चौथो आज्ञा (The Fourth Commandment)

बृहत धार्मिक शिक्षा (Large Catechism)

चौथो आज्ञा (The Fourth Commandment)


चौथो आज्ञा

   यहाँसम्म हामीले पहिलो तीन आज्ञाहरुलाई अध्ययन गरिसकेका छौँ जसले परमेश्वरसँग जोड्छ । पहिलो, हाम्रो सम्पुर्ण हृदयले हाम्रो सम्पुर्ण जीनद्वारा हामी उहाँमा भरोसा गछौं, उहाँको भयमा बस्छौँ अनि उहाँलाई प्रेम गर्छौँ । दोश्रो, हामी भट को साहराको रुपमा वा कुनै गलत कामको लागि परमेश्वरको पवित्र नाउँको दुरुपयोग गर्दैनौँ तर परमेश्वरको प्रशंसा गर्न र हाम्रो आफ्नै र छिमेकीको लागि फाईदा र मुक्तिको लागि प्रयोग गछौं । तेश्रो, बिदाको दिनमा र बिश्राम गरेको दिनमा हामी लगनशील भएर परमेश्वरको बचनलाई प्रयोग गर्छौँ र प्रयोग गर्न प्रेरणा दिन्छौं । जसले गर्दा हाम्रो सबै कामहरु र हाम्रो बाँकी जीवन यसकुरा द्वारा मिलाईएको हुन्छ । अब बाकी अरु सातवटा आज्ञाहरुलाई हेरौं जसले हाम्रो छिमेकीलाई जोड्छ र पहिलो र सबैभन्दा ठुलो चाहिँ कुन हो भन्ने थाहा दिन्छ।

आफ्ना बुबा आमालाई आदर गर कि जुन देश तिमीहरुलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरुको आयु लामो होस् ।

   पितृभुमि र मातृभुमिको परिबेशमा परमेश्वरले यी भुमिहरुको बिचमा एउटा बिशेष फरक कुरा दिनुभएको छ कि सबै कुराहरु त्यसको मुनि रहेका छन् कि उहाँले साधारण प्रकारले हाम्रो आमा बुबालाई प्रेम गर्न आज्ञा गर्नुभएको छैन तर उहाँहरुलाई आदर गर्न भन्नुभएको छ । किनभने आदरका साथ दाजभाई, दिदिबहिनी र हाम्रा छिमेकीहरुलाई साधारण अर्थमा उहाँहरुलाई प्रेम गर्नु बाहेक अरु केहि आज्ञा गर्नु हुन्न । यसकारण परमेश्वरले बुबा र आमालाई संसारमा भएका अरु मानिसहरुभन्दा अलग्गै राख्नुभएको छ र छुट्याउनुभएको छ र उहाँको स्थानमा राख्नुभएको छ । किनभने उहाँहरुलाई आदर गर्नु चाहिँ प्रेम गर्नु भन्दा धेरै माथिको कुरा हो । यसलाई प्रेम मात्र होईन तर मर्यादा, नम्रता र श्रद्धा पनि हो जस्तो ऐश्वर्य त्यहाँ लुकेको छ र त्यहाँ त्यो मात्र आवश्यक पर्दैन तिनीहरु दयाल प्रकारले र आदरका साथ सम्बोधन गरिन्छन् भनेर राम्ररी बभन हो। तर धेरै जसो हृदयमा र शरीरद्वारा हामी धेरै उच्च रुपमा देखाउनको लागि मात्र गरेका छौ जस्तो गर्छौँ र त्यसैगरि परमेश्वरमा पनि हामी धेरै उच्च रुपमा ति कुराहरुलाई आदर गर्छौँ । त्यसको लागि जसलाई हामी हृदयबाट आदर गर्छौँ हामीले साच्चै उच्च र महान प्रकारले सम्मान गर्नु पर्छ ।

   यसकारण हामी यसलाई जवानहरुको बिचमा जोड दिनुहोस् जसले गर्दा उनीहरुले आमा बुबालाई परमेश्वरलाई जस्तै सम्मान गर्न थाल्नेछन् । र जतिसुके साधारण, गरिब, कमजोर र सन्काहा भएपनि उहाँहरु परमेश्वरले दिनुभएको आमा र बुबा हुनुहुन्छ भन्ने कुरा सम्झनुहोस् । उहाँहरुको आचरण वा असफलताहरुबाट उहाँहरु आदर पाउनबाट बञ्चित हुनुहुदैन । यसकारण उहाँहरु कस्तो व्यक्ति हुनुहुन्छ भनेर त्यसअनुसार आदर गर्ने होईन तर परमेश्वरको इच्छाद्वारा नै हामीहरु सृष्टि गरिएका र यो दर्जा पाएका हौं । यसैगरि हामीले परमेश्वरको दृष्टिमा आदर पाउने काम गर्नु पर्छ । तर हाम्रो बीचमा यस्तो प्रकारको असमानता र फरकपन हुनु पर्दछ र यसकारणले यसलाई पालन गर्नको लागि परमेश्वर भन्नु हुन्छ कि तपाईले मलाई (परमेश्वरलाई) पिताको रुपमा आदर गर्नुभएको होस् जहाँ ममा एउटा सर्वोच्चता छ।

   यसकारण सिक्नुहोस्, पहिलो, यस आज्ञा समभमा आउनको लागि अभिभावकको लागि आदरको कुरा यो हो कि तिनीहरु माथिका सबै कुराहरुमा संसारको सबै भन्दा मुल्यवान बस्तुको रुपमा फरक छुट्याउनको लागि र आदर गर्नको लागि राखिएका छन् । साथै हाम्रो शब्दमा पनि हामी मर्यादामा ध्यान दिन्छौं, गलत प्रकारले, नगन्ने प्रकारले र अटेरी प्रकारले सम्बोधन गर्दैनौँ तर उनीहरु धेरै टाढा जाउन्जेल सम्म पनि उनीहरुसँग भक्छौं र मौन रहन्छौं । त्यस्तै हामी हाम्रो कामहरुबाट आदर प्रकट गर्छौँ कि हामी हाम्रो शरीर र सम्पत्तीद्वारा हामी उहाँहरुको सेवा गर्छौँ र सहायता गछौं साथै उहाँहरु बृद्ध, बिरामी, अशक्त र गरिव भएको अवस्थामा उहाँहरुको खाँचो पुरा गर्छौँ । यी कुराहरु खुसीसाथ मात्र होईन तर नम्रतामा र श्रद्धाको साथ परमेश्वरको अगाडी गरेजस्तै गर्छौँ । किनभने जसले आफ्नो हृदयमा कसरी हेरचाह गर्दै भन्ने कुरा जान्दछ उसले कष्टमा पर्न, खाचोमा पर्न र भोकमा पर्न दिँदैन । तर यी कुराहरु उहाँको साथमा राख्छ र आवश्यकता पर्नु भन्दा अगाडी नै जुटाउँछ र उसँग जे छ त्यो उहाँहरुसँड बाडचुड गर्छ र उहाँहरुलाई आफ्नो साथमा राख्छ ।

   दोश्रो, कति महान, असल र पवित्र कामको जिम्मेवारी बालकहरुलाई दिईएको छ भनेर ध्यान दिनुहोस् । जुन चाहिँ हाय, पुरै इन्कार गरे र अवहेलना गरे साथे कसैले पनि यो परमेश्वरको आज्ञा हो वा यो पवित्र छ, इश्वरीय बचन हो र सिद्धान्त हो भन्ने सोचेनन् । किनभने यदि यस कुरामा यति ध्यान दिईन्छ भने सबैले यो निश्कर्ष निकाल्न सक्छन् कि जो मानिसहरु यो बचनमा रहेर जिउँछन् उनीहरु पवित्र मानिसहरु बन्छन् । यसै गरि त्यहाँ भिक्षुहरुको उत्पादन गर्नु वा आत्मिक कुराहरुरु पालन गर्नु आवश्यक हुनेछैन । तर सबै बालकहरु यो आज्ञाअनुसार काम गर्न सक्छन् र आफ्नो अन्तस्कणलाई परमेश्वरतर्फ फर्काएर भन्न सक्छन् कि, “यदि म असल र पवित्र काम गर्नको लागि छु भने मेरो अभिभावकलाई आदर गर्नु र आज्ञापालन गर्नु भन्दा असल कुरा केहि छैन भन्ने कुरा थाहा गर्छ । किनभने परमेश्वर आफैले यो आज्ञा दिनुभयो । जे कुराको लागि आफै जुक्ति निकाल्छौ त्यो भन्दा आज्ञा धेरै र अझ फराकिलो हुनु पर्छ र त्यहाँ परमेश्वरभन्दा माथिल्लो स्तरको र असल शिक्षक नहोउन्जेल सम्म त्यहाँ अझ राम्रो सिद्धान्त हुन सक्छ साच्चीनै उहाँले अब उप्रान्त दिनुहुन्छ । अब, यदि हामीले साच्चै असल काम प्रस्तुत गर्ने इच्छा गर्छौँ भने हामीले जे गर्न सक्छौँ उहाँले त्यो सिकाउनुहुन्छ र तिनीहरुलाई आज्ञा गरेर तिनीहरुले परमेश्वरलाई प्रसन्न पारेका छन् भनेर देखाउनुहुन्छ । यदि अब उहाँ परमेश्वर हुनुहुन्छ जसले आज्ञा गर्नु हुन्छ र जसलाई जसरी असल प्रकारले खटाउने भन्ने थाहा हुँदैन । म यसमा कहिल्यै सुधार्न सक्दिन ।”

   हेर, यस अर्थमा हामी परमेश्वरको असल प्रकारले सिकाईएको बालक हुन सकेका छौ, सत्य आशिषमा पछाडि भएका छौँ र आफ्नो अभिभाबकलाई आज्ञाकारिताका साथ घरमा राखेका छौँ र उहाँहरुको सेवा गरेका छौँ । जसले गर्दा मानिसहरुले समारोहबाट आशिष र आनन्द पाउन सकेका छन् । जवकी परमेश्वरको आज्ञाले हामीलाई यस्तो हुन अनुमति दिदैन जस्तो यी वास्ता र होसियारीले सिकाएका छन् । तर वेवास्ता गरिएका र खुट्टामा कुल्चिएका जस्ता भएको छौं । जसले गर्दा एउटा बालकले यसलाई आफ्नो हृदयमा राख्न सक्दैन र केहि समयको अन्तराल पछि उफ्रीदै हिड्ने ब्वासो जस्तै एकचोटि पनि परमेश्वरलाई सल्लाह वा आदर नदिई हामी यन्त्रमा जोडिएका छौँ

   अब हामी यसकारण अन्त्यमा परमेश्वरको खातिर अरु सबै कुराहरु निरिक्षण गर्न सिकौं । हाम्रा जवानहरुले पहिले यो आज्ञालाई हेर्छन् । यदि उनीहरुले असल कामहरुद्वारा परमेश्रको सेवा गर्ने इच्छा गर्छन् भने तिनीहरुले आफ्नो आमा बुबालाई खुसी पार्न जे गर्नु पर्छ त्यो गर्छन् वा तिनीहरुले त्यसको सट्टामा कसलाई राख्ने भन्ने जान्न सक्छन् । किनभने सबै बच्चाहरु जसले जान्दछन् र यस कुरालाई पहिलो स्थानमा राख्दछन् यो महान सान्त्वना उसको हृदयमा आउँछ कि उ आनन्दित भएर भन्न सक्छ र घमण्ड गर्न सक्छ । (जो आफ्नै इच्छाको कामलाई स्थान दिन्छन् त्यसको सट्टामा र बिरुद्धमा) हेर, म निश्चय गरि जान्दछु कि यो कामले असल प्रकारले परमेश्वरलाई खुसी पार्छ ।” तिनीहरुलाई तिनीहरुको धेरै ठुलो चिन्तित पार्ने र अप्ठ्यारो कामहरु सँगै भेला गराउँ र तिनीहरुलाई अझ घमण्डी बनाऔं, हामी देख्नेछौँ तिनीहरुले त्यसलाई ठुलो भएको देख्नेछन् र बुबा आमाको आज्ञा पालन गर्नु भन्दा उच्च बर्गको देख्छन् जसलाई परमेश्वरले उहाँको आफ्नै सर्वोच्चतामा आज्ञापालन गर्न जिम्मेवारी दिनुभएको र आज्ञा गर्नुभएको छ । यसकारण परमेश्वरको बचन र परमेश्वरको इच्छा बलपूर्वक छन् र आमा बुबाको इच्छा र भनाइ भन्दा बढि सम्मानित हुन सक्ने प्रकारको छैनन् भने अझ पनि यो हुन्छ कि परमेश्वरको आज्ञाकारिताको मातहतमा रहेर काम गर्छ र परमेश्वरको आज्ञालाई उछिन्ने कुराको बिरुद्धमा हुँदैन ।

   यसकारण तपाईले हृदयदेखि नै परमेश्वरलाई खुसीसाथ धन्यवाद दिन सक्नुहुनेछ कि उहाँले तपाईलाई चुन्नुभएको छ र मुल्यवान काम गर्ने र उहाँलाई खुसी पार्ने काम गर्न योग्यको बनाउनुभएको छ । यसलाई केवल हेर्नुहोस्, यद्यपी यो सबैभन्दा नम्र हुन सक्छ र मुल्यवान र महान रुपमा तपाईलाई सम्मान गर्न सक्छ, तपाईको योग्यताको लेखाको रुपमा होईन तर यसलाई रत्नहरु र पवित्र ठाउँमा समाविष्ट गरेको र नियन्त्रण गरेको कारणले जसलाई परमेश्वरको बचन र परमेश्वरको आज्ञा भनिन्छ । ओ, कति धेरै मुल्य जुन भिक्षु, भिक्षुणीले तिर्न सक्छन् । यदि सबै धार्मिक कामहरु भित्र छन् भने एउटा कामलाई पनि परमेश्वरको आज्ञाको इमानदारितामा रहेर परमेश्वरको उपस्थितिमा लैजान सकिन्छ । साथै उहाँको मुहारको आगाडी प्रफुल्ल हृदयका साथ भन्न सकिन्छ, “अब मलाई थाहा छ कि यो कामले तपाईलाई एकदमै खुसी पार्छ।” कहाँ यी गरिब आपतमा परेका मानिसहरु लकाईनेछन जव परमेश्वरको नजरमा र सारा संसारमा तिनीहरु जवान बालकहरुको अगाडी लज्जास्पद कुराहरुले भरिन सक्छन् जो उहाँको आज्ञा अनुसार जिएका छन् र उनीहरुको सम्पुर्ण जीवन देखि नै उनीहरु यसलाई पानी सम्म पनि दिन योग्य छैनन् भनेर स्वीकार गर्छन् ? र परमेश्वरको बचनलाई खुट्टामुति राख्ने कुरामा तिनीहरुको दानवीय बिकृतिलाई यसले तिनीहरुलाई सेवा गर्ने अधिकार दिन्छ । कि तिनीहरुले व्यर्थैमा तिनीहरुको आफ्नै औजारहरुको कामबाट आफैलाई दुख दिनुपर्छ र यसको साथै तिनीहरुको पुरस्कार पाउनबाट तिरस्कृत हुनु वा हार्न पर्छ । जव काम गर्न जानहन्छ र आज्ञा गरिएका कराहरु गर्नहन्छ यो हृदय त्यसपछि उफ्रन र हराउन सक्छ । भनिएको छ. यद्यपी तिनीहरुले आफैलाई तिनीहरुको घुडामा उभिएर कहिल्यै नरोकिकन उपबास र प्रार्थनामा राख्नु चाहिँ सबै भिक्षुहरुको पवित्रताभन्दा असल हो ? किनभने यहाँ तपाईसँग निश्चित बचन र इश्वरीय गवाही छ जसमा उहाँ रमाउनु हुन्छ तर अरुहरुको सन्दर्भमा उहाँले बचनको आज्ञा गर्नुभएन । तर यो चाहि संसारको दुर्दशा र दयनिय अन्धोपन हो कि कसैले पनि यी कुराहरु बिश्वास गर्दैनन् । यसरी शैतानको कामलाई बिस्तार गर्नुले भठो पवित्रता र हाम्रो कामको आकर्षणद्वारा हामीलाई बिनाश गर्छ।

   यसकारण म धेरै खुसी छु (म फेरि पनि भन्दछु) यदि मानिसहरुले तिनीहरुको आखाँ र कान खोलेर यसलाई आफ्नो हृदयमा राख्न सके भने हामी फेरि पनि केहि समय परमेश्वरको शुद्ध बचनबाट गलत दिशामा पुग्छौँ अनि दुष्ट को आडम्बर भित्र पर्न सक्छौं । त्यसपछि पनि सबै कुराहरु ठिक हुन सक्नेछन् अभिभबाकमा धेरै आनन्द, प्रेम, मित्रता र तिनीहरुको घरमा बिजय आउन सक्नेछ । यसको साथै जब तिनीहरु अटेरी हुन्छन्, र तिनीहरुले जे गर्नु पर्छ तिनीहरुको पछाडी लट्ठि नलगाएसम्म त्यो गर्दैनन्, तिनीहरु परमेश्वर र अभिभावक दुबैसँग रिसाउँछन् । जहाँबाट तिनीहरुलाई यो मुल्यवान कुराबाट र अन्तस्करणको आन्न्दबाट बञ्चित गराउँछ र आफुलाई केवल गलत भबिश्यवाणीमा राख्छन् । यसकारण जस्तो सबैले गुनासो गरेका छन् संसारको शिक्षाहरु अहिले यस्ता भएका छन् र जवान र बुढापाकाहरु पनि दुराचारी र नियन्त्रण गर्नै नसकिने भएका छन् । तिनीहरुमा सम्मान भन्ने कुरा छैन न त आदर गर्ने सोच नै छ । तिनीहरु आफ्नो इच्छामा बहनु बाहेक केहि जान्दैनन् र जे गलत छ त्यहि गर्छन् अनि एक अर्कामा आफ्नो मान घटाउँदै जान्छन् । यसैले परमेश्वरले पनि उनीहरुलाई सजाय दिनुहुन्छ कि तिनीहरु घिनलाग्दा र घातक कुराहरुमा डुब्छन् । नियन्त्रण गर्ने व्यक्तिको रुपमा अभिभावकहरु पनि आफैलाई मुर्ख र अस्विकार गर्ने बनाउँछन् । अनि मुर्ख कुरा सिकाउछन् र तिनीहरु जसरी जिईरहेका छन् त्यहि अनुसार आफ्नो बालबच्चाहरुलाई र उनीहरुपछिका लाई सिकाउँछन् ।

   यो अब, यस आज्ञालाई पालन गर्नको लागि यो नै पहिलो र अति नै महत्वपुर्ण वास्ता हो भन्दछु, जसको लेखा यदि हाम्रो आमा बुबा नभउपनि हामी परमेश्वरले हाम्रो अगाडी काठ र ढुङ्गा राख्नुभएको होस् भनि इच्छा गछौं जसलाई हामी आमा र बुबा भन्न सकौं । कति धेरै, यद्यपी हामीलाई जीबित अभिभावक दिनुभएको छ अनि हामी उहाँहरुलाई आदर र आज्ञाकारीता देखाउन सक्छौ किनभने हामीलाई थाहा छ कि इश्वरीय ऐश्वर्य र सबै स्वर्गदुतहरुलाई धेरै खुसी बनाउने र सबै दुष्टहरुलाई चिढ्याउने र यस्तै यस्तै कुराहरु हुन् । हामीले गर्न सक्ने महान कामहरुको साथमा महान इश्वरीय आराधनालाई पहिलेका आज्ञाहरुमा सम्झना गरिन्छ । यसैले दान दिनु र छिमेकीहरुको लागि गरिने अरु सबै असल कामहरु आदर गर्ने कुरासँग बराबर हुन सक्दैनन् किनभने परमेश्वरले यसलाई सबैकुराहरु भन्दा माथि राख्नु भएको छ । यो उहाँले यसलाई संसारमा आफ्नै सट्टामा राख्नुभएको छ । यो परमेश्वरको इच्छा र आननद लाग्ने कुराहरु हामी असल इच्छा र आनन्दको लागि के गर्न सक्छौँ भन्ने कुराको पर्याप्त कारण र हामॆ लागि प्रोत्साहन दिने कुरा भएको छ।

   यसको अलावा, फाईदाको लागि र हरेक असल कुराहरुको लागि हाम्रो अभिभावक सँग भएका कुराहरुमा कृतज्ञ हुनु संसारको अगाडी हाम्रो कर्तव्य हो । तर यहाँ फेरि शैतानले संसारमा शासन गर्छ । जसको कारणले गर्दा बालकहरुले हामीले परमेश्वरलाई बिर्सेको जस्तो गरि आफ्नो अभिभावाकलाई बिर्सन्छन् । र परमेश्वरले कसरी हुर्काउन बढाउने, सुरक्षा दिने र प्रतिरक्षा गर्ने गर्नुहुन्छ तथा हाम्रो शरीर र प्राणको लागि धेरै असल कुराहरु प्रदान गर्नुहुन्छ भन्ने कुरामा कसैले ध्यान दिँदैन । बिशेषगरि जव दुष्ट समय आउँछ हामी अधैर्यताका साथ रिसाउछौ र असन्तुष्टि व्यक्त गर्छौँ र हाम्रो जीवनबाट हामीले पाएका असल कुराहरु हाम्रो सम्झनाबाट मेटिएर जान्छन् । यसैले हामी पनि हाम्रो अभिभावकसँग यस्तै गछौं र कुनै पनि बालक पवित्र आत्माले यो अनुग्रह प्रदान नगरि अभिभावकले के कुरा भोलेका थिए र पोषण दिएर बृद्धि गरेका थिए भन्ने कुरा बुझ्ने छैन र ध्यान दिने छैन ।

   परमेश्वरलाई यो संसारको भ्रष्टताको बारेमा राम्रोसँग थाहा छ । यसकारण परमेश्वरले आज्ञाहरुद्वारा सल्लाह र सुझाब दिनुहुन्छ कि हरेकले आफ्नो अभिभावकले उनीहरुको लागि के गरे भन्ने कुरामा ध्यान दिउन् र अभिभावकबाट यो जीवन र शरीर प्राप्त गरे भन्ने कुरा थाहा गर्न सकुन् । अझ उहाँहरुले खुवाउनु र हुर्काउनु भयो जतिबेला वास्ता नगरेको भए उनीहरु धुलोसरह नाश भएर सबैले कुल्चिने हुने थिए । यसैले बुद्ध र बुद्धिमानी मानिसहरुको लागि यो सच्य र असल भनाई हो कि, Deo, parentibus et magistris non potest satis gratiae rependi. परमेश्वरलाई, अभिभावकलाई र शिक्षकहरुलाई हामी कहिल्यै पर्याप्त कृतज्ञता र क्षतिपुर्ति दिन छोड्न सक्दैनौँ । उहाँ जो यो कुरा वास्तवमा बाध्यता बिना सबै आदर अभिभावकलाई गर्नु पर्छ र जसबाट परमेश्वरले सबै असल कुराहरु गर्नुभएको छ त्यसरी नै उहाँहरुको दुखलाई झेल्नु पर्छ भन्ने कुरामा ध्यान दिनु र मनन गर्नु हुन्छ।

   सबै कुराहरु भन्दा माथि, परमेश्वरको आज्ञालाई बढि पालन गर्न प्रेरित गर्ने अर्को कारण भनेको परमेश्वर आफै यस आज्ञामा संलग्न भएर संसारिक प्रतिज्ञा गरि भन्नु पर्छ कि जुन देश तिमीहरुलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरुको आयु लामो होस् ।

   यहाँ यो आज्ञाहरु पालन गर्नको लागि परमेश्वर कति उत्साहि हुनुहुन्छ भन्ने कुरा तपाई आफैले देख्न सक्नुहुन्छ । किनकी उहाँले आफुलाई राम्रोसँग खुसी पार्ने कुरा अनि उहाँमा आनन्द र खुसी आओस भनेर मात्र घोषणा गर्नु भएन तर यो हाम्रो सम्पन्नता र हाम्रो सबैभन्दा असल कुरालाई बढवा हुन सकोस् भन्नुभयो । जसले गर्दा हामी सबैमा आनन्ददायी र सुखद जीवन, सबै असल कुराहरुले भरिपुर्ण जीवन हुन सकेको होस् । यसकारण सन्त पावल यहि कुरामा अझ जोड दिनुहुन्छ र यसमा आनन्द मनाउनुहुन्छ अनि उहाँ भन्नु हुन्छ, यो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो । आफ्ना आमा बाबुको आज्ञापालन गर किनकी यो उचित हो । कि तिमीहरुलाई भलो होस् र पृथ्वीमा तिमीहरुको दिर्घायु होओ।” एफिसी ६:२-३ किनभने यद्यपी बाकी कुरामा पनि तिनीहरुलाई प्रतिज्ञा गरिएको छ । अनि कुनै कुरामा पनि यसलाई सहज र स्पष्ट प्रकारले बताईएको छैन ।

   यहाँ त्यसपछि, तपाईसँग फल र इनाम छ कि जसले आज्ञाहरुमा ध्यान दिन्छ उसको दिनहरु सुखमय हुन्छन्, सम्पन्नता ल्याउँछन् र उज्ज्वल भबिश्य हुन्छ । र अर्कोतिर दण्ड पनि हुन्छ कि जो अनाज्ञाकारी हुन्छन् तिनीहरु छिटै नाश हुनेछन् र जीवनमा कहिल्यै रमाउन पाउने छैनन् । किनभने दिर्घायु हुनको लागि धर्मशाश्त्रको हेराईमा यो केवल बुद्ध हुनु मात्रत्र होईन तर दिर्घायु हुन चाहिने सबै कुराहरु हुनु हो जस्तै स्वास्थ्य, श्रीमती र छोराछोरीहरु, रोजीरोटी, शान्ति, असल सरकार आदि । जसबिना न त हामी खुसी भएर रमाउन नै सक्छौँ न त लामो समय सम्म टिक्न नै सक्छौं । यदि यसकारणले तपाई आफ्नो बुबा आमाको आज्ञापालन गर्नु हुन्न र उहाँहरुको अनुशासनमा बस्नुहुन्न भने भुण्डिएको मानिसको आज्ञापालन गर्नुहोस् । यदि तपाईले उहाँको आज्ञापालन गर्नु भएन भने हड्डि भएको मानिसमा समर्पित हुनुहोस् जुन चाहिँ मृत्यु ले बशमा ल्याउनु हो, खराब बालकहरुको गुरु हो । किनभने यसमा परमेश्वर अटल भई आग्रह गर्नुहुन्छ, यात यदि तपाईले उहाँको प्रेम र सेवालाई लाई हृदयदेखी स्वीकार गरि पालन गर्नु भयो भने उहाँले सम्पुर्ण असल कुराहरुले भरिएको इनाम दिनुहुनेछ । अनि यदि उहाँलाई चित्त दुखाउनु भयो भने उहाले तपाईमा मृत्यु र अनन्त कष्ट पठाउनुहुनेछ।

   कसबाट धेरै बेइमान मानिसहरु आउँछन् जुन दैनिक रुपमा भण्डिनुपर्छ, टाउको काटिनुपर्छ, पाङ्ग्राहरु भाचिनुपर्छ तर अभिभावकप्रतिको अनाज्ञाकारिताको कारणले किनभने तिनीहरुले दयाका साथ अनुशासन पालन गर्दैनन् । यसैले परमेश्वरको दण्डद्वारा उनीहरुले यसलाई ल्याउँछन् जसको बारेमा हामी तिनीहरुको गलत भविश्यवाणी र बेदनालाई हेछौँ ? किनकी यस्तो बिरलै हुने कुराहरुले यस्ता भ्रष्ट मानिसहरुको समयको वा प्राकृतिक मृत्यु ल्याउँछ ।

   तर इश्वरीर र आज्ञाकारी हुनाले आशिष ल्याउँछ कि तिनीहरु मनोहर प्रकारले शान्तसँग बाच्न सक्छन् र तिनीहरुको छोराछोरीहरुको छोराछोरीहरु (माथि भनिए जस्तै) तेश्रो र चौथो पुस्ता सम्म देख्नेछन् ।

   यसरी अनुभवले पनि हामलिाई सिकाउँछ कि जहाँ आदरणीय व्यक्तिहरु, पहिलेदेखिका परिवारहरु हुन्छन् जो असल प्रकारले व्यवहार गर्छन् र धेरै छोराछोरीहरु हुन्छन् तिनीहरु उत्पत्तीको तथ्यमा आभारी हुन्छन् । निश्चित हुनको लागि तिनीहरु मध्ये कोहि लाई असल प्रकारले ल्याईन्छ र तिनीहरुले अभिभावकको ख्याल गर्छन् । अर्कोतिर खराब मानिसहरुको लागि यस्तो लेखिएको छ, “त्यसका सन्तान-दरसन्तान बहिस्कृत होउन्, अनि आउने पुस्तामा तिनीहरुका नाउँ पनि मेटिउन् ।” भजनसँग्रह १०९:१३ यसकारण साबधानी अपनाउनुहोस् परमेश्वर तर्फको आज्ञाकारीतामा उहाँले अझै पनि यसलाई एकदमै सम्मान गर्नुहुन्छ । यससँग एकदमै महान प्रकारले प्रसन्न पार्ने काम हुन्छ र प्रसस्त गरि इनाम राखिएको छ । र यसको साथै यसको ठिक बिपरित काम गर्नेलाई उहाँले कठोर सजाय दिनुहुन्छ।

   यी सबै कुराहरु म भन्छु कि यी कुराहरुले जवानहरुलाई सहि प्रकारले प्रभाव पारोस् । किनभने कसैले पनि आज्ञाहरु कति एकदमै महत्वपुर्ण छन् भन्ने कुरा बिश्वास गर्दैनन् । यद्यपी यसलाई महत्व दिएका छैनन् र प्रशासनको अधिनमा बसेर यसलाई सिकेका छैनन् । यी चाहिँ सजिलो र साधारण शब्दहरु हुन् र सबैले आफुले अगाडीका सबै कुराहरु जानेको सोच्छन् । यसकारण मानिसहरुले यसलाई हल्का रुपमा लिन्छन् र अरु कुराहरु भन्दा भिन्न छ भन्छन् र यदि तिनीहरुले यो कुरालाई आदर गरेनन् भने परमेश्वर एकदमै दुखी हुनुहुन्छ भन्ने कुरा देख्दैनन् र विश्वास गर्दैनन् । नत उहाँलाई बिश्वास गर्दा त्यसले सहि प्रकारले खुसी पार्ने र बहुमुल्य काम गर्छ ।

   यस आज्ञामा अगाडीको कथन सँग सम्बन्धित व्यक्तिलाई अधिकारमा सबै किसिमका आज्ञाहरु रहन्छ जसले आदेश दिने र अधिकार गर्ने गर्छ । किनभने सबै अधिकार प्रवाहित हुन्छ र अभिभावकको अधिकारबाट फैलिँदै जान्छ । जहाँबाट बुबा एक्लैले आफ्नो बिद्रोही र भनक्क रिसाउने बालकलाई शिक्षा दिन असक्षम हुन्छ अनि उसलाई शिक्षा दिनको निम्ति स्कुल शिक्षकलाई जिम्मेवारी दिन्छ । यदि उ धेरै कमजोर हुन्छ भने उ उसको साथीहरु र छिमेकीहरुलाई सहयोग गर्ने गर्छ । यदि उसको जीवन छुटिन्छ भने एउटा उदेश्यले नियुक्त भएकाहरुलाई सबै अधिकारहरुको प्रतिनिधित्व गर्न र वार्तालाप गर्न दिन्छ । यसैगरि उ संग घरलाई असल व्यवस्थावन गर्नको निम्ति उसको अधिनमा घरपालुवा, नोकर वा नोकर्नी हुनुपर्छ । यसकारण जसलाई हामी मालिक भन्छौँ तिनीहरु अभिभावकको स्थानमा हुन्छन् र तिनीहरुबाट शासन गर्न तिनीहरुको शक्ति र अधिकारलाई ग्रहण गर्नु पर्छ । यसकारण पिनि तिनीहरु धर्मशाश्त्रमा पिता भनि बोलाईएका छन्, जस्तो तिनीहरु जो पिताका कामहरु सरकारी तवरले पालन गर्छन् र तिनीहरुका मातहतमा रहेका व्यक्तिहरुमा पैतृक हृदय हुन सक्छ । प्राचिन समयदेखि नै रोमीहरु र अरु देशका जातिहरुले घरका मालिक मालिक्नी भनी बोलाएका थिए patres et matres familiae. त्यो चाहिँ घरका बुबाहरु र घरका आमाहरु हुन् । त्यसैले तिनीहरुले देशका शासकहरु र प्रमुखहरुलाई पनि मालिक भनेर बन्न सक्छन् । उनीहरु चाहिँ सारा देशको पिता हुन् । हामी इसाई भएर राष्ट्रप्रमुखहरुलाई सम्मान नगर्नु वा कम्तीमा तिनीहरुलाई यसरी आदर र सम्मान नगर्नु हाम्रो लागि लज्जास्पद कुरा हो।

   अब, जसरी आमा बुबामा प्रति एउटा बालक धन्यको हुन्छ त्यसैगरि यसै गरि घर परिवार भनि स्वीकार गरिएका सबै मानिसहरु प्रति पनि धन्यको हुनु पर्छ । यसकारण नोकर र नोकर्नीहरु आफ्नो मालिक मालिक्नीले भनेको मान्ने मात्र होईन तर उहाँहरुलाई आमा बुबाको रुपमा आदर पनि गर्नु पर्छ । उनीहरुले थाहा पाएका सबै कामहरु गर्ने आशा उनीहरुलाई हुन्छ, बाध्यतामा परेर र हिच्कीचाउँदै होईन तर माथि भनिए जस्तै खुसी र आनन्द साथ गर्नु पर्छ । वास्तवमा यो परमेश्वरको आज्ञा हो र यसले अरु सबै कामहरु भन्दा बढि परमेश्वरलाई खुसी पार्छ । यसकारण निश्चय नै उनीहरुले यसको ज्याला तिर्नु पर्छ र खुसी हुनुपर्छ कि तिनीहरुले कसरी आफ्नो मालिक मालिक्नीलाई खुसी र आनन्दित बनाउन सक्छन् र तिनीहरुले कसरी साचौँ सुनौलो काम गर्न सक्छन् भन्नेर जान्दछन् । यो काम वास्तवमा बेवास्ता गरिएको र तिरस्कार गरिएको छ । जव यसको सट्टामा आश्रय लिन वा तिर्थयात्रा र दण्डमुक्ति पाउन रुपिया पैसा र समय खर्च गरेर सबै दुष्ट बिबेकले सबैजना शैतानको पछि लाग्छन् ।

   यदि यो सत्यले त्यसपछि गरिब मानिसहरुलाई प्रभावित गर्न सक्छ भने एउटा कमारी केटि उफ्रन र परमेश्वरलाई प्रसंसा गर्न र धन्यवाद दिन सक्छ । र उ सँग एउटा स्वीकारयोग्य काम हुन्छ जसले गर्दा उसले सहायता र ज्याला प्राप्त गर्छ । उसले महान सन्तले सम्मानपुर्वक पाउन नसकेका यी मुल्यवान कुराहरु उपलब्ध गर्छ । यदि तपाईले दैनिक घरायसी कामहरु गर्नु भयो भने यो सबै भिक्षुहरुको पवित्रता र सन्यासी जीवनमा घमण्ड गरेको भन्दा असल खालको घमण्ड हो भनेर बुझ्न र भन्न सक्दैनौँ ? र तपाईसँग एउटा प्रतिज्ञा छ र यसको साथै तपाईमा असल कुराहरुको प्रसस्तता आउनेछ र राम्रो उन्नती गर्नुहुनेछ । तपाईको कामहरुको सरोकार हुनुभन्दा कति बढ्ता गरि तपाईको जीवनलाई बढि आषिशित र पवित्रतामा अगुवाई गर्न सक्नु हुन्छ ? किनभने परमेश्वरको नजरमा विश्वासले साच्चै व्यक्तिलाई पवित्र बनाउँछ र बिश्वासले मात्र परमेश्वरको सेवा गर्छ । तर कामहरु चाहि मानिसहरुको सेवाको लागि हुन् । त्यहाँ तपाईसँग सबै असल कुरा, सुरक्षा र परमेश्वरमा सुरक्षा, आनन्दित बिबेक छ र अनुग्रहकारी परमेश्वर साथमा हुनुहुन्छ जसले तपाईलाई सयौँ गुणा इनाम दिनुहुन्छ । यसकारण यदि तपाई भक्तिपुर्ण र आज्ञाकारी हुनुभयो भने पनि तपाई खानदानी व्यक्ति हुनुहुनेछ । यदि हुनुभएन भने तपाईसँग पहिलो स्थानमा केहि हुने छैन तर परमेश्वरको क्रोध र असन्तुष्टि हुनेछ । हृदयमा शान्ति हुनेछैन र त्यसपछि सबै कुराहरु घातक र दुर्भाग्यपुर्ण हुनेछ।

   जो यसबाट प्रभावित हुँदैनन् र इश्वरीय कुराहरुमा भकाव राख्दैनन् तब हामी उसलाई फासी दिने व्यक्तिमा सुम्पन्छौँ र हाड छाला मात्र भएको मानिसलाई सुम्पन्छौँ । यसकारण जसले आफैलाई अनुचित हुन अनुमति दिन्छन् परमेश्वरले खेल खेलिरहनुभएको छैन भनेर सम्झाऔं र उहाँ परमेश्वर हुनुहुन्छ जो तपाईसँग बोल्नुहुन्छ र आज्ञापालन चाहनुहुन्छ । यदि तपाईले उहाँका कुराहरुलाई पालन गर्नुभयो भने तपाई उहाँको प्रिय बालक बन्नुहुनेछ तर यदि यसो गर्द इन्कार गर्नु भयो भने तपाईले लाज, निराशा र बेदनालाई इनामको रुपमा पाउनुहुनेछ ।

   यस्तै गरि हामी नागरिक सरकारको पनि आज्ञापालन गर्नु पर्छ भनिएको छ । जुन (हामीले भनेका छौं) चाहिँ पैतृक सम्पतीलाई हामीले स्वामित्वमा लिँदै जान पाएका छौँ र सम्बन्धको पछिल्लो पुस्तासम्मपनि त्यो स्वामित्व पाईरहेका छौं । किनभने बुबाचाहिँ परिवारको एकमात्र व्यक्ति होईन । तर धेरै मानिसहरुले मोहीहरु, नागरिकता लिएका वा बशमा ल्याएका छन् । किनभने तिनीहरुबाट हाम्रो अभिभावकहरुबाट जस्तै गरि परमेश्वरले हामीलाई खानेकुराहरु, वासस्थान र घर, सुरक्षा र आश्रय दिनुभएको छ । यसकारण तिनीहरुले यो नाम र शिर्षक उहाँबाट लिउन्जेलसम्म उहाँलाई महान हुनुहुन्छ अनि प्रिय सम्पत्ती र बहुमुल्य गहनाको रुपमा पृथ्वीमा लिन सक्नुहुन्छ ।

   उहाँ अहिले, जो आज्ञाकारी भएको छ अनि सेवा गर्ने इच्छा गर्छ र तयार हुन्छ र सबै आदर गर्ने कुरामा प्रफुल्ल भएर गर्छ उसले परमेश्वरलाई खुसी पारिरहेको छ भन्ने थाहा गर्छ र त्यसको बदलामा उसले खुसी र आनन्द इनामको रुपमा पाउँछ । यदि उसले यसलाई प्रेममा गर्दैन तर अधिकार वा बिद्रोही भएर तिरस्कार गर्छ र बाधा दिन्छ भने उसलाई यो कुरा जान्न दिँउ । अर्को तिर उससँग कृपा र आशिष हुनेछैन र उसले जहाँ प्रसस्त कमाउने सोचेको हुन्छ त्यहाँबाट उसलाई दशौं गणा घाटा हनेछ । अनि फासी दिने मानिसको जोखिममा हनेछ, यद्धबाट नष्ट हनेछ, महामारी र भोकरी आउनेछ वा उसको छोराछोरीले कुनै पनि असल कुराहरु अनुभव गर्ने छैनन् र घावैघाउले भरिन, अन्याया पारिन बाध्य हुन्छन् र नोकरहरु, छिमेकीहरु वा अन्जान व्यक्तिहरु र दमनकारी मानिसहरु लाई अत्याचार गर्ने भावना आउछ । यसकारण हामीले खोजेका र पाउन योग्य भएका कुराहरु फिर्ता गरिएका छन् र हाम्रो घरमा फर्केर आउछन् ।

   यदि हामीले कसैलाई आकर्षित गर्न आफुलाई कष्ट दिन सक्छौँ भने यस्ता कामहरुले परमेश्वरलाई खुसी पार्छन् र प्रशस्त इनाम पाउँछन् । सबैजसो प्रशस्त अधिकार र हाम्रो हृदयले इच्छा गरेको कुराहहरुलाई हामीले स्थापना गर्न सक्छौं । तर परमेश्वरको बचन र आदेशको कारणले यी कुराहरु कुरौटे मानिसहरुले बोलेको जस्तो हुन्छन् । अब हामी हेरौं कि तपाई यस्ता मानिसहरुको बिरुद्धमा आउन सक्नुभएको होस् । यो उहाँको लागि तपाईलाई क्षतिपुर्ति दिने कुरा कति गाह्रो छ भनि सोच्नुहोस् । यसकारण तपाई उहाँको असन्तुष्टि र दुर्भाग्य भन्दा इश्वरीय कृपा, शान्ति र खुसीसाथ निश्चय नै असल प्रकारले जिउनुहुनेछ । अहिले संसार अबिश्वासयोग्य, अनुग्रहबिहिन, बिचल्ली र हत्याहिंसाको मारमा परेको छ । किनभने सबैजनाले आफुलाई आफ्नै मालिक बन्न खोजिरहेका छन् र शासकहरुबाट स्वतन्त्र हुन चाहेका छन्, कसैलाई वास्ता गर्न चाहान्नन् र के कुराले उहाँलाई खुसी पार्न सक्ला भनेर कहिल्यै सोच्नुभएको छ ? यसकारण परेश्वरले एउटा बेइमान मान्छेद्वारा अर्कोलाई सजाय दिनहन्छ । यसैले यदि तपाईले आफ्नो मालिकलाई ठग्ने वा तिरस्कार गर्ने गर्नुहुन्छ भने अर्को व्यक्ति यस बिषयमा तपाईले चाहेको जस्तो गरि आएर तपाईसँग यस्तै व्यवहार गर्छ हो तपाईको घरपरिवारमा तपाई आफ्नो श्रीमती, छोराछोरी र नोकरहरुबाट दशौँ पटक यी कुराहरु भोग्नुपर्छ ।

   वास्तवमा हामी हाम्रो बिपत्तीको महसुस गर्छौँ, हामी अविश्वास, अत्याचार र अन्याय भएकोमा गुनासो र गनगन गर्छौँ तर हामीले देख्दैनौँ कि हामी आफै बेइमानी भएर दण्डको योग्य भएका छौँ र ती कुराहरुलाई अभपनि सुधारमा ल्याउन सकेका छैनौं । हामीसँग यी कुराहरुको कारणले कृपा र खुसी हुनेछैन तर परमेश्वरको पक्षपात बिनाको व्यवहार हुनेछ कि हामीसँग केहि छैन तर करुणा बिनाको बिपत्ती हुनेछ । पृथ्वीमा कहि कतै यस्ता इश्वरीमा मानिसहरु हुनुपर्छ किनभने परमेश्वरले हामीलाई धेरै असल हुनको निम्ति धेरै प्रयास गरिरहनुहुन्छ । हाम्रो आफ्नै लेखामा हाम्रो घरमा अग्रॅजी सिक्का नहुन सक्छ अनि हाम्रो खेतहरुमा पाइपहर नहुन सक्छ । यी सबै कुरामा म धेरै कुराहरुद्वारा प्रेरित हुन बाध्य पारिएको छु । आशामा कसैले यसलाई हृदया राख्न सक्छन्, कि हामी अन्धोपन र बिपत्तीबाट छुटकारा पाउनस सक्छौँ जसमा हामीले जोडसँग पाईला चालेका छौँ र परमेश्वरको बचन र परमेश्वरको इच्छालाई साच्चै बुझ्न सक्छौँ अनि गम्भिरतासाथ यसलाई स्वीकार गर्छ सक्छौं । त्यसकारणले गर्दा हामीले कसरी आनन्द, खुसी र पुरा मुक्ति अनन्तको लागि र क्षणिकको लागि पाउन सक्छौँ भनेर सिक्नुपर्छ ।

   यसरी यहाँ दुई प्रकारका पिताहरु यो आज्ञामा प्रस्तुत गरिएको छ, एउटा रगतबाट को पिता र अर्को बाटको पिता वा ती दुई पितामा परिवारको वास्ता आश्रित रहन्छ र यी दुईमा नै देशको वास्ता पनि रहन्छ । यसको साथै त्यहाँ अर्को आत्मिक पिता पनि हुनुहुन्छ, धार्मिक गुरु जस्तो होईन जुन तिनीहरु आफैमा यस्तो रुपमा बोलाइका हुन्छन् तर पैतृक अधिकारको रुपमा कुनै पनि काम हुँदैन । तिनीहरुलाई मात्र आत्मिक पिता भनिन्छ जसले हामीलाई परमेश्वरको बचनबाट शासन गर्ने र निर्देशन गर्ने गर्नुहुन्छ । जस्तो पावलले आफ्नो पितामा घमण्ड गरेका छन् अनि भन्छन्, सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिीहरुका पिता बनें । १ कोरिन्थी ४:१५ अब उनीहरु पिता भएकोले तिनीहरुको सबै कुराभन्दा माथिको आदरले गर्दा तिनीहरुले पिताको उपाधी पाएका हुन् । तर संसारले तिनीहरुलाई आदर गरिहरनुपर्छ भन्ने कुरा जानेको जस्तो उनीहरुलाई देश बाहिर परिचालन गर्नको लागि उनीहरुलाई कम्तीमा मान गरिएको छ र उनीहरुले रोटीको टुक्रा मन पराएका छैनन् अनि छोटकरीमा भन्नुपर्दा सन्त पावलले १ कोरिन्थी ४:१३ मा भने जस्तै अहिलेसम्म हामी संसारका फोहोर र कसिङ्गर बनेका छौं ।

   अझ त्यहाँ भिडभाडको बीचमा पनि त्यो कुराको प्रेरणा दिनु आवश्यक छ कि तिनीहरु जो परमेश्वरको नजरमा योग्य र दोब्बर आशिषको भागिदार हनुको लागि इसाईहरु दायित्वभित्र रहेका छन् तिनीहरुले आफ्नो प्राणको सेवा गर्छन्, तिनीहरुले तिनीहरुसँग राम्रो बार्तालाप गर्छन् र तिनीहरुलाई जुटाउने गर्छन् । यसको लागि, परमेश्वरले तपाईको लागि पर्याप्त आशिष दिने इच्छा गर्नुहुन्छ र तपाईलाई कुनै कुराको खाँचो भएको चाहनुहुन्न । तर यस सन्दर्भमा सबैले अस्वीकार गर्ने र रोक्ने गर्छन् र सबै जना शारीरिक इच्छाबाट नष्ट हुन्छन् भन्ने कुरामा डराउँछन् अनि आदरणीय बक्तालाई सहायता गर्न सक्दैनन् जहाँ तिनीहरुले दश वटा माटो भुडी भर्ने गर्छन् । यसरी हामी पनि परमेश्वरको बचन र आशिष खोसिन योग्यको भएको हुन्छन् र फेरि पनि भकुट का प्रचारकहरुलाई हामीलाई शैतानकहाँ सुम्पनको लागि अनुमति दिन्छौँ । यसको साथै हाम्रो पसिना र रगत बगाउन पुग्छौँ ।

   तर तिनीहरु जो परमेश्वरको इच्छा र आज्ञाहरुलाई नजर गर्छन् । उनीहरुसँग यो प्रतिज्ञा हुन्छ कि हरेक कुराहरु जो तिनीहरुले क्षणिक र आत्मिक पिताहरुलाई मान सम्मानको लागि राखेका हुन्छन् र जे कुराहरु तिनीहरु उहाँहरुलाई आदर गर्नको लागि गर्छन् उनीहरुलाई ठुलो पुरस्कारको व्यवस्था गर्छन् । जसले गर्दा तिनीहरुसँग रोटी, लुगा कपडा र रुपियापैसा एक दुई बर्षसाँ नहुन सक्छ तर दिर्घायु जीवन, सहायता र शान्ति अनि अनन्तको धन र आशिष हुन्छ । यसकारण तपाईको कर्तव्य जे हो त्यहि मात्र गर्नुहोस् र परमेश्वरले जसरी तपाईलाई सहायता गर्नुहुन्छ र तपाईलाई प्रसस्तहुने गरि जुटाउनु हुन्छ त्यहि अनुसार गर्न दिनुहोस् । परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुराहरुमा भकुट बोल्नुहुन्न । अनि तपाईले उहाँले भट कुरा गरेको कहिल्यै भेट्टाउनुहेनछैन ।

   यो कुरा वास्तवमा हामीलाई उत्साह दिनको लागि हो र हामीलाई साहस दिनको लागि हो । जसले हामीलाई हामीले आदर गर्ने व्यक्तिहरुलाई आनन्द र प्रेम छर्ने काम गर्छ । यसैले हामीले हाम्रो हात उचालेर आनन्दसाथ परमेश्वरलाई धन्यवाद दिन सक्छौं जसले हामीलाई यस्ता प्रतिज्ञाहरु दिनुभयो । जसद्वारा हामी संसारको पल्लो छेउ सम्म पुग्न सक्छौं । किनभने यद्यपी सारा संसार एक हुन पर्छ । यसले हाम्रो जीवनलाई एक घण्टा बढाउन पनि सकिदैन वा हामीले पृथ्वीबाट हामीले पाउन सक्दैनौँ । तर तपाईको हृदयले इच्छा गरेको अनुसार तपाईलाई प्रसस्त गरि बढाउने कुराहरु दिन इच्छा गर्नु हुन्छ । जसले यसलाई तिरस्कार गर्ने र हावामा उडाउने गर्छ उ कहिल्यै पनि परमेश्वरको बचन सुन्न योग्यको हुँदैन । यो अहिले यस आज्ञाको अधिनमा जो रहन्छन् तिनीहरुलाई पर्याप्त हुने गरि व्यक्त गरिएको छ।

   यसको साथै यसलाई अभिभावकहरुलाई पनि राम्रो सँग सिकाउनु पर्छ र उहाँहरुले पनि आफ्नो काममा कसरी तिनीहरु आफैलाई सरकारको लागि काम गर्ने हरुबाट निर्वासन गर्छन् भन्ने कुरा सामना गर्नु पर्छ । किनभने यद्यपी यसलाई दश आज्ञामा बताईएको छैन । तथापी बाइबल धर्मशाश्त्रका धेरै खण्डहरुमा यसलाई उपयोग गरिएको छ । अनि परमेश्वरले आमा र बुबाको बारेमा कुरा गर्दा यसलाई आज्ञामा अपनाएको चाहनुहुन्छ । किनभने परमेश्वरले यसलाई काममा र सरकारी निकायमा भएका निर्दयी र बेईमानी मान्छेको बीचमा यसलाई अपनाएको चाहनुहुन्न अनि उनीहरुलाई यस्तो खालको आदर गरेको पनि चाहनु हुन्न । त्यो शक्ति र अधिकार चाहिँ शासन नियमन गर्नको लागि हो जसले उनीहरु आफैलाई आराधना गर्ने बनाउँछ । तर तिनीहरुले त्यो कुरामा ध्यान दिनु पर्छ कि तिनीहरु परमेश्वरको आज्ञापालन गर्नु पर्ने बाध्यतामा छन् । र सर्वप्रथम तिनीहरुले त्यसलाई गम्भिरता साथ र बिश्वासयोग्यता साथ आफ्नो काममा निस्कनु पर्छ । केवल आफ्नो बालबालिका, नोकरहरु र अन्य व्यक्तिहरुको शारीरिक आवश्यकता पुरा गर्नको लागि मात्र होईन । तर मुख्य कुरा परमेश्वरलाई आदर गर्न र प्रशंसा गर्न तालिम दिनु हो । यसकारण यो नसोच्नुहोस् कि यो तपाईको आनन्द र स्वेच्छाचारी इच्छा तपाईमा छोडिएको छ तर यो चाहिँ परमेश्वरको कडा आज्ञा र चेतावनी हो जसलाई तपाईले यस कुराको लेखा दिनुपर्ने हुन्छ ।

   तर यहाँ फेरि दुखत परिस्थिति देखिएको छ कि कसैले पनि यसलाई बुझका र ध्यान दिएका छैनन् र हाम्रो सुख वा मनोरञ्जन दिन र सेवा गर्न परमेश्वरले हामीलाई छोरा छोरीहरु दिनुभएको छ भन्ने कुरा अनुसार जिउँछौँ । कि हामी उनीहरुलाई गाई वा गधाहरु जस्तो गरि काममा लगाउँछौं वा हाम्रो बिषयमा र हाम्रा कुराहरुलाई बढाउनको लागि मात्र उनीहरुलाई प्रयोग गर्छौँ । उनीहरु हाम्रो हुन् भन्ने कुरा उनीहरुले कसरी सिकेका छन् वा कसरी जिईरहेका छन् भन्ने कुरा वास्ता गर्दैनौँ । र सर्वोच्च परमेश्वरले हाम्रा छोराछोरीहरुलाई असल व्यवहार गर्न आज्ञा गर्नुभएको छ भन्ने कुरा जान्ने इच्छा गर्दैनौं । जुन परमेश्वरले यसको लागि सबैभन्दा कडा दण्ड र लेखा राख्नुभएको छ । जसले गर्दा जवानहरुको वास्ता राख्नु चाहिँ आजको महत्वपुर्ण आवश्यकता हो । किनभने यदि जनता र सरकारी निकाय दुबैमा हामी असल र योग्य मानिस चाहान्छौँ भने हामीले परिश्रम, समय र लगानी हाम्रा छोरा छोरीको शिक्षामा खर्च गर्नु पर्दछ । जसले गर्दा तिनीहरुले परमेश्वरको र संसारको सेवा गर्न सक्छन् । साथै हामीले हामी कसरी पैसा थुपार्न सक्छौँ र धनसम्पत्तीको स्वामित्व पाउन सक्छौँ भन्ने कुरामा ध्यान दिनु हुदैन । किनभने वास्तवमा परमेश्वरले अभिभावक बिना पनि उनीहरुलाई पहिले गरे जस्तै सहायता गर्न र धनि बनाउन सक्नुहुन्छ । तर यस उद्देश्यको लागि उहाँले हामीलाई छोराछोरीहरु र आफ्नै सन्बा दिनुभएको छ कि हामी उहाँको इच्छा अनुसार उनीहरुलाई तालिम दिन र अधिकार गर्न सकौँ । यद्यपी उहाँलाई बुबा र आमाको आवश्यकता पर्दैन । यसैले इश्वरीय समर्थन गुम्ने खतराबाट बचाएर उसको छोराछोरीहरुलाई परमेश्वरको डर र ज्ञान बुद्धिमा बढाउनु भनेको उसको कर्तव्य हो । र यदि तिनीहरु प्रतिभावान भएका छन् र धेरै कुराहर सिकेर बुझ्नेका छन् भने तिनीहरु जे कामको आवश्यक छ त्यहिँ गएर काम गर्न सक्छन् । त्यस्तो व्यक्तिले उसलाई आवश्यक परेको खण्डमा सरकारबाट पनि अनुदान पाउन सक्छ ।

   यदि यी कुराहरु भए भने परमेश्वरले पनि हामीलाई धेरै आशिष दिनुहुन्छ र हामीलाई मानिसहरुलाई सिकाउनको लागि अनुग्रह गर्नुहुन्छ । जसबाट हाम्रो जमिन र मानिसहरुले उन्नती गर्न सक्छन् र यस्तै असल र शिक्षित नागरिक हुन सक्छन्, कुमारी र असल पत्नी पाउन सक्छन् । जसले त्यसपछि इश्वरीय छोराछोरी र असल सेवक पाउन सक्छन् । यहाँ आवश्यक कुराहरुमा र भक्तिपुर्ण कुराहरुमा तपाईका छोराछोरीलाई माथि उठाउन तपाईले खेल्नुपर्ने भुमिकामा बेवस्ता गर्नुभयो र चुक्नुभयो भने कस्तो डरलाग्दो दुखद् काम तपाईले गर्नुहुन्छ र कसरी तपाईले आफैलाई सम्पुर्ण पापहरु र परमेश्वरको क्रोधमा ल्याउनुहुन्छ भन्ने कुरामा ध्यान दिऔं । यसरी यदि तपाई पवित्र र इश्वरभक्त भएको बाहना गरे पनि तपाईको छोराछोरीको कारणले तपाई नरक जानुपर्ने हुन्छ । अनि अनादर गरेको कारणले परमेश्वरले भयानक प्रकारले संसारलाई दण्ड दिनुहुन्छ कि कुनै अनुशास, नियमकानुन वा शान्ति हुँदैन । जुन कुराको हामीले गुनासो गर्छौँ तर त्यसमा हाम्रो कमजोरी छ भन्ने कुरा देख्दैनौँ । किनभने हामीले सिकाएको जस्तो गरि हाम्रो छोराछोरी र भावी पुस्ताहरु बिग्रने र अनाज्ञाकारी हुन्छन् । यसको लागि यति नै सल्लाह हुन सक्छ किनभने यसमा अगाडी बढ्न धेरै समय लाग्छ ।