इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय १७ ख्रीष्टमा बिश्वास (Chapter 17 – Faith in Christ)
१. के पवित्र आत्माको फलद्वारा माध्यम बन्ने काम हुन्छ ? ख्रीष्टमा गरिएको विश्वसद्वारा । एफिसी २:८ किनभने अनुग्रहबाट बिश्वासद्वारा तिमीहरुले उद्धार पाएका छौ अनि यो तिमीहरु आफैबाट होईन । यो त परमेश्वरको बरदान हो । रोमी २:२५ परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरुप प्रस्तुत गर्नुभयो । जुन प्रायश्चित बिश्वासद्वारा ग्रहण गर्नु पर्दछ।
२. कसरी यस बिषयमा भएको पवित्र धर्मशाश्त्रका सिद्धान्तहरु अस्वर्गको स्वीकारोक्तिमा सक्षिप्त बयान गरिएको छ ?
मानिस आफ्नो शक्ति योग्यता र कामले परमेश्वरको अगाडी सिद्ध हुन सक्दैन तर ख्रीष्टमा गरिएको बिश्वासद्वारा सित्तैमा सिद्ध ठहरिन्छ । जव तिनीहरुले सद्यभावमा र ख्रीष्टद्वारा पाप क्षमा भएको कुरामा विश्वास गर्छन् । जसको मुत्युको कारणे गर्दा हाम्रो पापहरु धोईका छन् । उहाँको तर्फबाट धर्मी ठहऱ्याउन परमेश्वरले बिश्वासको इच्छा गर्नुभयो । (रोमी ३ र ४)
३. बिश्वासको क्षेत्रमा इश्वरशाश्त्रीहरुको बिचमा के कस्ता भिन्नता पाउन सकिन्छ ?
तिनीहरुले १. कर्ताकारक र कर्मकारकमा २. मानवीय र इश्वरीयमा ३. सरल र धाराप्रवाहमा ४. कामको रुपमा गरिने बिश्वास र व्यवहारको रुपमा गरिने बिश्वासमा ५. स्पष्ट र अस्पष्टमा ६. अपरिपक्व बिश्वास र प्रेमबाट आएको विश्वासमा फरक बनाएका छन्।
४. कर्ताकारक र कर्मकारक बिश्वासमा कसरी फरक बनाएका छन् ?
पहिलो चाहिँ बिश्वास गरिरहनु भन्ने हुन्छ र अर्को चाहिँ के मा बिश्वास गयो भन्ने हुन्छ । पहिलो चाहिँ तिनीहरुले उचित रुपले बिश्वास गर्नु भन्ने हो अनि यसको उपयोगी अर्थ धर्मशाश्त्रमा पाइन्छ । दोश्रो चाहिँ चिनाउने बस्तु भन्ने अर्थ लाग्छ । जस अनुसार यसको गुणको आधारमा बस्तुको नाम राखिन्छ । जस्तो भनिएको छ । यरुशलेमका मानिसले बप्तिष्मा दिने युहन्नाको कुरा सुने । मत्ती ३:५ जवकी यसको अर्थ चाहिँ त्यहाँका निवासीहरु निस्केर आए भन्ने हुन्छ । यसैले बिश्वासचाहिँ धर्मशाश्त्रको केहि थोरै खण्डमा मात्र छ तर मण्डलीमा के कुरामा विश्वास गर्ने भन्ने कुरामा प्रयोग भएको छ । यहुदा ३ सन्तहरुलाई सदाकालको निम्ति सुम्पिएको बिश्वास रक्षा गर । गलाती १:२३ बिश्वासको प्रचार ।
५. मानवीय विश्वास भनेको के हो ?
यो एउटा बिचार मात्र हुन सक्छ यसकारण विश्वासको प्रख्यात प्रयोग कहिलेकाहिँ अनुमान गर्नु वा एउटा बिचार भन्ने पनि हुन सक्छ । के तपाई यसमा निश्चित हुनुहुन्छ ? हामीलाई रिपोर्ट गर्नेलाई हामी यो सोध्छौँ अनि हामी जवाफ सुन्न हतार गर्छौँ । अँ म बिश्वास गर्छ । यसको अर्थ यस धारणालाई अनुमति दिन पर्याप्त प्रमाणहरु छ भन्नु भन्दा अरु केहि होइन । रोमीहरुको पत्रमा उहाँको परिचय दिएको कुरालाई उल्लेख गर्दा लुथरले भन्छन्, विश्वास चाहिँ मानिसको धारणा वा सपना होइन जसलाई कसैले बिश्वासयोग्य हुन भन्छन् । जव तिनीरुले सुसमाचार सुन्छन् तव तिनीहरुले अफ्नो शक्तिद्वारा तुरुन्तै कल्पना गर्छन अनि आफ्नो मनमा बिचार गर्छन् । जसलाई उनीहरुरले बचनमा म बिश्वास गर्छ भनेर अभिव्यक्ति दिन्छन् । यसमा उनीहरुले सहि बिश्वस गर्छन् । तथापी यो केहि होईन तर मानिसको सोचाई र परिकल्पना हो।
अथवा यो ऐतिहासिक बिश्वास हुन सक्छ । त्यो चाहिँ साँचो तथ्यलाई एउटाको अनुभवको क्षेत्रभन्दा बाहिर स्पष्ट गवाहि भित्र रहेर बुझाउने काम हो । बिश्वास चाहिँ केवल इतिहासको ज्ञानमामात्र जाहेर गरिदैन । (अस्वर्गको स्वीकारोक्ति, पाठ २०) यस्तो कुरा पनि केवल इसाई धार्मिक शिक्षाको उच्चारणलाई स्मरण गर्ने कुराको बौद्धिक बुझाई हो वा सिद्धान्तहरुको, पद्धतीको नियन्त्रण हो । अरु धेरै खण्डहरुलाई तिनीहरुले स्कुलमा बेईमानी गरेका छन् किनभने तिनीहरुले बिश्वासको धार्मिकतालाई सिकाएका छैनन् । अनि तिनीहरुको केवल इतिहास र सिद्धान्तको ज्ञानबाट मात्र सिक्छन् । अनि यसद्वारा बुझ्न सक्दैनन । अनि त्यसले अनुग्रह र धार्मिकताको प्रतिज्ञालाई सम्झर भलाई गर्न सक्दैनन् । (अनुनय १५८)
६. इश्वरीय विश्वास भनेको के हो ?
लुथरलाई जवाफ दिन दिउँ : बिश्वासचाहिँ हामीमा भएको इश्वरीय काम हो । जसले हामीलाई परिवर्तन गर्छ अनि हामीलाई परमेश्वरमा नयाँ प्रकारले उत्पन्न गर्छ । यसले हामीलाई मानिसको हृदय, मन, बिचार र सबै शक्तिमा पुर्ण रुपले फरक बनाउँछ । अनि हामीलाई पवित्र आत्मासँगै लैजान्छ । बिश्वास चाहिँ परमेश्वरको अनुग्रहमा भएको जिवीत , फराकिलो निश्चित कुरा हो । यो एकदमै निश्चित छ कि जसले यो पाउँछ त्यो यसको लागि हजारौं पटक मर्छ । यसमा बिश्वासले काम गर्नको लागि प्रार्थना गर्नहोस । अन्यथा तपाई अनन्तसम्म बिश्वास बिना रहन सक्नुहुन्छ । यद्यपी तपाईले जे चाहानुहुन्छ र गर्व गर्न सक्नुहुन्छ त्यसलाई सोच्नुहुन्छ र गर्नुहुन्छ । (रोमीको परिचय) बिश्वास त्यो हो कि मेरो सम्पुर्ण हृदय यसमा रहन्छ । यो काम गराई मात्र होईन, मेरो प्रस्तुतिकरण वा दियाई मात्र होईन । मेरो काम वा तयारी मात्र होईन । (अनुनय ९१) मेरो हृदयले र पवित्र आत्माले हृदयमा परमेश्वरको प्रतिज्ञा चाहिँ साँचो र निश्चित छ भनेपछि बिश्वास हुन्छ । (अनुनय १०३)
७. सरल र धाराप्रवाह विश्वासमा के फरक छ ?
यो भिन्नता चाहिँ बिश्वास आफ्नै बिषयमा होईन । अनि के कुरालाई सरल र के कुरालाई धाराप्रबाह भन्ने बिषय चाहिँ एउटै खालको बिषय हो तर आफैलाई जाँच्ने क्षमताको फरक फरक बिषयमा केन्द्रित हुन्छ । अनि प्रस्तुत हुँदा कस्तो बिश्वास हो भनेर चिनिन्छ । धाराप्रवाह बिश्वास चाहिँ त्यो हो जसलाई परिवक्व बिश्वासीबाट हेरिन्छ र अनुसन्धान गरिन्छ । जस्तो बालकको बिश्वास भन्दा यो फरक हो । जसले बिश्वासको बारेमा पनि केहि नसोची बिश्वास गर्छन् तर साधारण कुराहरु चाहिँ बिश्वासले देखाउछ । सरल बिश्वासले चाहिँ बिश्वासको बस्तु सँगै स्थान लिन्छ । अर्थात् ख्रीष्ट जवकी धाराप्रबाह बिश्वास चाहि सरल बिश्वास सँगै रहन्छ ।
८. व्यवहारको रुपमा गरिने बिश्वास र कामको रुपमा गरिने बिश्वासमा के फरक छ ?
एउटाचाहिँ ख्रीष्टको सम्बन्धमा भएको अवस्था वा शर्त वा निश्चित सम्बन्ध हो । अर्को चाहिँ अवस्थाबाट भटपट काम हुनु र यसबाट प्रकट हुनु हो । हामी हाम्रा साथीहरुलाई भरोसा गर्छौँ । श्रीमानले श्रीमतिलाई प्रेम गर्छ वा आमाबुले बच्चालाई प्रेम गर्छन् । यस्ता कुराहरुलाई सचेत कामहरु भनिन्छ । जसले यसलाई व्यक्त गर्छन् । परमेश्वरको छोराछोरीमा पनि उठ्दा वा सुत्दा आफ्नो मनलाई व्यवसायमा लगाउँदा वा गणितिय हिसाब कितावमा अल्भिदा, जस्तो पवित्र धर्मशाश्त्र अध्ययन गर्दा, प्रभुभाज लिँदा, प्रार्थनामा रहदाँ वा कुनै एकदमै ठूलो यातनाको पिडामा रहँदा सुरक्षाको लागि इश्वरीय प्रतिज्ञाहरु तर्फ गएको बेलामा ख्रीष्टमा विश्वास हुन्छ ।
९. स्पष्ट र अस्पष्ट बिश्वासमा के भिन्नता छ ?
स्पष्ट बिश्वास चाहिँ त्यहाँहुन्छ जहाँ के कुरामा विश्वास गरिएको छ भन्ने थाहा हुन्छ । अस्पष्ट बिश्वास त्यहाँ हुन्छ । जहाँ के कुरा स्वीकार गरिएको भन्ने थाहा हुन्छ । तर बिशेष कुरा चाहिँ थाहा हुँदैन । यसरी पुरानो करारका सन्तरले धेरै कुराहरु अस्पष्ट तरिकाले बिश्वास गरेका छन् । जसलाई हामीले स्पष्ट सँग बिश्वास गरेका छौँ । बिद्वानहरुले चाहिम शिक्षा दिने क्रममा यसको सिद्धान्तलाई दुरुपयोग गरेका छन् कि जसले मण्डलीको अधिकारलाई स्वीकार गर्छ त्यसबाट उसले मण्डलीका सबै शिक्षालाई स्वीकार गर्छ वा त्यसलाई सिकाउथ्यो वा सिकाउने छ । यस अनुसार एउटा पढ्न नसक्ने नोकर्नी वा रेखदेख गर्ने व्यक्ति यदि उ रोमन क्याथोलीक मण्डलीमा आवद्ध छ भने उसले अस्पष्ट तरिकाले फैसला गर्छ र बिधि लागु गर्छ। अझ उसले कहिल्यै नसुनेको र नदेखेको कुरा वा नसोचेको कुरामा पनि उसले वकालत गर्छ ।
१०. अपरिपक्व र प्रेमबाट आएको बिश्वासमा के फरक छ ?
यो भिन्नतालाई प्रोटेस्टेन्ट हरुले इन्कार गर्छन् तर रिफर्मेसनको तर्कलाई बुझ्नको लागि यसलाई जान्नु आवश्यक छ । यो चाहिँ बिद्वानहरुको बिश्वासको परिभाषामा आधारित छ । जस्तो केवल मण्डलीले कस्तो शिक्षालाई सहमति जनाउँछन् वास्तवमा यस्तो बिश्वासले न्याय गर्न सक्दैनन् । तिनीहरुले प्रेममा गरिएको बिश्वासको न्याय प्राप्त गर्छन् । जसद्वारा तिनीहरुले यसलाई फैलाउँछन् । गलाती ५:६ सुधारबादिले मानिसहरु न्यायमा पर्छन् भन्ने कुरा मान्छन् नत तिनीहरुको प्रेमको लेखामा न त विश्वासमा नै तर ख्रीष्टमा गरिएको बिश्वासको लेखामा न्याय पाउँछन् । प्रेमले उनीहरुलाई पछयाउँछ । यसकारण प्रेम चाहिँ बिश्वासको काम गर्ने क्षमताको सट्टामा न्यायको फलचाहिँ बिश्वास चाहिँ प्राप्त गर्न सकिन्छ विश्वासले मात्र पापबाट छुटकारा, न्याय र पुनर्जिवन प्राप्त गर्न सकिन्छ त्यसपछि प्रेम र अन्य असल कामले पछ्याउँछन् । (अनुनय १३९)
११. जव तपाईले मध्यस्थको कामको फलचाहिँ बिश्वासबाट लागु हुन्छ भन्नुहुन्छ । यसको अर्थ के हो ?
त्यो बिश्वास चाहिँ कहिल्यै मुक्तिको क्षेत्रमा आउन सक्दैन । तर केवल अंगको रुपमा आउन सक्छ । जसद्वारा परमेश्वरले दिनुभएको मुक्ति प्राप्त गर्न सकिन्छ । अस्वर्गको स्वीकारोक्तिले यसको भिन्नताके बिषयमा स्पष्टसँग भनेको छ कि यसले मानिसचाहिँ ख्रीष्टमा गरिएको बिश्वासद्वारा न्याय गरिनेछन् भनेको छ।
१२. त्यसो भए बिश्वासको मुल्य के कुरामा रहन्छ ?
पुर्ण रुपले यसको बिषयबस्तुमा जस्तो एउटा औंठिको लागि त्यसमा भएको बहुमुल्य बस्तुको महत्व हुन्छ वा एउटा जहाजको लागि त्यसको सबै तिर बन्द मुहत्वपुर्ण हुन्छ ।
१३. त्यसो भए विश्वासको उचित बस्तु के हो जसद्वारा पवित्र आत्माले मुक्ति ल्याउनुहुन्छ ?
यसको जवाफ दिनु पहिले हामीले बिश्वासले इस्थान लिने बिभिन्न बस्तुहरु के के हुन् भन्ने बारेमा जान्नु आवश्यक छ।
१४. यस सम्बन्धी केहि बस्तुहरुको बारेमा भन्नुहोस् ।
हिब्रुको ११ अध्यायमा बिश्वासको बिभिन्न र अनेक बस्तुहरुको बारेमा सृष्टिको लेखको रुपमा बाढि आउन सक्ने भबिश्यावाणीको सन्दर्भमा मोशालाई लुकाएर राखेको बिषयमा, छुटकाराको चाडको संस्थाको सन्दर्भमा, लाल समुद्रको खण्डको सन्दर्भमा, यरिहोको पर्खाल ढल्ने कुरा आदिको सन्दर्भमा व्याख्या गरिएको छ। सुसमाचारका पुस्तकहरुमा जहाँ बिश्वास गर्न आज्ञा गरिएको छ । त्यहाँ रोगहरु निको पार्ने वा शारीरिक छुटकाराको निश्चयताको कुराहरुलाई बारम्बार चर्चा गरिउको छ । अब्राहमको बिश्वासको बारेमा पावलले उल्लेख गरेका छन् । रोमी ८:३ जुन चाहिँ उत्पत्ती १७५ मा भएको सन्दर्भमा देख्न सकिन्छ शरिरमा फलबन्त हुनु र बाह्य शारीरिक बिउ बन्ने सन्दर्भमा प्रतिज्ञा गरिएको छ । अब हामीले संसारिक कुराहरुमा भएको बिभिन्न बस्तुहरुलाई इन्कार गर्न सक्दैनौँ जसमा बिश्वासले स्थान लिएको छ । तर प्रश्न यहानिर छ कि विश्वासद्वारा न्याय गरिने बस्तु चाहिँ के हो ? कहिलेकाहिँ विश्वासका बस्तुहरुलाई साधारण प्रकारले कुरा गरिन्छ । अनि कहिलेकाहि बिश्वासले न्याय गर्ने कुराको बिचारलाई बयान गरिन्छ । विश्वासको अभ्यासको बारेमा कुसको बारेमा, अनाज्ञाकारीतामा, प्रार्थनामा अनि आत्मिक कुराहरुको अपेक्षाको बारेमा चर्चा गर्दा यो प्रश्न फरक हुन जान्छ । त्यसपछि मानिसहरु चाहिँ पहिले नै बिश्वासद्वारा मिलापमा आएका हुन्छन् । उहाँलाई बिश्वास गर्नेहरुका लागि धार्मिकताको नियमको अन्त्य ख्रीष्ट हुनुहुन्छ र बिश्वासको अभ्यासबाट अरु बस्तुहरु तर्फ निर्देशन गरिन्छ भन्ने कुराको बिषयमा भिन्नता छ । यद्यपी यी अभ्यासहरु सधै भरि परमेश्वरले बिश्वासद्वारा मिलापमा ल्याउनुभएको अ भन्ने आधारमा अनुमान गरिन्छ । (चेम्नीज लोसी)
१५. अब हामी उपयुक्त बस्तुको बारेमा सिक्न तयार छौँ जसले बिश्वासलाई देखाउँछ । यसैले जस्तो ख्रीष्टको मध्यस्थ हुने कामको फललाई प्राप्त गर्छ ?
जव हामी न्याय गर्ने विश्वसको बारेमा बोल्छौं । हामीले यो कुरा मनमा राख्नु पर्छ कि यी तीन कुराहरु सहभत हुन्छन् । प्रतिज्ञा अनि त्यसको मुल्यहिनता अनि मनाउने वा मुल्यको रुपमा ख्रीष्टको योग्यता (अनुनय) । अर्को शब्दमा भन्नुपर्दा, प्रतिज्ञा, अनुग्रह र ख्रीष्टको योग्यता । यी सबैलाई यसरी सारांशमा लिन सकिन्छ । ख्रीष्टको योग्यताको कारणले परमेश्वरको अनुग्रह प्रतिज्ञा गरिएको छ । वा सुसमाचारको प्रतिज्ञामा ख्रीष्टको अनुग्रही योग्यताको उपहार दिईउको छ । (अस्वर्गको स्वीकारोक्ति ४ को २ सम्म हेर्नुहोस् ।)
हाम्रो बिश्वास पुर्ण रुपले परमेश्वरको प्रतिज्ञामा रहन्छ अनी यसलाई सेवा गर्ने कुनै पनि नबनेकोले त्यो प्रतिज्ञा बनिएको हो तर यो एकलौटी रुपमा ख्रीष्टको योग्यताले भएको हो । यी सबै बस्तहरु न्याय गर्ने बिश्वासमा जोडिएका छन् ।
१६. यस बिषयमा भएको स्वीकारोक्तिका अरु केहि बिबरणहरु उल्लेख गर्नुहोस् ।
हाम्रो काम र सिद्धताको लागि व्यवस्थाको आवश्यक पर्छ तर सुसमाचार चाहिँ ख्रीष्टबाट हाम्रो लागि सित्तैमा दिईएको हो। जो चाहिँ पार र मृत्युबाट बिजयी भएर मिलापमा आएका छन् । जुन कुरा कामबाट होईन तर केवल बिश्वासद्वारा प्राप्त गर्न सकिन्छ । यो बिश्वासले हामीलाई हाम्रो योग्यतामा भर पर्न होईन तर परमेश्वरमा वान सहायता गर्छ केवल यो प्रतिज्ञामा भर पर्न पा ख्रीष्टमा भएको दयाको प्रतिज्ञा पाउन । जस्तो हामी प्राय बिश्स्वासको बारेमा बोल्छौँ तव हामी कुनै कुराको बारेमा जान्ने इच्छा गर्छौँ अर्थात् दयाको प्रतिज्ञा । किनभने प्रतिज्ञा गरिएको दया प्राप्त गर्ने कारणले नै बिश्वासले न्याय गर्ने र बचाउने काम गर्छ । शान्ति आउनाले हामीलाई फाइदा पुग्छ । जव बिश्वासद्वारा हामी उहाँमा गरिएको प्रतिज्ञालाई बिचार गर्छौँ । अनि यसलाई परमेश्वरको क्रोध र न्यायमाके बिरुद्धमा प्रस्तुत गर्छौँ । (अनुनय ९१,९२,१०१) हामी ख्रीष्टमा रहिरहन्छौँ अनि यसरी ख्रीष्ट को धार्मिकता परमेश्वरको अगाडी जुन बिश्वासले हामीलाई धार्मिकताको लागि दोष लगाउछ । त्यसमा उपयोग हुन्छ । (रोमी ४:५) सुसमाचारको प्रतित्राको कारणले बिश्वासको न्याय हुन्छ । यो ख्रीष्टको योग्यतामा स्वीकार्य हुन्छ र यसमा रहिरहन्छ । किनकी यदि हामी न्याय खोज्छौँ भने यो लागु हुनु पर्छ । अनि बिश्वासद्वारा उपयोगी हुनुपर्छ । (कत्कर्डको शुत्र ५०१,५७२)
१७. यसको लागि धर्मशाश्त्रबाट के प्रमाण दिन सकिन्छ ?
रोमी ३.२२ येशू ख्रीष्टमा बिश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता बिश्वासद्वारा प्रकट भएको छ । रोमी ३.२६ येशूमा विश्वास राख्नेहलाई उहाँले धर्मी ठहराउनुहुन्छ । फिलिप्पी ३९ व्यवस्थामाथि आधारित भएको मेरो आपनै धार्मिकता होइन तर मेरो धार्मिकता यहि हो जो ख्रीष्टमाथि निर्भर हुन्छ । प्रेरित १६:३१, रोमी ३२४ परमेश्वरको अनुग्रहको बरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरु सित्तैमा धर्मी ठहरिएका छन् । रोम ४:१६ यो प्रतिज्ञा बिश्वासमाथि निर्भर गर्दछ यस हेतुले कि प्रतिज्ञा अनुग्रहमाथि भर परेर अब्राहमका सबै बंशहरुका निम्ति पक्का होस् । यस तर्क यसकारण पनि राख्न सकिन्छ । परमेश्वरको बचन चाहिँ व्यवस्था र सुसमाचारमा बाडिएको छ । तर व्यवस्था चाहिँ न्याय गर्ने बिश्वासको बस्तु हुन सक्दैन । (गलाती ३.२२, रोमी ३.२१-२७, १०:५-६) यहाँ केवल बिस्वास बाकी रहन्छ वा पाप क्षमाको अनावश्यक प्रतिज्ञा र ख्रीष्टको खातिर परमेश्वरको धार्मिकता बन्न सक्ने कुरा रहन्छ।
१८. बिश्वासलाई रोक्नको लागि यो केवल स्वेच्छाचारी बिषय होइन । कुन कुराले ख्रीष्टको योग्यताबाट निशुल्क दिईएको भन्ने लेखको सन्दर्भमा अनि अरु बिश्वासको लेखलाई इन्कार गरेर पापको क्षमा पाउन सकिन्छ ?
अरु लेखहरु चाहिँ इन्कार गरिएका वा अवहेलना गरिएका छैनन् । बिश्वासले सबै परमेश्वरको बचनलाई स्वीकार गछ। त्यसले यो प्रस्तुत गर्छ । यो चाहिँ सबै कुरालाई विश्वास गर्ने हृदय र मनको प्रवृत्ति हो । कि यसको सिकाई परमेश्वरबाट आउँछ । तर यहाँ भएको प्रश्नचाहिँ कुनै बिशेष बस्तुको बारेमा छ। नसले बिश्वासलाई र यसको न्याय गर्ने शक्तिलाई दिने गर्छ । ख्रीष्टमा भएको सबै योग, क्षेत्र र उद्देश्इको रुपमा उहाँको मध्यस्थको काम हुन्छ । (लुका २४:२७-४४, रोमी १०:४, युहन्ना ५:३९,४६ हिब्रु १०:७) यसैले बिश्वास सबै परमेश्वरको बचनमा सबै धर्मशाश्त्रको क्षेत्रको सन्दर्भमा अनि सबै लेखहरुमा भएको प्रतिज्ञा गरिएको अनुग्रहमा ख्रीष्ट मध्यस्थकर्ता हुनुभएको कारणले सहमति हुन्छ । यदि ख्रीष्टलाई शीरमा नराखेर धर्मशाश्त्रका अरु लेखहरुले स्थान बनाउछ भने त्यसबेला बिश्वास व्यर्थको हुन्छ । (कलस्सी २:१९) यसको असरबाट यो कुरा विश्वासको परिभाषा रहन्छ । किनभने छुटकाराको लेख चाहिँ सम्पुर्ण रुपले बुझ्न सकिँदैन । जवसम्म हामी पहिल्यै आईपर्ने परमेश्वरको बचनको भागसँग परिचित हुन सक्दैनौ अनि अझ हामीले कुनै एक बस्तुसँग रहेर मात्र विश्वासले न्याय गर्छ भन्ने कुरालाई दह्रोसँग पक्रन्छौँ अर्थात् ख्रीष्टलाई । चेम्नीज) अनि यो एक बस्तु बिषेश सम्बन्धमा हुन्त त्यो चाहिँ मध्यस्थको रुपमा हुनुहुने ख्रीष्टबाट निशुल्क आउने मिलापको प्रतिज्ञा हो ।
१९. के एउटा बस्तोको न्याय गर्ने विश्वासको काम यसको व्यक्तिसँग हुन्छ ?
केहि चाहि साझा र साधारण हुन्छन् भने अरु चाहिँ बिशेष हुन्छन् । साधारण चाहिँ आफैमा बस्तुमा बिचार गर्ने कुरामा विश्वासीमा लागु नगरी निर्देशित गरिएको हुन्छ । जस्तो ख्रीष्टको योग्यतामा हुन्छ । एउटाले ख्रीष्टले कष्ट भोग्नु भयो, मर्नुभयो, बौरी उठ्नुभयो भनेर बिश्वस गर्छ वा परमेश्वरको अनगहमा बिश्वास गर्छ । त्यो परमेश्वर जसले पर्ण अनुग्रह गर्नु हुन्छ र दया गर्दु हुन्छ र सधै भरि पाप क्षमाको चाहना गर्नु हुन्छ । बिशेषचाहिँ तिनीहरुको बस्तुमा बिश्वासीमा प्रयोग गर्ने कुरामा निर्देशित गरिएका हुन्छन । यस्तो बिश्वासको काम जुन ख्रीष्टको योग्यतामा आउँछ त्यो चाहिँ एउटाले ख्रीष्टले दुख भयो र उसको लागि मर्नुभयो भन्ने कुरामा विश्वास गरेर आउँछ वा परमेश्वरको अनुग्रहमा आउँछ कि उसले अनुग्रह र पापको क्षमा पाउनेछ । साधारण चाहिँ साँचो बिश्वासी र धाक देखाउने व्यक्ति दुबैमा साझा हुन्छ अना न्यायको लागि आवश्यक हुन्छ । किनकी कसैले पनि बिश्वास गर्न सक्दैनन् कि ख्रीष्ट मर्नुभयो भन्ने कुरामा विश्वास नगरीकन ख्रीष्ट हाम्रो लागि मर्नुभयो भन्ने कुरामा विश्वास गर्न सक्दैनन् ।
२०. बिश्वासलाई यसको तत्वहरुमा बिश्लेशण गर्नुहोस् ।
विश्वासलाई उचित रुपले भन्नुपर्दा यो केहि होइन तर भरोसा हो । इश्वरशाश्त्रीहरुले साधारणतया यसलाई तीन तत्वहरुमा गणना गर्छन् । ज्ञान, सहमति र भरोसा ।
२१. पहिलो चाहिँ के हो ?
बिश्वासको बस्तु सँगै भएको स्पष्ट परिचित व्यक्ति चाहिँ पुर्वकल्पना गरिएको छ । पवित्र धर्मशाश्त्रमा सिकाईएको छुटकाराको तथ्य चाहिँ बिश्वासको काम हुने भएकोले जान्नु आवश्यक छ । रोमी १०:१४ जसको बिषयमा सुनेकै छैनन् उहाँमासिथ तिनीहरुले कसरी बिश्वास गर्ने ? हिब्रु ११:६ जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरुलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्नु पक्का विश्वास गर्नु पर्छ । लुका १:७७, एफिसी १:१७, यशैया ५३:११
२२. दोश्रो चाहिँ के हो ?
सहमती चाहिँ बुद्धिको न्याय हो जसलाई स्वीष्टको मध्यस्थको बिषयमा पवित्र धर्मशाश्त्रमा जे कुरा सिकाईएको छ अनि परमेश्वरको अनुग्रह चाहिँ सत्य भनेर स्वीकार गरिएको छ । साधारण सहमतीबाट परमेश्वरको अनुग्रहमा भएको बिश्वाव्यापी प्रतिज्ञाहरु र ख्रीष्ट को योग्यता चाहिँ सत्य हुन् भनेर न्याय गरिन्छ । बिशेष सहमतिबाट ख्रीष्टको मध्यस्थता र परमेश्वरको अनुग्रह आफैमा भएको साधारण प्रस्तावलाई लागु गर्नको लागि मानिस पवित्र आत्माको कामबाट अगुवाई गरिएको हुन्छ । अनि यसरी ख्रष्टि वास्तवमा उसको लागि मर्नुभएको हो भन्ने कुरा विश्वास गर्छ । (माथिको २० लाई हेर्नुहोस् ।) १ तिमोथि १:१५ यो बचन हर प्रकारले ग्रहणयोग्य छ कि पापीहरुलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो (साधारण सहमती) र पापीहरुमा म सबैभन्दा मुख्य हुँ। (बिशेष सहमति) गलाती २:२० जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो । (बिशेष सहमती) यस इसाई धार्मिक शिक्षामा विश्वासको सारलाई स्पष्ट ब्याख्या गरिएको छ ।
२३. तेश्रो चाहिँ के हो ?
भरोसा चाहिँ पवित्र आत्माको कामबाट उत्पादन भएको इच्छाको काम वा प्रवृत्ति हो । जहाँबाट मानिस निशुल्क भएको सुसमाचारको प्रतिज्ञामा प्रस्ताव गरिएको ख्रीष्ट को योग्यतामा निर्भर रहन्छ । अनि परमेश्वरले त्यहाँ बनाउनुभएको मानिसको मुक्तिको कामर्ला जुटाउने कामको सुरक्षा प्रदान गर्छ । भरोसा चाहिँ सम्पुर्ण हृदयमा भएको निर्भरतामा अनि ख्रीष्टको योग्यतामा सामेल हुन्छ। (कोइनिग)
२४. यस भरोसाले के कुराको संकेत गर्छ ?
ख्रीष्टको योग्यताद्वारा आर्जन गरिएको परमेश्वरको दयाको लागि साँचो र उत्सुक इच्छाको संकेत गर्छ । धाक देखाउने व्यक्तिको भरोसा व्यर्थ हो । किनकी तिनीहरुले परमेश्वरको अनुग्रह र क्षमाको इच्छा साँचो रुपले गर्दैनन् । प्रतिज्ञा चाहिँ धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरु किनभने तिनीहरु तृप्त हुनेछन् । (मत्ती ५:६)
२५. यस बस्तुको बिषयमा भएको भरोसाको केहि चरित्रहरु लेख्नुहोस् ।
क. यो सँग भएको बस्तु अहिले भएको बस्तु हो । तिनीहरुको सम्पत्तीमा गैह्र इश्वरीय विश्वास हो जुन चाहिँ तिनीहरुले अहिलेको असलको रुपमा आदर गर्छन् । इश्वरीय चाहिँ सर्वव्यापी र अनन्तको परमेश्वरमा हुन्छ । हाम्रा इश्वरशाश्त्रीहरुले यो असललाई अभिलेख राखेका छन् । जस साच्चै र भौतिक रुपमा नै प्रस्तुत हुन्छन् अनि अरु समयमा चाहिँ प्रतिज्ञा र कार्यक्षमताद्वारा वा अहिले बिचार गरेका कुराहरु नैतिक रुपमा मात्र प्रस्तुत हुन्छन् । यसरी पुरानो करारमा इश्वरीय भएकाहरु मसिहमा बिश्वास गर्छन् । जो आउँदै हुनुहुन्थ्यो । हिब्रु ११:१३ प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरु सबै बिश्वासैमा मरे तर टाढैबाट त्यसलाई देखेर स्वागत गरि तिनीहरुले मानिसलिए कि तिनीहरु यस पृथ्वीमा परदेशी र प्रवाशी थिए । हामी छुटकारामा विश्वास गर्छौँ जसलाई दुईहजार बर्ष अगाडी किनिएको थियो तर यसको योग्यता र कार्यक्षमता अहिले सम्म फैलिएको छ । (हिब्रु १३:८)
ख. बस्तु भनेको व्यक्तिगत सामान पनि हुन्छ । वा एउटा व्यक्तिमा लागु हुन्छ जसले भरोसामा अभ्यास गर्छन् । यस कारणको लागि यसको बस्तु आपनै जस्तो गरेर आफुसँग राखुन्जेलसम्म यसलाई सफत गर्ने काम भनिन्छ । यसरी हामीले ख्रीष्टको योग्यतालाई र पापको तिरिएको ज्यालालाई लिन्छौँ ।
ग. यो यस्तो बस्तु हो जसलाई अरु कुराहरु प्राप्त गर्नको लागि स्वीकार गरिन्छ अनि त्यो पनि एउटा बस्तु हो जुनचाहिँ केवल एकदमै दुख गरेर सुरक्षित राख्न सकिन्छ । खुला मैदानमा सफल हुनको लागि हाकिमलाई उसको सेनाहरु प्रति भरोसा हुन्छ । रोगबाट मुक्ति पाउन सम्भव हुनको लागि बिरामीलाई डाक्टर प्रति भरोसा हुन्छ । विद्यार्थीलाई जाचँमा पास हुन र राम्रो नतिजा ल्याउनको लागि उ आफ्नो बिद्वतामा भर पर्छ । यसरी मानिस खष्टको मध्यस्थतामा आपनो भरोसा राख्छ कि उसले ख्रीष्ट बाट परमेश्वरको अनुग्रह, पापको क्षमा अनि अनन्त जीवन पाउन सक्छ।
यी सम्पुर्ण कुराहरु परिभाषामा बुझ्न सकिने छन् । भरोसा चाहिँ एउटा काम हो जहाँबाट ख्रीष्टलाई मध्यस्थकर्ताको रुपमा लिएर बिश्राम गर्न सक्छौं । अहिले भएको बस्तुको रुपमा लिएर मात्र होईन तर हाम्रो आफ्नै अनि अरु बस्तुहरुको कारणको लागि अर्थात् पापबाट छुटकारा र अनन्त जीवन प्राप्त गर्नको लागि लिन सक्छौं । (बेयर)
२६. कसरी भरोसा चाहिँ आशा भन्दा फरक छ ?
भरोसाले बर्तमानको कुरा गर्छ अनि आशाले भबिश्यको कुरा गर्छ । भरोसाले अहिले भएको कुरामा निर्भर गर्छ । अनि अनि आशाले हुन आउने कुरामा निर्भर गर्छ । भरोसा प्रतिफल पाइने कुरातिर निर्देशित हुन्छ । आशा चाहिँ यसैको अन्त्य तिर निर्देशीत हुन्छ । आशाले भविश्यमा आउने आशिष र दुखबाट छुटकाराको प्रतिक्षा गर्छ । विश्वासले अहिलेको मिलाप र परमेश्वरले मेरो पाप क्षमा गर्नु हुन्छ किउहाँ अहिले मेरो लागि महिमित हुनुहुन्छ भन्ने कुराका निश्कर्षलाई प्राप्त गर्छ । (अनुनय १४४)
२७. बिश्वासमा भरोसा सामेल हुन्छ भन्ने कुराको धर्मशाश्त्रबाट प्रमाण दिनुहोस् ।
क. ग्रीक उपसर्ग एइस को साधारण प्रयोग सँगै क्रियापद पिस्तेयुयीन कामकारक लागेको हुन्छ । जसलाई अंग्रेजीमा त्यसमा बिश्वास गर्नु भनेर अनुवाद गरिएको छ । त्यो चाहिँ उहाँमा बिश्वास गर्नु वा उहाँको नाउँमा बिश्वास गर्नु भन्ने हुन्छ । युहन्ना ३:१६ जसले उहाँमा बिश्वास गर्छ । युहन्ना १:१२ जतिले उहाँको नाउँमाथि बिश्वास गरे । प्रेरित १०:४३ सबै अगमबक्ताहरुले उहाँको गवाही दिएका छन् कि उहाँमाथि बिश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पापक्षमा पाउँछ । यसको अर्थ साधारण बौद्धिक सहमति हुन सक्दैन तर इच्छाको काम हुन्छ । जुन चाहिँ बस्तुतिर निर्देशित गरिएको छ भन्ने हुन्छ । यहाँ उपसर्गको बलको जाँच चाहिँ क्रियापद पिस्टेयुयीन सँग र नाम पिस्टिनसँग प्रयोग भएको छ जुन फाइदाजनक छ ।
ख. बिश्वासमा प्रयोग भएको नामबाट । यसलाई कल्पना भनिन्छ । (हिब्रु ११:१) आशा गरिएको कुराको निश्चियता । (RVARV) आशा गरिएको कुराको सारांश दिनु । (सानो पढाई RVARV) थाएरको शब्दकोष हेर्नुहोस् । प्लेरोफोरिया । रोमी ४:२१ प्रतिज्ञा गरिएको कुरा परमेश्वरले पनि गर्न सक्नुहुन्छ । कलस्सी २२ पक्का समभका परिपुर्णता । पेपिथेसियशैया । रोमी ८:३८ म यो पक्का गरि जान्दछु कि मृत्युले वा जीवनले आदि । २ तिमोथि १:१२ मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ । पारेसिया । हिब्रु ४:१६ साहससँग अनुग्रहको सिहाँसन नजिक जाऔं । साहित्यिक रुपले हेर्दा बोलीको स्वतन्त्रता चाहिँ बचन हो । हाम्रो इसाई धार्मिक शिक्षाले खण्डलाई अर्थ लगाउँछ । कि हामी उहाँलाई भरोसा र प्रफुल्ल मुद्रामा बोलाउँछौ । जस्तो प्यारा छोराछोरीहरुले अभिभावकसँग मायालु प्रकारले बिन्ति भाउ गर्छन् । यसलाई धर्मशाश्त्रबाट प्रमाणित गर्नको लागि यसमा भएको अरु सँख्यो चाहिँ सुधारवादहरुबाट थपिएका छन् । हामीले भाषाको हरेक दिनको प्रयोगलाई थप्न सक्छौँ । जसमा हरेकले अभिव्यक्तिहरुलाई बुझ्न सक्छन् । म यस्तो मानिसमा बिश्वास गर्दिन वा एलोप्याथी वा होमियोप्याथी जस्तो औषधीको बिशेष स्कुलमा यसको अर्थ म सँग भरोसा छैन भन्ने हन्छ।
२८. बिश्वासको यी तीन तत्वहरु कसरी फरक फरक हुन् सक्छन् ?
अगस्टिनियनको शुत्रद्वारा कि केडेरीडियोम, केडेरीडियो अनि केडेरीयन इयोम भाहिँ फरक कुराहरु हुन् । पहिलो कुराको अर्थ चाहिँ त्यहाँ परमेश्वर हुनुहुन्छ भनेर बिश्वास गर्नु भन्ने हुन्छ । दोश्रो चाहिँ परमेश्वरले भन्नुभएको कुरा बिश्वास गर्नु भन्ने हुन्छ अनि तेश्रो चाहिँ आफलाई परमेश्वरमा नसुम्पनु वा भरोसा नराख्नु भन्ने हुन्छ । हाम्रो साथीभाईहरुसँग हामीले गर्ने कुराकानीमा सर्वप्रथम हामीले बुझ्न खोज्नु पर्छ त्यसपछि स्वीकार्नु पर्छ अनि त्यसमा बिश्वास गरेर अगाडी बढ्नु पर्छ बेहुला र बेहुली, बिरामी र डाक्टर, पुजीवादी र विश्वसनीय कारिन्दाको सम्बन्धचाहिँ बिश्वासलाई कसरी अगाडी बढाउँदै लैजाने भन्ने कुरामा आधारित रहेर काम गर्ने हुन्छ जवकी कहिलेकाहिँ ज्ञान चाहिँ पुर्वकल्पना गरिएको हुन्छ तर विश्वासको तत्व हुँदैन त्यसपछि परिभाषा आउँछ । बिश्वास चाहिँ भरोसा सँग सहमतिमा आउँछ वा भरोसासँग जोडिन्छ अनि यी कुराहरु सँगै रहेर काम गर्नु चाहिँ पहिलेको कुरा अहिले हुने हुन्छ अनि पछि पनि हुने हुन्छ । अरु चाहिँ सधै भरि अर्को अर्थ लाग्ने हुन्छ । (वेयर)
२९. के त्यहाँ बिश्वासको दर्जा छ ?
लुका १७:५ प्रभु हाम्रो बिश्वास बढाउनुहोस् । मर्कुस् ९:२४ म बिश्वास गर्दछु, मेरो अबिश्वासमा मलाई सहायता गर्नुहोस् । २ थेसलोनिकी १:३ तिमीहरुको बिश्वास प्रसस्त गरि बृद्धि भईरहेछ । हाम्रो प्रभुले उहाँको चेलाहरुलाई बिश्वास कम भएको भनेर हप्काउनुहुन्छ । मत्ती ६:३० अनि मत्ती १५:२८ मा येशूले नारीलाई धेरै बिश्वास भएको नारी भनेर तारिफ गर्नु भयो।
३०. के बिश्वासको कार्यक्षमता यसको दर्जाको भाग हो ?
न्याय गर्ने कुरामा होइन । सबै बिश्वासको कार्यक्षमता चाहिँ कुनै बस्तुबाट आउँछ जुन बिचार गरिन्छ । अर्थात् ख्रीष्टको धार्मिकता । एकदमै कमजोर बिश्वास र सबैको बलियो भाग चाहिँ ख्रीष्ट हुनुहुन्छ भन्ने हो अनि यसरी बराबर प्रकारले न्याय हुन्छ । तर जव बिश्वासले प्राप्त गर्ने आरामको बिषयमा प्रश्न आउँछ अनि परमेश्वरको राज्यलाई अघि बढाउने कार्यक्षमताको बिषयमा प्रश्न आउँछछ तव सासन हुन्छ । तपाईको बिश्वास अनुसार तपाईमा काम हुन्छ । मत्ती ९:२९
३१. त्यसो भए के बिश्वास एउटा कामभन्दा बढि छ ?
यसमा दुईवटा कुरा छ । एउटा चाहिँ ग्रहणशील वा डरलाग्दो हो जसद्वारा मानिसले आफैलाई ख्रीष्टको धार्मिकतामा लैजान्छ । अनि अर्को चाहिँ काम गर्ने हो जसद्वारा न्याय पाएको मानिस चाहिँ प्रेमको काममा क्रियाशील हुन्छ।
३२. अग्सवर्गको स्वीकारोक्तिले कसरी क्रियाशील काम र बिश्वासको शक्तिको व्यवहार गर्छ :
तिनीहरुले यो पनि सिकाउँछन् कि यो बिश्वास असल फल ल्याउनको लागि बाधिएको छ अनि जसले गर्दा परमेश्वरले आज्ञा गर्नुभएको असल काम गर्नु आवश्यक छ । किनभने यो परमेश्वरको इच्छा हो तर परमेश्वरको अगाडी न्यायमा पाउने योग्यको हुनका लागि ती कामहरुमा निर्भर हुनु भन्ने होइन । (लेख ६) किनकी बिश्वासबाट पवित्र आत्मा प्राप्त हुन्छ । हृदय नविकरण हुन्छ अनि नयाँ चाहनाको साथ प्रदान गरिन्छ । जसले गर्दा असल कामहरु सधैंभरि आउन सहायता पुग्छ । (लेख २०)
३३. लुथरले रोमीहरुकको पत्रमा परिचय दिएको कुन कुन प्राचीत खण्डहरुलाई सम्झना राख्नु पर्छ ?
वाह, यो जीउदो छ, क्रियाशील छ, व्यस्त भएको छ कि हामी विश्वासमा रहेका छौँ । बिश्वास भएकाहरुलाई निरन्तर असल गरिरहनको लागि असम्भव हुन्छ । उसले आफुले असल काम गर्नुपर्छ भनेर सोध्दैनन् । तर प्रश्न भन्दा अगाडी नै उसले त्यो गर्न सक्छ अनि व्यस्त रहन सक्छ । बिश्वासचाहिँ जिवीत हुन्छ । परमेश्वरको अनुग्रहमा फैलिएको भरोसा हुन्छ जुन चाहिँ एकदमै निश्चित छ कि जो सँग यो हुन्छ उ हजारौं पटक यसको लागि मर्न तयार हुन्छ । यसकारण बिश्वासबाट कामलाई छुट्याउन असम्भव छ । यो भनेको आगोलाई ताप र प्रकाशबाट छुटाउन खोज्नु जस्तै हो । यसको लागि लुथरले टेन्डेलद्वारा उल्था गरेको हुन सक्छ । (रोमीहरुको परिचय) जहाँ आत्मा हुन्छ त्यहाँ सधैं गृष्म ऋतु हुन्छ र सधै भरि असल फल फल्छ बिश्वासले बिदाको दिन भन्दैन अनि जहाँ सुकै भए पनि कुनै मानिसलाई अल्छि बन्न दिँदैन ।
३४. गलाती ५:६ को अर्थ के हो ? ख्रीष्ट येशूमा नता खतना केहि मुल्यको न बेखतना केहि मुल्यको हुन्छ । तर एउटै कुराको मात्र मुल्य छ अनि त्यो हो, प्रेमद्वारा काम गर्ने बिश्वास ।
उल्लेख गरिएको सन्दर्भमा विश्वास न्याय गर्ने वस्तु हो भन्ने होइन तर बिश्वासबाट मानिसले न्याय पाउँछ भन्ने हो सोचाई चाहिँ, जहाँ बिश्वास हुन्छ त्यहाँ न्याय हुन्छ अनि जहाँ न्याय हुन्छ त्यहाँ प्रेम हुन्छ अनि जहाँ प्रेम हुन्छ अवश्य पनि त्यो आफै काममा व्यक्त हुन्छ । विश्वासले प्रेमबाट काम गर्छ किनभने बिश्वासबाट मात्र मानिस परमेश्वरसँगको सहि सम्बन्धमा आउँछ । परमेश्वरको प्रेम चाहिँ उसको हृदयमा फैलिएर रहन्छ अनि उसको सबै शक्तिहरु चालमा मिल्छ ।
३५. पवित्र आत्माद्वारा विश्वास चलायमान हुने बिषयको कुरा हामी कहाँ सिक्न पाउँछौ पुनर्जीवनमा (पाठ २१,२४, १)
३६. के बिश्वास गुम्न सक्छ ?
क. धर्मशाश्त्रको खण्डहरुमा प्रत्यक्ष रुपमा यसलाई स्वीकार गरिएको छ । गलाती ३:४ के यति का दुख तिमीहरुले व्यर्थैमा भोग्यौ त ? यदि यो साच्चे व्यर्थमा भयो भनेता । १ तिमोथि १:१८ तिम्रो सम्बन्धमा अघि कहिएको बिश्वासको लडाई लड्न सक । प्रकाश २:५ यसकारण कहाँबाट तिमी खसेका छौ यो सम्झ र पश्चाताप गर । लुका ८:१३ तर तिनको जरा हुँदैन र केहि समयको लागि बिश्वास गर्छन् तर परिक्षाको बेला तिनीहरुको पतन हुन्छ ।
ख. त्यहाँ केहि खसेका मानिसहरुको उदाहरण छ । दाउद, सोलोमन, पत्रुस, अलेक्जेन्डर, हिमेनियस, फिलेट्स, डेमास अनि तिनीहरुले पवित्र आत्माको बिरुद्धमा पाप गरे । (पाठ ८, ५७-६० हेर्नुहोस् ।
ग. धेरै दृष्टान्त र कथाहरुले यस सत्यतालाई स्वीकार्न बाध्य पारेका छन् । त्यहाँ पतित दाखबारीको कथाहरु पनि छन् (यशैया ५:१-४) फल नफल्ने रुख (मत्ती ३:१०) दाखको सुकेको हाँगा (युहन्ना १५:६) जैतुनको भार्चिको मुना (रोमी ११:१७-२१) फल नदिने अजिरको रुख (लुका १३:६-९) स्वाद हराएको नुन (मत्ती ५:१३) खराब खमीर (मत्ती १६:६, १ कोरिन्थी ५:६-७) मिसावट भएको चाँदी (यशैया १:२१, इजकियल २२:१८) मनतातो भएको पानी (प्रकाश ३:१६) अशुद्ध आत्मा निकालिएको घरको दृश्टान्त (लुका ११:२४) हराएकोक भेडा र हराएको सिक्का (लुका १५) दौडको चित्र (१ कोरिन्थी ९:२४,२६, गलाती ५:७) शरीर र आत्मा बिचको संघर्ष (गलाती ५:१६-१७)
घ. त्यहाँ धेरै सिधा र स्पष्ट चेतावनीहरु छन् । १ कोरिन्थी ९:२६, १०:१३ को समस्त भाग चाहिँ उउटा तर्क हो जसमा प्रेरितहरुले शुरुमा आफै खस्न सक्ने सम्भाव्यतालाई कसरी गहिरो रुपमा बुझेका छने भन्ने कुरा देखाएका छन् अनि अन्त्यमा, तिमीहरुले सहन् सकुन् भनेर परिक्षाको साथै उम्कने बाटो पनि बनाइदिनुहुन्छ । यसले हिब्रु ४:११ मा पनि, यसकारण हामी त्यस बिश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं र यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोहि पनि पतित नहोस् । (त्यसै गरि प्रस्थान १८:२४ पनि हेर्नुहोस् ।)
३७. यदि बिश्वास हराउँछ भने फेरि पुर्नस्थापना हुन सक्छ ?
यसलाई कहिल्यै पुनर्स्थापित हुन सक्दैन भनेर स्पष्ट सँग हिब्रु ६:४-६ मा लेखिएको छ । जवकी त्यो कुरा परमेश्वरको इच्छामा भएको होइन (इजकियल १८:३२, ३३:१, २ पत्रुस ३:९) (माथिको पाठ ८, ५८ हेर्नुहोस् । दाउद र पत्रुसको सन्दर्भमा पुनर्स्थापित हुन्छ भनेर स्पष्टसँग बताएको छ । जसलाई खसेपछि पश्चाताप गर्नलाई लगातार सल्लाह दिईएको छ अनि अरुहरु फर्केर आउने उदाहरणको बारेमा प्रभुबाट तारिफ गरिएको छ । (मत्ती १८:२१, २२ अनि युहन्ना ६:३७) ख्रीष्टको निरन्तर अन्तबिन्ति (१ युहन्ना २:१) चाहिँ अर्को एउटा प्रमाण हो।
३८. के कुनै मानिसले उ सँग बिश्वास छ भन्ने कुरा थाहा पाउन सक्छ ?
जव यो कुरा बारम्बार हुन सक्छ त्यहाँ चुनौति हुन्छ कि तिनीहरुमा त्यन्त खराब परिक्षा आउँछ । साँचो परमेश्वरको छोराछोरीहरु बिश्वासको कुरामा संका गर्छन् । जुन कुरा तिनीहरुले कहिले पाएका छैनन् । यदि ख्रीष्टले क्रुसमा उहाँलाई त्यागिएको महशुस गर्नुभयो (मत्ती २७:४६) भने शंका र अनिश्चयता तिनीहरुमा आशामुखी हुन सक्छ । जसमा पापको अवशेष बाकी रहन सक्छ । उसको अनुभव चाहिँ पावलले रोमी ७ अध्यायमा व्याख्या गरेको जस्तो हुन्छ अनि उसको प्रार्थना सधैभरि मर्कुस ९:२४ मा भएजस्तो हुन्छ । (२९ पदसम्म हेर्नुहोस् ) उपस्थितिको सन्दर्भमा पवित्र आत्माको काम र बरदान चाहिँ हामीले सधैंभरि हाम्रो बिचारबाट न्याय गर्न सक्दैनौ र गर्नुहुदैन भन्ने हो त्यो चाहिँ कहिले र कसरी तिनीहरुले आफ्नो हृदयमा अनुभव गर्छन् भन्ने हो । तर तिनीहरु अक्सर एकदमै ठूलो कमजोरी भित्र रहेको कारणले हामी परमेश्वरको बचनलाई सिकाउने र प्रचार गर्ने कुरा चाहिँ पवित्र आत्माको काम हो भन्ने कुरामा निश्चित हुन्छौँ र त्यो प्रतिज्ञा अनुसार हिड्छौ । जहाँबाट उ नश्चय नै प्रभावकारी हुन्छ । (कन्कर्डको शुत्र ५८३, पाठ २१,३७)
३९. त्यसपछिको बिश्वास केवल सम्भाव्यता भन्दा बढि हुनुपर्छ ?
बिश्वास चाहिँ आफैमा आदर्श र साधारण अवस्थामा रहन्छ र रहनुपर्छ । त्यो चाहिँ निश्चयता हो । यो चाहिँ निश्चयताको बिषयमा भनिएको कुरामा संलग्न हुन्छ । (माथिको २५-२७ लाई हेर्नुहोस् ।)
४०. यस निश्चयता के कुरामा निर्भर रहन्छ ?
परमेश्वरको गुप्त इच्छालाई बुझ्न सक्ने मानिसको क्षमतामा होइन वा अन्य कुनै नयाँ व्यक्तिगत प्रकाशमा होइन तर परमेश्वरले पहिले नै सुसमाचारमा प्रकाशित गर्नुभएको कुरामा हो । रोमी १०:६-९ तर विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ मनमनमा यसो नभन, स्वर्गमा को उक्लने? (अर्थात् ख्रीष्टलाई तल ल्याउनलाई । वा आफ्नो मनमा यसो पनि नभन पातालमा को ओर्लने ? (अर्थात् मरेकाहरुबाट ख्रीष्टलाई माथि ल्याउनलाई ।) तर यसले के भन्छ ? बचन तिम्रो नजिकै छ तिम्रो मुखैमा र तिम्रो हृदयमा अर्थात् बिश्वासको बचन जो हामी प्रचार गर्दछौं । किनकी यदि हामीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गयौ र परमेश्वरलाई उहाँलाई मरेकाहरुबाट जिवित पार्नुभयो भनी आफ्नो हृदयमा बिश्वास गयौ भने तिम्रो उद्धार हुनेछ । रोमी ४:१६ यो प्रतिज्ञा व्यवस्था पालन गर्नेहरुका निम्ति मात्र नभएर अब्राहमको जस्तो बिश्वसमा हुनेहरुका निम्ति पनि हो । हिब्रु ६:१८, १ युहन्ना ५:१३
४१. कुन बिषयमा सुससमाचारले निश्चयता ल्याउँछ जुन व्यवस्थामा पाउन सकिँदैन ?
यदि अनन्त जीवनलाई शंकाबाट बिचार गरिन्छ भने व्यवस्थाको सट्टामा कुनै पनि प्रतिज्ञा सुहाउँदो हुँदैन । किनकी कुनै पनि शर्तको भएकको सिद्ध आज्ञाकारीता यसमा जोडिन्छ । यसले निरन्तरको शंकामा बिबेकलाई छोड्छ । तर जस्तो यो शंका होइन तर न्याय गर्ने बिश्वास हो । परमेश्वरले सुसमाचारको निशुल्क प्रतिज्ञा दिनुभएको छ । जुन हाम्रो काममा निर्भर रहँदैन तर उहाँको पुत्रलाई मध्यस्थकर्ताको रुपमा राखेर आज्ञापालन गरेकोले नै परमेश्वरको कृपा रहन्छ (चेम्निज)
४२. कसरी बिधिबिधानले विश्वासको निश्चयतामा तर्क गर्ने सामर्थ राख्छ ?
किनभने जस्तो हामीले पछि देख्छौँ यो उनीहरुको प्रस्तुत गर्ने काम हो र यो सुसमाचारको सित्तैको प्रतिज्ञालाई व्यक्तिगत रुपमा प्रयोगमा ल्याउछ । जुन चाहिँ साधारण प्रकारले परमेश्वरको बचनपढाईमा र प्रचारमा दिईन्छ ।
४३. बिश्वासको निश्चयताको कुन कुन उदाहरणहरु पवित्र धर्मशाश्त्रमा लेखिएको छ ?
अब्राहम (रोमी ४:१८-२१) दाउद (भजन २३:४, २७:१, ३१:५) पावल (रोमी ८:३७-३९, २ तिमोथि २:७-८)
४४. यी सबै कुराले हरेक सँग विश्वासको निश्चयता हुन्छ र हुनुपर्छ तर यो कसरी प्राप्त हुन्छ ?
रोमी ८:१६ त्यो चाहिँ हामी परमेश्वरका सन्ता हौँ भनि पवि आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको छ । १ युहन्ना ५:९ यहि नै परमेश्वरको गवाही हो जुन गवाही उहाँले आपना पुत्रको बिषयमा दिनुभएको छ । गलाती ४:६ तिमीहरु पुत्र भएका हुनाले परमेश्वरले आफ्ना पुत्रको आत्मा हाम्रो हृदयमा पठाईदिनुभयो । जसले, हे अब्बा, पिता भनेर पुकार्नुहुन्छ । यो नयाँ र अनौठो प्रकाश होइन तर पवित्र आत्मा मानिसको हृदयमा काम गर्नु भएको कुराको जवाफ हो । बचन र बिधिबिधानद्वारा परमेश्वरको अनुग्रहको निश्चयता यसबाट नम्र हुन्छ।
४५. यसलाई अझ बिस्तृत रुपमा व्याख्या गर्नुहोस् ।
बचनबाट भएको पवित्र आत्माको गवाही चाहिँ : जसले उहाँमाथि बिश्वास गर्छ । तिनीहरु नाश हुने छैनन् तर अनन्त जीवन पाउने छन् । परमेश्वरको इच्छा सबै मानिसहरु बाचुन् भन्ने हो । हे सबै थाकेका र बोझले लादिएका हो । म कहाँ आओ । बिधिबिधानद्वारा : बिश्वास गर्ने र बप्तिष्मा लिनेले उद्धार पाउनेछ । हाम्रो पापको लागि दिईएको र बहाईएको छ । मानिसको हृदयको जवाफ, येशू नै प्रभु हुनुहुन्छ । अझ बढि थोमाको थियो । मेरो प्रभु मेरो परमेश्वर । केवल पवित्र आत्माद्वारा आउन सक्नुहुन्छ । (१ कोरिन्थी १२:३) जव मानिसले आफ्नो हृदयबाट प्रभु म बिश्वास गर्छ वा मैले कसमाथि बिश्वास राखेको छु भन्ने कुरा मलाई थाहा छ भनी पुकार्छ भने यो गवाहीको स्वीकारोक्ति हुन्छ । जुन पवित्र आत्माले उसमा दिनुभएको छ । यसरी सर्वप्रथम त्यहाँ बचन र बिधिबिधानको बाह्य काम हुन्छ अनि दोश्रोमा परमेश्वरको आत्माको उपस्थिति र कुशलता सधैंभरि तिनीहरुमा आउँछ । तेश्रो हृदयदेखिको कुशलतामा गरिएको विश्वासको असर निर्माण हुन्छ । चौथो, यस बिश्वासको चेतनाको त्यहि कामबाट नतिजा आउँछ । अनि पाँचौं, यो व्यक्त गरिन्छ वा स्वीकार गरिन्छ ।
४६. के कस्ता कुराहरुबाट यो आत्माको गवाही स्पष्ट पारिन्छ ?
छाप लगाउनु । एफिसी १:१३ तिमीहरु जसले सत्यको बचन अर्थात् आपनो मुक्तिको सुसमाचार सुन्यौ र उहाँमा बिश्वास गयौ । उहाँमा नै तिमीहरुलाई प्रतिज्ञा गरिएका पवित्र आत्माको छाप लगाईएको थियो । २ कोरिन्थी १:२२ उहाँले हामीमाथि आफ्नो छाप लगाउनुभएको छ र हाम्रो हृदयमा बैनाको रुपमा पवित्र आत्मा दिनुभएको छ । एफिसी ४:३० अनि परमेश्वरको पवित्र आत्मालाई दुखी नतुल्याओ जसमा उद्धारका दिनको निम्ति तिमीहरु छाप लगाईएका छौ । जस्तो छाप लगाउनु भनेको चाहिँ कुनै महत्वपुर्ण दस्तावेजमा बिश्वसनीय प्रकारले टासिनु भन्ने हुन्छ । यसैले आत्माको गवाही चाहिँ निश्चयताको बिश्वासको निश्चित प्रमाणको रुपमा लिईन्छ ।
४७. के विश्वासको उपस्थिति चाहिँ स्व मुल्याङ्कन बाट निर्धारण हुन सक्छ ?
२ कोरिन्थी १३:५ तिमीहरु बिश्वासमा दहिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर । आफैलाई जाँच । जाँचमा असफल भएनौ भने ख्रीष्ट येशू तिमीहरुमा हुनुहुन्छ भन्ने तिमीहरुलाई थाहा हुनुपर्ने हो । यस्तो मुल्याङ्कनले पाप र व्यवस्थामा भएको एउटा अवस्थालाई प्रकाश पार्छ । जुन चाहिँ सुसमाचारमा गरिने सहमति र भरोसामा हुन्छ । अनि त्यो प्रश्नमा जहाँ विश्वासको फल प्रस्तुत हुन्छ ।
४८. तर यदि यस्तो मुल्याङ्कनको नतिजा एउटा आत्मिक गरिबीको प्रकाशमा बिश्वास आफै गुप्त भयो भने के हुन्छ ?
यदि त्यहाँ धार्मिकतामा भोकाउने र तिर्खाउने भएमा अनि विश्वास र अनुग्रहको लागि इच्छा गर्ने भएमा त्यो आफैमा एउटा विश्वास हुन्छ । यद्यपी उ कमजोर हुन्छ र शंका गर्दै संघर्ष गर्छ । १ युहन्ना ३:२० जव हाम्रो हृदयले हामीलाई दोष दिन्छ हामी जान्दछौँ परमेश्वर हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र उहाँले सब थोक जान्नुहुन्छ । २ तिमोथी २:१३ हामी अविश्वासी छौँ भने उहाँ बिश्वासयोग्य रहनुहुनेछ । किनकी उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न । यस्तो धार्मिकताको लागि तिर्खाउनु चाहिँ पवित्र आत्माको उपस्थितिको प्रमाण हो।
४९. दैनिक रुपमा वा प्रभुभोजमा भाग लिनुभन्दा अगाडी हामीले के कुराको बिरुद्धमा यस्तो मुल्याङ्कन गर्छौँ ?
बिश्वासलाई र यस उन्तरगत रहेको बस्तुलाई विश्वासको निश्चयताको बिरुद्धमा राख्ने कुरामा मुल्याङ्कन गर्छौँ । मानिस उसमा भएको बिश्वासद्वारा न्या गरिने होइन तर परमेश्वरले अनुग्रही प्रकारले दिने प्रतिज्ञा गर्नु भएको कुरामा विश्वास गर्नु हो । जुन चाहिँ ख्रीष्ट मध्यस्थ भएर हामीलाई योग्य बनाउनु भयो मानिसहरुलाई सधैं भरि चेतावनी दिईन्छ कि न्याय चाहिँ लेखाको रुपमा वा कुनै कारणले दिईने होइन तर केवल ख्रीष्टमा गरिएको बिश्वासद्वारा दिईने हो
५०. लुथरको ब्रेन्जलाई दिईउको सल्लाह के थियो जसव बिश्वासको निश्चयताको बिषयमा गरिएको शंकाबाट कष्ट आएको थियो ?
यस बिषयको कल्पना गर्ने तरिकालाई सहि प्रकारले बुझ्नको लागि मलाई बानी परेको छ कि सबै कुरामा मेरो हृदयमा गुणस्तरिय हुन्छ । जसलाई बिश्वास वा स्नेह भनिन्छ । तर यसको सट्टामा म त्यहाँ ख्रीष्ट आफैलाई राख्छु र भन्छ । उहाँ मेरो धार्मिकता हुनुहुन्छ । बिश्वासको सबैभन्दा ठूलो प्राप्ती चाहिँ यसलाई बिर्सनको लागि ख्रीष्टलाई हेर्न लागि पर्नु हो । इस्रायलका सन्तानहरु, जो चाहिँ मरुभुमिमा सर्पबाट पिटिएका थिए । (गन्ती २१:६-९) तिनीहरु कासाको सर्पलाई हेर्ने शर्त पुरा गरेपछि निको भए । तिनीहरुको ध्यानले कुनै कुरा हेर्ने कामको विश्लेषण बाट होईन तर तिनीहरुले एकटकले हेर्ने कुराबाट ठाउँ लियो । यसैले स्व मुल्याङ्कनका आवश्यकता चाहिँ लुथरले यसको दुष्प्रयोगको बिरुद्धमा चेतावनी दिएका थिए अनि आत्मनिरिक्षणको रोगी बानीलाई तिनीहरुको साधारण प्रवाहबाट टाढा राख्न अनि धार्मिकतालाई मानिसभन्दा बाहिर र मानिसको योग्यता भन्दा माथि उसको छुटकारा दिने व्यक्तिलाई राख्न हो।
५१. के बिश्वास बिना मुक्ति असम्भव छ ?
यसको जवाफ मर्कुस १६:१६, हिब्रु ११:६, युहन्ना ३:६, ५:१८ मा दिईउको छ । यदि परमेश्वरले बिश्वास बिना कसैलाई बचाउनु हुन्थ्यो भने उहाँ आफ्नै बचनमा बिबादित हुनुहुन्थ्यो अनि आफैलाई इन्कार गर्नु हुन्थ्यो जुन चाहिँ असम्भव छ । किनकी पावल लेख्छन्, (२ तिमोथी २:१३) उहाले आफैलाई इन्कार गर्न सक्नु हुन्न । यसकारण केवल असम्भव रुपमा जस्तो यो ढाट्नको लागि इश्वरीय सत्यता हो । यसैले बिश्वासबिना कुनै पनि व्यक्ति बचाईन असम्भव छ । जवकी यो मृत्युमा वा मृत्यु पछि भन्ने प्रश्नबाट यो पुर्णतया फरक छ । परमेश्वरले बिश्वास दिन सक्नु हुन्छ र त्यसपछि उ बिश्वासद्वारा बचाईन सक्छ । उहाँले यो गर्न सक्नु हुन्छ भन्ने कुरामा कसले शंक गर्न सक्छ ? तर त्यो उहाँले निश्चय नै गर्नु भयो जसलाई कसैले प्रमाणित गर्न सक्दैन ।
