इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय १२ ख्रीष्टको अवस्था (Chapter 12 – The States of Christ)
१. ख्रीष्ट को राज्यको सम्बन्धमा कस्तो भिन्नता पाउन सकिन्छ ?
यद्यपी व्यक्तिगत एकताबाट शुरु भएको इश्वरीय स्वभावमा उहाले सञ्चार गर्नुहुन्छ । त्यो चाहिँ केवल मानवीय स्वभावको धारणाबाट मात्र हो । तथापी तिनीहरुले केवल तुरुन्तै अभ्यास गरेका थिएनन् तर दुईवटा समयअवधी चाहिँ स्पष्ट रुपले फरक भएका थिए । एउटा चाहिँ जसमा तिनीहरुको कामद्वारा मानव स्वभाव को ठूलो बिस्तार, नियन्त्रण गरेको थियो अनि अर्को चाहिँ पुर्ण रुपमा अभ्यास गरेको थियो । पहिलो चाहिँ तिरस्कारको राज्य थियो अनि पछिको चाहिँ प्रशंसाको राज्य थियो ।
२. यो कुराको शुरुवात कहाँबाट भयो ?
फिलिप्पी २:८-९ उहाँले आफैलाई नम्र पार्नु भयो । त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो । मण्डली सम्बन्धी ल्याटिन अवस्थाको कुरालाई खाली गर्नु र माथि उठाउने कुराको प्रकाश चाहिँ पद ७ र ९ मा आधारित छ । पद ७ मा लेखिएको ग्रीक अनुसार आफैलाई रित्याउनु वा आफुलाई केहि काम गर्न नसक्ने बनाउनु भन्ने हुन्छ । पहिलो अवस्था चाहिँ यसकारण अक्षरस एउटा खाली गर्नु हो वा आफै ले सन्यास लिनु हो ।
३. तिरस्कार गर्ने वा खाली गर्ने कुरा के कुरामा आधारित छ, इश्वरीय वा मानविय स्वभावमा ?
न त व्यक्तित्व बिना नै हो । इश्वरीय व्यक्ति चाहिँ नम्र हुनुहुन्थ्यो तर इश्वरीय स्वभावमा र स्वभावअनुसार होइन तर मानवीय स्वभाव अनुसार र स्वभावमा हो ।
४. तर के तिरस्कृत हुने कुरा चाहिँ मानिसको रुप धारण गर्ने कुरा सँग मेल खाँदैन त ?
कुनै हालतमा खाँदैन । किनभने परमेश्वरको पुत्र मानिसको रुप धारण गर्नु भयो त्यसपछि उहाँ तिरस्कृत हुनुभयो।
५. के तिनीहरु शुरुवातमा सहमत भएनन् ?
अँ भए । तर मानिसको रुप धारण गर्ने कुरा चाहिँ स्थायी थियो जवकी तिरस्कृत हुने कुरा चाहिँ अस्थायी हो । रुप धारण गर्ने कुराले वास्तवमा आफैमा अनुग्रहको संकेत गर्छ तर तिरस्कारले गर्दैन यद्यपी मानिसको रुप धारणको ढाचाँ चाहिँ परमेश्वरको पुत्रले चुन्नुभएको हो र त्यसमा तिरस्कार संलग्न भएको छ । यसरी हामीले सिकाउँछौँ कि तिरस्कारले रुप धारको अनुमान गर्छ अनि त्यो चाहिँ बचन लाई घारण गर्ने कुरा हो ।
६. तिरस्कार चाहिँ इश्वरीय स्वभावको थियो भन्ने कुरा हामीले किन इन्कार गर्छौँ ?
किनभने परमेश्वर उहाँको आफ्नै स्वभावमा नम्र हुन सक्नुहुन्न । उहाँले अन्तिममा मानवीय स्वभावलाई धारण गर्नुभयो त्यो चाहिँ उहाँको स्वभावमा उहाँले सबै कुरा अनुभव गर्नुहुन्छ त्यो चाहिँ तिरस्कार लागु भएको हो।
७. तर के तिरस्कृत हुने वा खाली हुने कुरा चाहिँ केजल सञ्चार गर्ने शक्तिलाई केवल लुकाउने होईन ?
परमेश्वरले आफैलाई बादल र अन्धकारमा लुकाउनुभयो वा अगम्य प्रकाशमा कतै पनि खाली हुने वा तिरस्कृत हुने कुरा गरिएको छैन ।
८. ख्रीष्टको राज्य सम्बन्धी सिद्धान्तलाई धर्मशाश्त्रको कुन खण्डले प्रकाश पार्छ ?
फिलिप्पी २:५-११
९. यस खण्डको पहिलो भागलाई व्याख्या गर्नुहोस् ।
यो ज्यादै ठूलो इश्वरशाश्त्रीय अनुच्छेद रहनुलाई हामी प्राय आकस्मीक रुपमा सबैभन्दा प्रत्यक्ष व्यहारिक उपदेशमा भएको भन्न सक्छौं । फिलिप्पीनीहरुले ३ पदमा प्रेरणाबाट केहि पनि नगर्नु भनि सम्झाएका छन् जुन चाहिँ महिमा वा आफै वा अरु कुनै समुह वा गुट लाई सम्झाउनु हो जससँग जो कोहि पनि परिचित हुन सक्छ । यसको साथै मनको नम्रता हरेकले उसले गर्नसक्ने भन्दा अरुले महत्व दिन्छ भन्नु हो । यसलाई पुष्टि गर्नको लागि, ख्रीष्टको उदाहरण दिईएको छ । जसले आफैलाई पुर्ण आदरका साथ सुम्पनुभयो कि त्यो उहाँले गर्नुपर्ने कुरा थियो अनि त्यसलाई पुर्ण रुपमा पृष्ठभुमिमा राख्नुभयो । उहाँको सबैभन्दा माथिको उद्देश्य चाहिँ मुक्ति अनि पतन भएको मानिसको उन्नती हो । दिईएको बिबरण चाहिँ येशूले मानवरुप धारण गर्नुभयो भन्ने हो । जस्तो उहाँ आफ्नो साथीहरुसँग सबै कुरा बिर्सिएको जस्तै गरेर बस्नुभयो । (किनकी यो चाहि केनोसीसको अर्थ हो ।) अरुको असलको खातिर त्यो गर्नुभयो । तिमीहरुमा यस्तो मन होस् जो ख्रीष्ट येशूमा पनि थियो । परमेश्वरको स्वरुपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने बस्तुजस्तो ठान्नुभएन । (पद ५,६)
१०. त्यसो भए परमेश्वरको स्वरुप भन्ने कुराको अर्थ के हो ?
यो चाहिँ मानिसको रुप धारण गर्ने कुरालाई प्राथमिकतामा राख्ने अबस्था होइन तर हामीले जे कुरा सिकेका छौँ त्यस अनुसार हुनको लागि हो । (पाठ ११, ४३-४९) सम्पुर्ण समयमा निरन्तर अस्तित्वमा रहनु जसमा जसमा उहाँले मानिसको पनि रुप धारण गर्नु भयो । (पद ७) त्या चाहि अवतार लिनुभएको ख्रीष्ट हुनुहुन्छ जो अस्तित्वमा हुनुहुन्छ अनि परमेश्वरको स्वरुपलाई निन्तरता दिनने अस्तित्वमा हुनुहुन्छ । धेरै अहंकारी मानिसले यो कुरा स्वीकार गरेका छन् कि परमेश्वरको स्वरुप त्यसमा अस्तित्व नभई रहेको थियो । तिनीहरु चाहिँ ख्रीष्ट बिरोधी अनि आदमका मानिसहरु थिए । यो कुरा चाहिँ परमेश्वरबाट बिचार गरिएको छ अनि सबै स्वर्गदुत र सन्तहरु अनि अझ तिनीहरुको आफ्नै बिचारहरुको चोरी भएको छ । तर ख्रीष्ट त्यसमा अस्तित्वमा हुनुहुन्छ । अनि आफ्नो सबै स्वभाव त्यहाँ राख्नुभएको छ । यसलाई पुष्टि गर्नु पर्दा यो चाहिँ लुट्नु होइन किनभने त्यो उहाँको आफ्नै सम्पत्ती हो भनेर परमेश्वरले बिचार गर्नुभएको छ। (लुथर) यहाँ इश्वरीय भव्यता र महिमालाई निश्चति गरि स्वामित्वमा लिनु र यसपछि जसको त्यो होईन तर तिनीहरुले नै त्यो आफ्नो स्वामित्वमा लिनु भन्ने कुराको बिचमा प्रकाश पारिएको छ।
११. आफैलाई रित्याउनु भन्नुको अर्थ के हुन्छ ?
(पद ७) यसको अर्थ उहाँले आफैलाई आफ्नो महिमा वा भव्यता देखिने बनाउनुभएन । अरुहरुको बीचमा फरक जसले व्यर्थै को महिमा लिएर आफुसँग नभएको कुरामा पनि निरन्तर महिमा लिन्छन् । अनि येशूले चाहिँ आफुसँग केहि नभएको शासक बनाउनुभयो । उहाँसँग भएका कुराहरुलाई पनि अरुको हुनलाई दिनुभयो ।
१२. दासको रुप लाई व्याख्या गर्नुहोस् ।
निश्चय नै यो मानवीय स्वभाव होइन किनभने या परमेश्वरको दाहिने हात तर्फ बिराजमान भएको छ । दासको रुपमा हुँदा पनि एकातिर बसेको थियो । तर यसको अर्थ यो हो कि उसले आफ्नो आदर र असल कुरा खोजेन तर हाम्रो फाइदा र मुक्ति खोज्यो । यो चाहिँ इच्छाअनुसारको सेवा हो । जसमा अरुहरुको भलाईको लागि तुरुन्तै जिम्मेवारी लिईन्छ । यी सेवाहरु चाहिँ अवर्णनीय छन् किनभने नोकर र दास भन्ने कुरा चाहिँ अवर्णनीय व्यक्ति भन्दा अरु केहि होइनन् जो चाहिँ अनन्त परमेश्वर हुनुहुन्छ । जसलाई सबै सृष्टिले र स्वर्गदुतले सेवा गर्छन् । (लुथर) मत्ती २०:२८ मानिसको पुत्र सेवा पाउनलाई होइन तर सेवा दिनलाई आएको हो । लुका २२:२७ तर म तिमीहरुका बिचमा एकजना सेवा गर्ने जस्तै छु ।
१३. मानिस जस्तै गरि बनाईनु भयो ।
अरु मानिस जस्तै उहाँ आमाको गर्भबाट जन्मनुभयो । बालक हुनुभयो बुद्धि र शरीरमा बढ्नुभयो । अरु इस्रायली जस्तै इस्रायली हुनुभयो । अरु गालिली जस्तै गालिली हुनुभयो । अरु किसान जस्तै किसान हुनुभयो । अरु मानिसहरुभन्दा कुनै पनि फरक छाप उहाँमा थिएन ।
१४. मानिसले जस्तै लुगा लगाउनुभयो ।
यसले अघिल्लो बाक्यमा चर्चा गरिएको उहाँको परिचयलाई यसमा पनि निरन्तरता दिन सकिन्छ । उहाँको अनुभव अरु सबै मानिसको जस्तै थियो । खाने, पिउने, सुत्ने, उठ्ने, हिड्ने, उभिने, भोकाउने, तिर्खाउने, काम्ने, पसिना आउने, थकाई लाग्ने, काम गर्ने आदि । आफैले लुगा अगाउनुहुन्थ्यो । घरमा बस्नुहुन्थ्यो । अरुले जस्तै सबै कुराको लागि प्रार्थना गर्नु हुन्थ्यो।
१५. आफैलाई नम्र पार्नुभयो ।
त्यो चाहिँ उहाँले गर्नुभयो र कष्ट भोग्नुभयो जुन चाहिँ तिरस्कार सहनुभयो भन्ने कुरा हो कि त्यबाट उहाँ मानिस जस्तै हुनुहुन्छ भन्ने देखिनुभयो । उहाँले अझ बढि गर्नुभयो र मानिसहरुभन्दा अझै कम पुल्यको हुनुभयो । उनीहरु भन्दा तल झक्नु भयो अनि तिनीहरुलाई उच्च सेवाको साथ आफ्नै शरीर र जीवन हाम्रो लागि दिएर हाम्रो सेवा गर्नु भयो । (लुथर)
१६. मृत्युसम्मै आज्ञाकारी हुनुभयो अर्थात् क्रुसको मृत्युसम्मै ।
अति नै तिरस्कृत हुनु । तल भन्दा तल भर्नुभयो । व्यवस्थाका प्रभु यसको एकदमै सुक्ष्म तथा ज्यादै ठुलो आवश्यकता पुरा गर्ने हुनुभयो । जीवनको कुमार मर्नुहुन्छ अनि उहाको मृत्यु चाहिँ साधारण प्रकारको होइन तर क्रुसको एकदमै लज्जास्पद मृत्यु हो।
१७. त्यसोभए तिरस्कारको कुरालाई कसरी व्याख्या गरिन्छ ?
यो त्यो हो जसमा इश्वरीय व्यक्तित्व थियो जुन चाहिँ उहाँमो मानवीय स्वभाव अनुसारको थियो । अनि जुन चाहिँ उहाँको इश्वरीय स्वभावको पुर्ण प्रयोगबाट व्यक्तिगत एकतामाम सञ्चार भएको थियो।
१८. किन यो ग्रहण गरिएको उहाँको मानवीय स्वभावअनुसार यो योग्य हुन्छ ?
किनभने यो केवल यहि स्वभावद्वारा भएको हो कि उहाँ नम्र हुन अनि उचालिन सक्नुहुन्थ्यो । परमेश्वरको पुत्र मानिसको रुपमा संसारमा आएर उहाँको मानवता महिमित भएको छ अनि त्यो चाहि न्यायको दिनमा देखा पर्ने छ । तर तिरस्कार चाहिँ यस्तो सञ्चार भएको महिमामा जम्मा भएर बस्ने छ।
१९. किन यो पुर्ण भन्ने सबदबाट सिमित गरिएको छ ?
किनभने उहाँले कहिलेकाहिँ आश्चर्यकर्मको कुरामा अस्तै अनि उहाँको यरुशलेममा बिजय प्रबेश भएको कुरामा आफैलाई पुष्टि गर्नु हुन्छ ।
२०. बिशेषगरि कुन प्रख्यात इश्वरीय स्वभावहरु चाहिँ पुर्ण रुपमा अभ्यास गरिएका छैनन् ?
सर्वशक्तिमान् । किनभने यदि अभ्यास हुन्थ्यो भने हाम्रो पापको लागि उहाँलाइ कष्ट दिईने थिएन । एक भलकमा उहाँले आफ्नो शक्ति पुष्टि गर्नु भयो अनि बिचलित भएर बस्नुभएको उहाँलाई पक्रनको लागि आर्मीको टोली पठाईयो । तर एकपटक यसको अभ्यासलाई रोकेर उहाँले आफैलाई अर्पण गर्नु भयो अनि आफ्नो जीवन दिनुभयो । जुन कुरा कसैले उहाँबाट लिन सक्दैन (युहन्ना १०:१८) सर्वज्ञानी। न्यायको दिनमा उहाँ अनभिज्ञ हुनुहुन्थ्यो । (मत्ती २४:३६) सर्वव्यापी युहन्ना ११:१५ तिमीहरुले बिश्वसा गर भनेर तिमीहरुका खातिर म त्यहाँ नभएकोमा खुसी छु । जे भए तापनि हामी तिनीहरुकहाँ जाऔं । २ कोरिन्थी ८:९ किनकी हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरुलाई थाहा छ, उहाँ धनि हुनुहुन्थ्यो तरै पनि तिमीहरुका खातिर उहाँ गरिब हुनुभयो ताकि उहाँको गरिबीबाट तिमीहरु धनि हुन सक । मत्ती ८:२० मानिसको पुत्रको लागि त शीर ढल्काउने ठाउँ पनि छैन ।
२१. कहिले सम्म तिरस्कार भन्ने कुरा रहन्छ ?
यस धारणाको पहिलो समयबाट अनुग्रहको अन्तिम समय सम्म । फिलिप्पी २:८ स्वरुपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो र मृत्युसम्मै अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो।
२२. गणना गर्ने कुराको बिभिन्न श्रेणी वा तहहरु के के हुन् ?
जन्मको अवधारणा, खतना, बाल्यकाल, मानिसहरुको बिचमा देखिने जीवन, धैर्यता, मुत्यु र पुनरुत्थान।
२३. जन्मको अवधारणामा तिरस्कार भन्ने कुरा कसरी प्रकट हुन्छ ?
पहिलो चाहिँ तपाई इश्वर भन्ने कुरा व्यक्त गरेर हुन्छ । जस तपाईले यसलाई मानिससम्म पुयाउनलाई लिनुहुन्छ । तपाईले कन्याको कोखलाई घृणा गर्नु हुने थिएन । यसपछिको चाहिँ उहाँको आमाको उहाँको जन्मस्थानको गरिबीमा हुन्छ।
२४. बिस्वासको सारको लेखमा बिबादित कुरा हरु के के समावेश हुन्छन्, पवित्र आत्माबाट गर्भाधान हुनु, कन्या मरियमबाट जन्मनु ?
तिनीहरु जसले परमेश्वरीय मानिसको कन्या मरियमबाट जन्म हुने कुरालई इन्कार गर्छन् यो कुराले सधैभरि पुर्व अस्तित्व र ख्रीष्टको इश्वरत्वको बारेमा प्रश्न उठाउँछ । अनि यसकारण उहाँमा भएको परमेश्वर र मानिसको बिचको एकता र मिलापको बारेमा प्रश्न उठाउँछ । तिनीहरु जसले पुरानो मानविय स्वभावमा दोश्रो मौलिक मानिसको सृजनशील हस्तक्षेपबाट नयाँ जन्मलाई हाँक नदिई छोड्दैनन् यो इसाईको सन्दर्भमा हुन्छ जुन साधारणतया सिद्ध हुने कुरामा हो अनि मानवियताको नविकरण गर्ने कुरामा होइन । तिनीहरुले केवल मानिसको क्रमस भएको सुधारलाई जान्दछन् तर ख्रीष्टको नयाँ जन्मको बारेमा सबै कुरा जान्दैनन् । (सार्टोरियस, इश्वरीय प्रेम, पेज १३८)
२५. तिरस्कार भन्ने कुरा खतनामा कसरी प्रकट हुन्छ ?
यो एउटा गम्भीर काम हो जसद्वारा ख्रीष्टले नियमअनुसार घोषणा गर्नु हुन्छ र मानिसको पक्षमा सम्पुर्ण व्यवस्थालाई पुरा गर्नु दायित्वको रुपमा लिनु हुन्छ अनि जसद्वारा पिताले व्यवस्थाको सहनिय जुवालाई मानिसको दौडबाट हटाईदिनुहुन्छ र त्यसलाई उहाँको अवतारमा आउनुभएको पुत्रमा राखिदिनुहुन्छ । किनभने उहाँको आफ्नै व्यक्तित्वको सन्दर्भमा उहाँ व्यवस्थाको अधिनमा हुनुहुन्थेन तर खतनाबाट उहाँले हामीलाई व्यवस्थाको अधिनमा रहने बनाउनुभयो । (जेरहार्ड) गलाती ५:३ खतना हुने प्रत्येकलाई म फेरि चेतावनी दिन्छु कि सम्पुर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ । रोमी २:२५ व्यवस्था पालन गर्दछौ भनेता खतनाबाट साच्चै लाभ हुन्छ तर व्यवस्था उल्लङ्घन गर्छौँ भनेता तिम्रो खतना बेखतना हुन्छ।
२६. यो कसरी उहाँको बालककालमा हुन्छ ?
उहाँ घृणाको क्षेत्रमा उहाँको खराब छिमेकीहरुको बिचमा बस्नुभयो । अनि साघुरो रुपमा बस्नुभयो र त्यहि वरपर अनुबन्धित हुनुभयो । अनि उहाँको दौडलाई खेदो गर्ने र सबै जातिको बिजमा उहाँलाई अपमानजनक रुपमा नाजिरी भनियो । अनि उहाँलाई मरियस र योसेफ के सन्तानको रुपमा हेरियो यद्यपी उहाँका तिनीहरुका परमेश्वर हुनुहुन्थ्यो । (लुका २:५१) उहाँले योसेफकै व्यापारलाई सिक्नुभयो अनि योसेफ सँगै आफ्नो बाल्यकालमा काम गर्नुभयो । (मर्कस ६:३) अनि उहाँलाई अन्यायपुर्ण प्रकारले पेश गरियो र कठोर बचन दिईयो । (लुका २:४८)
२६. यो कसरी मानिसहरुको बीचमा उहाँको दृश्य जीवन हुन्छ ?
यसको जवाफ १५ नं. मा छ।
२७. यो कसरी उहाँको धैर्यता हुन्छ ?
फराकिलो अर्थमा भन्नु पर्दा यसले उहाँले सहनुभएको सबै कष्ट र दुखलाई अनि उहाँले उजाड स्थानमा परिक्षित हुनुभएको कुरालाई सम्मिलित गर्छ । (मत्ती ४) अनि सबै बद्ख्वाई, बैरीको आलोचना र षड्यन्त्रलाई पनि सम्मिलित गर्छ । (मत्ती १२:२४, युहन्ना ७:१, ८:६,९:१६,१२) भोक, तिर्खा, थकाई, गरीबि आदि लाई पनि सम्मिलित गर्छ । जुन कुरा बेथलेहेममा भएको बालकको नरसंहार र मिश्र जाने कुराबाट शुरु हुन्छ । साघुरो अर्थमा यसलाई भन्नुपर्दा यो चाहिँ कष्टको चरम सिमा हो जसलाई उहाँले आफ्नो जीवनमा एकदमै नजिकबाट अनुभव गर्नुभएको छ । (मत्ती २०:१८,१९)
२८. के उहाँको कष्ट शारीरिक रुपमा मात्र थियो ?
उहाँको कष्टहरु प्राण र शरीर दुबै सँग सम्बन्धित छन् । उहाँले पहिले नै देख्नुभएका कुराहरु उहाँले पछि भोग्नुभएको हो । (मत्ती १२:५०) अनि बिशेषगरि त्यो चाहिँ संकष्टको दृष्टिकोणबाट हेरिन्थ्यो । (लुका २२:४४, मत्ती २६:३८, मर्कुस १४:३३) यहुदिहरुको अनाज्ञाकारिता, यहुदा इस्करियतको बिश्वसघात, चेलाहरुको कायरता, पत्रुसको इन्कार, भटा अभियोगहरु, सिपाहीहरु अनि भिडहरुको उपहास र अपमान अनि गहिरो प्रहार गरिएको घाउहरु।
२९. यी कष्टहरुको पराकाष्ठा के थियो ?
परमेश्वरको क्रोधको भावना जसले गुनासोमा अभिव्यक्ति पाउने गर्छ कि उहाँ पुर्व निर्धारित हुनुहुन्थ्यो । मत्ती २७:४६ हे मेरा परमेश्वर हे मेरा परमेश्वर तपाईले मलाई किन त्याग्नुभएको छ ? तथापी यो चाहिँ मेरो भन्ने शब्दबाट कडा पारिएको थियो जसलाई भित्री चेतनामा घोषणा गरिएको थियो । जुन चाहिँ उहाँको एकता र परमेश्वरसँगको मिलापमा छुटिएको जस्तो देखिन्थ्यो । यो बचन चाहिँ उहाँको बिजयी बिश्वासको गवाही थियो जुन चाहिँ चरम मृत्यु सँघर्षको जाँचमा उभिएको छ । (भान ओटिनगेन)
३०. अरुले सहन गरेको कष्ट भन्दा यो कष्ट किन फरक छ ?
उहाँले संसारको पाप बोक्नुभयो । (युहन्ना १:२९) अरुहरुचाहिँ सहानुभुतिको निश्चयताबाट सान्त्वना पाएका र टिकेका थिए अनि ख्रीष्ट का मानिसहरुले पनि ख्रीष्टको कष्ट पाएका थिए । उहाँले यसको सबै क्रोधमा पिता र पवित्र आत्माले दिनुभएको आरामा उहाँको एकता हुने कुराहरु बाहेक अरु आधीहुरीको सामाना गर्नुभएको थियो ।
३१. उहाँको शारीरिक कष्ट के थियो ? उहाँको शरीरको कुनै पनि भाग छोडिएन । जेरहार्डको भजन, ओ पवित्र शीर अहिले घाइते भएको छ । अनि बर्नार्डको नमस्कार उहाँको टाउकोको रक्तपात भयो । दयामा रहेको छ, इश्वरीय शीरमा काढाको मुकुट लगाईएको छ । चोट खानुभयो र रगत बहानुभयो । उहाँको आखाहरु उहाँको शत्रुहरुको मुक्काले गर्दा एकदमै फुटेको थियो । उहाँको चिउडोमा निरन्तर झड्का लागेको थियो । उहाँको कानहरु भयानक निन्दाहरुले यातना दिईएको थियो । धोकाको चिन्हको रुपमा उहाँको मुखमा चुम्बन गरिएको थियो । उहाँको हातमा साङ्लाले बाधिएको थियो । उहाँको खुटामा किला ठोकिएको थियो । उहाँको काधहरु कुस बोकेर थाकेको थियो । उहाको ढाड, छाती र पाखुराहरुमा कोर्रा लगाईएको थियो । उहाँको जिब्रो तिर्खाले भरिएको थियो र तितो मुर्र दिइएको थियो । उहाँको कोखामा भाला रोपिएको थियो । उहाँको सम्पुर्ण शरीरमा पहिले नै गहिरो चोट लगाईएको थियो अनि क्रुसमा यातना दिईएको थियो । (क्वेन्सटेड)
३२. यी कष्टहरुको सम्बन्धमा बिशेष गरि के कस्ता कुराहरु अवलोकन गरिनुपर्छ ?
तिनीहरु केवल आभाष भएको कुरा मात्र थिएन तर साचो र सत्य कुराहरु पनि थिए । । यशैया ५३:४) तिनीहरु स्वेच्छाले बहन गरिएका थिए तर करमा पारेर वा बलपूर्वक थिएन । (हिब्रु १०७) तिनीहरु आकस्मिक रुपमा भएका थिएनन् । तर इश्वरीय योजना अनुसार भएका थिए । (प्रेरित २:२३, ४:२८)
३३. ख्रीष्टको मृत्युमा के के कुरा समावेश भएका छन् ?
प्राण र आत्माको बिचमो प्राकृतिक एकताको बिघटन भएको छ तर इश्वरीय र मानविय स्वभावको एकताको बिघटन होइन ।
३४. ख्रीष्टले प्राण त्याग गर्नु अगाडी बोल्नुभएको अब सिद्धियो भन्ने बाक्याशंको अर्थ के हो ? ( युहन्ना :३०)
त्यो चाहिँ उहाँको मृत्युसँगै सबै भविश्यवाणी पुरा भयो । औपचारिक व्यवस्थाको छायाँ र प्रकार अन्तिम समयमा पुग्यो । जुन कामको लागि परमेश्वरको अनन्तको निश्चयता पुरा गर्नको लागि उहाँ यस संसारमा पठाईनुभएको थियो त्यो पुरा भयो । सबै पापको ज्याला तिरियो र पापीहरु अनन्तसम्म रहे । उहाँको शत्रुहरुको उहाँको बिरुद्धको र उहाँको मानिसहरुको बिरुद्धको क्रोध सिमित गरियो । अनि यी सबै भन्दा माथि छुटकारा सिद्ध भयो । यसरी क्षतिपुर्ति गर्ने बलिदान जुन चाहिँ ख्रीष्टले हाम्रो लागि क्रुसको बेदि निर्माण गर्नुभएको थियो त्यो अपुर्ण वा अपर्याप्त वा आधा मात्र प्राप्त गरिएको छैन तर यो सिद्ध, पुर्ण अनि पक्का गरिएको छ । (जेरहार्डको हार्मोनीमा) हिब्रु १०:१४ किनकी एउटै बलिद्वारा जो पवित्र तुल्याईदैछन् तिनीहरुलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनुभएको छ।
३५. कुन ठाउमा ख्रीष्टको दफन भयो ?
यसले उहाँको मृत्युको सत्यता प्रमाणित गर्छ अनि चिहान चाहिँ बिश्वासीको आराम गर्ने स्थान हो भनेर यसलाई पवित्र पार्छ ।
३६. उहाँको सर्वोच्चतालाई पारिभाषित गर्नुहोस् ।
यो त्यो हो जसमा ख्रीष्टले मानवीय स्वभावअनुसार इश्वरीय प्रकृतिको सञचथर गरिएको स्वभावलाई पुर्णतया अभ्यास गरिन्छ ।
३७. के यसको स्तर वा श्रेणी हुन्छ ?
हुन्छ । यसमा यो एउटा तिरस्कारको श्रेणी हो । परिभाषालाई कडाईका साथ यसको पराकाष्ठामा राखेर लिईएको छ । (१ कोरिन्थी १५:२७,२८) यद्यपी यो अपेक्षाकृत रुपमा एकदमै पहिलो तहमा साचौँ छ।
३८. तिरस्कारको स्तर कहिलेदेखि शुरु भयो ?
सक्रियता सँगै वा शरीर र प्राणको चिहानमा एकता भएदेखि ।
३९. यस सन्दर्भमा के कस्ता स्वीकार गर्न सकिने फरकहरु छन् ?
सुधारिएको मण्डलीले भन्छ कि, तिरस्कारको भागको रुपमा बशंहरु नरकमा जानेछन् । लुथरन मण्डलीले भन्दछ कि जस्तो हामीले देख्न सक्छौँ त्यो चाहिँ उच्चताको पहिलो श्रेणीको रुपमा हुन आउछ ।
४०. यसको भिन्नतालाई के कुराले निर्धारण गर्छ ?
लुथरन मण्डलीले स्वीकार गर्ने १ पत्रुस ३:१८, १९ मा भएको तथ्य जुन चाहि सिद्धान्तको छायाँ हो अनि सुधारिएको मण्डलीले स्वीकार गर्ने प्रेरित २:२७
४१. किन हामीले आउने वशंको सन्दर्भमा भनिएको पछिको खण्डलाई स्वीकार्दैनौँ ?
किनभने यस खण्ड को साचो अर्थ चाहिँ ए. आर.भी को उल्था अनुसार तपाईले मेरो प्राणलाई नरकमा जान दिनुहुन्न भन्ने हुन्छ । नरक भित्र होइन जस्तो यसलाई गलत प्रकारले उल्था गरिएको छ तर नरकमा हो । यसको बिचार चाहिँ मेरो प्राणले मृत्युको शक्तिबाट छुटकारा पाउन सक्दैन भन्ने हो । यहाँ वशंको सन्दर्भमा कुनै पनि सन्दर्भ दिईएको छैन।
४२. १ पत्रुस ३:१८,१९ मा प्रमुख रुपमा के कुरा देखाईएको छ ?
एउटा तथ्य जुन बश.हरु सक्रिय भएपछि वा प्राण र शरीरको पुनर्मिलाप भएपछि रहन्छ । शरीरलाई मृत्युमा लैजानु तर आत्मामा जिबित रहनु जसमा उनी पनि आत्मामा जेलमा गएर प्रचार गर्छन्।
४३. यस लेखको साबित हुने लेख के हो ?
यो एकदमै ठुलो साबधानी सँगै सुरक्षित गरिएको छ । अनि बिस्तृत रुपमा भएको परिकल्पनाको महत्वको बिरुद्धमा गम्भीर चेतावनी दिईएको छ । हामीले साधारणतया बिश्वास गछौं कि हरेक व्यक्ति, परमेश्वर र मानिस, मृत्युपछि चिहानमा जान्छन् अनि दुष्टसँग भएको सबै सामर्थ्यहरु खोसेर ल्याउँछन् । जवकी हामीले यो कुरा भएको जस्तै गरि बिशिष्ट र कडा सोचाईहरुबाट आफैलाई दुख दिनु हुँदैन । (कन्फर्डको शुत्र ६४३) यो कसरी रहेको छ भन्ने कुरा संसारमा रहुन्जेल सम्मै हामीले राख्नु पर्छ जहाँ यो कुरा मात्र होईन तर अरु कुराहरु पनि हटेर जान्छन् । जसलाई यहाँ हामी साधारण रुपले बिश्वास गर्छौँ अनि हामी अन्धो भएको कारणले त्यसलाई बुझ्न सक्दैनौँ । (पेज ५२२)
४४. के जेलमा भएको आत्मालाई गरिएको प्रचारलाई सुसमाचारको प्रचार भन्न सकिन्छ ?
सकिदैन, ग्रीक शब्दअनुसार त्यसको अर्थ सुसमाचारको प्रचार भन्ने हुदैन । euaggelizo but kerusso जसको अर्थ साधारणतयो प्रकाशन गर्नु वा घोषणा गर्नु भन्ने हुन्छ । स्पष्ट सँग भन्नु पर्दा यदि पवित्र धर्मशाश्त्रहरुको अरु भागमा व्यक्त गरिएको कुराहरुलाई बिचार गर्ने हो भने यसको अर्थ सुसमाचारको घोषणा भन्ने हुन्छ । जवकी त्यहाँ सुसमाचारको सुनाईबाट हामीले मृत्युपछि स्वर्गको अवसर पाउँछौ भन्ने कुरालाई बिश्वास गर्नको लागि कुनै अधिकार दिईएको छैन । यदि त्यसो हो भने ठुलो समुदायमा सुसमाचार प्रचार गरिनुपर्छ जसबाट मुत्युपछि र चुनौतिहरुको लागि सबै भन्दा बलियो खम्बा सुसमाचार नै हुन्छ । जहाँ संसारमा हुन आउने कुराहरुको सत्यता लुकाईएको छ अनि यो जीवनलाई स्वीकार गरिएको समय, मुक्तिको दिन, अनुग्रहको समय भन्न सकिदैन । (२ कोरिन्थी ६:२)जवकि संसारका सबै मानिसहरु पश्चाताप गर्ने बिचार गर्छन् । (प्रेरित १७:३०) यो केवल प्रबन्धको तयारी, प्रबेशद्वार वा जसमा यी कुराहरु आउँछन् ।
४५. तर के त्यहाँ १ पत्रुस ३:१८,१९ मा प्रत्यक्ष रुपमा लेखिएको कुरामा मृतकहरुलाई सुसमाचार प्रचार गर्ने कुरामा अर्थात १ पत्रुस ४:६ यसैकारण मृतकहरुलाई पनि सुसमाचार सुनाईयो भन्ने कुरामा कुनै सन्दर्भ दिईएको छैन ?
यसको अर्थ तिनीहरु मृत्युमा नपरुन्जेल सम्म समाचार प्रचार गरिरहनुपर्छ भन्ने होइन । तर जो अहिले मत्यमा परेका छन तिनीहरुले प्रेरितहरुले लेखेको पस्कतबाट ससमाचार पाएका छन् । पद ५ मा त्यहाँ न्यायको दिनको बारेमा केहि कुराहरु दिईएको छ जहाँ जिवित र मरेकाहरु दुबैको न्याय हुनेछ भनिएको छ । यसको अर्थ चाहिँ अहिले मरेका हरुको न्याय हुन्छ त्यसपछि तिनीहरु सक्रिय हुन्छन् जुन पद ६ मा दिईएको छ । मृतक भनेको अहिले संरारमा जिएर पनि मरेका हरु हुन् । तिनीहरु जसे सुसमाचारलाई भित्री मन देखि नै सुनेका छन् र बिश्वास गरेका छन् । तिनीहरुको छुटकाराको दिनको भविश्यवाणी गरिएको छ ।
४६. त्यहाँ किन प्रलय आउने अगाडी बिषेश संकेत आयो जस्तो कि तिनीहरुलाई ख्रीष्टले प्रचार गर्नु भएको थियो ?
नोआको धार्मिकताको प्रचारको बारेमा गरिएको अवज्ञा र उपहास तिनीहरुको लागि स्वभाविक खालको थियो । अनि पत्रुसको समयमा सुसमाचारको प्रचारलाई गिज्याउने गर्थे । (१ पत्रुस ३:३-४) प्रलय आउनु अगाडी गिज्याउनेहरुको लागि बिशेष हारको अवस्था आयो जव ख्रीष्टले उहाँको बिजयलाई यस संसारमा घोषणा गर्नु भयो । जुनचाहिँ सबैको भाग्यको स्वभाविक गुणको थियो जसले समान प्रकारले उहाँको बिरुद्धमा यसलाई लिने गर्छन् ।
४७. के ख्रीष्टको बिजयको घोषणा पुरानो करारका सन्तहरुमा पनि फैदिएको थियो, जो चाहिँ प्रतिज्ञाको बिश्वासमा मरे अनि त्यो कुरा चाहिँ उहाँको मृत्यु र पुनरुत्थान बाट पुरा भयो ?
रोमन क्याथोलिक मण्डलीहरुले सिकाउँछन् कि यस प्रचारबाट तिनीहरु संसारका कुराहरुबाट छुटकारा पाउँछन् र स्वर्गमा जान्छन् । जवकी यस बिषयमा धर्मशाश्त्रले केहि भन्दैन । परिकल्पनाको करामा हामीले सम्भावित कराहरुलाई हेर्नपर्छ कि बिजयको घोषणा चाहिँ एउटा श्रेणीबाट अर्को श्रेणीमा हुदै बिजय र आनन्दमा फैलिदै जान्छ भनेर जानकारी दिनु पर्छ । हामीले जेलमा होउन्जेसम्म बिश्वासबाट पर हट्नु हुदैन भनेर भन्ने आट गर्दैनौ
४८. के कुरा अनुसार स्वभाविक रुपमा ख्रीष्टले ओर्लने काम गर्नु भयो ?
इश्वरीय व्यक्ति मानवीय स्वभावअनुसार नरकमा जानुभयो ।
४९. त्यसोभए उच्च पारिने कुराको श्रेणीहरु के के हुन् ?
नरकमा ओर्लनु, पुनरुत्थान हुनु, स्वर्गमा चढिजानु र परमेश्वरको दाहिने हात तर्फ बस्नु ।
५०. पुनरुत्थान भनेको के हो ?
एउटा काम हो जसद्वारा ख्रीष्टले आफ्नो शरीरलाई मृत्युबाट माथि उठाउनुभयो अनि उहाँको बिभिन्न जाँचहरुद्वारा र बिभिन्न समयहरुमा चेलाहरुको अगाडी आफु जिवित भएको कुरा प्रकट गर्नु भयो । उहाँको इश्वरीय अधिकारको प्रमाणको रुपमा उहाँको छुटकाराको कामको पुर्णता हो अनि उहाँमा बिश्वास गर्नेहरु मृत्युबाट पुनरुत्थान हुन्छन् भन्ने कुराको निश्चयता पनि हो।
५१. के पुनरुत्थानले पुत्रमा अनौठो प्रकारको काम गर्थ्यो ?
त्यसमा त्रीएकत्वमा भएका सबै व्यक्तित्वहरु परमेश्वरको बाहिरी कामको रुपमा क्रियाशील थिए । एफिसी १:२० ले यो घोषणा गर्छ कि पिताले ख्रीष्टलाई मतकबाट बिउताउनुभयो । । रोमी ६:४, कलस्सी २:१२) युहन्ना १०:१७ मो येशुले भन्नुभयो कि उहाँले आफ्नो जीवन दिनुभयो । रोमी ८:११ मा मृतकबाट पुनरुत्थान हुनुहुने येशूको आत्मा भनिएको छ।
५२. ख्रीष्ट कहिले मृतकबाट पुनरुत्थान हुनु भयो ?
तेश्रो दिनमा, जुन कुरा धर्मशाश्त्रले धेरै पटक भनेको छ अनि मण्डलीले घोषणा गरेको छ । यहूदीहरुले मृत्यु भएको दिनलाई पनि एक दिन मानेर गणना गर्छन् । जुन दिन उहाँ मर्नु भयो त्यो एक दिन भयो । जवकी यो पुर्ण वा केवल एक भाग मात्र हुन्छ । त्यहाँ एक दिन थियो अनि अरु दुईवटाको भाग थियो । यहुदीहरुले सुर्योदय देखि सुर्यास्तसम्मको समयलाई तिनीहरुको समय मानेका थिए ।
५३. उहाँको पुनरुत्थान भएको शरिरका बिशेषताहरु के के थिए ?
क. यो साचो शरीर थियो । लुका २४:३९ मेरो हात र मेरा पाउ हेर, म नै हुँ मलाई छोएर हेर । किनकी प्रेतको मासु र हाँड हुँदैन तर तिमीहरु देख्छौँ मेरा त छन् । यसको प्रमाणको लागि उहाँले उनीहरु सँगै खानुभयो । (पद ४३)
ख. उहाँसँग किला ठोकेको दाग र भालाले घोचेको डाम सहित पहिले भएको नै शरीर थियो । (युहन्ना २०:२५,२७)
ग. यो महिमित शरीर थियो । फिलिप्पी ३:२१ उहाँले जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधिनमा ल्याउन सक्नुहुन्छ । हाम्रा हिन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुनेछ।
५४. महिमित शरीरको अर्थ के हो ?
धर्मशाश्त्रको खण्डमा यसलाई उद्धत गरिएको र घोषणा गरिएको छ कि विश्वासीको शरीरको पुनरुत्थान चाहिँ ख्रीष्टको शैलीमा नै हुन्छ । अनि १ कोरिन्थी १५:४२-४४ मा बिश्वासीहरुको महिमित शरीरको बारेमा व्याख्या गरिएको छ । यसले ख्रीष्टले उच्चतम् श्रेणीमा ख्रीष्टको अधिनमा रहने कुरालाई त्यहाँ व्याख्या गरिएको अनुसार पछ्याउछ । सबै कुरालाई आत्मिक शरीरको रुपमा व्यक्त गरेर सक्षेपमा ल्याईएको छ । जवकी आत्मिक शरीरचाहिँ आत्मामा परिवर्तन हुने शरीर होइन । किनभने त्यहाँ बर्तमान जीवनको शरीरलाई शारीरिक जीवन वा प्राण भएको जीवन अनि आत्मिक रुपमा पुनरुत्थान हुने शरीरको रुपमा प्रकाश पारिएको छ। तर शारीरिक जीवन चाहिँ शरीर होईन जुन प्राण हो अनि प्राणको सम्पत्ती हो। (माथिको पाठ ७, १३ हेर्नुहोस् ।) आत्मिकी शरीर चाहिँ आत्माको सम्पत्ती हो । यसको सन्दर्भ चाहिँ हामीले अहिले थाहा गरेको कुरा भन्दा माथिल्लो स्तरमा प्रदान गरिएको कुरा हो । यसको भलाईमा, अझ उहाँको मृत्यु र पुनरुत्थान अघि ख्रीष्ट गालिलको समुद्रको छालमा हिड्नुभयो । (मत्ती १४:२५) अनि पुरुत्थान पछि, एउटा कोठामा प्रवेश गर्नु भयो जवकी त्यहाँ ढोका हरु बन्द थिए । (युहन्ना २०:१९) अनि आफ्नै इच्छामा अदृश्य हुनुभयो । (लुका २४:३१) वा एक्कासी उहाँ उपस्थित हुनुभयो । (मर्कुस १६:१२)
५५. मत्ती १४:२५ मा बताईएको कुरालाई पुनरुत्थान अगाडी प्रदान प्रदान गरिएको कुराको अधिकारमा कसरी व्याख्या गर्नुहुन्छ ?
व्यक्तिगत एकताको भलाईमा, उनीहरु तिरस्कारको सम्पुर्ण कुराको अधिनमा रहन्छन् । यद्यपी साधारण अभ्यास होइन । तर उहाँको उच्चताको कुरामा हो । तिनीहरु स्वतन्त्र प्रकारले व्याख्या गरिएका छन् ।
५६. महिमा गर्नु र महिमित हुनु भन्ने कुरामा के त्यहाँ एउटै सिद्धान्त प्रयोग भएको छ ?
हो, तिरस्कारको कुरामा एक अर्थमा येशू, उहाँको मानवीय स्वभाव अनुसार उहाँ महिमित हुनुभएको थिएन । (युहन्ना ७:३९, १७:२,५) त्यो चाहिँ उहाँले आदर र शक्तिको अभ्यास गर्नु भएन तर अर्को अर्थमा उहाँ महिमित हुनुभयो जवकी उहाँले तिनीहरुलाई उनीहरुको आश्चर्यकर्महरुद्वारा चम्किने अनुमति दिनुभयो । (युहन्ना २:११) किनभने, उहाँको देवत्वको पुर्णतामा उहाँको शरीर बास गर्दछ । (कलस्सी २:९) यसमा यी आत्मिकी सम्पत्तीहरु शुरुदेखि नै थियो । तर तिनीहरुको प्रयोग चाहिँ धरौटीमा राखिएको थियो र उच्चताको मुल्याङ्कनको लागि सुरक्षित गरिएको थियो ।
५७. चिहानको मुखमा रहेको ढुङ्गा हटाईनुको कारण के थियो त ?
ख्रीष्टको बाहिर आएर मानिसहरुमा उपस्थित हुने कुरालाई अबरुद्ध पारेको कारणले होइन । किनभने उहाँको पुनरुत्थान भएको शरीरले पर्खाल छिचोल्न सक्थ्यो भने उहाँले ठूलो चट्टानलाई पनि सजिलैसम्ग छिचोल्न सक्नुहुन्थ्यो । तर उहाँका चेलाहरु र विश्वसयोग्य महिलाहरुलाई चिहान रित्तो छ भन्ने कुराको प्रमाण दिनको लागि त्यसो गर्नु भयो । त्यहाँ देखाउनको लागि कुनै अभिलेख छन कि पुनरुत्थान चाहिँ ढुङ्गा हटाउने कुराको पछि आउने कुरा थियो।
५८. ख्रीष्टको पुनरुत्थान के कारणले गर्दा प्रेरितहरुको शिक्षा र प्रचारमा प्रख्यात भयो ?
क. किनभने हाम्रो प्रभुले यसलाई उहाँले दावी गर्नुभएको सत्यताको जाँचको रुपमा अनुरोध गर्नुभएको छ। (मत्ती १६:२१, १७:९, युहन्ना २:१९) अनि शुरुका इसाईहरुको लागि यो चाहिँ उहाँको इशरीय अधिकारहरुको सबै प्रमाणहरु अनि बिशेषगरि उहाँको देवत्व भन्दा ठुलो प्रमाण थियो । (रोमी १:४, १ कोरिन्थी १५:१४-१९, प्रेरित २:३२, ३:१५,४:३३ आदि)
ख. किनभने यसले ख्रीष्ट येशूको मध्यस्थताबाट आर्जन गरिएको धार्मिकताको सिद्धतालाई प्रमाणित गर्छ । उहाँ चाहिँ मानिसको प्रतिरुप हुनुहुन्थ्यो । यसैगरि उहाँले मानिसको पाप बोक्नुभयो र मर्नुभयो अनि न्यायहिन मानिसहरलाई न्याय गर्नु भयो । यदि मृत्युले उहाँलाई रोकेको भए । यसले हामीलाई बन्धनमा राख्ने थियो । तर मृत्युले उहाँलाई रोक्न सकेन । अनि हामी स्वतन्त्र भएका छौं । उहाँले व्यवस्थालाई पुर्ण गर्नु भयो । उहाँको धार्मिकताले हामीलाई मृत्युको शक्ति भन्दा उत्तम कुराहरु दियो । रोमी ४:२५ उहाँ हाम्रा अपराधका निम्ति मारिनुभयो र हामीलाई धर्मि तुल्याउनलाई जिवित पारिनुभयो । त्यो चाहिँ केवल हाम्रो पाप उहाँको मृत्युको कारण बन्यो । यसैले हाम्रो न्यायको लागि चलायमान न्याय गर्नुभयो वा पुर्ण प्रवन्ध गर्नु भयो । अनि त्यो नै उहाँको पुनरुतथानको कारण बन्यो ।
ग. किनभने यो चाहिँ हाम्रो आफ्नै पुनरुत्थानको लागि बैना हो । १ कोरिन्थी १५:२० वास्तवमा ख्रीष्ट मृतकहरुबाट जिवित हुनुभएको छ । सुतिगएका हरुमा उहाँ चाहिँ प्रथम फल हुनुहुन्छ । २ कोरिन्थी ४:१४
घ. किनभने यसबाट प्रयोगमा आउने पवित्र आत्माको अनुग्रह प्रवाह हुन्छ । रोमी ६:४ यसकारण बप्तिष्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ । ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरुबाट जिवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवनको मार्गमा हिडौँ।
५९. एपोलोजेटिक्स ख्रीष्टको पुनरुत्थानलाई कुन स्थानमा राखिएको छ ?
ख्रीष्टको पुनरुत्थान चाहिँ तथ्य हो । यो चाहिँ निश्चित कुरा हो जसलाई सबै एपोलोजेटिक्सको चुनौति जोडिएको हुन्छ । एपोलोजेटिक्स सधैभरि ख्रीष्टको पुनरुत्थानबाट शुरु हुन्छ । उहाँ यसबाट व्यक्तिगत आश्चर्यकर्म गर्नको लागि ऐतिहासिक रुपमा प्रमाणित हुनुभएको छ । ख्रीष्ट मृतकबाट बौरी उठ्नुभएको कुरा एकदमै ठूलो आश्चर्यकर्म हो जसमा उहाँको महान कामहरु उहाँद्वारा भएको र सुसमाचारमा अभिलेख राखिएको कुरा रहेको छ। अनि यसै गरि उहाँको नाउँमा गरिएको कुरा पनि राखिएको छ । छोटकरीमा उहाँको पुनरुत्थानद्वारा पवित्रताको आत्मा अनुसार उहाँ शक्तिसहित परमेश्वरको पुत्र हो भनी घोषणा गर्नुभएको छ । उहाँमा सारा संसार परास्त भएको छ अनि परमेश्वर महिमित हुनुभएको छ । यसबाट पनि जिवित परमेश्वर र जीवन दिने परमेश्वर उहाँ हुनुहुन्छ भन्ने कुरा प्रमाणित भएको छ । परमेश्वरको शक्तिको इन्कारबाट पावल र येशूले पुनरुत्थानको इन्कारको बारेमा व्याख्या गरेका छन् । (१ कोरिन्थी १५:३९, मत्ती २२:२९) (अबेर्लेन) एउटा मण्डलीको इतिहासकार जसको इसाईत्व सम्बन्धी स्वतन्त्र आलोचनाले उनीहरुलाई पछ्याउने हरुको बिद्वानहरुको आलोचनालाई योग्य रुपमा लिएका छन् । अर्थात् एफ.सी. बउर ले साचो रुपमा पुष्टि गरेका छन् कि शुरुको मण्डलीमा प्रदान गरिएको आक्रमक बलको शक्ति र उत्साहले यसलाई बिजयी बनाएको छ । जुन चाहिँ बिश्वास हो कि येशूको पुनरुत्थान चाहिँ निश्चित र बिबादास्पद छ।
६०. ख्रीष्टको स्वर्ग आरोहण भनेको के हो ?
ख्रीष्टको दृश्य र महिमित रुपमा भएको बिजयी प्रबेश, उहाँको शरीर बादल माथि उड्नु र त्यसपछि माथि माथि हुदै स्वर्गतिर प्रस्थान गर्नु र अदृश्य रहनु हो । जसले उहाँको राज्यमा संसारको अन्त्य सम्म स्थान ओगट्ने काम गर्छ । अनि सबैतिर स्वर्गीय तरिकाबाट हामीलाई सहायता गर्छ । (क्यालोभियस)
६१. के यो केवल अपल हुने कुरा मात्र होईन जस्तो उत्पत्ती १७:२२ मा परमेश्वरले अब्राहमबाट छुटेर माथि जानुभयो भनेको छ ?
होइन, किनभने चेलाहरुले उहाँलाई दृश्य र स्थानिय चाल अनुसार छुटिएको देखे । (लुका २४:५१, प्रेरित १:९) महिमित र अलौकिक शरीरलाई नैतिक भलाईको कुरा प्रदान गरिएको छ । जस्तो उहाँ आफ्नो सार्वभौमसत्तामा सकै भन्दा उच्च श्रेणीको स्थानमा उचालिनु भयो । अनि उहाँ पुनरुत्थान र स्वर्ग आरोहणको बिचको समयमा अभ्यास गर्नुभयो । यो चाहिँ साँचो आरोहण थियो जसमा शरीर चाहिँ पृथ्वीबाट माथि उचालिएको थियो । प्रेरित १:९ हेर्नुहोस् । तथापी यसलाई अत्याधिक रुपमा छानविन गरिनु हुदैन वा प्राकृतिक स्वभाव अनुसार पारिभाषित गरिनु हुँदैन । यसैले संसारमा शारीरिक रुपमा भएको उपस्थिति चाहिँ जुन स्वर्गमा उचालियो भन्ने कुरा अस्वीकार गरिएको छ । किनभने यो केवल स्वर्गमा मात्र होईन तर हामीले एफिसी ४:१० मा देख्न सक्छौं कि उहाँ सारा स्वर्गहरुभन्दा धेरै माथि चढिजानुभयो । यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपुर्ण पार्न सकुन् । (बेयर)
६२. ख्रीष्ट प्रबेश गर्नुभएको स्वर्ग भनेको के हो ?
दृश्य होइन, खगोलिय स्वर्ग हो जुन यसको संकेत हो । तर यसमा भएको अवस्था वा शर्त हो जसमा परमेश्वरको महिमा पुर्ण रुपमा देखिन्छ । युहन्ना १७:५ अब हे पिता संसारको सृष्टि हुनअघि तपाईको सम्मुख मेरो जुन महिमा थियो त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस् ।
६३. स्वर्ग आरोहणको अन्त्य चाहिँ के थियो ?
सर्व प्रथम, उहाँको महिमित बिजय (एफिसी २:१५) अनि यद्यपी उहाँको प्रतिज्ञा अनुसार संसारको अन्त्य सम्म कहिल्यै पनि संसारमा अनुपस्थित नहुने कुरा हो । (मत्ती २८:२०) तथापी उहाले आफ्नो दृश्य उपस्थितिलाई बाहिर निकाल्नुभयो कि उहाँले पवित्र आत्मा पठाउनु भयो । (युहन्ना १६:७) अनि बिस्वास गर्नेहरुको लागि स्वर्गमा ठाउँ तयार गर्नुभयो । (युहन्ना १४:२) उहाँको अनुपस्थितिमा पवित्र आत्मालाई बिश्वास गर्नको लागि सिकाउनुभयो । युहन्ना २०:२९ धन्य हुन् तिनीहरु जसले मलाई देखेका छैनन् र पनि बिश्वास गर्छन् । १ पत्रुस १:८ तिमीहरुले नदेखे तापनि उहाँलाई प्रेम गर्छौँ । उहाँलाई तिमीहरु अहिले देख्दैनौ, तापनि उहाँमाथि बिश्वास गछौं र अवर्णनीय र गौरमय आनन्दमा रमाउछौ।
६४. स्वर्ग आरोहणबाट कस्तो आग्रह र सान्त्वना दिईएको छ ?
आग्रह कलस्सी ३:१,२ यदि तिमीहरु ख्रीष्टसँग जिईउठाईएका छौ भने माथिका कुराहरुको खोजी गर जहाँ ख्रीष्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ । आदि ।
सान्त्वना, युहन्ना १७:२४ पिता, म इच्छा गर्दछु कि तपाईले मलाई दिनुभएकाहरु म जहाँ छु म सँग रहुन् र मेरो महिमा देखुन् ।
६५. परमेश्वरको दाहिने हात तिर हुने कुराको चरण के हो ?
यो न त दाहिने हातबाट प्रकट हुन्छ न त बस्ने कुरालाई शाब्दिक रुपमा नै लिन सकिन्छ । दाहिने हात लाई स्थानीयकरण गर्नको लागि यसमा परमेश्वरको आत्मिक कुरामा द्वन्द सिर्जना हुन्छ । परमेश्वरको दाहिने हात भनेको उहाँ सर्वव्यापी हुनुहुन्छ भन्ने कुराको घोषणा हो । भजन १३९:७-१० तपाईको आत्माबाट म कहाँ अलग जान सक्छु ? अथवा तपाईको उपस्थितिबाट मकहाँ भाग्न सक्छु ? म आकाशमा गएँ भने तपाई त्यहाँ हुनुहुन्छ । गहिराईमा आपनो ओछ्यान बनाएँ भने त्यहाँ पनि तपाई हुनुहुन्छ । प्रभातको पखेटामा उडेर समुद्रको पल्लो किनारामा गएर बसँ भने पनि त्यहाँ पनि तपाईको बाहुलीले मलाई डोहोऱ्याउनेछ । र तपाईको दाहिने बाहुलीले मलाई पकिराख्नेछ।
६६. मानिसको बिभिन्न तन्तु र मानव शरीरलाई परमेश्वरमा ल्याउनु भन्ने कुराको अर्थ के हो ?
आखाँ र कानले उहाँको ज्ञान र वास्ताको संकेत गर्छ । भजन ३४:१५ परमप्रभुको नजर धर्मात्माहरुमाथि रहन्छ र उहाँले तिनीहरुको पुकार सुन्नुहुन्छ । औंलाले चाहिँ शक्ति र बुद्धिको एकताको संकेत गर्छ । लुका ११:२० तर परमेश्वरको औंलाले म भुतहरु निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरुकहाँ आईसकेको छ । पाखुरा चाहिँ सर्वशक्तिमान कुरा हो । लुका १:५१ उहाँले आफ्नो बाहुलीको सामर्थ प्रकट गर्नु भएको छ । उहाँको पैताला चाहिँ उहाँको निश्चित प्रभुत्व र सार्वभौमसत्ता हो । भजन ८:६ सबै थोक तपाईले त्यसको पैतामा लुनि राखिदिनुभएको छ । पाखुरा र दाहिने हात चाहिँ बिभिन्न प्रकटिकरणमा शक्ति ल्याउन बारम्बार एक हुने गर्दछन् । व्यवस्था ५:१५ परमप्रभु तिमीहरुका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरि तिमीहरुलार्य निकालेर ल्याउनुभयो । भजन ८९:१३ तपाईको बाहु शक्तिशाली छ, तपाईको हात बलियो छ र तपाईको दाहिने बाहुली उच्च पारिएको छ । यसकारण दाहिने हातले परमेश्वरको शक्ति र महिमालाई एकदमै उच्च स्थानमा रहेको छ भन्ने जनाउँछ । प्रस्थान १५: १६ हे प्रभु तपाईका प्रजा पार नहोउन्जेल तपाईले किन्नुभएमाक प्रजा पार नहोउन्जेल तपाईका पाखुराको शक्तिले उनीहरु पत्थर झैँ अचल रहनेछन् । भजन १८:३५ तपाईको दाहिने बाहुलीले मलाई साहरा दिएको छ । भजन २१:८ तपाईकै बाहुलीले आफ्ना सारा शत्रुहरुलाई खोजीनिकाल्नेछ । यसरी दाहिने हातको शक्ति भनेर भनिन्छ । (मत्ती २६:६४) सर्वशक्तिमानको दाहिने हात । (हिब्रु १:३ महिमित परमेश्वरको दाहिने बाहली , हिब्रु ८:१ महान परमेश्वरको सिहाँसनको दाहिने हात । (हिब्रु १२:२)
६७. अब हामी प्रश्न नं. ६४ मा फौं । त्यसो भए ख्रीष्ट परमेश्वरको दाहिने हातपहि बस्नुभएको छ भन्नुको अर्थ के हो ?
यो चाहिँ हरेक स्वर्ग र पृथ्वीमा भएका परमेश्वरको शासनमा ख्रीष्टको मानवीय स्वभावको पुर्ण सहभागिता हो । ख्रीष्ट, इश्वरीय व्यक्ति, मानवीय स्वभाव अनुसार, सबै थोकहरु माथि प्रभुत्व गर्नु भयो जुन मानवीय स्वभावमा उहाँ सँग थियो । यसैगरि इश्वरीय स्वभाव चाहिा व्यक्तिगन एकताको पहिलो समयबाटको हो।
यसलाई अरु कुराहरुबाट प्रगट पार्नु पर्दा यस बिष्यमा सुधारबादीहरुले लुथरन शिक्षालाई बिरोध गरेको देखिन्छ । यसको सन्दर्भ चाहिँ एफिसी १:२० मा भएको अनुसारको प्रशंसनीय व्याख्या भएको छ । यस खण्डले परमेश्वरको दाहिने हात भन्नुको अर्थ के हो भनेर देखाएको छ अर्थात्, कुनै पनि क्षेत्र होइन तर शक्ति जुन चाहिँ पिताले पुत्रलाई प्रदान गर्नुभएको छ । त्यसको लागि त्यसपछि उहाँको नाउमा स्वर्ग र पृथ्वीका शासकहरुमाथि अधिकार गर्न दिईएको छ। परमेश्वरले ख्रीष्टलाई तिमी मेरो दाहिने हात पट्टि बस भन्नुभएको छ किनभने उहाँले ख्रीष्टलाई शासनमा सहयोगी बनाउनु भएको छ । अनि उहाँबाट नै सबै शक्तिको अभ्यास हुन्छ । अनि अझ भन्नु पर्दा परमेश्वरको दाहिने हातले नै स्वर्ग र पृथ्वी भरिन्छ । यसले परमेश्वरको राज्यलाई र ख्रीष्टको शक्तिलाई बिश्वव्यापी रुपमा फैलाउँछ । त्यसैले तिनीहरु गलत छन् जो ख्रीष्ट केवल स्वर्गमा हुनुहुन्छ भन्ने कुराको प्रमाणित गर्ने प्रयास गर्नको लागि ख्रीष्ट परमेश्वरको दाहिने हात पट्टि बस्नुभएको छ भन्छन् ।
६८. के यो शासन गर्ने कुरा जस्तै हो ?
वास्तवमा होइन, यो निश्चित अन्त्यमा हेरेर शासन गर्छ । यसको लागि उहाँको मध्यस्थकर्ताको कामको रुपमा बुझ्नु पर्छ । अनि यो मानिसको मुक्तितर्फ निर्देशीत हुन्छ । यो ख्रीष्टद्वारा उहाँको मानवीय स्वभावद्वारा व्यवस्थित गरिएको छ । शक्ति, अनुग्रह र महिमाको तिनगुणा राज्य जुन चाहिँ छुटकाराको प्रयोग हो।
६९. हाम्रो स्वीकारोक्तिमा यसलाई कसरी घोषणा गरिन्छ ? उहाँ स्वर्गमा चढिजानुभयो कि उहाँ पिताको दाहिने हात पट्टि बस्नुभएको छ अनि सदासर्वदा शासन गर्नुहुन्छ र सम्पुर्ण सृष्टिहरुमाथि प्रभुत्व गर्नुहुन्छ अनि तिनीहरुमध्ये बिश्वास गर्नेहरुलाई पवित्र आत्मा तिनीहरुको हृदयमा पठाएर तिनीहरुलाई पवित्र पार्नुहुन्छ । तिनीहरुमा शासन गर्नुहुन्छ, आराम दिनुहुन्छ, माथि उठाउनु हुन्छ अनि तिनीहरुलाई आक्रमण गर्ने दुष्ट र पापको शक्तिबाट रक्षा गर्नु हुन्छ । (अस्बर्गको स्वीकारोक्ति लेख ३)
