अध्याय १० छुटकाराको तयारी (Chapter 10 – The Preparation of Redemption)

इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)

अध्याय १० छुटकाराको तयारी (Chapter 10 – The Preparation of Redemption)


१. परमेश्वरले पहिलोपल्क कहिले मानिसलाई छुटकारा दिने उद्देश्य प्रकट गर्नु भयो ?

जति बेला मानिस पतन भएको थियो । उत्पत्ती ३:१५ मा प्रतिज्ञा गरिएको छ कि त्यसलाई पहिलो सुसमाचार भनिन्छ । स्त्रीको सन्तानले सर्पको शीर कुच्याउनेछ । यसले चाहिँ मानिसमा भएको अन्तिम बिजयलाई जनाउँछ । स्त्रीको सन्बा भन्ने शबद चाहिँ लगातार हुने संघर्ष हो जुन अदनको बगैचाबाट शुरु भएको छ । यसको गहिरो महत्व अझै पनि क्रमिक रुपमाले अगमवाणी पुरा हुन प्रकट भएको छ । एक व्यक्तिमा उच्चतम बिन्दुमा पुगेको छ जो अहिले स्त्रीको सन्बाा भएको छ र यस दौडको प्रतिनिधि अनि साचों परमेश्वर पनि भएको छ । १ कोरिन्थी १५:२२ किनकी जसरी आदममा सबै मर्छन त्यसैगरि ख्रीष्टमा सबै जीवित पारिनेछन् । ४७ पहिलो मानिस माटोले बनिएको पृथ्वीबाटको हो । दोश्रो मानिस स्वर्गको हो।

२. एकचोटी के को दुई गुणा तयारी भएको थियो ?

परमेश्वरले मानिसलाई मुक्तिको लागि बिस्तारै तयार गर्नु भयो अनि मानिसको लागि मुक्ति तयार भयो।

३. मानिस कसरी मुक्तिको लागि तयार हुन सक्छ ?

धेरै शताब्दी देखिको शिक्षाबाट जसमा उसको पापसम्बन्धी ज्ञान निर्भर हुन्छ, यसलाई आड दिने उसको असमर्थता चाहिँ थाहा भएको थियो अनि उसको छुटकाराको खाँचो चाहिँ स्वीकार गरिएको र एकदम जोडले स्वीकारीएको थियो ।

४. मानिसको लागि मुक्ति कसरी तयार हुन्छ ?

छुटकाराको योजनाको क्रमबद्ध प्रकाशद्वारा जुन प्रकारको समारोह र प्रतिज्ञा समय पुरा नभएसम्मको लागि छ । (गलाती ४:४) परमेश्वरको पुत्रले मानिसको अवतार लिनुहुनेछ।

५. मानिसको दौडको दुई भागलाई दुई गुणा तयारी सँग सम्बन्धित गर्नुहोस् ।

पहिलो चाहिँ मुख्यतया अधार्मिकतामा रहन्छ । परमेश्वरमा र परमेश्वरमाथिको संघर्षद्वारा मानिसको प्रयासलाई प्रस्तुत गरेर । (प्रेरित १७:२७) अन्यजातिको संसारको सम्पुर्ण इतिहास अगस्टिनको बचनमा भनिएको छ । तपाईले सबै कुरा आफ्नै लागि बनाउनुभयो अनि तपाईमा बिश्राम नलिएसम्म हृदय बेचैन हुन्छ । यसपछिको चाहिँ यहुदिबादमा छ । (रोमी ३:१-२) अपुर्ण भए पनि सकारात्मक प्रकाशद्वारा त्यहाँ ख्रीष्ट आउनु अगाडि नै सफल होस् भन्नेपरमेश्वरको मानिसको लागि निरन्तर प्रयास थियो।

६. के त्यसपछि हामी यो बुझ्छौँ कि असत्यवादबाट भएको तयारी पुर्णरुपमा नकारात्मक थियो ? अनि यहुदीबादबाट भएको तयारी चाहिँ पुर्ण सकारात्मक थियो ?

होइन, किनभने कम दर्जाको असत्यवादले पनि केहि सकारात्मक तत्वको खर्च गर्न सक्छ । कुनै पनि साधनको तयारीमा जसले सुसमाचारलाई फैलाउने काम गर्छ । रोमको बिश्वव्यापी शासक, विश्वव्यापी भाषा, जातिहरु बिचको सञ्चारको साधन, दौडको संस्कृति, आदि कुराहरु सुसमाचारको उन्नतीको लागि महत्वपुर्ण साधनहरु भएका छन् । त्यसैले त्यहा पनि यहुदीबाद भन्ने नकारात्मक तत्व थियो । जब मानिस परमेश्वरको अगाडी सबै व्यवस्थाको निर्देशनको पालनाद्वारा धार्मिकता प्रस्तुत गर्ने प्रयास गर्छ उसले आफ असहाय भएको थाहा पाउँछ । रोमी ३:२० व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ । कुनै पजि संस्कार, समारोह र बलिदानको सम्पुर्ण नियम चाहिँ हिब्रुको पुस्तकमा पहिलोको क्रमका अपुर्ण र असन्तोषी कुरा देखाईएको छ अनि कुन चाहिँ माथिल्लो स्तरको हो र सहि हो भनेर तोकिएको छ।

७. तर के त्यहाँ ख्रीष्ट येशू आउनु भन्दा पहिले मर्नेहरुको लागि कुनै मुक्ति छैन त ?

छ, जहाँ परमेश्वरको अनुग्रह पाएको भन्ने कुरामा विश्वास हुन्छ अनि यसपछि मुक्तिको प्रतिज्ञा एक तरिकाबाट उपलब्ध गराइएको छ जुन कुरा समयमा थाहा हुँदैन । पावलले अब्राहमको बिषयमा भनेका छन् । (रोमी ४:३) अब्राहमले परमेश्वरमाथि विश्वास गरे र त्यो उनको निम्ति धार्मिकता गनियो । त्यो चाहिँ अब्राहमले थाहा पाए कि केवल प्रतिज्ञा पुरा गर्ने कुरामा परमेश्वर उनको लागि अनुकुल हुनुहुन्थ्यो । उनी परमेश्वरको प्रतिज्ञाको सहमतिमा आए र यसबाट बाहिर निस्कने अरु प्रयास गरेनन् । यद्यपी उनले देखे कि उनी अशुद्ध र अयोग्य थिए । उनलाई थाहा भयो कि परमेश्वरले उनको सत्यतालाई हेरेर प्रतिज्ञा दिनुभएको हो अनि उनको योग्ता वा कामलाई हेरेर होईन । (मेलान्चथोन) अन्य धर्मशाश्त्रको प्रमाणको लागि हिब्रुको पुस्तको ११ अध्याय हेर्नुहोस् ।

८. हामी के कुराले भन्न सक्छौँ कि पुरानो करारको सन्तहरुसँग यसपछि मुक्तिको प्रबन्ध गरिएको छ भन्ने बिषयमा केवल साधारण प्रतिज्ञाहरु थियो ?

एफिसी ३:५, लुका १०:२३,२४, हिब्रु ११:४०, १ पत्रुस १:११