इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय १५ राजाको रुपमा येशूको काम (Chapter 15 – The Office of Christ as King)
१. यहाँ ख्रीष्टको राजाको भुमिकाको बिषयमा कस्तो सम्बन्धको चर्चा गरिएको छ ?
सबै अनन्तताबाट उहाँको इश्वरीय स्वभावमा शासन गर्ने सन्दर्भमा होईन (आवश्यक राजाको भुमिका) तर प्रचारको माध्यमको कामको क्षेत्रमा हो । (व्यक्तिगत राजाको भुमिका) जसले स्वभाव र शुरुवात दुबै कुरामा उहाँको धारणासँगै काम गर्छ ।
२. यसलाई पारिभाषित गर्नुहोस् ?
छुटकारा दिने कुराको प्रयोगमा यो चाहिँ सबै कुराहरु माथि उहाँको अधिनता हो।
३. उहाँको राजाको भुमिकामा के के अवस्थाहरु रहन्छन् ?
तिरस्कारको अवस्थामा, ख्रीष्टले केवल उहाँको राजा हुने कुराको बचनलाई दावी गर्नु मात्र होइन तर यसको बिशेष अधिकारको प्रयोगबाट मानवीय स्वभाव अनुसार पनि हो । इथाकामा भएको युलिसेस जस्तै, उहाँ आफ्नै मानिसहरुकहाँ आउनुभयो तर उहाँका आफ्ना मानिसहरुले उहाँलाई ग्रहण गरेनन्। (युहन्ना १:११) मानिसको पुत्रको लागि त शीर ढल्काउने ठाउँ पनि छैन । (मत्ती ८:२०) उहाँको महिमा प्रकट भएन किनकी उहाँको राज्य यो संसारको होइन । (युहन्ना १९:३६) अनि उहाँ निरिक्षण गरेर आउनुभएको थिएन । (मत्ती १७:२०) उहाँको धैर्यता र मृत्युबाट मात्र उहाँ महिमामा पवेश गर्नुभएको थिएन । (लुका २४:२६) अनि त्यसबाट मात्र स्वर्ग र पृथ्वीमा भएको सबै शक्तिहरुको अभ्यास गर्नुभएको थिएन । (मत्ती २८:१८) न त त्यहाँ संसारिक भव्य आसन अनि जम्मा गरिएको महिमा साथै उहाँको मण्डली माथिको शासन नै थियो । यो चाहिँ आशिषमा रमाउन, पापबाट क्षमा पाउन, परमेश्वरको पुत्रको अधिकार पाउन, साँचो शान्ति पाउन आदि कुराहरुबाट उहाँको बोलावटमा पुरा भएको छ । अझ उहाँ मृत्युबाट बौरी उठेर महिमामा प्रबेश गर्नुभए पछि अनि स्वर्गमा प्रवेश गर्ने बेलामा उहाँले आफ्ना चेलाहरुलाई तिनीहरुको संसारिक मर्यादाबाट बर्णन गरिएको कुनै पनि राज्यको सन्दर्भको सौंचाई पछि नम्र र कष्टपुर्ण सेवा गरेर जीउने कर्तव्य हो भन्नुभयो । (प्रेरित १:६,८,९) जस्तो उहाँले याकुब र युहन्नाको आमालाई चेतावनी दिनुभएको थियो (मत्ती २०:२३) तर राजा र उहाँको आज्ञामा हिड्नेहरुको लागि राज्यको अन्तिम उद्देश्य चाहिँ प्रकाशको महत्वपुर्ण बिषय अनि अगमवाणी र पतिज्ञा हो।
४. कुन क्षेत्रबाट राजाको भुमिकाको अभ्यास हुन्छ ?
शक्तिको राज्य, अनुग्रहको राज्य र महिमाको राज्यबाट । फरक चाहिँ बिभिन्न प्रणालीबाट हुन्छ जसमा ख्रीष्ट रहनुहुन्छ र उहाँले शासन गर्नु हुन्छ ।
५. शक्तिको राज्य भनेको के हो ?
शक्तिको राज्य भनेको त्यो हो जसद्वारा ख्रीष्टले उहाँका मानिसलाई जम्मा गर्न, सुरक्षा दिन र मुक्ति दिनको लागि दुबै स्वभावद्वारा शासन गर्नु हुन्छ र स्वर्ग र पृथ्वीमा भएका सबै कुराहरुलाई खोस्नु हुन्छ।
६. उहाँको तिरस्कारको समयमा पनि राजाको भुमिकाको पुष्टि हुन्छ ?
उहाँको आश्चर्यकर्मद्वारा जसमा उहाँले आफु संसारमा शक्तिशाली छु र शैतानको पनि शासक हूँ भन्ने करा देखाउँछ । (मत्ती ८:२७) यीनी त कस्ता मानिस हुन किनभने बतास र समुद्रले पनि यीनका आज्ञा मान्दा रहेछन् । मत्ती १४:२६ चेलाहरुले उहाँलाई समुद्रमाथि हिडिरहनुभएको देखे । मत्ती ८:१६ उहाँले बचनद्वारा नै भुतहरुलाई निकाल्नुभयो र जति बिरामी थिए सबैलाई निको पार्नुभयो । लुका ७:१४,१५ ए युबक म तिमीलाई भन्दछु उठ। तव मृत मानिस उठेर बस्यो र बोल्न लाग्यो ।
७. कहाँ यो उच्च बिन्दुमा पुग्छ ?
प्रशंसाको सम्बन्धमा (पाठ १२, ६७ लाई हेर्नुहोस्) यहाँ ख्रीष्टलाई स्वीकार गर्ने कुरा पनि मानिसको स्वभावमा रहन्छ । सबै कुरा उहाँमा र उहाँको इश्रत्वमा रहन्छ । अनि उहाँले जुटाउने हुने कुराको चिरफार गर्नु हुन्छ । (पाठ ५ हेर्नुहोस् ।)
८. यदि शक्तिको राज्य चाहिँ ख्रीष्टले सबैकुरा माथि अधिन गर्नु भन्ने हो भने कसरी त्यहाँ अनुग्रहको राज्य र महिमाको राज्य हुन्छ त ?
एक अर्थमा शक्तिको राज्यलाई अनुग्रह र महिमाको राज्यको रुपमा बुझ्न सकिन्छ । तर यसलाई प्रयोगमा ल्याउँदा त्यो क्षेत्रमा यसलाई निषेध गरिएको छ जसलाई अरु केहि होईन तर शक्ति भनेर देखाउनु भएको छ।
९. त्यसो भए अनुग्रहको राज्य चाहिँ के हो त ?
यो त्यो हो जसद्वारा उहाँले यस जीवनमा आत्मिक आशिष खन्याउनु हुन्छ वा त्यो हो जसमा उहाँले बचन र बिधिविधानद्वारा मण्डलीलाई जङ्गी बनाउनु हुन्छ र आत्मिक आशिषद्वारा प्रसस्त गरि भर्नुहुन्छ । यस बिषयलाई चिरफार गर्दा यो चाहिँ पवित्र आत्माबाट पाउने अनुग्रहलाई प्रयोग गर्ने सन्दर्भमा हुन्छ वा मुक्ति सम्बन्धी शिक्षाले सधै भरि पछ्याउछ ।
१०. यसको अधिनमा रहनेहरु कोको हुन् ?
सबै जातिका बिश्वासी र अन्य मानिसहरु, सबै तहका मानिसहरु हुन् । (मत्ती २८:१८,२०, गलाती ३:२८,) तिनीहरु न त यहुदी हुन् न त ग्रीक नै हुन्, कमारा होस् वा फुक्का, पुरुष वा स्त्री जो सुकै होस् तिमीहरु ख्रीष्टमा एकै हौ।
११. यसको अनौठो कुरा चाहिँ के हो ?
भित्री जीवन हो । मत्ती १७:२०,२१ साच्चै म तिमीहरुलाई भन्दछु । कि तिमीहरुमा रायोको दाना जति बिश्वास भएदेखि यस डाडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछा र तिमीहरुका निम्ति केहि असम्भव हुने छैन । रोमी १४:१७ किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होईन तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो ।
१२. यसका बिशेषताहरु के के हुन् ?
क. संसारमा छन् तर संसारका होइनन् । (युहन्ना १७:९-११)
ख. अहिले अनि भविश्यमा पनि प्रभुले सिकाउनुभएको प्रार्थनामा बिन्ति गरिए जस्तै यसको सन्दर्भ चाहिँ सफलताको तहमा मानिसको माभमा, अभावमा अनि बिकासको समयमा अनि यसको आशिषको जफत गर्ने कुरामा व्यक्तिगत रुपमा रहेको छ ।
१३. यसले कसरी शासन गर्छ ?
यसले पवित्र आत्माद्वारा बचन र बिधि कबिधानको कार्यक्षमतालाई उहाँमा पुरा गरेर अनि उहाँको नियमहरु मानिसको हृदयमा खन्याएर काम गर्छ । हिब्रु ८:१०
१४. कस्तो सुबिधामा यसको बिषयबस्तुहरु स्वीकार गरिन्छ ?
तिनीहरु शासनमा चल्छन् । १ पत्रुस २:९ तर तिमीहरु त चुनिएका बशं, राजकिय पुजाहारी गिरी, पवित्र जाति, परमेश्वरका निजि प्रजा हौ । १ कोरिन्थी ३:२१ किनकी सबै कुरा तपाईकै हुन्।
१५. महिमाको राज्य भनेको के हो ?
महिमाको राज्य भनेको बिजयी मण्डलीमा भएको उचालिएको मुक्तिदाताको शासन हो । जुन सन्त र स्वर्गमा भएका दुतहरु हुन । युहन्ना १७२४ म इचछा गर्दछु कि तपाईले मलाई दिनुभएकाहरु म जहाँ छु मसँग रहुन् र मेरो महिमा देखुन् । १ पत्रुस २.२२ जो परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ, स्वर्गमा उचालिनुभएको छ स्वर्गदुत र त्यसको अधिकार र शक्तिहरु उहाँमा आधारित रहेका छन् । हिब्रु १२:२२,२३ मत्ती २५:३४, लुका २२:२९,३०
१६. यस राज्यका के कस्ता फरक अवस्थाहरु छन् ?
यो येशूको स्वर्ग आरोहणबाट शुरु हुन्छ तर अन्तिम न्याय नहोउन्जेलसम्म यसको समाप्ती हुँदैन ।
१७. के यो अनन्त छ ?
प्रकाश ११:१५ संसारको राज्य हामी प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ । अनि उहाँ सदासर्वदा राज्य गर्नुहुनेछ।
१८. तर के यो १ कोरिन्थी १५:२४-२८ को बिरुद्धमा छैन त ?
तब अन्त्य आउनेछ जव उहाँले हरेक शासन हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात पितालाई राज्य सुम्पिदिनुहुनेछ आदि । राज्य भन्ने शब्दले चाहिँ राज्यमा शासन गर्नेहरुको लागि भौतिक भन्ने जनाउँछ । त्यो चाहिँ मण्डली अथवा ख्रीष्टको रहस्यमय शरीर । अनि यस खण्डको अर्थ चाहिँ पितामा मुक्ति निश्चित भएका सबै मानिसको लागि ख्रीष्ट प्रस्तुत हुनु भएको हो भन्ने अर्थ लाग्छ । अथवा यसलाई इश्वरशाश्त्रीहरुले अझ साधारण तरिकाले व्याख्या गरेका छन् । उल्लेख गरिएको सन्दर्भ चाहिँ अनुग्रहको राज्यको रुपमा यसको अर्थ सँगै बचन र बिधिबिधान सम्पुर्ण तवरले महिमाको राज्यमा प्रबेश गर्नु भने जस्तै व्यवस्थाको एउटा शैली मात्र हो । जहाँ हामीले उहाँलई कनै पनि सहायता बिना उहाँलई देख्न र चिन्न सक्छौं । त्यहाँ कुनै स्थानान्तरण अथवा पद त्याग छैन । तर त्यहाँ परमेश्वरमा पुरा भएको सबै कुराहरु प्रस्तुत भएका छन् । २८ पदले पुत्रको मातहतमा भएका कुराहरुलाई पितामा भएको पुत्रको इश्वरीय व्यक्तित्वलाई मानविय स्वभाव अनुसार चिन्न सकुन् भनेर व्याख्या गरिएको छ । शुरुवातदेखि प्रयोगमा आउने बेलासम्मको कुराबाट छुकारा गर्ने कुराको सम्पुर्ण इतिहास थाहा हुन्छ अनि यसलाई पुरा गर्नको लागि पुत्रको स्वेच्छिक अधिनताको रहस्यको बारेमा पनि व्याख्या गरिएको छ अनि यो सबै कुरा अधिनताबाट प्रभाबित छ।
