अध्याय १६ पवित्र आत्माको सेवा (Chapter 16 – The Mission of the Holy Spirit)

इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)

अध्याय १६ पवित्र आत्माको सेवा (Chapter 16 – The Mission of the Holy Spirit)


१. छुटकाराको योजनामा भएको दोश्रो कुरा के हो ?

माथि उल्लेख गरिएको (पाठ ९, २०) पहिलो कुरा चाहिँ परमेश्वरको पुत्रको मानिसको रुप धारण र मध्यस्थको काम थियो । यो चाहिँ बिचार गरिएको छ । दोश्रो कुरा चाहिँ यस मध्यस्थाके कामको फललाई पवित्र आत्माको बिशेष कामको रुपमा प्रयोग गरिएको छ।

२. केहि खण्डहरुलाई दोहोऱ्याउनुहोस् जसमा यो सिकाईएको छ ।

यहुन्ना ७:३९ किनकी पवित्र आत्मा अहिले सम्म दिईएको थिएन किनने येशूको महिमा अहिलेसम्म भएको थिएन । युहन्ना १४:१६ र म पितासँग बिन्ति गर्ने छु र उहाले तिमीहरुलाई र्को सल्लाहकार दिनुहुनेछ । र उहाँ तिमीहरुसँग सदासर्वदा रहनुहुनेछ । युहन्ना १६:७ किनभने म गईन भने सल्लाहकार तिमीहरुकहाँ आउनुहुने छैन तर म गएँ भने म उहाँलाई तिमीहरुकहाँ पठाईदिने छु । प्रेरित १:८ तर पवि आत्मा तिमीहरुमा आउनुभए पछि तिमीहरुले शक्ति पाउनेछौ ।

३. यी खण्डहरुलाई कसरी व्याख्या गरिएको छ ?

पवित्र आत्मा सधैं भरि सर्वव्यापी हुनुहुन्न भन्ने जसरी होईन तर परमेश्वरको अनि उहाँको पुत्रको पनि फरक प्रकारले उपस्थिति हुन्छ भन्ने कुरा हो । केवल बुझाइबाट मात्र उहाँ बिलक्षण तरिकाले संसारमा अवतार लिएर आउनुभएको होइन यसैले पवि आत्माको आगमनले उहाँको अनुग्रहकारी काम गर्ने शक्ति महान स्तरलाई बुझाउँछ ।

४. तर के उहाँ पुरानो करारमा इश्वरीय प्रकारले प्रस्तुत हुनुभएको थिएन र ? अनि येशूको सेवकाईको समयमा पनि क्रियाशील हुनुहुन्थेन र ?

स्पष्ट छ, भजन लेखकले (भजन ५१:११) प्रार्थना गर्छन् कि पवित्र आत्मा म बाट नलैजानुहोस् । १ शमुएल २३:२ मा दाउद घोषणा गर्छन् कि आत्मा भएर उहाँ बोल्नु हुन्छ । त्यसैगरि २ पत्रुस १:२१ ले सिकाउँछ कि पवित्र इश्वरीय मानिस चाहिँ पवित्र आत्माद्वारा चलेको जसरी बोल्छन्। यसैले आत्मा चाहिँ ख्रीष्टको बक्ष्तिपमामा उहाँमा आउनुभएको थियो। (युहन्ना १:३२) अनि ख्रीष्टले निकोदेमसलाई आत्मामा नयाँ गरि जन्मनुको महत्वको बारेमा सिकाएका थिए । (युहन्ना ३:५) तर यहाँ भएको सन्दर्भ चाहिँ परमेश्वरको उच्चतम बरदान सँगै आएको परमेश्वरको उपस्थिति हो । पेन्तिकोको दिन अघि उहाँको अनुग्रहकारी उपस्थिति चाहिँ कहिलेकाहिँ र यदाकदा हुने गर्दथ्यो । त्यसपछि उहाँ बिश्वासीहरुसगँ सधैभरि हरन आउनुभयो । (युहन्ना १४:१६) अनि उनीहरुसँग अझ नजिक भएर गहिरे सम्बन्धमा (हिब्रु ८:१०) स्वच्छ, फराकिलो र शक्तिशाली सुसमाचारको प्रस्तुतिबाट प्रबेश गर्नुभयो।

५. यो सेवाको काम के कुरामा निर्भर रहन्छ ?

ख्रीष्ट परमेश्वरको दाहिने हातमा बस्नुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ । प्रेरित २:३३ यसैकारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले यो खन्यायदिनुभएको हो । जो तपाईहरु देख्नु र सुन्न हुन्छ ।

६. के यो पेन्तिकोसको दिना भएको आश्चर्यकर्मसँग सम्बन्धित छैन ?

उहाँको आगमनको आश्चर्यपुर्ण चिन्ह र पेन्तिकोसको दिना भएको उहाँको उपस्थिति एउटा कुरा हो। अनि तिनीहरुको आगमन र उपस्थिति अर्को कुरा हो । अनौठो प्रकारले उहाँको उपस्थिति हुने कुरा चाहिँ स्थायी र कहिल्यै पिर्ता हुन नसक्ने थियो । युहन्ना १४:१६ उहाँ तिमीहरुसँग सदासर्बदा रहनुहुनेछ।

७. सुधारको समयमा यसलाई कसरी बर्णन गरिन्थ्यो ?

अहिले दिईएको छैन, भन्नुको अर्थ उहाँ आफ्नो स्वभावमा वा स्वर्गमा रहनुहुँदैन भन्ने होइन तर उहाँ आफ्नो प्रकाशमा वा काममा प्रस्तुत हुनुहुन्न भन्ने हो । किनभने यो चाहिँ ख्रीष्टलाई प्रकट गर्न र महिमित पार्नको लागि भएको अनि उहाँको गवाही दिनको लागि भएको परमेश्वरको अनौठो काम हो । तर यो काम चाहिँ अझै भविश्यको लागि पनि छ अर्थात् पाप क्षमाको प्रचार गर्नु अनि हामी कसरी मृत्युबाट छुटकारा पाउन सक्छौँ अनि ख्रीष्टमा सुरक्षा र आनन्द छ भन्ने कुराको लागि पनि छ । हामीले त्यो बेलामा नसुनेको कुराहरु आज हामीलाई सुनाईएको छ । मुक्ति, धार्मिकता, आनन्द र जीवन चाहिँ ख्रीष्टबाट आएको हो भन्ने कुरा कसैलाई थाहा थिएन । यो चाहिँ पुरानो प्रचार थियो अर्थात व्यवस्थाको कुरा जुन सुनिएको थियो । यस बिषयमा घोषणा थियो अनि व्यवस्थाको प्रचार र सुसमाचार प्रचार चाहिँ फरक हुनुपर्छ भन्ने थियो । किनभने पाप भएको कारणले व्यवस्थाको प्राचथर गरिन्छ । यो चाहिँ क्षमाको र सुख्खा प्रचार हो । अनि परमेश्वरको अनुग्रहमा हृदय देखि बढ्ने, अनि भोकाउने, तिर्खाउने, दुख सहने अनि भय जोगाउने कुरा चाहिँ यो प्रचार हो । यस्तो प्रचार चाहिँ ख्रीष्ट मृत्युबाट बौरी उठ्ने र महिमित हुने समयसम्म भएको थियो । (लुथर युहन्ना ७:३९) उहाँले तुलनात्मक रुपले बोल्नुहुन्छ जस्तो कि नयाँ करार चाहिँ पुरानो करारको बिपरित छ । परमेश्वरले उहाँलाई बिश्वास गर्नेहरुलाई उहाँको आत्मा खन्याउने प्रतिज्ञा गर्नु हुन्छ जुन चाहिँ कहिल्यै पिताहरुलाई दिईएको थिएन । अवश्य पनि चेलाहरुले पवित्र आत्माको पहिलो फल प्राप्त गरेको थिए । कुनबेला तिनीहरुको बिश्वास आत्माबाट बचाईएको थियो ? यसकारण प्रचारकहरुले पुर्ण रुपमा इन्कार गर्दैनन् कि अनुग्रहका आत्मा चाहिँ ख्रीष्टको मुत्युभन्दा अगाडी नै दिईएको थियो । तर यो स्पष्ट थिएन अनि यस पछि हुन सक्ने भन्दा स्पष्ट थिएन । किनकी यो चाहिँ ख्रीष्टको राज्यको सबै भन्दा मुख्य सजावट हो कि उहाँको आत्माद्वारा उहाँले मण्डलीमा शासन गर्नुहुन्छ । तर जव उहाँ पिताको दाहिने हाततर्फ उचालिनुभयो । उहाँले धार्मिकतालाई उहाँको राज्यमा भएको औपचारिक स्वामित्वमा लिनुभयो । यो आश्चर्यपुर्ण छैन कि उहाँले पवि आत्माको सबै प्रस्तावहरुलाई यो समय सम्म स्थगित गर्नु भयो ।

तथापी एउटा प्रश्न अझ हेर्न बाकी रहेको छ अर्थात् जवकी उहाँको मतलब यहाँ आत्माको अनुग्रह वा फलको पुनर्जन्मको स्वीकृति छर्लङ्ग देखिने भएको छ । मेरो जवाफ चाहिँ : यस ऐनामा जस्तै देखिने बरदानमा आत्मा प्रदर्शित हुन्छ । जसले ख्रीष्टको आगमनको प्रतिज्ञा गर्न भयो। तथापी यहाँ चर्चा भएको उचित बिषयचाहिँ आत्माको भलाई हो । जहाँबाट हामीले पुर्नजन्म पाएका छौं । अनि ख्रीष्टमा नयाँ सृष्टि भएका छौं । (क्याल्भीन)

८. यस बिषयमा साबित हुने घोषणा के हो ?

त्यसपछि उहाँ स्वर्गमा उचालिनुभाये कि उहाँ पिताको दाहिने हातपट्टि बस्नुभएको छ । अनि सदासर्वदा शासन गर्नु हुन्छ अनि सृष्टि गरिएका सबै कुरा माथि अधिकार गर्नु हुन्छ । अनि उहाालाई बिश्वास गर्नेहरुलाई पवित्र पार्नु हुन्छ । उनीहरुको हृदयमा पवित्र आत्मा पठाएर शासन गर्नु हुन्छ र आराममा राख्नुहुन्छ र सक्रिय बनाउनुहुन्छ । अनि तिनीहरुलई दुष्टबाट र पापको शक्तिबाट बचाउनुहुछ ।