहाँको लोसी कम्युनमा बताईएको छ । जुन चाहिँ चिम्निजले प्रशंसनीय रुपले बिश्लेशण गरेर चार भागमा बिभाष्न गरेका छन् ।
क. आवश्यक स्वभावलाई उल्लेख गर्ने वाक्याशं
परमेश्वरचाहिँ आत्मिक तत्व हुनुहुन्छ, कुशल अनन्त, सत्य, न्याय गर्ने, पवित्र, शुद्ध, दयालु, एकदमै स्वतन्त्र, कमिलाको जस्तो बुद्धि र शक्ति भएको संसारमा भएका मानिस र सबै सृष्टि भन्दा फरक हुनुहुन्छ ।
ख. सम्बन्ध वा सम्पत्ती अनि व्यक्तिको बिचारलाई उलेद गर्ने वाक्याशं :
एउटा बस्तु अनि तथापि तीन व्यक्तित्व जुनचाहिँ अनन्तका पिता जो अनन्तबाट हुनुहुन्छ । उहाँले आफ्नो एकमात्र पुत्रलाई आफ्नै स्वरुपमा पठाउनु भयो र पुत्र चाहिँ पिताको रुपमा अनन्तबाट संसारमा आउनुभयो र पवित्र आत्माले पिता र पुत्रको अनन्ततालाई अगाडी बढाउनु भयो।
ग. बिश्वव्यापी काममा प्रयोग गर्न परमेश्वरको आज्ञालाई उल्लेख गर्ने वाक्याशं :
अनि अनन्तको पिताले उहाँ अनन्त पुत्र र पवित्र आत्माद्वारा पिता र पुत्र सँगै अनन्त हुनुहुन्छ । अनि उहाँले स्वर्ग र पृथ्वी अनि दृश्य र अदृश्य थोकहरु र अन्य सबै सृष्टिलाई सुरक्षित गर्नुभयो।
घ. बिशेष काम वा मण्डलीको समर्थनलाई प्रकट गर्न परमेश्वरको इच्छालाई उल्लेख गर्ने वाक्याशं :
अनि उहाँ एकमात्र सत्य अनि मानिसको दोड सँगै रहने अनन्तको परमेश्वर हुनुहुन्छ । जसलाई उहाँले आफ्नै स्वरुपमा सृष्टि गर्नु भयो र निश्चित आज्ञाकारितामा उहाँले आफ्नो पुत्रद्वारा मण्डलीलाई चुन्नुभयो कि मण्डली उहाँको अगाडी पवित्र र दोषरहित हुन सकोस् । यसको लेखाका उहाँको पुत्रबाट जसलाई उहाँले मण्डलीको शीर र शरीरको रुपमा नियुक्त गर्नु भएको छ । असन त्यो पुत्र चाहिँ पिताबाट पठाईएको हो । अनि पवित्र आत्मा चाहिँ मण्डलीलाई सचेत बनाउने र शुद्ध बनाउने हुनुहुन्छ । यस्तो खालको परमेश्वरको वर्णन चाहिँ सम्पुर्ण इश्वरशाश्त्रको सक्षिप्त सारांश हो ।
११. के यसको परिचयको पहिलो पद्दती व्यापक रुपमा अपनाईएको हो ?
हो, यसको उदाहरण चाहिँ वेस्ट मिनिष्टरको बृहत इसाई धार्मिक शिक्षामा पाउन सकिन्छ ।
परमेश्वर आत्मा हुनुहुन्छ । उहाँमा रहने र उहाँ आफै पनि अनन्तको व्यक्तित्व महिमित, आशिषित र सिद्ध रहेको छ । सबै पुर्णता, अनन्तता अपरिवर्तनशील, बुझ्न नसकिने, सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञानी, सबै भन्दा बुद्धिमान, पवित्र, सबैभन्दा न्यायी, सबैभन्दा दयालु अनि अनुग्रहकारी, धेरै कष्ट सहनुहुने अनि सत्यताको असलपनामा पुर्ण हुनुहुन्छ ।
१२. पवित्र धर्मशाश्त्रमा परमेश्वरको नामलाई किन बारबार उल्लेख गरिएको छ ?
किनकि कसैले पनि परमेश्वरको सार तत्व वा उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा बिचार गर्न सक्दैनन्।
युहन्ना १:१८ परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन ।
प्रस्थान ३३:२० किनकी मेरो अनुहार हेरेर मानिस जिवित रहन सक्दैन ।
१ तिमोथी ६:१६ उहाँ त्यस ज्योतिमा बास गर्नु हुन्छ जसको नजिक कोहि जान सक्दैन । उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ ।
व्यवस्था ४:१२ तिमीहरुले शब्दको आवाज मात्र सुन्यौ तर कुनै आकृति देखेनौ । तिमीहरुले स्वर मात्र सुन्यौ।
१३. त्यसो भए परमेश्वरको नाम के हो त ?
यो जीवनमा हामीले परमेश्वरको बारेमा सबै कुरा थाहा पाएको उहाँ चाहानुहुन्छ । यो चाहिँ मानिसको लागि परमेश्वर को हुनुहुन्छ भन्ने कुराको लागि परमेश्वरको प्रकारको सारांश र बस्तु हो।
१४. यो अवस्थामा भएको धर्मशाश्त्रलाई व्याख्या गर्नुहोस् ।
जव भजनलेखकले गाउँछन् (भजन ८:१) सारा पृथ्वीभरि तपाईको नाउँ कति महिमित छ । भजन लेखकले परमेश्वर को प्रकाशको महिमामा उत्स मनाउँछन् । जुन परमेश्वर आफैले बनाउनुभयो । जव उहाँले घोषणा गर्नुहुन्छ, तिनीहरु जसले तपाईको नाउँ जानेका छन् तिनीहरुले तपाईमा भरोसा गर्छन् । यसको अर्थ तिनीहरु जसले तपाईलाई शीघ्र रुपमा अनुग्रह गर्नुहुन्छ भन्ने कुरा आफैमा प्रकट गर्न सक्ने भएका छन् । परमेश्वरको नामलाई सम्झन र प्रशंसा गर्नको निम्ति भन्ने कुरा चाहिँ यसलाई हृदयमा लिनु र परमेश्वरले जे कुरा थाहा दिनुभएको छ त्यसलाई घोषणा गर्नु हो । परमेश्वरको नाउँ पवित्र भएको छ, जब परमेश्वरको बचन सत्यता र शुद्धतामा सिकाईन्छ अनि परमेश्वरका बालकहरुको रुपमा हामी यसै अनुसार पवित्र जीवन जीउँछौं ।
१५. परमेश्वरको नाम र परमेश्वरका नामहरुको बिचमा फरक छुट्याउनुहोस् ।
परमेश्वरको नाम भन्नाले समय सम्म हुने परमेश्वरको समग्र प्रकाश हो जसमा बचन प्रयोग भएको छ । परमेश्वरका नामहरु भन्नाले या त उहाँको व्यक्तित्वमा वा परमेश्वरको केहि प्रख्यात सम्बन्ध वा कामको पदलाई व्यक्त गर्नु भन्ने हुन्छ।
१६. तिनीहरु कसरी बर्गिकरण हुन्छन् ?
क. महत्वपुर्णः जस्तो यहोबे, जाह, एडोनाई, एलोहिम, एल चाहि पुरानो करारमा नि नयाँ करारमा चाहिँ थियोस् । तिनीहरुको व्युत्पत्ती चाहिँ धमिलिएको छ यद्यपी प्रायजसो भरोसाको उच्च श्रेणीमा राखिएको छ । यहोबे, पुरानो करारको बर्णन गर्न नसकिने नाम फराकिलो छ । यद्यपी निश्चितताका साथ हिब्रु क्रियापदको रहनु भन्ने हुन्छ र प्रस्थान ३:१४ मा लेखिएको म हुँ जो म हुँ भन्ने बाक्य अनुसार अनुवाद भएको छ जसलाई परमेश्वरको स्वतन्त्रता, स्वाधिनता, अपरिवर्तनियता, अनन्तता र विश्वासनियता भनिन्छ अनि सृष्टिको अधिनता र अस्थिरता सँगै प्रकाश पारिएको छ ।
ख. बिशेष गुणः जब परमेश्वरले उहाँको एउटा बिशेष गुर्ण सर्वशक्तिमान भन्ने शब्दलाई प्रकट गर्नु हुन्छ । (बिशेषता काममा बारम्बार हुन्छ ।)
ग. सम्बन्धित व्यक्तिले निश्चित सम्बन्धलाई व्यक्त गर्नु, राजाहरुका राजा, प्रभुहरुका प्रभु, सृष्टिकर्ता सुरक्षा दिने, हृदयको खोजी गर्ने आदि ।
१७. परमेश्वरको बिशेष गुणहरु के के हुन् ?
यसको बिभिन्न स्वरुप वा पद्धती हो । जसमा इश्वरीय सार व्यक्त गरिएको छ वा धेरै तरिकाबाट जसमा एउटा र साधारण इश्वरीय व्यक्तिले आफैलाई जिविका चलाउने व्यक्तिमा प्रकट गर्छन्।
१८. त्यसो भए के ति आकस्मिक रुपमा भएका हुन् ?
परमेश्वरमा कुनै कुरा आकस्मिक हुँदैन ।
१९. के परमेश्वरको सार संकल्प गरिएको कुराहरुमा तिनीहरु कारक तत्व बन्छन् ?
बन्दैनन्, किनभने यो चाहिँ परमेश्वरको सरलता वा अविभाज्य संगको बिबाद हो ।
२०. त्यसो भए तिनीहरु के हुन् ?
परमेश्वरको व्यक्तित्वबाट आएको छुट्याउन नसकिने कुरा हो ।
२१. इश्वरीय स्वभाव प्राप्त गर्न कस्तो तरिका लगाउन सकिन्छ ?
कार्यकारक सम्बन्धबाट, उच्चता र अस्विकार बाट ।
२२. यसलाई अझ पुर्ण रुपमा बर्णन नगर्नुहोस् ।
क. कार्यकारक सम्बन्धको तरिकाबाट हामी उहाँको श्रोतमा भएको असरबाट तर्क गर्छौँ । उहाँले के गर्नुभएको छ र के गरिरहनुभएको छ भन्ने कुरा परमेश्वरलाई समर्पण गर्नको लागि परिपुर्णता आवश्यक छ।
ख. उच्चताको तरिकाबाट हामीले सृष्टिमा देखेका सबैभन्दा माथिको परिपुर्णतामा परमेश्वरलाई समर्पण गर्छौँ ।
ग. अस्विकार गर्ने तरिकाबाट, हामी परमेश्वरको सिमितता र सृष्टिमा अन्तरनिहित दोषलाई इन्कार गर्छौँ ।
२३. इश्वरीय स्वभावलाई कसरी बर्गिकरण गर्न सकिन्छ ?
निश्चित वा अन्तर्यामी र सम्बन्धित वा अल्पकालिन ।
२४. यसलाई पारिभाषित गर्नुहोस् ।
परमेश्वरमा असिमित वा अन्तर्यामी हुने स्वभाब हुन नै उहाँ आफैमा रहनुहुन्छ । तिनीहरु कुनै स्वरुपमा वा नापमा सृष्टिमा समर्पित हुन सक्दैनन् । अनि यसकारण तिनीहरु साँच्चै नै भन्न नसकिने छन्।
सम्वन्धीत गुणले सृष्टि भएको संसारमा भएको परमेश्वरको सम्बन्धलाई संकेत गर्छ । तिनीहरु एकनासले भन्न सकिने छन् किनकी तिनीहरुसँग सृष्टिको प्रतिमाग छ।
पहिलेकाहरु कहिलेकाहि नकारात्मक हुन्छन् किनकी तिनीहरुले सृष्टिमा असिद्धता हुने कुरालाई इन्कार गर्छन् अनि पछि चाहिँ सकारात्मक बन्छन् किनकी सृष्टि का तल्लो तहका कुराहरुमा माथिल्लो तहको एकदमै असल क्षमता छ भन्ने कुराको अस्तित्वलाई पुष्टि गर्छन्
२५. निश्चित स्वभावलाई गणना गर्नुहोस् ।
स्वतन्त्रता, सरलता, असिमता र अपरिवर्ततियता।
२६. स्वतन्त्रता भनेको के हो ?
परमेश्वरमा भन्दा बाहिरका कुराहरुमा भर नपर्नु चाहिँ स्वतन्त्रता हो । तर उहाँ आफैमा रहनुपर्छ अनि सबै पर्याप्त हुनुपर्छ । यो गुणलाई कहिलेकाहि असाइटी भनिन्छ । (ल्याटिन ए बाट र से आफैबाट)
यशैया ४३:१०-११ म उहि हुँ म भन्दा अघि कोहि इश्वर नै बनिएको थिएन न त म पछि कोहि हुनेछ । म हो, म नै परमप्रभु हुँ।
प्रस्थान ३:१४ तव परमेश्वरले मोशालाई भन्नुभयो, म हुँ जो म हुँ । साधारण रुपमा हेर्दा म हुँ किनकी म हुँ।
२७. सरलता भनेको के हो ?
परमेश्वर कुनै पनि बनावट बिना हुनुहुँछ । अनि उहाँले भाग भागमा बिश्लेषण गर्न सक्नुहुन्न भन्नु चाहिँ सरलता हो । परमेश्वरसँग जे छ त्यो परमेश्वर सँगै छ । त्यहाँ कुनै अप्रत्यासित घटना भएको छैन । न त त्यहाँ परमेश्वरको सुवास्नाभन्दा अरु स्वरुपमा परमेश्वरलई देख्न सकिन्छ तर बिबिध अभिव्यक्ति वा सोचाईको सारमा देख्न सकिन्छ । परमेश्वरको सारलाई उहाँको बिषेश गुणको योगमा हेर्दा वा सारलाई बिभिन्न बिशेष गुणमा बिश्लेषण गर्दा परमेश्वरको सरलतामा बिबाद आउन सक्छ । सरलतामा आत्मिक कुरा । युहन्ना ४:२४) अदृश्यता र नदेखिने कुरा रहन्छ । यो जीवनमा भएका कुराहरु हेर्न र बुझ्न सकुन्जेलसम्म हामी यसका तत्वहरुलाई भाग भाग गरि मनन गर्ने क्षमता राख्नुपर्छ ।
२८. असिमता भनेको के हो ?
परमेश्वरको सबै सिद्धता चाहिँ कहिल्यै नसिकिने र सिमित छ भन्नु चाहिँ असिमता हो ।
भजन १४५:३ उहाँको महानता अगम छ। अयुब ११:७-८ के तपाई परमेश्वरको रहस्यको गहिराईलाई बुझ्न सक्नुहुन्छ ? के तपाई सर्वशक्तिमानको सिमालाई जाँच्न सक्नुहुन्छ ? त्यो त स्वर्गभन्दा अग्लो छ, तपाई के गर्न सक्नुहुन्छ ? त्यो त चिहानभन्दा गहिरो छ तपाई के जान्न सक्नुहुन्छ ?
अनन्तता भनेको सबै इश्वरीय गुणहरुमे बिशेषता भन्दा त्यहि धेरै फरक खालको गुण होईन ।
२९. जव संसारीक सम्बन्धको बिषयमा बिचार गरिन्छ तव असिमता भन्नुको अर्थ के हुन्छ ?
असिमता चाहिँ परमेश्वरले समयलाई पुर्ण रुपमा जित्नु हो।
भजन ९०:१-२ अनादिदेखि अनन्तसम्म तपाई नै परमेश्वर हुनुहुन्छ ।
१ तिमोथि १:१७ युगयुगका राजा, अबिनाशी र अदृश्य एक भात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस् । आमेन।
३०. अनन्तताबाट के कुराको संकेत गर्न सकिन्छ ?
परमेश्वरमा शुरु र अन्त्य छैन भन्ने कुरा मात्र होईन तर समयको श्रृखंला वा फरक पनि छैन भन्ने हो । परमेश्वरको सरलताको गुणले समयसँगै परमेश्वरको जीवनको कुनै पनि कुरा बितेर गएको छैन भन्ने देखाउँछ । तर हरेक समयमा हाम्रो जीवनको सफलताबाट हामीसँग केहि भाग छ तर परमेश्वरमा सबै कुरा छ । उहाँमा बिगत, बर्तमान र भविश्य अहिले नै हो । जसको जीवन निरन्तर रुपमा समान र अपरिवर्तनिय छ । उसको लागि बिगत र भविश्य एउटै हुन सक्दैन ।
३१. जब जग्गा सम्बन्धी सम्बन्धमा बिचार गरिन्छ तब असिमता भनेको के हो ?
बिशालता हो, त्यो चाहिँ परमेश्वरले स्थानलाई पुर्ण रुपमा जित्नु हो ।
उहाँलाई यसबाट न त नाप्न सकिन्छ न त घेरा उगर्न नै सकिन्छ ।
यर्मिया २३:२४ के स्वर्ग र पृथ्वी दुबैलाई म ढाक्दिन र ? परमप्रभु भन्नुहुन्छ ।
१ राजा ८:२७ स्वर्गहरु र स्वर्गभन्दा पनि उच्च स्वर्गमा तपाई अटाउनुहुन्न ।
३२. बिशालताको सकारात्मक पाटो के हो ?
सर्वव्यापकता
३३. कति तरिकाबाट परमेश्वर सर्वव्यापी हुनुहुन्छ ?
तीन तरिकाबाट
क. उहाँको शक्तिद्वारा
प्रेरित १७२८ हामी उहाँमा जिउछौ र उहाँमा चहलपहल गर्छौ र उहाँमा हाम्रो अस्तित्व छ ।
ख. उहाँको ज्ञानद्वारा
हिब्रु ४:१३ परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुदैन । उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्।
ग. उहाँको सार तत्व द्वारा
भजन १३९:७-१० तपाईका आत्माबाट म कहाँ अलग जान सक्छु अथवा तपाईके उपस्थितिबाट म कहाँ भाग्न सक्छु । म आकाशमा गएँ भने तपाई त्यहाँ हुनुहुन्छ । गहिराईमा आफ्नो ओछ्यान बनाएँ भने त्यहाँ पनि तपाई हुनुहुन्छ । प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारामा गएर बसें भने पनि त्यहाँ पनि तपाईको बाहुलीले मलाई डोऱ्याउने छ । र तपाईको दाहिने बाहुलीले मलाई पनि राख्ने छ।
३४. यी मध्ये कुन चाहिँ भाव सर्वव्यापी भन्ने शब्दको उचित अर्थ हो ।
अन्तिमको मात्र । परमेश्वरको उपस्थितिचाहिँ सुर्यको प्रकाश भन्दा पनि बढि हो । जसले किरणमा सबै कुराहरुलाई हाल्छ । जब यो धेरै टाढाको एकलास ठाउँमा जान्छ वा त्यसले एउटा प्रभावकारी काम गर्छ त्यसपछि उ मर्छ ।
३५. तर के परमेश्वरले पवित्र धर्मशाश्त्रमा आउने र जाने बिषयमा बर्णन गर्नु भएको छैन ?
यसले उहाँको सार तत्वको कुनै पनि साचो भावलाई संकेत गर्दैन तर उपस्थितिको फरक बिधिलाई उल्लेख गर्छ । परमेश्वरले अनौठो तरिकाले उपस्थित हुन भन्नु हुन्छ । जव उहाँले आफ्नो निश्चित कामलाई व्यक्त गर्नुहुन्छ । बिशेष गरि जब उहाँले आत्मिक बरदान दिनुहुन्छ र बृद्धि गराउनुहुन्छ । अथवा उहाँले नव निर्मित भाग्यशाली वास्तालाई चिनाउनुहुन्छ वा उहाँ एक्लैले आफ्नो क्रोध देखाउनुहुन्छ ।
प्रस्थान २०:२४ जहाँ जहाँ म मेरो नाउँको आदर गराउनेछु । त्यहाँ त्यहाँ आएर म तिमीहरुलाई आशिष दिनेछु ।
युहन्ना १४:२३ जसले मलाई प्रेम गर्छ, त्यसले मेरो बचन पालन गर्ने छ र मेरा पिताले त्यसलाई प्रेम गर्नु हुनेछ र हामी त्यसकहाँ आउने छौँ र त्यससँग बास गर्ने छौँ ।
यशैया ६६:१५ हेर परमप्रभु अग्निसाग आउँदै हुनुहुन्छ र उहाँका रथहरुचाहिँ आधी बेहरी मैं छन् । आफ्नो रिस भोकसित र आफ्नो हप्काई आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ।
परमेश्वरको सर्वव्यापकताले तुलनात्मक बिचार गर्छ वा सृष्टिको सन्दर्भमा परमेश्वरको शक्तिशाली प्रवलता चाहिँ उहाँको बिशालतासँग जोडिएर अभ्यास गर्छ । यस शक्तिले चाहिँ फरक खालको तहको ग्रहण गर्छ । तर परमेश्वरको गुणको सृष्टि को गुणसँगको सम्बन्ध चाहिँ एकचोटी मा नजिक हुँदैन र एक अर्कामा धेरै टाढा हुन्छन् ।
३६. बिशिष्टता कसरी प्रकट हुन्छन् ?
हामी आवश्यक सर्वव्यापकता र कार्यकता सर्वव्यापकताको बिचमा फरक छुट्याउँछौँ । अवेलर्ड द सोसिनियन र डेइस्टले बितेका कुराहरुलाई इन्कार गरेका छन् र परमेश्वर आफ्नो अस्तित्वका साथ स्वर्गमा हुनुहुन्छ भनेर सिकाए र सम्भावित रुपमा पृथ्वीमा हुनुहुन्छ ।
३७. तर के परमेश्वरको सर्वव्यापकता उहाँको सरलतासँग बिबादित छ ?
कुनै हालतमा छैन । उहाँ प्रसारण र बिस्तारबाट प्रस्तुत हुनुहुन्छ जस्तो बादलले उपत्यका वा क्षेत्रलाई कुनै भागमा छायाँ पारेर ढाकेको जस्तै गरि ढाक्छ । तर परमेश्वरचाहिँ सबै ढाउँमा हुनुहुन्छ । कुनै पनि कुरा त्यसमा साहै सानो हुन सक्दैन । जसमा परमेश्वर हुनुहुन्न । अनि कुनै पनि कुरा बिशाल हुँदैन कि उहाँले सिमांकन गर्नु हुन्न ।
३८. त्यहाँ कस्ता फरक पद्धती छन् ?
पहिलो, त्यो चाहिँ खाली ठाउँमा हुने शरीर हो । जहाँ कुनै पनि बस्तुको परमाणु कल्पना गर्ने ठाउमा समान हुन्छ । यो चाहिँ स्थानिय उपस्थिति वा सिमाङ्कन गर्नु भनेर चिनिन्छ ।
दोश्रो, त्यो चाहिँ खाली ठाउँमा हुने सिमित आत्मा हो । जस्तो प्राण र आत्मा साधारण छ, अनि भाग भागमा बिश्लेशण गरिँदैन । यसको कुनै स्थानमा भएको उपस्थिति चाहिँ स्थान सम्बन्धी सम्बन्ध अनुसार आँकलन हुँदैन।
तेश्रो, त्या परमेश्वरको हो वा असिमित आत्माको हो । जुन सरलतामा भएको सिमित आत्मा जस्तै छ । तर अरु आत्मा जस्तो छैन त्यसमा सबै सिमा पार हुन्छ । यो चाहिँ पुर्ण उपस्थिति भनेर चिचिन्न । परमेश्वरको सर्वव्यापकता चाहिँ पुर्ण छ । Totus in rebus omnibus totus in singulis totus in se
३९. परमेश्वरको अवरिवर्तनियता के हो ?
परमेश्वरको अपरिवर्तनियता भनेको त्यो बिशेष गुण हो । जस अनुसार उहाँ कुनै पनि अवस्थामा वा घटनामाम वा बिशेष स्वभावमा वा उद्देश्यमा परिवर्तन हुनुहुन्न वा बदलिनुहुन्न । त्यहाँ अरु गुणमा कुनै वार्तालाप हुँदैन । कुनै धैर्यता वा भ्रष्टता, बढ्ने वा घट्ने, बदलिने वा बनावट फेरिने भन्ने हुँदैन ।
रोमी १:२३ अबिनाशी परमेश्वरको महिमा साटफेर गरे ।
१ तिमोथि १:१७ युग युगका राजा अबिनाशी र अदृश्य ।
याकुब १:१७ यो बरदान ज्योतिका पिताबाट आउँछ । बदली रहने छायाँ जस्तो उहाँमा कुनै हेरफेर हुँदैन।
गन्ती २३:१९ परमेश्वर ढाट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न । उहाँले मन बदल्नुहुन्न कारण उहाँ मान्छेको सन्बाा हुनुहुन्न । उहाँले भन्नुभए पछि के त्यो गर्नु हुन्न र ?
मलाकी ३:६ म परमप्रभु कहिल्यै परिवर्तन हुँदिन ।
भजन १०२:२६-२७ तिनीहरु नष्ट हुनेछन् तर तपाई रहनुहुन्छ । तिनीहरु सबै बस्त्र थात्रा भईजाने छन् । लुगा फेरे तपाईले तिनीहरुलाई फेर्नुहुन्छ र ती फालिनेछन् । तर तपाई त एकै नाशका हुनुहुन्छ र तपाईका बर्षहरुको अन्त्य नै हुँदैन ।
४०. तर के सृष्टिले परमेश्वरलाई सँकेत गर्ने र परमेश्वरमा परिवर्तन ल्याउने कुरा गरेन ?
गरेन । किनकी अनन्तता देखि नै सारा संसारलाई सृष्टि गर्नु उहाँको इच्छा थियो । परमेश्वरमा कुनै परिवर्तन छैन । परिवर्तन चाहिँ सृष्टि गरिएका कुराहरुमा छ । पहिले जे कुरा थिएन त्यो कुरा पछि अस्तित्वमा आयो ।
४१. के मानिसको रुप धारण गरेर परिवर्तन ल्याउन सकेन ?
यसै प्रकारले यो कुरा चाहिँ अनन्तता देखि नै परमेश्वरले मानवतामा परिवर्तन भएर होईन तर शरीरका परिकल्पनाद्वारा बचनको व्यक्तित्वबाट हो।
४२. के परमेश्वरले कहिलेकाहिँ पश्चातापको रुपमा बर्णन गर्नुभएको छैन ?
यो अभिव्यक्ति चाहिँ घोषणा गर्ने हो परिवर्तन ल्याउने अभिव्यक्ति होईन तर मानिसको परिवर्तन बाट यो सम्बन्धित हुन्छ । जव जहाजले यसको बेग परिवर्तन गर्छ यसको कम्पासको सुईले सधैं भरि उत्तर दिशातिर देखाउँछ । तर यो गर्नको लागि जहाजको चालको सन्दर्भमा यसको लागि फरक कोण लिनु आवश्यक छ । परिवर्तन हुनु चाहिँ परमेश्वरको उद्देश्य होईन तर त्यो भईहाल्छ । उहाँको इच्छा होईन तर बस्तुमा त्यो इच्छा भईदिन्छ । पमरेश्वरको हस्तान्तरण होईन तर बाहिरी काम र त्यसको नतिजामा भईहाल्छ ।
जहाँ उहाँले मानिसलाई सिमित प्रकारले निशुल्क प्रतिनिधिको रुपमा छोडिदिनुभएको छ । यी दोश्रो कारण चाहिँ स्थीर रहन्छ । परमेश्वर पनि परिवर्तन हुनुहुन्न । दोश्रो कारण भिन्न छ तर वास्तवमा यो परिवर्तन हुँदैन ।
४३. पुरा नभएको प्रतिज्ञा र शर्तहरुको सन्दर्भमा के छ ?
तिनीहरु निश्चित होईनन् तर मानिसले भेट्न नसक्ने शर्तहरुमा मिलाउनु हुन्छ ।
यर्मिया १८:७-१० यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्यको बिषयमा त्यसलाई उखेलिदिनेछ, तोडिडिन्छ र सर्वनास गरिदिन्छ भनि मैले भनेको छ भने र यदि मैले चेतावनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गयो भने, मैले सोचेको बिपत्ती त्यसमाथि ल्याउनदेखि म मेरो मन बदल्ने छु । अनि यदि कुनै जाति अथवा कुनै राज्यको बिषयमा म त्यसलाई बनाउनेछु र खडा गर्ने छु भनि कुनै समयमा मैले घोषणा गरेको छु भने र त्यसले मेरो कुरा नसुनेर मेरो दृष्टिमा खराबी गयो र मेरो आज्ञापालन गरेन भनेदेखि त्यसलाई असल गर्ने मेरो बिचारमाथि फेरी म बिचार गर्ने छु ।
४४. यी सबै सर्तहरुमा के कस्ता भिन्नताहरु देख्न सकिन्छ ?
यो चाहिँ परमेश्रको इच्छालाई परिबर्त गर्ने एउटा कुरा हो । अनि कुनै पनि कुराको चाहना गर्नु उहाँको लागि केहि अरु कुरा हो । जब उहाँले पुरानो करारलाई नयाँ करारको लागि परिवर्तन गर्न भयो अनि लेवीहरुको संस्कार र समारोहहरु रद्ध गर्नको लागि यो च उहाँले अनन्तताबाट निर्णय गरिएको र फैसला गरिएको कुरा अनि इश्चाहरु परिवर्तन हुनको लागि ती इच्छा र उद्देश्यहरुको सजाय हो।
४५. सम्बन्धीत स्वभावहरु के के हुन् ?
जीवनको परिपुर्णता, बुद्धि र इच्छा, परमेशरको अस्तित्वमा असिमित र सञ्चारयोग्य कुराहरुलाई सृष्टिको सिमित नापमा राख्छ ।
४६. परमेश्वरको जीवन के हो ?
उहाँको व्यक्तित्वको भित्री शक्ति होह, जुन सधैं परमेश्वरमा सक्रिय हुन्छ अनि अग्रसर हुने कुरा लाई र सृष्टि गरिएका कुराको कार्य क्षमतालाई सुचित गरिन्छ ।
भित्री सिद्धान्तको रुपमा भएको जीवन चाहिँ यी कुराबाट घोषणा गरिन्छ ।
युहन्ना ५:२६ किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको श्रोत हुने अधिकार दिनुभएको छ ।
यर्मिया १०:१० उहाँ जीवित परमेश्वर, अनन्तका महाराजा हुनुहुन्छ ।
१ तिमोथि ६:१६ उहामा नै अमरत्व छ ।
भजन ४२:२, ८४:२ जिवित परमेश्वरको निम्ति
अरुको लागि दिईएको जीवन
प्रेरित १४:१५-१७ मानिसहरु हो तपाईहरु किन यस्तो काम गर्नु हुन्छ ? हामी पनि त तपाईहरु जस्तै दुख सुख भोग्ने मानिसहरु हौं । हामी तपाईहरुलाई यी व्यर्थका कुराहरुबाट परमेश्वरतर्फ फिराउनलाई सुसमाचार सुनाउँछौ। जुन परमेश्वरले स्वर्ग, पृथ्वी, समुद्र र तीनमा भएका यावत् थोक बनाउनुभयो । उहाँले अघि बितिसकेका पुस्तामा सब जातिहरुलाई आ-आफ्नै रितिअनुसार चल्न दिनुभयो । तापनि उहाँले आफुलाई गवाहीबीना छोड्नुभएन किनकी उहाँले भलो गरेर तपाईहरुलाई स्वर्गबाट पानीको भरी र फलवन्त ऋतु दिनुभयो र तपाईहरुका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो।
प्रेरित १७:२८ हामी उहाँमा जीउँछौ र उहाँमा चहलपहल गर्छौँ र उहाँमा हाम्रो अस्तित्व छ ।
४७. इश्वरीय बुद्धि प्राप्त गर्नको लागि के कस्ता गुणहरु हुनुपर्छ ?
ज्ञान र बुद्धि, तिनीहरुसँग बिगतका कुराहरु असिमित भएसम्म साधारण तया उनीहरु सर्वज्ञानी ठान्छन् । जवकी त्यस पछि उनीहरुले सबै कुरा जान्ने परमेश्वर को रुपमा आफैलाई व्यक्त गर्छन्।
४८. सर्वज्ञानी भनेको के हो ?
सर्वज्ञानी भनेको त्यो हो जसद्वारा साधारण कुराबाट पनि म परमेश्वर हुँ भनि उहाँ आफैले थाहा गर्नु हुन्छ अनि उहाँ भन्दा बाहिरको कुरा पनि उहाँ आफैले थाहा गर्नु हुन्छ । जवकी बर्तमान बिगत र भविश्य वा सबै सम्भाव्य कुराहरु पनि आफैले थाहा गर्नु हुन्छ ।
मत्ती ११:२१ किनकी तिनीहरुमा गरिएका शक्तिशाली कामहरु टुरोस र सीदोनमा गरिएका भए तिनीहरुले उहिले नै भाङ्ग्रा लाएर खरानी घसेर पश्चाताप गरिसक्ने थिए । १ शमुएल २३:१२ पनि हेर्नुहोस् ।
भजन १३९:१-३ हे परमप्रभु तपाईले मेरो पारख गर्नुभएको छ अनि मलाई चिन्नुहुन्छ । तपाईले मेरो बसाई र मेरो उठाई जान्नुहुन्छ । टाढैबाट मेरो बिचार बुझ्नुहुन्छ । तपाईले मेरो बाहिर जवाई र मेरो सुताई स्पष्ट सँग जान्नुहुन्छ र मेर सबै आचरणहरुसँग तपाई परिचित हुनुहुन्छ।
भजन १५:३ परमप्रभुले असल र खराब सबै तिर आफ्नो नजर राख्नुहुन्छ ।
४९. साधारण काम भन्नुको अर्थ के हो ?
परमेश्वरमा भएको कुनै पनि सोचाई वा कामको श्रृखंला चाहिँ साधारण काम होईन । । उहाँको ज्ञान चाहिँ अरु कनै तर्कहरुबाट वा वार्तालापको तरिकाबाट लिईएको होइन ।) जस्तो कि कुनै कामको परिणामबाट वा कुनै बिशेष कामहरुबाट लिईएको होईन । उहाँको व्यक्तित्वको बिशेष गुण उहाँको सर्वज्ञानमा आधारित छ । यो निश्चित, साधारण, अनन्त, असिमित, समकालिन, अपरिवर्तनिय र सिद्ध स्वभाब हो । (हिप्पी)
यशैया ४०:१३ कसले परमप्रभुको मन बुझको छ ? अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ ? त्यस्तै रोमी ११:३४ पनि हेर्नुहोस् ।
५०. परमेश्वरको आफ्नै ज्ञान र उहाँको सबै कुराको र अतिरिक्त कुराको बिचमा के फरक छ ?
पछिल्लो चाहिँ प्राकृतिक र आवश्यक कुरा हो अनि यो यसको सट्टा अरु केहि हुन सक्दा । यस पछि सबै कुरा स्वतन्त्र छ अनि निश्चित रुपले वा कुनै पनि तरिकाबाट यो कुरा उहाँको इच्छाको निश्चयतामा निर्भर रहेको छ ।
५१. पहिले कहिल्यै नभएको र घोषणा नगरिएको अप्रत्यासित घटनाहरुको बिषयमा परमेश्वरको ज्ञान कहाँ छ ?
१ युहन्ना ३:२० परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र उहाँले सबै थुक जान्नु हुन्छ ।
५२. परमेश्वरको बुद्धि भनेको के हो ?
कुनै पनि कारणलाई व्यवस्थीत गर्ने अति सुन्दर योग्यता नै परमेश्वरको बुद्धि हो । अनि उहाँबाट आउने असल र अनुग्रहकारी उद्देश्यको लागि हुने कुराहरु कहिल्यै अन्त हुँदैन ।
रोमी ११:३३ आहा परमेश्वरको बैभव र बुद्धि र ज्ञान कति गहिरो । उहाँको इन्साफहरु कति अगम र उहाँका मार्ग बुझ्न नसकिने ।
अयुब १२:१३ बुद्धि र पराक्रम परमेश्वरकै हुन् । उहाँसँगै सल्लाह र समझ छन् ।
रोमी १६:२७ अद्धित्तिय सर्बज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होस् । आमेन ।
५३. इश्वरीय इच्छाको स्वभाव वा सिद्धताको गणना गर्नु अगाडी त्यहाँ इश्वरीय सार र इश्वरीय इच्छा बीचमा के फरक छ भन्ने कुरा लेख्नुहोस् ।
इश्वरीय इच्छा चाहिँ असलको लागि र खराबको बिरुद्धमा निर्देशित गरिएको इश्वरीय सार हो । जुन चाहिँ इश्वरीय चेतनाबाट चिनिन्छि ।
५४. के इश्वरीय इच्छा सोचाईको कुनै प्रक्रिया वा श्रृखंलाबाट निधारित गरिएको हुन्छ ?
एकजनाको इश्वरीय चेतनाको रुपमा साधारण कामले पनि सबै कुरा चिन्छ । (प्रश्न नं. ४९ लाई हेर्नुहोस् ।) यसैले परमेश्वरको एउटा संकल्पबाट अनन्तताले सबै चाहान्छ जुन उहाँ चाहानुहुन्छ । बिशिष्टताले हाम्रो बिचारमा बास गर्छ जुन चाहिँ हाम्रो आफ्नै इच्छामा हुँदैन ।
५५. के द्वारा इश्वरीय इच्छालाई बर्णन गरिन्छ ?
इश्वरीय सारमा बिशेष गुणलाई अधिनमा राखेर । जसको पुरा स्वभाव माथि (प्रश्न नं. २५) बिशेष गरि बिचार गरेर गणना गरि इश्वरीय शिक्षालाई बर्णन गरिन्छ । यो स्वतन्त्र छ किनकी परमेश्वर स्वतन्त्र हुनुहुन्छ । यो साधारण छ किनकी परमेश्वर साधारण हुनुहुन्छ । यो अनन्त छ किनकी परमेश्वर अनन्त हुनुहुन्छ । अनि यो अपरिवर्तनीय छ किनकी परमेश्वर अपरिवर्तनीय हुनुहुन्छ ।
५६. कस्तो बिशिष्टताले यो बनेको हुन्छ ?
परमेश्वरको इच्छामा बिचार गरिएको भिन्न भिन्न बर्गको बस्तुमा बिशिष्टता पाइन्छ वा जुनचाहिँ भिन्न भिन्न बिधिमा पाइन्छ । जसबाट उहाँले यी कुराको चाहना गर्नु हुन्छ।
क. प्राकृतिक र स्वतन्त्र इच्छामा :
प्राकृतिक इच्छाचाहिँ उहाँको प्रकृतिको अभिव्यक्ति हो । उहाँले व्याख्या गरिएको कुराबाट त्यहि कुराको इच्छा गर्नु हुन्छ । स्वतन्त्र भनेको त्यो हो जसबाट उहाँले जे केराको इच्छा गर्न सक्नुहुन्थ्यो त्यहि कुराको इच्छा गर्नुहुन्छ । अन्यथा संसारको सृष्टि को रुपमा अवतारको रुपमा, मानिसको दोडमा छुटकारा दिने कुरामा प्रेरित पावको बोलावट भएको छ।
ख. प्रभावकारी र अवर्णनिय इच्छामा :
यो चाहिँ अगस्टेनियनको बिशिष्टता हो । जसलाई एकदमै होसियारी पुर्वक रखवाली गर्नु पर्ने हुन्छ । प्रभावकारी इच्छा चाहिँ त्यो हो जुन चाहिँ इश्वरीय इनाम पाउने इच्छामा खोजी गरेर पुरा गरिन्छ । अनि खराब व्यक्तिलाई सजाय दिईन्छ । संसारमा हराएको व्यक्तिको लागि आफैलाई अर्पण गर्न चाहिँ ख्रीष्टको इच्छा हो । (युहन्ना १०:१८) अनि हाम्रो मनलाई नाश हुनबाट बचाउँछ । अवर्णनिय चाहिँ त्यो हो जुन चाहिँ कुनै शर्तमा रहेसम्म पुर्ण हुँदैन । जसमा मानिस सहमत हुन सक्दैन । यसरी यो चाहिँ परमेश्वरको इच्छा हो की सबै जना बाच्न सकुन् । (१ तिमोथी २:४) तर मानिस आफ्नै इच्छाको बिरुद्धमा बाच्न सकुन् भन्ने चाहिँ परमेश्वरको इच्छा होइन । वा मानिसको इच्छाको स्वतन्त्रता चाहिँ उहाँलाई बिनास गर्न सक्ने सन्दर्भमा परमेश्वरको अनुग्रहकारी इच्छाको बिरोध गर्नु हो । त्यहाँ केहि बन्देज छ जुन परमेश्वरले पनि नियन्त्रण गर्न इच्छा गर्नु हुन्न । तथापी जव मानिसहरु नष्ट हुन्छन् त्यो चाहिँ इश्वरीय इच्छाको प्रभावको कमीमा होईन तर तिनीहरुले आफमा प्रयास गरेको इश्वरीय प्रभावकारीतामा उपयोगी भएर होईन ।
ग. चिन्हको इच्छामा र उद्देश्यको इच्छामा :
पहिलो चाहिँ अभिव्यक्ति वा घोषणा गरिएको इच्छाको वास्तविकता हो अनि त्यसपछिकाके चाहिँ उचित भावमा भएको इच्छा हो । पहिलो चाहिँ बाहिरको चिन्हहरुद्वारा घोषणा गरिएको परमेश्वरको इच्छा हो । अनि अर्को चाहिँ परमेश्वरको अस्तित्वमा गरिने इच्छा हो । पहिलो चाहिँ लुथरले उत्पत्तीको पुस्तकको व्याख्यामा परमेश्वरको बचनलाई प्रकाशित गरिएको कुरा सँग सम्बन्धित छ अनि अर्को चाहिँ परमेश्वरको ‘शद्ध भव्यता वा भित्रि परामर्श हो । चिन्हको इच्छा सम्बन्धी उदाहरण चाहिँ मत्ती ६:१० मा छ । तपाईको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस् । जहाँ इच्छाको अर्थ चाहिँ तपाईले जे कुरा भएको तपाई चाहानुहुन्छ त्यो आज्ञा गर्नु वा घोषणा गर्नु भन्ने हुन्छ । अनि थेसलोनिकी ४:१३ तपाई पवित्र हुनु चाहिँ परमेश्वरको इच्छा हो । यो चाहिँ इश्वरीय इच्छाको आज्ञा वा चिन्ह हो कि तपाई व्यभिचारबाट अलग रहनुहुन्छ ।
साधारण रुपमा यो यसरी भनिन्छि कि चिन्हको इच्छाचाहिँ त्यो हो जसद्वारा मानिसहरुले जे गरेको परमेश्वर चाहानुहुन्छ त्यहि कुरा परमेश्वरले संकेत गर्नु हुन्छ । अनि उद्देश्यको इच्छा चाहिँ त्यो हो मानिसले जे गरेको परमेश्वर चाहानुहुन्छ त्यो कुरा निर्णय गर्नु र निश्चय गर्नु हो वा मानिसले जे गरेको चाहानुहुन्छ त्यो गर्नु हो । यसरी चिन्हहरुको इच्छाद्वारा परमेश्वरले अब्राहमलाई आफ्नो छोराको बलि गर्नको लागि सबै कुरा तयार गरेको चाहानुहुन्छ जवकी उहाँको उद्देश्यको इच्छाद्वारा उहाँले मानिसको जीवनलाई सुरक्षित गर्ने बिश्चित गर्नु हुन्छ।
बिद्वानहरुले चिन्हहरुको इच्छालाई पाँचवटा क्षेत्रमा वा भागमा बिभावन गरेका छन् । खराबीको सन्दर्भमा : निषेध गर्ने वा अनुमति दिने । असलको सन्दर्भमा : बोध गर्ने परामर्श दिने वा काम गर्ने भन्ने कुराको घोषणा परमेश्वर गर्नु हुन्छ । यदि प्रत्यक्ष रुपमा आफबाट हो भने यसले चाहिँ केहि असर गर्छ त्यसलाई काम भनिन्छ । यदि अप्रत्यक्ष रुपमा आफुबाट हो भने यो उहाँले त्यतिबेला कामलाई लुकाउनुहुन्न वा अवरुद्ध पार्नुहुन्न र यसलाई अनुमति दिनुहुन्छ । तर यदि परमेश्वरले अरुहरुबाट केहि गरेको चाहन्छु भन्ने घोषणा गर्नु हुन्छ भने यो प्रत्यक्ष रुपमा उहाले के गरेको र त्यसको बिरुद्धमा निषेध गरेको कुराको आज्ञा गर्नु हुन्छ वा मनाउने काम गर्नुहुन्छ अर्थात् सल्लाह वा परामर्श दिएर ।
यथार्थ रुपमा भन्नुपर्दा जवकी चिन्हहरुको इच्छा चाहिँ इच्छाहरुको चिन्ह भन्दा अरु केहि होईन । किनकि परमेश्वरले जे आज्ञा गर्नुहुन्छ, निषेध गर्नु हुन्छ, प्रतिज्ञा गर्नुहुन्छ, हप्काउनुहुन्छ वा गर्नुहुन्छ त्यो चाहिँ उहाँको इच्छाको चिन्ह हो । यद्यपी त्यो उहाँको पुर्ण उद्देश्य होईन । चिन्ह चाहिँ हाम्रो नजिक भएका कुराहरुमा प्रकट हुन्छ तर टाढाको बुर्कुसी मार्ने ठाउँबाट यो प्रवाह हुँदैन । चिन्हको इच्छाचाहिँ उद्देश्यको इच्छाबाट अगाडी बढ्छ । यी दुई कुराहरु एक अर्काको बिरुद्धमा हुन सक्दैनन् । उद्देश्यको इच्छा चाहिँ अन्तिममा चिन्हहरुको इच्छामा पर्छ जव बिश्वास ज्ञानको सट्टामा आउँछ अनि जे कुरा प्रकाशको अवस्थामा बुझ्न कठिन हुन्छ त्यो चाहिँ अरुमा स्पष्ट हुन जान्छ । (एफीसी ३:५, ४:१३, १ कोरिन्थी १३:१२, युहन्ना १३:७)
घ. प्रकट गरिएको र गुप्त इच्छामा :
यो केवल बिबिधताको असल लेख हो । जुन भर्खरै व्याख्या गरिएको छ।
ङ. निश्चित र सशर्त इच्छामा :
पहिलो चाहिँ शर्तरहित र दोश्रो चाहिँ शर्त सहितको इच्छा हो । यो चाहिँ उहाँको निश्चित इच्छाबाटको हो की परमेश्वरले संसारलाई सृष्टि गर्ने निर्णय गर्नुभयो । किनकी उहाँले या बिना शर्त इच्छा गर्नु भयो । यो पनि उहाँको निश्चित इच्छाबाटको हो कि तिनीहरु जसले अन्त्यको दिनसम्मै उहाँमा गरिएको विश्वासलाई बचाईराख्छन् तिनीहरु बाच्नेछन् किनकी यो पनि बिना शर्त छ। (पाठ ९, १५) तर यो उहाँको शर्तसहितको इच्छाबाट भएको छ कि उहाँले हरेक मानिसको मुक्ति चाहानुहुन्छ । त्यसको लागि बिश्वास गर्नुपर्ने शर्त राख्नुभएको छ। (पाठ ९,१६)
च. निश्चित र समन्वयमा :
पहिलो चाहिँ दाश्रो कारणको बिना र त्यसपछिको चाहिँ त्यसको बारेमा बिचार गर्छ । जव पहिले समन्वय हुन्छ भने त्यो चाहिँ शर्त जस्तै हुन्छ जुन चाडै फरक प्रतिबिम्बमा पाइन्छ । परमेश्वरले यो चाहानुहुन्छ कि मानिसको शारिरीक जीवन चाहिँ खाना र पानीबाट पालनपोषण हुन्छ । अनि आत्मिक जीवन चाहिँ अनुग्रहमा गरिउको बिश्वासबाट सक्रिय हुन्छ । र दिगो बन्द्ध । यी दुबैभा प्रतिनिधित्यवको कम हुन्छ । जसद्वारा परमेश्वरले काम गर्नु हन्छ । यो चाहिँ परमेश्वरको शर्त सहितको इच्छा हो कि मानिसहरुले बिश्वास गरे भने उनीहरु बचाईनेछन् । उनीहरुले बिश्वास गरुन् भन्ने चाहिँ उहाँको आदेश सहितको इच्छा हो । अर्थात त्यो चाहिँ सहि प्रकारले बिश्वसा गरेर मात्र हुन्छ । अनि तिनीहरुले भरोसा प्राप्त गर्छन् । उहाँको बचनद्वारा परमेश्वरको संसार सृष्टि गर्ने उद्देश्य चाहिँ उहाँको आदेश थियो । तर शर्त थिएन । यसैले अन्तिम दिनमा मरेकाहरुलाई बिउताउने उहाँको इच्छा चाहिँ स्वर्गदुतको आवाज हो । अनि आदेश पनि हो । निश्चय भन्ने शब्दको अर्थ चाहिँ यसकारण निर्धारित कुराबाट निणय हुन्छ । जवकी यो चाहिँ शर्त वा आदेशको ठिक बिपरित हुन्छ ।
छ. पुर्ववर्ती र परिणाम स्वरुप :
पहिलेकोले कुनै पनि परिस्थितिबिना परमेश्वरको निर्णयको हस्तान्तरण गर्छ । त्यसपछिको चाहिँ एउटा हो जसमा सृष्टि को भागको परिस्थिति र शर्त रहन्छ । मत्ती २३:३७ ए यरुशलेम ए यरुशलेम तँ जसले अगमवक्तालाई मार्ने र तँ कहाँ पठाईएकाहरुलाई ढुङ्गाले हान्ने । जसरी कुखुरीले आफ्ना चेलाहरुलाई पखेटामुनि बटुल्छ त्यसरी नै मैले धेरै पल्ट तेरा बालकहरुलाई बटुल्ने इच्छा गरें तर तँले मानिनस् ।
यहाँ मानिसको इच्छाले चाहिँ परमेश्वरको इच्छालाई निराश पार्ने कुराको प्रतिनिधित्व गर्छ । उहाँको पुर्ववर्ती इच्छाद्वारा परमेश्वरले यरुशलेमलाई बचाउनु हुन्थ्यो । तर शर्तहरु हस्तक्षेप हुन्छ र क्रम चाहिँ निरिक्षण गरिन्छ । मानिसले परमेश्वरको इच्छालाई बिरोध गर्नको लागि शक्ति कायम राख्छ अनि शर्तहरुमा सहमत हुँदैन । अनि कामा रहनबाट चुक्छ । जुन परमेश्वरले मिलाउनुभएको थियो । यसपछि यरुशलेम बाच्न सकोस् र त्यो बाच्न नसकोस् भन्ने दुबै कुरा परमेश्वरको इच्छा भित्र पर्दछ । उहाँको पुववर्ती इच्छा चाहिँ त्यो बाच्न सकोस् भन्ने हो । अनि उहाँको परिणाम स्वरुपको इच्छा चाहिँ त्यो बाच्न नसकोस् भन्ने हो । तर यसको पाप यसैमा छोडिन्छ।
५७. के हामी अहिले इश्वरीय इच्छाको बिशेष गुणको गणनालाई सुन्नको लागि तयार छौँ ?
शक्ति, न्याय र सत्यता, असल र प्रेम अनि पवित्रता ।
५८. परमेश्वरको शक्ति भनेको के हो ?
उहाँ सर्वशक्तिमान हुनुहुन्छ, यसको अर्थ उहाँले जे कुराको इच्छा गर्नु हुन्छ । त्यो काम गर्न सक्नु हुन्छ।
मत्ती १९:२६ परमेश्वरको लागि सबै कुरा सम्भव छ।
लुका १८:२७ उहाँले भन्नुभयो, मानिसहरुका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।
भजन ११५:३ हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे चाहानुहुन्छ, त्यहि गर्नुहुन्छ ।
भजन १३५:६ परमप्रभुले आफ्नो इच्छा बमोजिम गर्नुहुन्छ ।
५९. के परमेश्वरले गलत कुरा गन सक्नुहुन्छ ?
हिब्रु ६:१८ परमेश्वर असत्य ठहरिनु असम्भव छ।
६०. यसकारण के उहाँको शक्ति सिमित छ ?
छैन, किनभने उहाँको इच्छा विपरितको कुराहरुमा परमेश्वरले इच्छा गर्नु हुन्न र इच्छा गर्न सक्नुहुन्न वा उहाँले कुनै पन अपुर्णतालाई संकेत गर्न सक्नुहुन्न । मृत्युको नैतिकता वा दायित्व, छलको अशुद्धि वा दायित्व, बहाकाउने र धोका दिने मानिसको भट बोल्ने काम वा शक्तिले शक्तिको संकेत गर्नुको सट्टामा शक्तिहिनताको संकेत गर्छ । हरेक स्वभावले परमेश्वरको घोषणालाई समर्पित गर्छ कि सम्भव भएसम्म यसको बिपरित कल्पना गर्न सकिँदैन ।
२ तिमोथि २:१३ उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न ।
६१. परमेश्वरको सर्वशक्तिमतालाई रक्ष गर्ने कुराको बिरुद्धमा अरु कस्ता गलत बुझाईहरु छन् ?
सबै असमानतामा रहेका गल बुझाईहरु बिरुद्धमा छन् । उदाहरणको लागि यदि बिगतको सबै सम्बन्धित कामहरु बनाउने उहाँको इच्छा हुन्छ भने त्यो कहिल्यै पनि अस्तित्वमा रहन सक्दैन । तथापी जे कुरा बिवबदास्पद छ अनि प्राकृतिक संसारमा यो वास्तवमै हुन्छ । अनि यो अलौकिक कुरामा बारम्बार हुँदैन ।
एफिसी ३:२० उहाँलाई जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन ज्यादै प्रसस्त मात्रमा गर्न सक्नुहुन्छ
६२. परमेश्वरको न्याय के हो ?
परमेश्वरको न्याय त्यो हो जुन परमेश्वर इच्छा गर्नुहुन्छ, स्वीकार्नुहुन्छ अनि आज्ञा दिनुहुन्छ । जुन चाहिँ उहाँको नियम घृणामा निर्दिष्ट हुन्छ । यससँग बिबादिन हुनेलाई मुक्का हान्ने गर्छ।
व्यवस्था ३२:४ एउटा बिश्वासयोग्य परमेश्वर जसले भुल गर्नु हुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ।
भजन १४५:१७ परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ ।
भजन ११९:१३७ हे परमप्रभु तपाई धर्मी हुनुहुन्छ र तपाईका नियमहरु सत्य छन् ।
६३. तर के यसले परमेश्वरले दिनुभएको व्यवस्थालाई सुधार गर्दैन त ?
गर्दैन, किनकी व्यवस्था चाहिँ केवल परमेश्वरको प्रकृतिको अभिव्यक्ति हो । मानिसहरुलाई ठिक समयमा हिड्नको लागि दिईएको हो । यो केवल भित्र रहेको कानुनको प्रकाश अथवा स्तर हो । यसमा परमेश्वर अनन्त देखि अस्तित्वमा हुनुहुन्छ।
६४. के यो कुरा असल भएकोले परमेश्वरले यसको इच्छा गर्नु भएको हो वा परमेश्वरले चाहानुभएकोले यो कुरा असल भएको हो ?
यो प्रश्न चाहिँ परमेश्वरको इच्छा वा उहाँको गुण र स्वभाव चाहिँ असल वा खराव छ भन्ने कराको सट्टामा सोधिन पर्ने थियो । मानिसको लागि यो बभन्न पर्याप्त छ कि परमेश्वरले यस कुराको इच्छा गर्नु हुन्छ । किनभने अझ त्यहाँ इच्छा र परमेश्वरको स्वभावको बीचमा पुर्णतया मेल छ । जसलाई मौलिक रुपमा बिचार गरिन्छ अनि नतिजा चाहिँ एउटै आउँछ ।
६५. तर यहाँ फेरि प्रश्न उठ्छ : यी कुराहरु परमेश्वरबाट इच्छा र चाहना गर्नुभन्दा अरु कारणले यी कुराहरु असल हुन्छ ? के सत्यता र प्रेम परमेश्वरको कारणले मात्र आएको सद्गुण हुन् ?
केहि कुराहरु चाहिँ परमेश्वरको इच्छा र आज्ञाको कारणले औपचारिक व्यवस्थाको संस्कार र रितिरिवाजमा पुर्ण रुपमा असल छन् जुन कुराहरु चाहिँ अस्थायी रुपमा स्वीकार्य छन् । अनि उनीहरुको रितिरिवाजको अभ्यास नियुक्त गरिएको समय बितेपछि आज्ञा गरिएका थिए । (गलाती ५:२)
६६. तर कसरी यसले स्थायी र अपरिवर्तनीय नैतिकतामा बिचार गर्छ जस्तो की तिनीहरु नैतिक व्यवस्थामा दोषणा गरिएका छन् ?
तिनीहरु येशूको आफ्नै प्रकृतिमा जरा गाडिएका हुन्छन् । यसकारण तिनीहरुको आधारभुत स्तर चाहिँ इच्छा होइन तर परमेश्वरको आफ्नै प्रकृति हो । परमेश्वरको धार्मिकताको सबैभन्दा महान स्तर चाहिँ मानिस परमेश्वरको स्वरुप हो जसमा मानिसको सृष्टि भएको छ ।
एफिसी ४:२४ र परमेश्वरको स्वरुपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर ।
यसकारण जव परमेश्वरले इच्छा गर्नु भएको कारणले मात्र समारोह हरुको बिधि र सबै सकारात्मक आज्ञाहरु असल र सहि छन् भने परमेश्वरले अरु कुराहरु पनि इच्छा गर्नुहुन्छ किनकी तिनीहरु परमेश्वरलाई र आफ्नो छिमेकीलाई प्रेम गर्नको लागि सहि र असल छन् । यद्यपी परमेश्वरले कुनै पनि आज्ञामा तिनीहरुलाई यस्तो सल्लाह दिनुहुन्न कि तिनीहरुले आफुलाई असल बनाउन नछोडुन् र हामीलाई बन्धनमा नराखुन् ।
६७. के कस्ता फरक तरिकाबाट मानिसहरुमा परमेश्वरको न्याय आउँछ ?
सल्लाह दिएर वा कर्तव्य निर्वाह गरेर मानिसहरुमा परमेश्वरीय न्याय आउँछ । व्यवस्था चाहिँ बुद्धि बिबेक र धर्मशाश्त्र दुबैबाट (बिधी निर्माण गर्ने न्याय) दिईएको हुन्छ । तिनीहरु चाहिँ असललाई इनाम दिएर (विभाजित गर्ने न्याय) र खराबलाई दण्ड दिएर (बदला दिने न्याय) न्याय गर्ने हुन्छन्।
६८. के परमेश्वरको बदला लिने न्याय आवश्यक वा आकस्मिक हो ?
यो चाहिँ परमेश्वरको पापलाई घृणा गर्ने वा सजाय दिने भन्ने स्वभावमा पर्छ । पाप नगर्नाले सजायलार्य सधैको लागि भगाउन सक्छ अनि त्यसै गरि असल नगर्नाले इनाम पाउन चुक्न सक्छ।
प्रस्थान ३६:६-७ परमेश्वरले दोषीलाई कुनै किसिमले पनि सजाय दिनुहुन्छ ।
भजन ५:५ घमण्डी मानिस तपाईको सामु टिक्नै सक्दैन । दुष्ट काम गर्नेहरु सबैलाई तपाई घृणा गर्नु हुन्छ।
प्रस्थान २३:७ दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन ।
हबकुक १:१३ तपाईको दृष्टि यति शुद्ध छ कि तपाई दुष्ट कुरा हेर्न सक्नुहुन्न । त्यसै गरि १ तिमोथि ५.२४-२५ पनि हेर्नुहोस् ।
६९. कुन चाहिँ स्वभाव न्याय गर्ने कुरा सँग एकदमै घनिष्टतासँग जोडिएको छ ?
सत्यता, किनभने परमेश्वरको न्याय चाहिँ परमेश्वरको व्यक्तित्वबाट आउने स्वभाव हो । परमेश्वरको सत्यता चाहिँ परमेश्वरको अभिव्यक्तिको सत्यता सँगैको समरुपता हो । अनि प्रतिज्ञा पुरा गर्ने र कष्ट दिने कुराको इमानदारिता हो ।
व्यवस्था ३२.४ लाई हेर्नुहोस् । (प्रश्न नं. ६२) हिब्रु ६.१८ (प्रश्न नं. ५९)
७०. परमेश्वरको असल पक्ष चाहिँ के हो ?
क. एका तिर, उहाँको व्यक्तित्व एकदमै सिद्ध छ।
लुका १८.१९ एक परमेश्वर बाहेक कोहि असल छैन ।
मर्कुस ५:४८ तिमीहरुका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ ।
ख. उहाँको इच्छा चाहिँ यो सिद्धताको बारेमा अरुलाई भन्नु हो । अनि उसको नैतिक उत्कृष्टताको बारेमा अन्य परमेश्वरबाट सृष्टि गरिएको कुरालाई सञचथर गर्नु हो ।
याकुब १:१७ हरेक असल उपहार र सिद्ध उपहार माथिबाटको हो । जुन ज्योतिका पिताबाट हामीमा आएको छ।
१ कोरिन्थी ४:७ तिमीहरु सित के छ, जो तिमीहरुले पाएका छैनौ ?
रोमी २:४ अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोऱ्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशिलता र धैर्यको प्रसस्ततालाई तुच्छ ठान्छौ ?
ग. मानिसहरुमा उहाँको आकर्षण आफैलाई उच्चतम स्थानमा राख्नु हो।
भजन ७३:२५-२६ आफ्नै सल्लाहमा तपाईले मलाई डोऱ्याउनुहुन्छ, र पछि मलाई महिमामा लानुहुनेछ । स्वर्गमा तपाईबाहेक मेरो अरु को छ र ? र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईबाहेक अरु कोहि छैन।
७१. परमेश्वरको असल पक्षमा के के कुरा समाबेश हुन्छ ?
उहाँको प्रेम, त्यो चाहिँ उहाँको सृष्टिमा प्रसन्न हुन्छ अनि तिनीहरुको कल्याणको लागि उहाँले गर्नुभएको इच्छामा प्रसन्न हुन्छ । यो उस्तै कुराको प्रकाश हो तर त्रिएकको व्यक्तित्वको बिचमा भएको ठूलो सम्बन्धमा हुन्छ ।
१ युहन्ना ४८ परमेश्वर प्रेम हुनुहुन्छ ।
१ युहन्ना ३:१६ यसैबाट प्रेम के हो भन्ने हामी थाहा पाउँछौ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो ।
युहन्ना १७:२४ संसारको सृष्टि हुनु अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईल मलाई दिनुभएको थियो ।
७२. यस प्रेमको बारेमा के के फुक स्वरुपहरु छन् ?
क. हितकारी प्रेम, अनन्तताबाट सृष्टिलाई परमेश्वरको हस्तान्तरण जसले असल कुरालाई पहिलो प्राथमिकता दिन्छ जसले यो प्रेममा चल्न सक्छ (युहन्ना ३:१६)
ख. परोपकारी प्रेम, जसद्वारा परमेश्वरले हितकारी प्रेमलाई प्रभावकारी प्रकारले बोक्नु हुन्छ । यसमा उहाँको लागि र उहाँमा असल गर्नु हो । (एफिसी ५:२५)
ग. प्रसन्न प्रेम, जसद्वारा उहाँले परोपकारी प्रेमलाई खुसी पार्नु हुन्छ । जस्तो तिनीहरुलाई उहाँले पुनर्जीवित भएको देख्नु हुन्छ ।
हिब्रु ११:५ किनकी परमेश्वरले तिनलाई लानुभएको थियो । तिनी उठाईलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो ।
७३. पहिलो स्वरुप के हो जसमा यो प्रेम परिचित छ ?
अनुग्रह त्यो चाहिँ परमेश्वरको प्रेमलाई निशुल्क रुपमा लिनु, मानिसको योग्यता बिना नै उहॉको समर्थन पाउनु अनि मानिसको अयोग्यतामा पनि त्यो हासिल गर्नु हो ।
रोमी ११:६ तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
रोमी ३:२४ परमेश्वरका अनुग्रहको बरदानले ख्रीष्ट येशुमा भएको उद्धारबाट तिनीहरु सित्तैमा धर्मी ठहरिएका छन्।
७४. के पवित्र धर्मशाश्त्रमा प्रयोग भएका शब्दहरु अरु कुनै भावमा पनि प्रयोग भएका छन् ?
यस अनुग्रहद्वारा बरदानलाई स्थान दिनका लागि अभ्यासरत भाषणको आकृतिद्वारा प्रयोग भएका छन् । यिनीहरुका केहि कुराहरु १ कोरिन्थी १५:१० मा भनिए जस्तै साधारण हुन् । तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु र म माथि भएको उहाँको अनुग्रह व्यर्थ भएन । तर मैले त तिनीहरु सबैले भन्दा बढि परिश्रम गरें । अरु चाहिँ अस्वभाविक र बिचित्रका छन् । एफिसी ४७ तर ख्रीष्टको बरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिईएको छ । १ कोरिन्थी १२:४,७-८
७५. व्याख्याकारहरुले अनुग्रहलाई कस्तो फरक बनाए ?
व्याख्याकारहरुले अनुग्रहलाई अनुग्रह सित्तैमा दिईएको हो र अनुग्रहले आभारी वा स्वीकारयोग्य बनाउँछ भन्ने फरक बनाए । पहिलेका मानिसहरुको प्रयोगद्वारा यो प्राप्त गर्न सक्छ । जस्तो हामी त्यसपछि परमेश्वरको बिचारमा कुनै पनि कुरा उपयुक्त नभएको देख्न सक्छौँ तर ख्रीष्टको धार्मिकता पनि देख्न सक्छौं । अनुग्रह चाहिँ सित्तैमा दिईएको छ अनि अनुग्रहलाई स्वीकार योग्य बनाईएको छ । यसकारण यसलाई फरक बनाउन सकिदैन ।
७६. असल धर्मशाश्त्रका आधारहरुसँग अहिलेको समयमा के कस्ता बिभेद छन् ?
रोकथाम गर्ने, परिचालन गर्ने र सहकार्य गर्ने अनुग्रहमा । रोकथाम गर्ने अगुग्रहले मानिसको इच्छा पुर्वगामी हुन्छ वा मुक्तिको वास्ता गर्छ । परिचालन गर्ने अनुग्रहले मानुिको पश्चाताप र विश्वासमा काम गर्छ । सहकार्य गर्ने अनुग्रहले नयाँ शक्ति प्रदान गरेर अभ्यासलाई साथ दिन्छ । जसले परिचालन गरेको अनुग्रहलाई पबिष्ट गर्छ । यो छिटो देखिन्छ कि बिभेद चाहिँ अनुग्रह आफ्नै होईन तर यस अनुग्रहमा भएको मानिसको बिभिन्न सम्बन्ध हो अनि पक्रिया हो । जसबाट इसाईहरुको जीवन शुरु हुन्छ र सिद्धतामा अगाडी बढ्छ ।
७७. प्रेमलाई अरु कुन स्वरुपमा चिनिन्छ ?
दयाको रुपमा, वा परमेश्वरको दयनीय अवस्थालाई शान्त पार्ने कुराको हस्तान्तरण गर्नु हो । जुन चाहिँ इश्वरीय दया हो।
लुका १:७८ हाम्रा परमेश्वरको कोमल कृपाको कारणले स्वर्गबाट बिहानको ज्योति हामीमाथि पर्ने छ।
एफिसी २:४ तर परमेश्वर जो कृपामा धनि हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो ।
भजन १०३:८ परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला र अति करुणामय हुनुहुन्छ ।
७८. के यो अरु स्वरुपमा छ ?
छ, परमेश्वर धेरै कष्ट सहने परमेश्वर हुनुहुन्छ । यसबाट यसले यो अर्थ राख्छ कि पश्चातापको लागि अवसर प्रदान गर्न उहाँले योग्य दण्डलाई स्थगित गर्ने गर्नु हुन्छ ।
रोमी २:४ अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चातापमा डोऱ्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रसस्ततालाई तुच्छ ठान्छौं ?
२ पत्रुस ३:९ आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्छ भन्ने कसैकसैको भनाई भए तापनि उहाँ ढिलो गर्नुहुन्न । तर कोहि पनि नष्ट नहोस् तर सबै जनाले पश्चाताप गरुन् भन्ने इच्छा गरेर प्रभु तिमीहरु प्रति धैर्यवान हुनुहुन्छ ।
७९. परमेश्वरको पवित्रता भनेको के हो ?
परमेश्वरको पवित्रता भनेको त्यो हो जसले इश्वरीय गुण नभएको कुराहरु परमेश्वरको इच्छालाई उहाँको प्रकृति सँगैको निश्चयता अनि उहाँको नैतिक स्वभावलाई उहाँबाट अलग बनाउछ र फरक बनाउँछ ।
यशैया ६:३ अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरु पुकार्दै थिए । सर्वशक्तिमान परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ ।
१ पत्रुस १:६ तिमीहरु यसैमा रमाउँछौ यद्यपी अहिले थोरै समयको निम्ति तिमीहरुले बिभिन्न किसिमबाट कष्ट भोग्नु पर्दछ।
