आठौं, नवौँ र दशौँ आज्ञा (The Eighth, Ninth, and Tenth Commandments)

बृहत धार्मिक शिक्षा (Large Catechism)

आठौं, नवौँ र दशौँ आज्ञा (The Eighth, Ninth, and Tenth Commandments)


आठौँ आज्ञा : आफ्नो छिमेकीको बिरुद्धमा झुठो गवाही नदिनु

   हाम्रो शरीर श्रीमान श्रीमती र नासवान सम्पत्ती सम्पत्ती भन्दा माथि हामीसँग अझ अर्को बहुमुल्य कुरा छ त्यो चाहिँ आदर र असलपन वा हामीले प्रगति गरेको महत्वुर्ण गवाही हो । अनि हाम्रो मौलिक नाम र प्रतिष्ठा हो । जसद्वारा हामी मुक्त हुन सक्दैनौं । किनभने यो मानिसहरुको बीचमा खुला लाजमा जिउनु र अपमानमा जीउनु सहन नसकिने कुरा हो । यसकारण परमेश्वरले हाम्रो छिमेकीको अति थोरै मात्र पैसा र सम्पत्तीलाई लिएर जान वा घटाउनको लागि हामीमा प्रतिष्ठा, असल नाम र उच्च चरि भएको चाहानुहुन्छ । ती सबै जना आफ्नो श्रीमती, छोराछोरी, नोकर नोकर्नी र छिमेकीको अगाडी इमानदारिताका साथ प्रस्तुत हुन सकुन् । अनि हामी परमेश्वरको बचन अनुसार यस आज्ञाको सरल अर्थलाई पहिलो स्थानमा राख्छौँ । (झुटो गवाही नदिनु ।) जस्तो सार्वजानिक न्यायालय उपयुक्त छ । जहाँ गरिब निर्दोष मानिस गलत साक्षीद्वारा दोषी ठहरिन्छन् र पिडित बन्छन् अनि उसको शरिरमा, सम्पत्तीमा वा आदर गर्ने कुरामा उसलाई सजाय दिईन्छ।

   अब यो त्यसरी देखा पर्छ । यदि यी कुराहरुले हामीलाई बर्तमानमा सानो चासो राख्ने काम गर्छ भने तर अब यो आज हाम्रो लागि चासोको बिषय बनेर देखा पर्छ । तर यहुदिहरुको सन्दर्भमा यो केहि मात्रामा साधारण र नियमित कुरा हो । किनभने मानिसहरुले उत्कृष्ट र नियमित सरकारको अधिनमा रहने प्रबन्ध गरेका छन् । अनि त्यहाँ अझै पनि त्यहि सरकार छ। यसको लागि पापचाहिँ हाम्रो गहना हुने छैन । यसको कारण यो हो कि जहाँ न्यायाधिसहरु नगरप्रमुखहरु, राजकुमारहरु वा अन्य अधिकार प्राप्त व्यक्तिहरु न्यायआसनमा बस्छन् । अनि कुनै पनि कुराहरु संसारको कार्यशैली अनुसार जान इन्कार गर्दैनन् । अर्थात् मानिसहरु आफ्नो समर्थनमा बोल्न रुपिया पैसा प्राप्त गर्न, आशा पाउन वा मित्रता राख्न चाहान्छन् । अनि फलस्वरुप एउटा गरिब मानिस र उसको गरिबिको कारण सताईनु पर्छ । गल्तीको अभियोग लगाउनु पर्छ र दण्ड दिनु पर्छ । अनि यो चाहिँ संसारमा भएको सामान्य बिपत्ती हो । जुन न्याय आशनमा अक्कल भक्कल इश्वरीय मानिसहरु पुग्ने गर्दछन्।

   किनभने न्यायाधिस हुनका लागि सबै कुरा भन्दा बढि इश्वरीय मानिस बन्नु आवश्यक हुन्छ । अनि इश्वरीय हुने मात्र होईन तर बुद्धिमान, मुल्यवान अनि बहादुर र साहसी मानिस हुनुपर्छ । यसैगरि साक्षी हुनको लागि निडर र बिशेषगरि इश्वरीय मानिस हुनु पर्छ । किनभने कुनै व्यक्तिले न्याय गर्छ भने सबै कुरा सहि प्रकारले गर्नु पर्छ र त्यसलाई लिएर हिड्नु पर्छ । अनि उसको निर्णयबाट बारम्बार असल साथी आफन्त छिमेकी र धनि र शक्तिशाली मानिस सबैलाई दोषी ठहऱ्याउने खालको हुनुपर्छ । जसले सहि न्याय नगरेको खण्डमा नोक्सन गराउन पनि सक्छन् । यसकारण उ केहि अन्धो जस्तो बन्नु पर्छ । अनि आखाँ कान बन्द गर्नु पर्छ । हेर्न र सुन्न नसक्ने जस्तो बन्नु पर्छ तर उसको अगाडी आउने सबै कुरामा सिधा अगाडी बढ्नु पर्छ र त्यहि बमोजिम निर्णय गर्नु पर्छ।

   यसकारण यो आज्ञा सबैभन्दा पहिला दिईएको छ कि सबै मानिसले आफ्नो अधिकारलाई सुरक्षित गर्नको लागि र कुनै कुरालाई लुकाउन वा बङ्गाउन अनुमति नदिनको लागि आफ्नो छिमेकीलाई सेवा गर्न सकुन् । तर उ न्यायाधिस र साक्षी जे भए पनि त्यसलाई बढवा गर्न र कडासँग सम्हाल्न सकुन् । अनि यो जे भए पनि यसलाई उपयुक्त बनाउन सकुन् । अनि यहाँ हाम्रो कानुन बनाउने हरुको लागि लक्ष्य निर्धारण गर्नु चाहिँ बिशेष कुरा हो कि तिनीहरु हरेक घटनामा साचौँ र सहि प्रकारले व्यवहार गर्नको लागि होसियार हुन सकुन् । सत्य कुरालाई सत्य साबित गर्न सकुन् र यसको साथै कुनै कुरामा पनि रोकावट नआओस् । किनभने उनीहरुको चलाखी र प्राबिधिक कराले कहिलेकाहिँ कालोलाई सेतो र सेतोलाई कालो बनाउने गर्दछ र सहीलाई गलत बनाउने गर्छ । चिल्लो चाप्लो धसेर होईन तर त्यसलाई मौन राखेर व्यक्तिको रुपियापैसा सम्पत्ती आदर र शक्तिको आशा गरेर हो । यो चाहिँ यस आज्ञाको एउटा भाग र स्पष्ट भाव हो । जसले न्यायालयमा आफ्नो स्थान लिन्छ।

   अर्को यो एकदमै अगाडी बढ्छ कि यदि यसलाई आत्मिक नियन्त्रण र प्रशासनमा प्रयोग गछौं भने यहाँ एउटा साधारण संयोग हुन्छ कि सबैले उसको छिमेकीको बिरुद्धमा झुटो गवाही दिनेख गर्दछन् किनभने जहाँ जहाँ इश्वरीय प्रचारक र विश्वासीहरु हुन्छन् तिनीहरुले धर्म बिरोधी नास्तिक भन्ने नाम संसारको अगाडी मानिलिनु पर्छ । अँ, बिद्रोही र निराशाले भरिएर अनैतिक काम गर्न दुराचारीहरु हुन्छन् भन्ने कुरा पनि जान्नु पर्छ । यसको साथै परमेश्वरको बचन एकदमै लज्जास्पद प्रकारले खराब छ भनी प्रकट हुन्छ । सतावटमा पर्छ र निन्दित हुन्छ, बिबादास्पद बन्छ, अनर्थ लगाएर र भटको उल्लेख गरिएको र अनुवाद गरिएको हुन्छ । तर यसलाई बितेर जान दिउँ किनभने यो अन्धो संसारको तरिका हो कि त्यसले सत्यता र परमेश्वरका छोराछोरीलाई दोष लगाउने र सतावटमा पार्ने गर्छ भनी यसलाई पाप होईन भनेर अझै यसमा लगाउन चाहन्छन् ।

   तेश्रो स्थानमा हामीले यो चासो राख्छौँ कि यो आज्ञाले ओठ जिब्रोबाट आउने सबै पापहरुलाई रोक्छ जहाँबाट हामी हाम्रो छिमेकीकहाँ अति नजिक पुग्न र उनीहरुको बिनाश गर्न सक्छौँ किनभने झुटो गवाही दिनु भन्ने कुरा चाहिँ ओठ जिब्रोको काम भन्दा अरु केहि होईन । अब हाम्रो सहकर्मीको बिरुद्धमा जे कुराहरु गरिएको छ यद्यपी यो चाहिँ आफैले सिद्धतामा र इश्वरीय निन्दा गर्दै गलत प्रचार गर्ने प्रचारक भए पनि गलत फैसला गर्ने न्यायाधिस वा साक्षी नभए पनि वा अदालत बाहिर भट बोल्ने र खराब बोल्ने भए पनि ती कुराहरुलाई परमेश्वरले निशेष गर्नु हुनेछ ।

यहाँ मानिसको पछाडी तिरस्कार हुने र लज्जास्पद खालको काम हुने गर्दछ । अनि निन्दात्मक काम पनि हुने गर्दछ । जसमा जुन कुराहरु धेरै भन्नु पर्ने हुन्छ । त्यहाँ दुष्टले हामीलाई भन्नको लागि उत्प्रेरणा दिने गर्छ । किनभने यो साधरण मानिसले दुख दिने खराबी हो कि हरेक मानिसहले आफ्नो छिमेकीको राम्रो कुरा भन्दा नराम्रो कुरा बढि सुन्न चाहान्छ । र यद्यपी हामी आफै पनि धेरै खराब हुन्छौ कि हामीलाई कसैले खराब भनिदिएको हामी सहन सक्दैनौं तर सबैले यो भन्दा बढि सारा संसारले उसको बारेमा सुनको सन्दर्भमा बोल्न सक्छ अनि हामी अरुको बारेमा राम्रो कुरा बोलिएको सहन गर्न सक्दैनौं।

   यसकारण, यस दुश्कर्मलाई रोक्नको लागि हामीले यो कुरा जान्नु पर्छ कि कसैलाई पनि सार्वजानिक रुपमा न्याय गर्न र छिमेकीलाई हप्काउन अनुमति दिएको छैन । यद्यपी उसले न्याय गर्न र हप्काउन आज्ञा नपाए पनि उसले उसमा भएको पाप देख्न सक्छ । किनभने त्यहाँ पाप माथि न्याय गर्ने र पापलाई जान्ने बिषयमा एकदमै ठूलो भिन्नता छ । वास्तवमा तपाईले यो जान्न सक्नु हुन्छ तर तपाईले यसलाई न्याय गर्न मिल्दैन । म वास्तवमा मेरो छिमेकीले पाप गरेको छ भन्ने कुरा सुन्न र देख्न सक्छ तर यसको जानकारी अरुहरुलाई दिनको लागि मलाई आज्ञा गरिएको छैन । अव यदि म न्याय गर्ने र कराहरु अरुलाई भन्ने करामा अगाडी बढ्छ भने म पाप गर्छ जनचाहिँ ठूलो पाप हुन्छ । तर यदि यो थाहा हुन्छ भने तपाईले न्याय गर्नलाई अनुमति नपाउन्जेल सम्म र तपाईको कामबाट नैतिक भलाई हुने प्रकारले सजाय दिन अनुमति नपाउन्जेल सम्म आफ्नो कान छोप्ने बाहेक अरु केहि नगर्नुहोस् ।

   तिनीहरु त्यसपछि बद्ख्वाई गर्ने भनि चिनिन्छिन् जो जाने बुझेको कुरामा आधारित रहन सक्दैनन् तर अधिकार क्षेत्र भित्र रहन बहाना गरको प्रयास गर्छन् र जव तिनीहरुले अरुहाई हल्का रिस उठाउने काम गर्दछन् । अरुको गल्तीलाई सबै क्षेत्रबाट लिन खोज्छन् र बहकाउने र खुसी पार्ने गर्छन् कि अरुलाई असन्तुष्ट पारेर हरचल ल्याउने हुन्छन् जस्तो सुंगुरहरु हिलो माटोमा लरबरिन्छन् र आफ्नो सुडले जराहरु खोतल्ने गर्छन् । यो भनेको न्याय गर्नलाई हात हाल्नु र परमेश्वरको काममा हात हाल्नु भन्दा अरु केहि होईन अनि सबै भन्दा कठोर निर्णय सहित शब्द उच्चारण गर्नु र सजाय दिनु भन्दा अरु केहि होईन । किनभने कुनै पनि न्यायाधिसले न त उ चोर हो हत्यारा हो देशद्रोही हो आदि भन्नुभन्दा अगाडी जान नै सक्छ न त एकदमै माथिल्लो स्तरको सजाय दिन नै सक्छ । यसकारण जसले आफ्नो छिमेकीलाई यस्ता कुरा भन्छ त्यस्तै गरि उसले सम्पुण शासक र सरकारलाई पनि त्यस्तै व्यवहार गरिरहेको हुन्छ । किनभने यद्यपी तपाईको बिशालु जिब्रोलाई तपाईको छिमेकीलाई लाजमा पार्न र दुख दिनको लागि प्रयोग गर्नु हुन्छ ।

   यसकारण परमेश्वरले यसलाई निषेध गर्नु हुन्छ कि कसैले अर्काको बारेमा खराब कुरा बोले पनि उसले गल्ती महशुस गर्छ । अनि उसले सहि कुरा राम्रोसँग थाहा पाउँछ । उसले धेरै कुरा थाहा नपाए पनि उसले यसलाई हल्लाको रुपमा मात्र लिन्छ । तर तपाई भन्नु हुन्छ यदि यो सत्य हो धने म यो भन्न सक्दिन त ? जवाफ. किन तपाई नियमित न्याय गर्नेलाई अभियोग लगाउनु हुन्न ? अँ म यसलाई सार्वजानिक रुपमा प्रमाणित गर्न सक्दिन र यसकारण म कठोर भएर चुप रहनु र त्यसबाट फर्किनु पर्छ । अनि झुटो अभियोग लगाउँदा आउनु दण्डको भागिदार हुन छोड्नु पर्छ । वास्तवमा के तपाईले भकुटको गन्ध थाहा पाउनु भयो ? या तपाईले आफुलाई उचित अधिकारको अगाडी उभिन र त्यसको जवाफ दिन आफैलाई बिश्वासयोर ठान्नु हुन्न भने तपाईको जीब्रोलाई बसमा राख्नु होस् । तर यदि तपाईलाई थाहा छ र तपाईकै लागि थाहा होस् तर अरुको लागि होईन किनभने यद्यपी यो सत्य भएपनि यदि तपाईले यो कुरा अरुलाई भन्नु भयो भने तपाई भकुटको रुपमा देखा पर्नु हुनेछ । किनभने तपाईसँग यसको प्रमाण छैन र तपाई कसैको गुलाम भएको जस्तो देखिन्छ । किनभने हामीले चाहि कसैको पनि आदर र यस प्रतिष्ठालाई सार्वजानिक रुपमा पहिलोपल्ट उसबाट नखोसिएसम्म कहिल्यै पनि बञ्चित गर्नु हुँदैन।

   त्यसपछि गलत साक्षी सबैथोक हो जुन सहि प्रकारले प्रमाणित हुन सक्दैन । यसकारण जुन कुरा पर्याप्त प्रमाणसहित प्रकट भएको छैन त्यसलाई कसैले पनि सार्वजानिक जर्नु वा सत्य हो भनेर घोषणा गर्नु हुँदैन । अनि अझ भन्नु पर्दा गोप्य कुराहरुलाई गोप्य नै रहन दिनु पर्छ वा हामीले सुन्न सक्ने कुराहरु जस्तै हामीले त्यसलाई यतिकै छोडि दिनु पर्छ । यसकारण यदि तपाईले धोका दिने र कलङ्कित हुने लोसे जिव्रो भएको व्यक्तिसँग भेट्नु भयो भने यस्तो व्यक्तिलाई तत्कालै उसको अगाडी नै बिरोध गर्नुहोस् कि यसले गर्दा उसको अनुहार रातो पिरो होस् । यसरी धेरैको सामु उसले आफ्नो मुख सम्हाल्नेछ । जसले गर्दा एउटा गरिब मानिस पनि सम्मानमा पर्नेछ । जसद्वारा उसले आफूलाई छुटकारा गर्ने छ । किनभने आदर र असल नाम मन्ने कुरा छिटै उड्र जान्छ अनि तुरुन्तै पुर्नस्थापना हुन सक्दैन।

   यसै गरि तपाईले आफ्नो छिमेकीको बारेमा खराब कुरा बोल्न निषेध गरिउको छ भन्ने कुरा सारांशमा देख्न सक्छौं । जवकी नागरिक सरकार, प्रकारक, बुबा आमा यसलाई बुझ्न बाट बञ्चित भए कि यो आज्ञाले खराब कुरालई दण्डरहित जान अनुमति दिदैन । अब, पाँचौँ आज्ञा अनुसार कोहि पनि व्यक्तिको शरीरमा चिथेट लागेको हुनु हुँदैन र मास्टर हत्नेस पनि जो व्यवस्थापक हो तिनीहरु त्यागिए जो आफ्नो अफिसको नैतिकतामा रहेर आफ्नो छिमेकीलाई असल गर्दैनन् । तर केवल खराबी र नोक्सान हुने काम मात्र गर्छन् र पनि उनीहरुले परमेश्वरको बिरुद्धमा पाप गर्दैनन् । किनभने परमेश्वरले उक्त कामलाई आफ्नै प्रकारले लेखा दिनुहुन्छ । किनभने उहाँले आफ्नै प्रसस्तताको लागि सजायलाई सुरक्षित राख्नु भएको छ । जस्तो उहाँले पहिलो आज्ञामा नै चुनौति दिईसक्नु भएको छ र त्यसै अनुसार गर्नु हुन्छ । यद्यपी कसैलाई पनि कुनै व्यक्तिलाई न्याय गर्न र कसैलाई दोषी ठहऱ्याउन अधिकार छैन । अझ यदि तिनीहरु जसको अफिसले यो काम गर्न सक्दैन तिनीहरुले पाप गर्छन् अनि तिनीहरुले आफ्नो अफिस बाहिर पनि आफ्नै लागि गर्न सहमत हुन सक्छन् । किनने यहाँ उसलाई आरोप लगाउन, अनुसन्धान गर्न र गवाही दिन कसै एक जनाले खराब बोल्नु आवश्यक हुन्छ । अनि यो चाहिँ एउटा फिजिसियनको केस भन्दा फरक छैन । जसले कहिलेकाहिँ जाँच गर्न बिवस पार्छ र बिरामीलाई जस्तो व्यवहार गर्छ । जसलाई उसले गोप्य तरिकाले निको पार्नुहुन्छ । यसै गरि सरकार, बुबा आमा, दाजुभाई, दिदि बहिनी अनि अरु असल साथीहरु पनि एक अर्कामा खराबीलाई हप्काउने दायित्वको अधिनमा छन् जहाँ आवश्यक छ र फाईदाजनक छ।

   तर सुसमाचारको शिलशिला अनुसार यस बिषयमा सहि भन्नु हुन्छ । तिम्रो भाईले तिम्रो बिरुद्धमा अपराध गर्यो भने गएर तिमीहरु दुई मात्र हुँदा त्यसको दोष देखाईदेउ । यहाँ हाम्रो जिब्रोलाईसहि प्रकारले प्रयोग गर्ने सन्दर्भमा एकदमै महत्वपुर्ण र असल शिक्षा दिईएको छ । जुन चाहिँ तिरस्कृत हुने प्रकारले होच्याईने सन्दर्भको बिरुद्धमा होसियारी पुर्वक देखाईएको छ । अब, यसले तपाईमाथि अधिकार गरोस् कि तपाईको छिमेकीको बिषयमा खराबीलाई भन्दै फैलाउने काम नगर्नुभएमाके होस् अनि उसलाई अरुहरुको अगाडी कलङ्कित नबनाउनुभएको होस् । तर गुप्त रुपमा उसलाई बताउनुहोस् ताकि उसले आफ्नो जीवनका गल्तीहरुलाई सच्याउन सकोस् । यसैगरि यदि कोहि व्यक्तिले कसैले यो वा त्यो गल्ती गयो भनेर तपाईलाई बताउन आयो भने पनि उसलाई त्यो आफैले देखेको हो भने गल्नी गर्ने व्यक्ति कहाँ गएर व्यक्तिगत रुपमा सम्झाउनको लागि भन्नुहोस् तर यदि उसले त्यसो गर्द सक्दैन भने उसले आफ्नो जिब्रोलाई बसमा राख्नु पर्छ ।

   यसैगरि तपाई घर परिवारका दैनिक कामहरुबाट पनि यो कुरा सिक्न सक्नु हुनेछ । किनभने जव घरको मालिकले आफ्नो घरको नोकरले गर्न पर्ने काम नगरेको देख्छ अनि व्यत्तिगत रुपमा उसलाई सम्झाउने गर्छ । तर यदि उ चाहिँ मुर्ख छ भने उसले आफ्नो नोकरलाई घरमा बस्न लगाउँछ र बाहिर गएर उसले आफ्नो छिमेकीहरुलाई उसको बारेमा बताउँछ । छिमेकीले शंकार नगरि यो भन्नु पर्छ । तिमी मुर्ख, त्यो कुराले हामीलाई के फरक पार्छ र ? किन तिमीले उसलाई यो कुरा भन्दैनौ ? हेर त्यहाँ प्रेम पुर्वक व्यवहार गर्नुपर्छ अनि खराबीहरु निस्केर जान सक्छ अनि छिचमेकीहरुबाट आदर पाउन सक्छौं । जस्तो त्यहि ठाउँमा ख्रीष्ट येशूले भन्नुभएको छ । त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाई आफ्नो भयो । त्यसपछि मात्र तपाईले महान र असल काम गर्नुभएको हुन्छ । किनभने के तपाईले सोच्नुभएको छ कि आफ्नो भाईलाई पाउनु भनेको सानो कुरा हो ? सबै भिक्षुहरु र पवित्र क्रमहरु एकै ठाउँमा भएर ठूलो समुहहरुमा तिनीहरुको कामहरुद्वारा पुस्तौँ सम्म जाओस् अनि हेर्नुहोस् तिनीहरुले आफ्नो भाई पाएकोमा गर्व गर्छन् कि गर्दैनन् ।

   अझ अगाडी ख्रीष्टले सिकाउनुहुन्छ तर त्यसले सुनेन भने आफ्नो साथ अरु एक वा दुई वनालाई लैजाउ र दुई वा तीन जनाको साक्षीद्वारा सबै कुरा प्रमाणित होस् । यसैले जो सँग यो कुरा सम्बन्धित छ त्यो व्यक्ति सधैं भरि व्यक्तिगत रुपमा व्यवहार गरिएको हुन्छ अनि उसको ज्ञान बिना कुनै पनि कुरा बोलिनु हुँदैन । तर यदि त्यसले तिनीहरुका कुरा पनि सुन्न इन्कार गयो भने यो कुरा मण्डली समुदायको सामु लैजाउ । अथवा नागरिकको अगाडी वा उपदेश दिने त्यालयमा खडा गराउनुहोस् । किनकी त्यसपछि अव तपाई एक्लै उभिनु पर्दैन । तर तपाईसँग ति साक्षीहरु हुनेछन् । जसद्वारा तपाईले उसलाईइ दोषी ठहऱ्याउन सक्नुहुनेछ । अनि तपाईमाम भर परेर न्यायाधिसले न्याय गर्न सक्छ र उसलाई दण्ड दिन सक्छ । यो चाहिँ दुष्ट मानिसलाई जाँच्ने र सुधार्नको लागि चाहिने सहि र असल शिक्षा हो तर यदि हामी सबै क्षेत्रमा अरुको बारेमा कुरा काट्दै हिड्छौँ भने र फोहोरलाई चलाउँछौँ भने कोहि पनि मानिस सुधिन सक्दैन र त्यसपछि जब हामी अगाडी आएर साक्षी बन्नु पर्ने हुन्छ । त्यसबेला हामीले भनेको कुरा इन्कार हुन्छ । यसकारण यदि तिनीहरुको कलङ्क सकसी भएर अरुहरुलाई चेताउवी दिने जसरी कडा दण्ड दिईयो भने यसले यस्तो जिब्रोलाई सहि प्रकारले सेवा गर्न सक्छ । त्यहि तपाईले आफ्नो छिमेकीको सुधारको लागि प्रेम गरेको जस्तो नाटक गर्नु भयो भने तपाई सुटुक्क भाग्न सक्नुहुने छैन न त दिन र उज्यालो लाई छल्न नै सक्नु हुनेछ।

   यी सबै कुराहरु गर्नमा हुने पापको बिषयमा भनिएको हो तर जहाँ पाप चाहिँ केहि मात्रामा सार्वजानिक हुन्छ त्यसपछि न्यायाधिस र सबैले यो थाहा गर्छन् अनि तपाईले कुनै पनि पापलाई यतिकै छोडेर उसलाई जान दिन सक्नु हुन छैन । किनभने यसले उ आफैलाई बेइज्जतीमा लैजानेछ र तपाईले पनि उसको बिषयमा सार्वजानिक रुपमा गवाही दिन सक्नु हुनेछ किनकी जव दिनको उज्यालोमा नै भएको घटना सार्वजानिक हुन्छ त्यहाँ कुनै कलङ्क हुने र गलत न्याय हुने वा गलत साक्षी बस्ने बन्ने कुरा आउँदैन । जस्तो जव हामी पापलाई उसकै सिद्धान्तद्वारा हप्काउँछौ जुन चाहिँ सार्वजानिक रुपमा अगाडी कै पुस्तकमा राखिएको छ र सारा संसारमा घोषणा गरिएको छ किनभने जहाँ पाप प्रकट हुन्छ तव दोष पनि सार्वजानिक हुनुपर्छ कि सबैले यसको बिरुद्धमा रहेर रक्षा गर्न सिकुन्।

   यसरी अव हामी यस आज्ञाको सारांशमा र साधारण बुझाईमा आएका छौँ कि कोहि पनि व्यक्तिले आफ्नो जिब्रो द्वारा छिमेकीलाई चिथेट नपुयाउन् । उनीहरु साथी वा शत्रु जे भएपनि उनीहरुको बारेमा खराब नबोलुन् । त्यो कुरा साँचो वा झुटो जे भए पनि ति कुराहरु आज्ञा अनुसार नै हुनुपर्छ वा उनीहरुको सुधारको लागि हुनुपर्छ । तर सबैले आफ्नो जिब्रोलाई काम गर्ने बनाउनुपर्छ र अरुलाई असल हुने प्रकारले सेवा गने बनाउनु पर्छ । उसको छिमेकीको पाप र कमजोरीलाई, ढाक्नको लागि, क्षमा गर्नको लागि र पापलाई घटाउनको लागि र उसको आफ्नै प्रतिष्ठाद्वारा उसलाई सिंगार्नको लागि उसलाई असल बनाउनु पर्छ । यसको मुख्य कारण चाहिँ ख्रीष्टले सुसमाचारमा भन्नुभएको कुरा नै हुनु पर्छ । जसमा उहाँले हरेक आज्ञामा छिमेकीको आदर गर्नलाई भन्नुभएको छ । मत्ती ७१२ । मानिसहरुले तिमीहरुसंग जस्तो व्यवहार गरुन् भन्ने तिमीहरु चाहान्छौ तिमीहरुले पनि तिनीहरुसँग त्यस्तै व्यवहार गर ।

   त्यस्तै प्रकारले प्रकृतिले पनि हाम्रो आफ्नै शरीरमा यो कुरा सिकाएको छ जस्तो न्त पावलले भन्दछन् । १ कोरिन्थी १२:२२ बरु शरीरका अझ दुर्वल देखिने अंगहरु नै नभई नहुने हुन्छन् । अनि शरीरका ती अंगहरु जुनहरुलाई हामी कम महत्वका ठान्छौँ तिनलाई हामी बढ्ता आदर दिन्छौं । प्रत्यक्ष रुपले देखाउन नसकिने अंगहरुलाई हामी बढि भद्रतासाथ राख्छौँ कसैले पनि आफ्नो अनुहार, आखाँ, नाक र मुखलाई लुकाउन सक्दैन किनभने तिनीहरु ती आफैभित्र भएका मध्ये सबैभन्दा आदरणीय सदस्यको रुपमा छन् । जसको कारणले हामी लज्जित हुन्छौं । हामी ठूलो परिश्रम साथ यसलाई जोगाउछौँ । हाम्रो हात आँखा र सम्पुर्ण शरीरले ती अंगहरुलाई ढाक्न र छिपाउन सहयोग गर्छन् । यसरी हामीहरुको बीचमा पनि जे कुराहरु दोषी र दुर्वल भएर रहेका छन् ती कुराहरु नै हामी हाम्रो छिमेकीमा देख्छौँ । अनि हामीले उसलाई सेवा गरेर र सहायता गरेर उसलाई आदरणीय बनाउन हामीले सक्दो प्रयास गर्नुपर्छ। अनि यसै गरि उसलाई बदनाम गराउन खोज्ने कुराहरुलाई रोक्नुपर्छ । अनि यो बिषेशगरि फाइदाजनक प्रकारले व्याख्या गर्नको लागि सधैंभरि उत्तम र महान नैतिकता हो । अनि उसले आफ्नो छिमेकीको बारेमा सुन्न सक्ने सबै कुराहरुमा सबैभन्दा असल निर्माण गरि राख्न सकिन्छ । (यदि यो एकदमै ठूलो खराबी होईन भने) वा कुनै शर्त नराखी उसलाई र उसको बिषालु जिब्रालाई माफि दिनुपर्छ कि तिनीहरु अरुको चियो चर्बो गर्नलाई व्यस्त हुन्छन् अनि आफ्नो छिमेकीलाई दोषी ठहऱ्याउन केहि न केहि कुरा पत्ता लगाउँछन् अनि यसले एकदमै खराब तरिकाले व्याख्या गर्छ र अनर्थ लगाउने गर्छ । जस्तो अहिले बिशेष गरि महत्वपुर्ण परमेश्वरको बचन र यसका प्रचारकहरु सँग भएको छ ।

   यी कुराहरु बुझिन्छ यसकारण यस आज्ञामा केहि मात्रामा असल कामहरुको थुप्रो छ जसले परमेश्वरलाई धेरै माथि उचाल्ने गर्छ र प्रसस्त असल कुराहरु र आशिषहरु ल्याउने गर्छ । अनि केवल अन्धो संसार र झुटो सन्तहरुले उहाँलाई चिन्न सक्नु पर्छ । किनभने यी मानिस भित्र र मानिसमा त्यस्तो केहि छैन जसले महान काम र अझ व्यापक असल कुराहरु गर्नसक्छ वा जीब्रोमा भन्दा आत्मिक र भौतिक कुराहरुमा चोट पुयाउन सक्छ । यसकारण यो अति सानो र प्रभाव पार्न नसक्नै कुरा हो।


नवौँ र दशौँ आज्ञा :

आफ्नो छिमेकीको घरको लालच नगर्नु । आफ्नो छिमेककीको पत्नीको लालच नगर्नु । आफ्नो छिमेकीको कमाराकमारी, गोरु गधा वा कुनै पनि थोकको लालच नगर्नु ।

   यी दुई आज्ञाहरु यहुदिहरुलाई केहि मात्रामा एउटा आज्ञाको रुप दिईएको छ । तथापी यसले केहि मात्रामा हामीलाई पनि चासो लिन्छ । किनकी तिनीहरुले अपवित्र पार्ने वा चोरी गर्ने कुरा उल्लेख गरेर अर्थ लगाउने गर्दैनन् । किनकी यी कुराहरु पर्याप्त मात्रामा माथि नै निषेध गरिएको छ । अनि तिनीहरुले यो पनि सोच्ने गर्छन् कि जव तिनीहरु बाहिर अभिनय गर्छन् त्यो बेलामा यी कुराहरु राखेका छन् वा छैनन् । यसकारण परमेश्वरले यी दुई आज्ञालाई थप्नुभएको छ । जसबाट यो पापकै रुपमा चिनिन सकोस् र लालसा गर्न वा छिमेकीको सम्पत्ती वा श्रीमती हात पार्ने उद्देश्यलाई मनाही गर्न सकुन् । अनि किनकी बिशेष यहुदि सरकारको अधिनमा नोकर र नोकर्नीहरुले उनीहरुले जति नै खुसी पारे पनि त्यसबाट पाउनुपर्ने ज्याला पाउन स्वतन्त्र थिएनन् । तर त्यहाँ सबै कुराहरु जस्तो पशुपक्षीहरु र अन्य सम्पत्तीहरु उसको मालिककै अधिनमा हुन्थ्यो । यसबाहेक हरेक मानिसलाई आफ्नो श्रीमतीलाई सम्बन्ध बिच्छेद गरेर अर्को ल्याउन कुरा गरि सार्वजानिक हुन नदिई टाढा राखिन्थो । यसकारण तिनीहरु एक अर्कामा निरन्तर जोखिममा हुन्थे कि यदि कसैले अर्काको श्रीमतिलाई सुन्दर कुरा ल्याईदियो भने आफ्नो श्रीमतीलाई छोड्न र अर्काको श्रीमतीलाई ल्याएर छुट्टै राख्न पनि सक्थ्यो र उ यसमा दोषी ठहरिने थिएन कि उसले अधिकारको बहानामा उसलाई पाउन सक्थ्यो । त्यो उनीहरुको लागि पाप वा लज्जास्पद कुरा हुन्थेन । यसलाई सानो रुपमा सहयोग लिएर भन्नु पर्दा मालिकले आफ्नो नोकर वा नोकर्नीलाई जुनसुकै तरिकाबाट पनि कामबाट निकाल्न र अर्को नोकरलाई काममा राख्न सक्छ ।

   यसकारण (म भन्छु) तिनीहरुले यो आज्ञालाई व्याख्या गरे अनि तिनीहरुले यसैलाई सहि माने । (यद्यपी तिनीहरुको क्षेत्र केहि मटाढामा माथिल्लो स्तरमा छ ।) कि अरुसँग जे कुरा छ जस्तै. उसको श्रीमती, नोकरहरु, घर र सम्पत्ती, जग्गा जमिन, खर्क, पशुपक्षी अनि अधिकार प्राप्त क्षेत्र वा कुनै बहाना गरेर त्यसलाई प्राप्त गर्ने बारेमा सोचेनन् र त्यसको उद्देश्य राखेनन् अझ आफ्नो छिमेकीलाई चोट दिएर त्यसलाई प्राप्त गर्ने बारेमा सोचेनन् र त्यसको उद्देश्य राखेनन् ।

   यी उल्लेखित कुराहरु सातौँ आज्ञामा यस्ता दुश्कर्महरु निषेध गरिएको छ जहाँ एक जनाले अरुको सम्पत्ति कब्जा गर्न आफैलाई लगाउन सक्छ । वा आफैलाई उसको छिमेकीबाट दवाएर राख्छ । जसको लागि उसले अधिकार पाएको छैन । तर यहाँ कुनै पनि कुराहरु आफ्नो छिमेकीबाट हस्तान्तरण गर्न निषेध गरिएको छ । अझ तापनि तपाईले आदरका साथ संसार को नजरमा यो गर्न सक्नु हुन्थ्यो । यसकारण कसैले पनि तपाईलाई अभियोग लगाउन र दोष लगाउन सक्दैन जस्तो तपाईले यसलाई गलत प्रकारले प्राप्त गर्नु भएको छ ।

   किनभने हामी प्रकृतिबाट एकदमै भकेका छौँ कि कसैले पनि अरुलाई आफुभन्दा माथिल्लो तहमा पुगेको देख्न चाहदैन अनि आफुले सकेजति आर्जन गर्न चाहान्छ र उसले सक्ने मध्ये सबैभन्दा बढि प्रगति गरेको चाहान्छ । अनि अझ हामी इश्वरीय भएको बहाना गर्छौँ । कसरी हामी राम्रोसंग सिंगारिन सक्छौँ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ र बदमासीलाई गुप्तमा आश्रय दिएर राखिएको अनि त्यसको लागि प्रयोग गरिएको औजार र चतुऱ्याई गरेर दिईएको धोकालाई पत्ता लगाउन सिपालु छौ । (जस्तो अहिले दैनिक रुपमा निपुणताका साथ युक्ति लगाईएको छ ।) जस्तो तिनीहरु कानुनी संकेतबाट अपमानित भएका छन् । अँ, हामी पनि यसलाई उल्लेख गर्न अभद्र प्रकारले आँट गर्छौँ र यसमा घमण्ड गछौं अनि यसलाई बदनामी भनिने छैन । तर चलाखी र सतर्कता भनिनेछ । यसमा वकिल र कानुन बुझ्नेहरुले सहायता गर्छन् जो कानुनलाई तिनीहरुको कारण दवावपुर्ण शब्दमा फैलाउने र बङ्गयाउने गर्छन् । अनि त्यसलाई बहानामा, निश्पक्ष रुपमा बिना वास्ता वा तिनीहरुको छिमेकीको आवश्यकतामा प्रयोग गर्छन् । अनि छोटकरीमा भन्नुपर्दा जो चाहिँ यस बिषयमा निपुर्ण र धुर्त छन् तिनीहरुले कानुनमा ठूलो सहायता पाउँछन् । जस्तो तिनीहरु आफैले भन्ने गर्छन् “Vigilautibus iura subveriunt” यो भनेको कानुनले हेरबिचार गर्ने कुरालाई समर्थन गर्छ भन्ने हो ।

   यो अन्तिम आज्ञा यसकारणले दिईएको छ कि तिनीहरुले संसारको नजरमा बेईमानी नगरुन् तर एकदमै भक्तिपुर्ण प्रकारले जिउन् भनेर जसले प्रशंसा गर्ने चाहना राख्छन् र इमान्दार र सोभो मानिस कहलाईन्छन् अनि तिनीहरुले अगाडीको आज्ञाहरुको बिरुद्धमा ठेस पुयाउने काम गरेका छैनन् । बिशेषत यहुदिहरुले जस्तो आफु हुन खोजेका हुन्छन् । अनि अहिले पनि धेरै जना असल भलाद्मी मानिसहरु र राजकुमारहरुले पनि आफु बन्न खोजेका छन् । अरु साधारण भिडहरुको लागि यो अत्यन्त टाढाको विषय हो । अनि यो सातौँ आज्ञाको अधिनमा छ । जस्तो तिनीहरुले त्यति धेरै चासो राखेका छैनन् । जवकी तिनीहरुले आदर र सहि अधिकारका साथ धनसम्पत्ती आर्जन गर्न सक्छन्।

   अब ती कुराहरु न्यायालयमा ल्याईएको छ भने यो नियमित रुपमा रहने गर्दछन् । जहाँ यो हाम्रो छिमेकीबाट केहि कुरा प्राप्त गर्ने उद्देश्यका साथ गरिएको हुन्छ र आफ्नै नभएको कुरालाई बलपूर्वक प्राप्त गर्न खोज्छन् । जस्तो उदाहरणको रुपमा जव मानिहरु बृहत उत्तराधिकार, घरजग्गा आदिको लागि भगडा र बादबिबाद गर्ने गर्छन् । तिनीहरु आफैले त्यसको फाइदा लिन्छन् र अधिन गर्छन् । जस्तो सुकै कुरा सहि प्रकारले प्रकट भए पनि त्यसलाई सबै कुरामा सजाउन र पहियाउनको लागि कानुनले आफ्नो क्षेत्रबाट टेवा दिनु पर्छ अनि तिनीहरुले आफ्नो सम्पत्ती यस्तो प्रकारले राख्नु पर्छ कि कसैले पनि आरोप लगाउन नसकुन् र त्यसमा हकदावी गर्न नसकुन् । यस्तै प्रकारले यदि कसैले दरवार, शहर, प्रशासन, जमिन वा अरु कुनै ठूलो कुराहरु भएको चाहान्छ भने उसले सम्बन्ध बिकास गर्दै प्रसस्त आर्थिक संकलन गर्ने कुरामा अभ्यास गर्नु पर्छ । अनि कुनै पनि प्रतिफल पाईने कार्यद्वारा उसले प्राप्त गर्न सक्छ कि अरु कुराहरु न्यायपुर्वक नै बञ्चित गरिएको हुन्छ । अनि यो कुराहरु उसको लागि निर्णायक हुन्छ र काम र छाप लगाएर उसको लागि पक्का गरिन्छ अनि बैभवशाली शिर्षकमा र इमान्दारिताद्वारा यो कुरा प्राप्त भएको घोषित हुन्छ।

   यसैगरि साधारण व्यापारमा पनि जहाँ सकैले अरुको हातवाट कतिपय कुराहर चतुरतासाथ फत्काउने गर्दछन् । यसैले उसले यसलाई हेर्न आवश्यक हुन्छ वा जसमा उसले आफ्नै लागि फाइदा देखिरहेको हुन्छ ती काममा अचम्मित हुने र उसलाई छल गर्ने हुन्छ । जसले गर्दा यस पछि उसको लेखाको रुपमा उसलाई दुख वा ऋण पर्न सक्छ जसले कुनै चोट नदिई छोड्न सक्दैन र पहिले पाएको भन्दा आधा वा त्यो भन्दा केहि धेरै पाउन सक्छ अनि अझ यो कुरा छलकपट वा चोरीबाट प्राप्त गरको हुनु हुँदैन तर इमानदारीताका साथ खरिद गरेको हुनु पर्छ । यहाँ तिनीहरु भन्छन् । पहिला आउनेहरुलाई पहिला सेवा दिनु र हरेकले आफ्नै इच्छाअनुसार त्यसलाई हेर्नु पर्छ । अनि अरुले जे प्राप्त गर्न सक्छ त्यसलाई दिनु पर्छ र त्यो व्यक्ति सबै तिरबाट सोच्नको लागि तिक्ष्ण हन्छ अनि त्यसमा उसले आपनो सम्पत्तिमा गर्ने बिशेष बहानाद्वारा सबै करा पाउन सक्छ । यो संसार झुटो होईन न त यो कानुनबाट दण्डित नै हो र उसले उसको छिमेकीलाई ति कुराहरुबाट बेफाईदा हुने क्षेत्रमा राखेको छ भन्ने कुरा देख्दैन र चोट नदिई फाल्न नसकिने कुरामा उसले बलिदान गर्नु पर्छ । अनि त्यहाँ त्यस्तो कोहि छैन जसले यी कुराहरु उसलाई भएको चाहान्छ । जसबाट हामी सजिलै बुझ्न सक्छौं कि यस्ता साधनहरु र बहाना बनाउने कुराहरु भट हुन् । यसरी यो श्रीमतीहरुलाई आदर गर्ने कुरा सहित ठिक शैलीमा बनाईएको थियो । एउटी महिलाले अर्कोबाट खुसी भएकी छन् भने उ चाहिँ व्यक्तिगत रुपमा वा अरुहरुबाट यस्तो यस्तो औजारहरुको बारेमा थाहा थियो । (जस्तो त्यहाँ आविश्कार हुनको लागि धेरै तरिकाहरु र साधनहरु थिए ।) जुन कारणले उसको श्रीमान पनि उसको श्रीमतिप्रति बेखुसी छ भन्ने कुरा कल्पना गर्छन् वा उनले उसलाई रोक्ने प्रयास गर्छिन र उ उनलाई निकाल्न बाध्य पारिएको छ भन्ने कुरामा आफुलाई प्रस्तुत गर्छन् र उनलाई अरुको हातमा छोडिदिन्छन् । यस्तो कुराहरु चाहिँ कानुनको अधिनमा रहेका छन् भन्ने कुरा सपष्टसँग थाहा हुन्छ । जस्तो हामी राजा हेरोदको बारेमा पनि देख्न सक्छौँ कि उसले भाई जिवितै हुँदा उसले आफ्नो भाईको श्रीमतिलाई लियो र अझ पनि आदरणीय र भक्त मानिस बन्न सक्छ भन्ने इच्छा गयो। जन कराहरु मर्कसको पस्तकमा देख्न सक्छौं तर उदाहरणको रुपमा म बिश्वास गर्छ कि यो कुरा हामीहरुमा हुने छैन किनकी नयाँ करारमा तिनीहरु जो बिबाहीत छन् तिनीहरुलाई सम्बन्ध बिच्छेद गर्न निषेध गरेको छ । एउटाले चलाख गरेर र्को धनि श्रीमतिलाई अरुबाट खोसेर लग्यो भने यस्थो अवस्थामा चाहिँ यो लागु हुँदैन । तर यो हाम्रो बीचमा भएको दुर्लभ कुरा होईन हिक एउटाले अर्काको नोकर वा नोकर्नीलाई अलग गर्ने वा हटाउने काम गर्छ वा चिप्लो घस्ने कुराहरुले उसलाई पल्काउने काम गर्छ ।

   जुनसुकै तरिकाबाट पनि यी कुराहरु हुने गर्छन् । हामीले यो थाहा गर्नु पर्छ कि तपाईको छिमेकीसँग भएका कुनै पनि कुराहरु छिमेकीबाट खोसिएको परमेश्वर चाहानुहुन्न । यसकारण उहाँले घाटा बेहोर्नु हुन्छ र यदि तपाई यसलाई संसारको अगाडी आदरणीय प्रकारले राख्न सक्ने भएतापनि तपाईले यसबाट आफ्नो लालसालाई तृप्त पार्नु हुन्छ । किनभने यो चाहिँ शरीरमुनि राखेर अभ्यास गर्ने चतुर्भावपुर्ण र गुप्त कुरा हो । जस्तो हामी भन्छौँ कि यसलाई ध्यान दिनु आवश्यक छ । किनभने यद्यपी तपाईले कसैलाई नराम्रो गर्नुभएको छैन त्यसरी नै तपाई आफ्नो बाटोमा जानुहोस् अनि तथापी आपनो छिमेकलाई कष्ट नदिनुहोस् अनि यदि यसलाई चोर्नु र ठग्नु भनिदैन भने पनि यसलाई आफ्नो छिमेकीको सम्पत्तीको लालच गरेको भनिन्छ । त्यो चाहिँ यसको उत्तराधिकार लिने उद्देश्य राख्नु हो । उसको इच्छा बिपरित त्यसलाई उसबाट खोस्ने लालच गर्नु हो । अनि परमेश्वरले जे कुरामा माथि उठाउनुभएको छ त्यो कुराबाट उ खुसी भएको देख्न नचाहनु हो । अनि यद्यपी न्यायाधिस र सबैले यसको उत्तराधिकारीको रुपमा तपाईलाई छोडिदिनुपर्छ तर परमेश्वरले तपाईलाई त्यसमा त्यतिकै छोड्नुहुने छैन किनभने उहाँले छलि हृदय र संसारको डाह देख्नु हुन्छ । जसको नाप उहाँले लिनुहुन्छ भन्ने निश्चित छ र यसको साथै त्यहाँ तपाईले उनको औंलाको आकार बढाउन अनुमति दिनुहुन्छ र अरु मानिसले गलत गर्छन् र हिसां बढ्दै जान्छ ।

   यसकारण हामी यस आज्ञालाई साधारण अर्थमा नै रहन अनुमति दिन्छौँ त्यो चाहिँ आज्ञा गरिएको छ । पहिलो चाहिँ हामीले आफ्नो छिमेकीको नोक्सान भएको चाहना गर्दैनौँ न त त्यसमा सनर्थन नै गर्छौँ अनि न त त्यसको लागि मौका नै दिन्छौँ तर उ सँग जे छ त्यो कुरा उसकै हातमा खुसीसाथ छोडिदिन्छौँ र उसँगै भएको चाहान्छौँ र यसको अलावा उसको लागि के कुरा नाफामुलक छ र सेवा पुग्छ त्यसलाई उसैमा सुरक्षित राख्छौँ र उन्नती गराउँछौँ । जस्तो उनीहरुले हामीलाई गरुन् भन्ने चाहान्छौँ हामी त्यस्तै गर्छौँ । यसरी यी आज्ञाहरुलाई बिशेष गरि डाह र दयनिय लोभ को बिरुद्धमा रहन निर्देशित गरिएको छ । परमेश्वरले सबै कारण र श्रोतहरुलाई हटाउने चाहना गर्नु हुन्छ जवकी सबै कुरा प्रकट हुन्छ । जसद्वारा हामी सबै हाम्रो छिमेकीलाई दुख दिन्छौँ र यसकारण परमेश्वरले यसलाई स्पष्ट शब्दमा बताउनु हुन्छ । लालच नगर्नु आदि । किनभने हामीसँग बिशेष गरि शुद्ध हृदय छ यद्यपी हामी यो संसारमा रहुन्जेल सम्म हामी त्यस स्थान सम्म पुग्न सक्दैनौं । त्यसकारण अरु बाकी कुराहरु जस्तै यो आज्ञा पनि रहन्छ । जसले लगातार हामीलाई दोषी बनाउँछ र हामी परमेश्वरको नजरमा कतिको इश्वरीय जीवन बिताएका छौँ भन्ने कुरा देखाउँछ ।