बिश्वासका सारहरुको निश्कर्ष (Of the Creed)

बृहत धार्मिक शिक्षा (Large Catechism)

बिश्वासका सारहरुको निश्कर्ष (Of the Creed)


बिश्वासको सारको दोश्रो भाग

अहिले सम्म हामीले सुनेका छौँ कि पहिलो भागमा इसाईहरुको पद्धती सिकाईएको छ । जुन कुरामा हामीले देख्यौँ कि परमेश्वरको इच्छा हामीले उहाँको निम्ति गर्नु पर्ने कुराहरु पुरा गरेनौँ । अब तिनीहरुले पुर्ण रुपमा इसाई शिक्षाहरु पछ्याउँछन् । जुन कुराहरुले हामीलाई सबै कुराहरुमा हामीले परमेश्वरमा के आशा राख्ने र कस्तो कुराहरु पाउने भन्ने देखाउँछ । र अझ यसलाई बिस्तृत रुपमा देखाउन, यसले हामीलाई पुर्णतया उहाँलाई चिन्न सिकाउँछ र यो कुराले हामीलाई परमेश्वरको दश आज्ञामा रहेर काम गर्न मद्धत गर्छ । जन हामील गर्न पर्छ । तिनीहरुको लागि । माथि भनिए जस्तै) यो कुराहरु यसरी राखिएको छ जहाँ सबै मानिसहरुको खुबी धेरै टाढा अनि कमजोर र दुर्वल छन् की यी कुराहरुलाई पुरा गर्न र राख्न गाह्रो छ । यसकारण यी शिक्षाहरु हाम्रो निम्ति धेरै महत्वपुर्ण छन् जुन कुराले हामीलाई यो कसरी बुझ्न र कसरी पुरा गर्न सकिन्छ भन्ने केरामा हामलाई सिकाउँछ । जसद्वारा हामीले शक्ति पाउन सक्छौँ । यदि हामीले दश आज्ञालाई आफ्नै समभशक्तिद्वारा बुझ्ने हो भने हामीलाई के आवश्यक पर्छ न इसाई शिक्षा न त परमेश्वरमा प्रार्थना नै आवश्यक पर्छ । तर हामीले फाईदा र आवश्यकता जान्नु भन्दा अगाडी इसाई शिक्षाको बारेमा हामीले साधारण बिचार प्रस्तुत गर्नु पर्छ । यो कुराले इसाई शिक्षाहरु बुझ्न हामीलाई सहज हुन्छ।

पहिलो स्थानमा, तत्कालिक इसाई शिक्षा तथा मान्यतालाई १२ वटा लेख मा बिभावन गरिएको छ, तापनि यी सबै कुराहरु बाइबलका खण्डहरुमा लेखिएका छन् जुन कुराले हामीलाई यो इसाई मान्यताका शिक्षाहरु हुन् भन्ने कुरा देखाउँछ । नयाँ धेरै लेखहरु छन् जुन लेखलाई हामीले सिमित शब्दहरुमा प्रष्टसँग बुझाउन सक्छौँ । तर यी कुराहरु सहज र प्रष्टसँग बुझ्न सक्छौँ किनकी यो बलकहरुलाई सिकाईएको जस्तै हो । हामी संक्षेपमा तीन भागमा राखेर सम्पुण इसाई शिक्षाहरु र मान्यतालाई प्रस्तुत गर्ने छौँ । जुन लेख परमेश्वरमा रहेका तीन व्यत्तिः अनुसार छ । जसलाइ हामी बिश्वास गछौं । यसर्थ पहिलो लेखले पिता परमेश्वर अनि सृष्टि को बर्णन गर्छ । दोश्रो लेखले पुत्र, छुटकारा अनि तेश्रो लेखले पवित्र आत्मा, पवित्रीकरण को बर्णन गर्दछ । जस्तो इसाई शिक्षा मान्यताले छोटकरीमा बुझे पनि यति धेरै शब्दहरु छन् : म पिता परमेश्वरमा बिश्वास गर्दछु जसले मलाई सृष्टि गर्नु भयो । म पुत्र परमेश्वरमा विश्वास गर्छ जसले मलाई छुटकारा दिनुभयो अनि म पवित्र आत्मामा विश्वासस गर्दछु जसले मलाई पवित्र पार्नु हुन्छ । एउटै परमेश्वर, एउटै मात्र बिश्वास तर तीनवटा व्यक्तित्व यसैले पनि तीन वटा लेख हामी हेर्नेछौ । अब हामी सक्षिप्त रुपमा यी शब्दहरुलाई हेरौं ।


लेख १

   म बिश्वास गर्दछु, एक सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नु हुने माथि ।

यस लेखले पिता परमेश्वरको सार, इच्छा, गतिविधि र कामलाई प्रस्तुत रुपमा चित्रित गर्दछ । किनभने हामीलाई दश आज्ञाले यहि कुरा सिकाएको छ कि एक भन्दा अरु कुनै परमेश्वर हुनुहुन्न । यहाँ प्रश्नहरु छन् होला, कस्तो व्यक्ति चाहिँ परमेश्वर हुन सक्छ ? उहाँले के गर्नु हुन्छ ? हामीले कसरी उहाँलाई आराधना वा चित्रित र व्याख्या गर्न सक्छौँ । कि उहाँलाई जान्न सक्छौँ ? यसमा यहि कुरा सिकाईएको छ र यहि निम्न लेखमा सिकाईएको छ । यसैले हामीले इसाई शिक्षा वा सिद्धान्तलाई यसरी बुझ्नु पर्छ कि यो एउटा उत्तर हो र पहिलो आज्ञालाइ आदर गरि बिश्वासीहरुल आज पालन गर्नु पर्ने कुरा हो । मानौँ तपाईले एउटा सानो बालकाय सोध्नुभयो : मेरो बाबु तिमीलाई कस्तो प्रकारको इश्वर छ जस्तो लाग्छ ? तिमीलाई उहाँको बारेमा के कुरा थाहा छ ? उसले यो भन्ने छ कि पहिलो यो मेरो परमेश्वर जसले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो । यी बाहेम मैले अरु कुनै इश्वर मानेको छौ । नहाँ स्वर्ग र पृथ्वी सृष्टि गर्न सक्ने अरु कोहि छैन।

तर सिक्नका लागि, र जसले केहि धर्मशाश्त्रीय ज्ञान प्राप्त गरेका छन् । यी तीन लेखहरुलाई हामीले अझ धेरै अंशमा बिभावन गर्न सक्छौँ । किनकी त्यहाँ बचनहरु छन् । तर अव यवा बिद्धानहरुको लागि यो अति आवश्यक बिचारको संकेत गर्न प्रयोस गरौं । अर्थात हामीले भनेको जसरी यस लेखले सृष्टिलाई जनाउँछ । जुन कुराले यो बचनमा जोड दिन्छ : स्वर्ग र पृथ्वी बनाउनु हुने । तर यसको जड के हो ? अथवा यो म बिश्वास गर्दछु कि पिता परमेश्वरमा जसले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो भन्ने बचनद्वारा के बुझ्नुभयो ? उत्तर : यो चाहिँ यहि हो जुन मैले बुझे र बिश्वास गरें । म एउटा परमेश्वरको सृष्टि हुँ, त्यो चाहिँ यो होकी उहाँले मलाई दिनुभएको छ र निरन्तर मेरो शरीर, मेरो प्राण र मेरो जीवन, मेरो सबै इन्द्रीयहरुलाई मेरो लागि दिनुभएको छ र अरु पनि खाने पिरो. लगाउने र परिवारको सहयोग, श्रीमती र बालबच्चाहरु गाउँ बस्त परिवार दिनुभएको छ र सबै थोकको रक्षा गर्नु हुन्छ । यसका साथै उहाँले सब प्राणीहरुलाई जीवनमा उपयोग गर्न र आवश्यकताको लागि सेवा पुयाउँछन । सुर्य, चन्द्र र ताराहरु आकाशमा, दिन र रात, हावा आगो पानी जमिन र जे पनि यसले लिन्छ र उत्पादन गर्छ चराचरुङ्गीहरु, माछा, जवानवरहरु अन्न र सबै थरिका उब्जनी हुने कुराहरु र त्यहाँ केहि पनि शरीरिक र अस्थायी चीजहरु। असल सरकार र शान्ति सुरक्षा आदि पर्छन् । यसर्थ हामीले यो लेखबाट यो सिक्छौँ कि हामी कसैको पनि आफ्नो केहि छैन । न हामीले हाम्रो जीवनलाई सधै भरि यहाँ राख्न नै सक्छौँ । न यहाँ केहि कुराहरु गणना गरिएको छ वा गन्न नै सकिन्छ । तर सारा र थोरै महत्वपुण भएका कुराहरुको गणना गर्न सकिएला । किनकी सबै कुराहरु हामीले शब्द रचनाकारको रुपमा बुझ्छौँ ।

यसबाहेक हामीले यो पनि स्वीकार गर्छौँ कि परमेश्वर पिताले यो मात्र दिनुभएको छैन जुन हाम्रो शारीरिक आखाँले देखेका छौ र त्यो हामी सँग छ तर उहाँले हामीलाई दैनिक रपमा आउने खतरा, दुष्ट आत्माबाट आउने परिक्षा, दुर्भाग्य, सबै जोखिमबाट र बिपत्तीहरुमा उहाँको पवित्र र निश्वार्थ प्रेमले हामीलाई रक्षा गरिराख्नुहुन्छ । न त यो हाम्रो योग्यताले हो तर एक परमेपकारी बुबाको रुपमा हो। जसले हाम्रो सहायता गर्नुहुन्छ कि हामीमा कुनै खराबी नहोओस् । तर यो लेखलाई हामीले अझ राम्रोसँग अर्को दुईभागमा बाडिएको छ । जहाँ हामी परमेश्वरलाई सर्वशक्तिमान भन्छौँ ।

अब, किनकी हामीसँग जे जति छन् अझ त्यो भन्दा बढि स्वर्ग र पृथ्वीबाट दैनिक रुपमा दिईएको छ । सुरक्षित गरिएको छ र परमेश्वरले हाम्रो लागि राखिदिनुभएको छ र हाम्रो कर्तव्य यो बन्छ कि हामीले उहाँलाई निरन्तर रुपमा प्रेम र आदर गर्नु पर्छ। र हामीले उहाँलाई सबैथोकद्वारा सेवा गर्नु पर्छ । किनभने यो दश आज्ञामा पनि भनिएको छ । यदि हामी बुझ्ने भएको भए यहाँ हामीले अझ धेरै भन्न सक्थ्यौँ । तर यहाँ थोरै मात्र मानिसहरु छन् जसले यो लेखलाई बिश्वास गर्छन् । किनकी हामी सबै यसमा पार गछौं, यसलाइ सुन्छौँ र घोषणा गर्दछौँ । तर बचनले सिकाएजस्तै गरि हामले यसलाई न त देख्न न त बभन नै सक्छौं । किनकी यदि हामीले बिश्वास गर्छौँ भने यो कुराले विश्वासअनुसार काम पनि गर्छौँ तर हामी यसमा परिणत हुन र जीवनमा धन सम्पत्ती शक्ति हाम्रो घमण्डमा अड्किीराख्नु हुँदैन । ताकि र व्यक्तिहरुले डरमा रहेर हामीलाई सेवा गरुन् । यो दुर्भाग्यपुर्ण कुराको अभ्यो हो । र यो दुनियाको रक्षा गर्नु जस्तै हो । जुन कुरा चाहिँ अन्धकारमा रहनु, असल थोकलाई घृणा गर्नु र परमेश्वरले दिनुभएको बरदानलाई आफ्नो लागि परिचालन गर्नु, आदी सबै लोभ लालचा र बिलाशी कुरा हरु हुन् । यी थोकले परमेश्वरको आदर गर्दैन । त्यसकारण उहाँमा धन्यवादी भई उहाँ नै हाम्रो परमेश्वर र सृष्टिकर्ता हुनुहुन्छ भनी स्वीकार गर्नु पर्छ।

त्यसकारण यो लेखले हामीलाई यो उत्साह दिन्छ कि यदि हामी परमेश्वरमा बिश्वास गर्छौँ भने उहाँमा हामी नम्र भएर उहाँको भयमा रहनु पर्छ । किनकी हामी दैनिक रुपमा जानाजान हाम्रो आखा, काम, हात, शरीर र अन्त्यमा धनसम्पत्ती जे जति छन् ती सबैबाट पाप गरिराखेका हुन्छौं । बिशेषगरि तिनीहरु जो परमेश्वरको बचर बिरुद्ध लड्छन् । यद्यपी इसाईहरुलाई यो छ कि सबै थोकको लागि परमेश्वरलाई सेव गर्नु पर्दछ । उनीहरुको कर्तव्य कसरी परमेश्वरमा आज्ञाकारी भई उहाँको बचनले सकाएको छ त्यसलाई पालन गर्नु हो । त्यसकारण हामीले दिनहुँ यस लेखमा मनन गर्नु पर्दछ कि हाम्रो दिमागमा यसलाई राख्नुपर्दछ र ती सबै लाई दैनिकरुपमा याद गर्नु पर्दछ । जुन हाम्रो आम्रो आखासँग मिल्दछ । र सबै असलमा जुन हाम्रो चिन्हमा पर्दछ । हामी कुनै पनि बिपत्ती वा जोखिमबाट बाच्दछौँ की यी सबै कुरा दिनुहुने र गर्नुहुने परमेश्वर हुनुहुन्छ । त्यो कुरा हामी नै महसुस गर्न र देख्न सक्छौं । पिताको हृदय र अतुलनिय प्रेम हाम्रो लागि हो । यसकारण हाम्रो हृदय नम्र र न्यानो बनाई उहाँमा धन्यवादी भई र ती सबै असल कुराहरु दिनुभएको लागि परमेश्वरको महिमा र प्रशंसा गर्नलाई प्रयोग गर्नु पदर्छ ।

त्यसैले हामीले यो लेखलाई बिस्तृत रुपमा प्रस्तुत गरेका छौँ । यस तरिकाले जुन कुरालाई हामीले यसको महतवलाई सरल रुपमा सिक्न सक्छौं । हामीसँग के छ र हामी उहाँबाट के पाउँछौ र हाम्रो पापको बदलामा गर्ने कुनै पनि कुरा धेरै उत्कृष्ट हो । गाडेर राखिएको धन भन्दा धेरै धेरै । हामीले यहाँ यसद्वारा देख्न सक्छौँ कि उहाँले हाम्रो लागि कसरी आफैलाई प्रयोग गर्नु भएको छ । सबै उहाँले सृष्टि गर्नुभएको प्रार्णसँग र यस जीवनमा उहाँले हामीलाई प्रसस्त मात्रामा प्रदान गर्नु भयो । यसबाहेक उहाँले आफ्नो एकमात्र पवि आत्माद्वाराहामीलाई अनन्त गाडधन पनि दिनुभयो । जस्तो कि हामी सुत्ने छौँ ।


लेख २

अनि उहाँको एकले पुत्र हाम्रो प्रभु येशू ख्रीष्ट माथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो । कन्ये मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधिनमा दुख भोग्नुभयो । जो क्रुसमा टागिनुभयो, मर्नुभयो नि गाडिनुभयो, तेश्रो दिनमा मरेकाहरुबाट बिउँदतनुभयो, स्वर्गमा चढिजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ । जहाँदेखि उहाँ जिउँदा र मरेकाहरुको न्याय गर्नलाई फेरि आउनुहुनेछ ।

यहाँ हामी परमेश्वरको दोश्रो व्यक्तित्वको बारेमा सिक्छौं । त्यसैले हामीले देख्न सक्छौँ । जुन परमेश्वरबाट पाएका छौँ । र सबै क्षणिक बस्तुहरु भन्दा माथि छ । अर्थात् उहाँले कसरी आफैलाई हाम्रो लागि सुम्पनुभयो र जुनकुरा हामीबाट झैन कि जे हामीले पाएका छौँ । अब यो लेख धेरै ठूलो र व्यापक छ तर यसलाई हामीले सक्षिप्त तरिकाले बुझ्न र साधारण तरिकाले बिस्तार गर्नको लाग हामीले उटा बचनलाइ लिन्छौँ र त्यसमा यो लेखको सबै सारांश राख्नेछौँ । (अर्थात् हामीले भने अनुसार) जुन कुरा हामीले यहाँ सिक्न सक्छौँ । कसरी हामी हाम्रो पापदेखि मुक्त भएका छौं र हामीले यो कुरा को आधार लिन सक्छौं । येशू ख्रीष्ट हाम्रो प्रभु।

यदि तपाईलाई यो प्रश्न गरियो, तिमी के मा बिश्वास गर्यो । यो दोश्रो लेख येशू ख्रीष्टको हो ? बिस्तृत रुपमा उत्तर दिनु : म बिश्वास गर्छ कि येशू ख्रीष्ट साँचो परमेश्वरको पुत्र हुनुहुन्छ र उहाँ मेरो प्रभु हुनुहुन्छ । तर उहाँ हाम्रो प्रभु हुनुभएको चाहिँ के हो त ? र यो त्यहि हो उहाँले मलाई पापबाट छुटकारा गर्नुभयो, सबै दुष्टबाट, खराब मृत्युबाट पनि छुटकारा गर्नु भयो । पहिले मेरो प्रभु थिएन न न मेरो राजा नै थियो तर म पापको खाडलमा दुष्टद्वारा गाडिएको थिएँ । मृत्युको भागिदार थिएँ । पाप र अन्धोपनमा थिएँ ।

जव हामी परमेश्वरद्वारा बनाईएका थियौँ । र हामी उहाँद्वारा सबै कुरामा पुर्ण रुपमा सृष्टि भएका थियौँ । अनि दुष्ट आयो र हामीलाई अनाज्ञाकारीतामा पापमा, मुत्युमा र सबै खराब कुरामा डोहोऱ्यायो । ताकि हामी उहाँको क्रोध र अप्रसन्नताको अधिनमा परौं र अनन्चत दण्डको लागि बर्बाद भयौँ । जसरी हामी यो कुरामा योग्य थियौँ । कुनै यस्तो सल्लाह सहयोग र सान्त्वना थिएन जवसाँ यो एक मा र अनन्तको परमेश्वर पिताको पुत्रको अपार करुणाले हाम्रो दुखमा उहाँ हामीलाई सहायता गर्न स्वर्गबाट तल ओर्लिनुभयो । ती शासन, जेलरहरु र सबैलाई बाहिर निकालियो र तिनीहरुको ठाउँमा येशू ख्रीष्ट आउनुभयो । जीवनको प्रभु धार्मिकता र सबै आशिष र मु दिनलाई र हामीब नरकको खाडलबाट छुटकारा दिन, हराएको मानिसलाई खोज्न, हामीलाई बिजेता बनाउनुभयो । हामसलाई स्वतन्त्र पारेर फेरि परमेश्वरको अनुग्रहमा र कृपामा डोहोर्याउनुभयो र हामीलाई उहाँको आश्रय र संरक्षण अन्तरगत उहाँका आफ्नो सम्पत्तीको रुपमाराख्नु भएको छ । ताकि उहाँ हामीलाई उहाँको धार्मिकता, ज्ञान, शक्ति, जीवन र आशिष दिएर राज्य गर्न सक्नु हुन्छ।

त्यसो भए, यस लेखको सार यो हो कि यस सानो प्रभु भन्ने शब्दले उदारकर्तालाई बुझाउँछ । अर्थात जसले हामीलाई शैतानबाट परमेश्वरमा मृत्युदेखि जीवनमा, पापबाट धार्मिकतामा राखेर उहाँमा बचाई राख्नु हुन्छ । तर यस लेखमा क्रमश यहि कुराको अनुशरण गरिएको छ । सबै बुदाहरुले यहि कुरालाई व्याख्या गरेको छ । हामीलाई उद्धार गर्नको लागि र उहाँले कति र कसरी मुल्य चुकाउनु भयो अनि उहाँ कसरी बिजयी हुनुभयो र उहाँको शासन खडा गर्नुभयो । अर्थात् उहाँले मानिसको रुप लिनुभयो र उहाँमा कुनै दोष थिएन । उहाँ पवित्र आत्माद्वारा कन्ये मरियमदेखि जन्मनुभयो ताकि उहाँले पापलाई जित्न सक्नुभएको होस् । अझ यो भन्दा बढि उहाँ हाम्रो खातिर क्रुसमा टागिँनुभयो ताकि हामीले उद्धार पाउन सकौं । अनि उहाले हाम्रो पापको ऋण चुकाईसक्नु भयो । केवल सुन चाहिँ द्वारा होईन तर उहाँको रगतद्वारा र यी सबै मेरो प्रभु बन्नको लागि गर्नु भयो । न त यो आवश्यक नै छ र उहाँ त्यसपछि मुत्युबाट पुनरुत्थान हुनुभयो र स्वर्गमा चढिजानुभयो । र परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ । त्यसैले उहाँलाई सबै अधिकार दिईयो र उहाँको सामु सबैले घुडा टेक्न सकुन् र अन्त्यको दिनसम्म उहाँले हामीलाई सबै खराब, दुष्ट कुराहरु अनि पापहरुबाट अलग राख्नु हुन्छ । तर यी सबै बुदाहरुलाई छुट्टै ब्याख्या गर्नु भनेको बच्चाहरुलाई थोरै बचन होइन तर प्रसस्त बचन खुवाउनु हो जुन बचनले हरेक समयमा अझ बढि नयाँ समयमा बृद्धि गराउँछ । जुन समयमा लेखको उद्देश्य बढि लम्बाइमा नियुक्त गरिएको जन्मको दुखकष्ट, पुर्नस्थापना, स्वर्गारोहण आदि ।

र सबै सुसमाचार जुन हामीले सिकाउँछौँ कि यहि कुरामा आधारित हुन्छौ । जुन हामीले पुरा रुपमा यो लेख बुझका छौँ । जुनबेलामा हाम्रो मुक्ति र सबै खुसीहरु पुरा हुन्छ । जुनकुरा अपरम्पार र व्यापक छ। यो हामीले कहिल्यै पुरा रुपमा देख्न सक्दैनौं ।


लेख ३

म विश्वास गर्दछु, पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरुको सँगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि । आमेन ।

यो लेख (मैले भने जसरी) लाई पवित्र आतमा भन्दा राम्रो सँग सम्बोधन गर्न सक्दिन कि उहाँ पवित्र आत्माको माध्यम, उहाँको काम सँग घोयाणा र चित्रण हुन्छ कि उहाँले पवित्र आत्मा पठाउनुहुन्छ । त्यसकारण हामी पवित्र आत्मामा रहनुपर्छ । किनभने यो यति सटिक र बिस्तृत छ कि हामीले अरु कोहि भेट्टाउँदैनौँ । किनकी त्यहाँ धर्मशाश्त्रमा उल्लेख गरिएका बिभिन्न किसिमका आत्माहरु बाहेक अरु पी कुरा बताईएको छ । मानिसको आत्मा, स्वर्गीय आत्मा र दुष्ट आत्मा यीनीहरुमा परमेश्वरको आत्मा मात्र पवित्र आत्मा हो । नयाँ चाहिँ जसले हामीलाई शुद्ध पार्नु भयो र अझै हामीलाई शुद्ध पार्दै हुनुहुन्छ । यसकारण पितालाई सृष्टिकर्ता भनिन्छ, पुत्रलाई उद्दारक र पवित्र आत्मालाई उहाँको कामबाट पवित्रता भन्नु पर्छ । अथवा जसले पवि बनाउनुहुन्छ । तर कसरी पवित्र हुन्छ त ? उत्तर : जसरी पुत्रले सबै अधिकार पाउनुभयो, जसद्वारा उहाँले हामीलाई जिताउनुभयो, उहाँको जन्म र मृत्यु र पुनरुत्थानद्वारा आदि । यसकारण पवित्र आत्मामा हाम्रो पवित्रतालाई तरका निम्न कुराहरुले असर पार्दछ । सन्तहरुको कुराकानी अथवा इसाई मण्डली, पापक्षमा, शरीरको पुनरुत्थान र अनन्त जीवन । अर्थात् उहाँ पहिले हामीलाई आफ्नो पवित्र मण्डलीमा लैजानुहुन्छ र हामीलाई मण्डलीको काखमा राख्नुहुन्छ । जहाँ उहाँ हामीलाई प्राचथर गर्नुहुन्छ र हामीलाई ख्रीष्टमा ल्याउनुहुन्छ ।

किनभने न तपाईले न त मैले ख्रीष्टको बारेमा जानेका थियौँ । अथवा हामीले उहाँमा बिश्वास गयौँ । उहाँलाई यो समुदायको प्रचारको माध्यमद्वारा पवित्र आतमाले हाम्रो हृदयमा समर्पण गरिए सम्म प्रभुको रुपमा प्राप्त गयौँ । काम सकियो र पुरा भयो । किनकी ख्रीष्टले हाम्रो लागि आफ्नो पिडा, मृत्यु, पुनरुत्थान इत्यादिद्वारा हाम्रो लागि यो खजना प्राप्त गरिसक्नुभएको छ । तर यदि यो काम लुकाईएको भए कसैलाई पनि यो कुरा थाहा हुने थिएन र यो व्यर्थैमा हुनेथियो । अब यो खजना गाडिएको छैन तर यसलाई बाडिएको छ । अव यसबाट आनन्द लिन सकिन्छ । परमेश्वरको बचनले यो घोषणा गर्दछ कि जसलाई उहाँले हामीलाई उचित गराउन पवित्र आत्मा दिनुहुन्छ । यसकारण पवित्र करण भनेको अरु केहि होइन । यो हामीलाई ख्रीष्टमा ल्याउनु हो । जुन हामीले हाम्रो शक्तिद्वारा पाउन सक्दैनौं ।

अब हामीले यो लेखलाई पुरा रुपमा बुझ्नु पर्छ । यदि तपाईलाई यो प्रश्न गरियो भने, यो बचनबाट के बुझ्नु भयो ? तपाईले यो उत्तर दिन सक्नुहुन्छ । म पवित्र आत्मामा विश्वास गर्दछु जसले मलाई पवित्र बनाउनुहुन्छ । जस्तो उहाँको नामले देखाउँछ । तर उहाँले यो कसरी पुरा गर्नुहुन्छ वा यसको बिधि र यसको उद्देश्य के हो ? उत्तर : ख्रीष्टको मण्डली द्वारा पाप क्षमा द्वारा, शरीरको पुनरुत्थानद्वारा र अनन्त जीवनद्वारा। पहिलो स्थानमा उहाँ संसारमा अद्भुत मण्डली छ जसमा उहाँ बास गर्नुहुन्छ । जसले परमेश्वरको बचनको माध्यमद्वारा हरेक इसाईलाई नयाँ जन्म दिनुहुन्छ । जहाँ उहाँले यो प्रचार गर्नुहुन्छ । र जसको माध्यमद्वारा उहाँले हाम्रो हृदयलाई उज्यालो पार्नुहुन्छ । कि तिनीहरु बुझ्दछन् । यसलाई स्वीकार्छन् । अनि यसलाई पकिराख्छन् र यसमा निरन्तर लागिरहन्छन्।

किनकी जहाँ उहाँले यो प्रचार गर्न होइन तर जीवित राख्न दिनुभयो यसलाई बुझियो जुन हराएको थियो । पापको मामलामा थियो । अनि बिश्वास लुकाईएको थियो र कसैले पनि येशू ख्रीष्टलाई स्वीकार गरेका थिएनन् र पवित्र आत्मालाई पवित्र हुनुहुन्छ भनेर कसैलाई थाहा थिएन । अनि ख्रीष्ट हाम्रो प्रभु हुनुहुन्छ र यस अर्थमा हाम्रो लागि जीवन उपलब्ध गर्नुभयो भनेर कसैलाई थाहा थिएन । यो हाम्रो बलद्वारा होइन तर उहाँको शक्तिद्वारा हामीलाई परमेश्वरको सन्बा बनाउनुभयो । अब के कुराको अभाव छ त ? अव यहाँ हामीलाई सिकाउनलाई र प्रकाश दिनलाई पवित्र आत्मा हुनुहुन्थेन ? यहाँ मानिस र दुष्ट आत्मा थियो जसले हाम्रो बलद्वारा अनुग्रह पाएका छौं भनेर सिकाउँथ्यो । त्यसकारण त्यो ख्रीष्ट को मण्डली होईन अनि त्यहाँ ख्रीष्ट प्रचारिनु हुँदैन थियो । त्यहाँ कुनै पवित्र आत्माको उपस्थिति थिएन । जसले हामीलाई मण्डलीमा बोलाउनु र भेला गराउनु हुन्थ्यो जसद्वारा बाहेक कोहि पनि मानिस ख्रीष्टमा आउन सक्दैन । अब यो लेखले यस कुरालाई जोड दिओस् । तर किनभने जुन आज्ञा यहाँ बयान गरिएको छ यो सरल र स्पष्ट छैन हामीले त्यस कुरालाई पनि बिचार गर्नु पर्छ ।

यस बिश्वासको सारले पवित्र इसाई मण्डलीलाई प्रतिनिधित्व गर्छ । कन्फ्युसीयन गर्भगृह, सन्तहरुको एक समुदाय, दुबै अभिव्यक्तिहरुको लागि सँगै लिएका हौँ जुन परिचयात्मक हो । तर पहिले दोश्रो अभिव्यक्ति त्यहाँ थिएन । यो एकदमै अस्पष्ट सँग जर्मनीमा अनुवाद गरिएको थियो । सन्तहरुको बिषयमा यदि यसलाई स्पष्ट रुपमा प्रस्तुत गर्नुपर्यो भने यो जर्मन भाषामा केहि फरक प्रकारले अभिव्यक्त हुनु पर्दछ । जर्मन भाषामा एकलेसियाको अर्थ चाहिँ eine Versammlung अर्थात समुह हुन्छ । तर हामी चर्च शब्दमा बानी परेको छ । जसद्वारा साधारणतया जसमा भएको भिड मात्र होईन तर घर वा भवन पनि हो । यद्यपी भरलाई चाही धेरै समुह भेला भएकोले मात्र होईन तर जे भए पनि चर्च भनेर चिनिन्छ । किनकी हामी त्यहाँ भेला हुनेहरु आफैलाई एउटा बिशाल ठाउँ बनाउँछौ र त्यस सभामा नामअनुसारको न्याय दिन्छौं ।

तसर्थ चर्च शब्दकोअर्थ एउटा साधारण सभा बाहेक अरु कुनै कुरा होइन । र यो जर्मनमा होईन तर ग्रीक हो (जुन शब्द एकलेसिया पनि हो । किनकी उनीहरु यसलाई आफ्नै भाषामा क्यारिया भन्छन् । ल्याटिन भाषामा यसलाई करिया भनिन्छ । त्यसकारण साँचो जर्मनमा हाम्रो मातृभाषामा यसलाई इसाई भण्डली वा सम्मेलन भनिनु पर्छ । वा सबै भन्दा राम्रो र सबैभन्दा स्पष्ट पवित्र इसाई भन्नु पर्छ।

यसैले कम्युनियो शब्द जसमा थपिएको कम्युनियन शब्द प्रस्तु गर्नु हुँदैन । तर एकत्रीकरण गर्नु पर्छ । अनि यो उल्था र व्याख्या भन्दा अरु केहि होईन जसद्वारा कसैले इसाई मण्डली भनेको के हो भनेर व्याख्या गर्छ । यी हाम्रा मानिसहरु जसले ल्याटिन वा जर्मन भाषा बुझ्न्छन् । अनि सन्तहरुको कुराकानीलाई अनुवाद गर्छन् । यद्यपी कुनै पनि जर्मन भाषा यसरी बोलिँदैन । नत यसरी बुझिन्छ नै । तर सहि जर्मन भाषा बोल्नको लागि यो सन्तहरुको समुह हुनुपर्छ । यो समुह चाहिँ साचो रुपमा सन्तहरुबाट बनेको हुन्छ । वा अझ सजिलो प्रकारले बोल्नुपर्छ त्यो चाहँ पवित्रहरुको समुह हो । म यसको साथै सन्तहरुको कुराकानीलाई बुझीन्छ भन्छु । किनकी अभिव्यक्ति चाहिँ चालचलन बाट स्थापना भएको हो कि यो कहिल्यै पनि पुर्ण रुपमा सखाप पार्न सकिँदैन अनि यदि एउटाले शब्दलाई परिवर्तन गर्न सक्छ भने । प्राय नास्तिक जस्तो गरेर चर्चा गरिनु पर्छ ।

तर यो शब्दको अर्थ यहि हो । म बिश्वास गर्दछु कि पृथ्वीमा थोरै पवित्र समुह र शुद्ध सन्तहरुको मण्डली एउटा शीरको अधिनमा छ । ख्रीष्ट पनि पवित्र आत्माद्वारा एउटा विश्वासमा एउटा बिचार र बुझाई भनेर बोलाईनुहुन्छ । बिबिध बरदानसँगै, अझ प्रेममा सहमत भएर एउटा सम्प्रदाय वा मतभेद भएर । म पनि उहि समान साझेदार भित्रको गुट र मामलाबिनाको सदस्य हुँ जसले सबै असल कुराहरु गर्छ । यसमा ल्याएको छु र पवित्र आत्माले यसलाई समाहित गरि परमेश्वरको बचन सुनेको र जारी राखेको छ । जु यस भित्र प्रवेश गर्ने शुरुवात हो । वास्तवमा हामी यो कुरा हासिल गर्नु अघि शैतानका थियौँ । परमेश्वर र ख्रीष्टको बारेमा केहि जान्दैन थियौँ । यसप्रकारले अन्तिम दिनसम्म पवित्र आत्मा पवित्र मण्डली वा इसाई जगतमा रहनुहुन्छ । जसद्वारा हामीलाई उहाँले ख्रीष्टमा बोलाउनुहुन्छ । र जुनकुरा हामीलाई सिकाउने र प्राचथर गर्ने काम गर्नु हुन्छ । यसैले उहाँले काम र पवित्रकरणलाई बढवा दिनुहुन्छ । यसरी दैनीक रुपमा समाजमा प्रभापशाली फल र बिश्वासमा बलियो हुन्छ जुन उहाँबाट आउँछ ।

हामी यो पनि बिश्वास गर्छौँ कि ख्रीष्टको मण्डलीमा हामीसँग पापको क्षमा छ । जसले पवित्र संस्कार र उन्मुलनको बारेमा सोच्न लगाउँदछ । साथै सम्पुर्ण सुसमाचारको सबै सिसिमका सान्त्वनाका प्रतिज्ञाहरुमार्फत सोच्न लगाउँछ । तसर्थ संकारहरुको बारेमा जे प्रचार गर्नुपर्दछ त्यो यहाँ छ र संक्षेपमा भन्नुपर्दा सारा सुसमाचार र इसाई धर्मका सबै कामहरु यहाँ छन् । जुन प्रचार गर्नु पर्दछ र नलुकाईकन सिकाउनुपर्दछ । किनकी ख्रीष्टमार्फत परमेश्वरको अनुग्रह सुरक्षित ट र ख्रीष्टको मण्डलीमा एकता र पवित्र शक्तिको माध्यमबाट पवित्र आत्मालेपवित्र आत्माको शक्ति प्रयोग गर्नु भयो तर हाम्रो शरीरले गर्दा जुनसुकै शरीरमा हामी रहेको भएपनि हामी पापरहित हुँदैनौ

यसैले इसाई मण्डलीमा सबै कुराको अन्त्यको लागि आदेश दिईन्छ । जुन दैनिक बचन र संकेतहरु मार्फत पापको क्षमाको बाहेक अरु केहि पाउँदैनन् । हामी यहाँ बाचुन्जेल हाम्रो अन्तस्करणलाई आन्त्वना दिन्छौँ । यद्यपी हामीहरु पापमा छौ पवित्र आत्माको अनुग्रहले उहाँले हामीलाई चोट पुयाउनु हुन्न किनकी हामी ख्रीष्टको मण्डलीमा छौं । यहाँ निरन्तर पापको क्षमा बाहेक अरु केहि छैन । जहाँ परमेश्वरले हामीलाई क्षमा गर्नुहुन्छ र यसमा हामी पनि क्षमा गर्छौँ, सहन्छौँ र एक अर्कालाई सहयोग गर्दछौं ।

तर ख्रीष्टको मण्डली बाहिर जहाँ कुनै सुसमाचार छैन त्यहाँ पाप क्षमा पनि छैन र त्यहाँ पवित्रता पनि हुँदैन अथवा पवित्रीकरण हुदैन । तसर्थ सबै जसले सुसमाचार र पाप क्षमाबिना पवित्रता र पवित्रकरण खोज्ने इच्छा गर्दछन् तर उनीहरुको कामहरुद्वारा मण्डलीबाट निकालिएका छन् र आफैलाई सेवा गरेका छन् ।

यसैबिच जव पवित्रीकरण शुस्क भईसकेको छ र दैनिक रुपमा बढ्दै छ । हामी आशा गर्दछौं कि हाम्रो शरीर हामी सम्पुर्ण कुकर्मको साथ नष्ट हुदै गईरहेको छ र महिमासाथ बाहिर आउने छ । र नयाँ अनन्त जीवनमा सम्पुर्ण र पुर्ण पवित्रता देखा पर्ने छ । अहिले हामी केवल आधा शुद्ध र पवित्र छौँ यसैले पवित्र आत्माले बचनमार्फत हामीमा आफ्नो काम जारी राख्नुपर्ने कुनै कारण छ त्यो चाहिँ क्षमा दिनु हो । हामी दैनिक जीवनमा माफी पाउने छौँ । जस सम्म त्यहाँ कुनै क्षमादान हुँदैन तर केवल पुर्ण रुपमा शुद्ध र पवित्र मानिसहरु, इश्वरत्व र धार्मिकताले भरिएका छन् । पाप, मृत्यु र सबै खराबीबाट मुक्त एक नयाँ अमर र महिमित शरीरमा हुनेछन् ।

हेर्नुहोस्, यी सबै कुरा पवित्र आत्माको काम र कामको रुपमा हुनुर्दछ कि उहाँ शुस्क हुनुभयो र दैनिक रुपमा यी दुई चीजहरुद्वारा ख्रीष्टको मण्डली र पापको क्षमाद्वारा पृथ्वीमा पवित्रता बढाउनुहुनेछ।

तर हाम्रो बिघटनमा उहाँले यो तुरुन्तै एकै चोटी हासिल गर्नु हुनेछ । र अन्तिममा दुई भागहरुमा हामीलाई सधै सुरक्षित राख्नुहुनेछ।

तर यहाँ शरीरको पुनरुत्थान भन्ने शब्द राम्रो जर्मन शब्द अनुसार छैन । तर जब जर्मन शब्द dieisch शरीर हामीले मासुकाट्ने भनेर बुझ्न्छौँ तर एक राम्रो जर्मनी शब्दमा हामी शरीरको पुनरुत्थान भन्छौं । तर यदि हामीले राम्रो सँग शब्दलाई बुझ्न्यौँ भने यो कुराले हामीलाई असरर पार्दैन ।

अब यो लेख सधैको लागि हुनु र काममा रहिरहनु पर्छ र सृष्टीको लागि हामीले प्राप्त गरेका छौं । उदारता पनि समाप्त भयो तर पवित्र आत्माले अन्तिम दिन सम्म उहाँको काम गरिराख्नु हुन्छ । र यहि कामको उद्देश्यका लागि उहाँलाइ मण्डलीमा जिम्मेवारी दिइयो । जसमा उहाँले सबै थोक भन्नु हुन्छ र गर्नु पनि हुन्छ । किनकी उहाँले अहिलेसम्म आफ्ना सबै ख्रीष्ट को मण्डलीलाई एकसाथ ल्याउनुभएको छैन र माफि पनि दिनुभएको छैन। त्यसकारण हामी उहाँमा बिश्वास गर्छौँ जसले हामीलाई दैनिक बचनले ख्रीष्टको मण्डलीमा ल्याउनुहुन्छ । र एउटै शब्दको माध्यद्वारा र पापको क्षमाले विश्वास प्रदान गर्दछ । र विश्वासलाई सुदृढ पार्दछ । कि जब उहाँले यी सबै पुरा गरिसक्नु भयो र हामी यसमा रहन्छौं । हामी संसारमा मछौँ र हामी खराबीका लागि मर्दछौँ । अन्तत उहाँले हामीलाई सदाको लागि सिद्ध र पवित्र बनाउनुहुनेछ । हामी विश्वासमा अनि यहि आशा र भरोसामा रहन्छौँ । जुन ख्रीष्टको बचनबाट आउँछ ।

हेर्नुहोस् यहाँ तपाइसँग सबै इश्वरीय सारहरु छन् । इच्छासक्ति छ र अनि अझ समृद्ध शब्दहरुमा चित्रण गरिएको छ । जसमा हाम्रो सबै बुद्धिमत्ता रहेको छ । जसले सबै व्यक्तिको बुद्धि दिमाग र तर्कलाई पार गर्दछ । यद्यपी सारा संसारले पुर्ण ध्यान दिएर परमेश्वर को हुनुहुन्छ भन्ने केरा पत्ता लगाउन कोशिष गरिसकेको छ । उहाँ मनमा के राख्नुहुन्छ र के गर्नु हुन्छ । तैपनि उनीहरुले यी कुरा कुराको ज्ञान र समझ प्राप्त गर्न सकेका छैनन् । तर यहाँ हामीसँग सबे कुरा अमुल्य मापदण्डमा अनि सबै तीन लेखहरुमा छ । यहाँ उहाँले आफैलाई बुबाको हृदय र उहाँको निस्वार्थ प्रेम देखाउनुभएको छ । उहाँले हामीलाई उहाँको अघि सिर्जना गर्नुभयो । उहाँले हामीलाई उद्धार गर्नुभयो र पवित्र पार्नुभयो । र अझ हामीलाई स्वर्गमा जे छ त्यो कुरा पृथ्वीमा प्रदान गर्नु भयो । उहाँले अझ हामीलाई उहाँको पुत्र र पवित्र आत्मा दिनुभयो जसद्वारा हामी उहाँमा आएको छौँ किनकी (माथि बर्णन गरिए अनुसार) हामीले ख्रीटबाट मात्र पिताको प्रेम, कृपा र अनुग्रहलाई प्राप्त गर्न सक्छौं । यो पिताको हृदयको सेवा हो । बाहिर हामी कोधित र भयानक न्याय बाहेक अरु केहि देख्दैनौँ । तर येशू ख्रीष्टमा हामीलाई पवित्र आत्माद्वारा प्रकट गरिएको थिएन भने ख्रीष्टको बारेमा हामी केहि पनि जान्दैन थियौं ।

यसकारण यी बिश्वासको सारका लेखहरुले हामी इसाईहरुलाई संसारका भएका अरु मानिसहरुभन्दा फरक बनाउँछ । किनकी सबै इसाईत्व भन्दा बाहिरका कुराहरु जवकी तिनीहरु अधर्मी मानिसहरु, झुटा इसाईहरु र यहुदिहरुको लागि हो अनि धाक देखाउनेहरुको लागि हो । यद्यपी तिनीहरुले एक मात्र साचो परमेश्वरलाई बिश्वास गर्न र आराधना गर्न सक्छन् । अझ तिनीहरुको मनमा के कुरा छ भन्न् कुरा जान्दैनन् अनि उहाँबाट कुनै प्रेम र आशिषको आशा गर्न सक्दैनन् । यसकारण तिनीहरु अनन्त क्रोधमा र सरापमा पर्छन् । किनभने तिनीहरुसँग परमेश्वर हुनुहुन्न । अनि अझ पवित्र आत्माको कुनै पनि बरदान प्राप्त गर्दैनन् र त्यसमा सजिन सक्दैनन् ।

यसबाट तपाईले यो बुझ्नुहोस् कि बिस्वासको सार चाहिँ एउटा सिद्धान्त हो जुन चाहिँ दश आज्ञाहरुभन्दा केहि फरक छ । किनभने वास्तवमा यस पछिको सिकाईमा हामीले केही गर्नु पर्छ । तर पहिले हामीलाई परमेश्वरले केहि गर्नु हुन्छ र हामीलाई दिनुहुन्छ भनिएको थियो । यसबाहेक दश आज्ञाका सिद्धान्तहरु सबै मानिसको हृदयमा लेखिएका छन् । तथापी यसलाई कुने पनि मानिसको ज्ञानले बुझ्न सक्दैन । तर यो केवल पवित्र आत्माद्वारा सिकाउनु पर्छ । व्यवस्थाको सिक्षाले कसैलाई पनि इसाई बनाउँदैन । किनकि परमेश्वरको क्रोध र अप्रसन्नताले हामीलाई अझ थाम्न सक्दछ । किनकी परमेश्वरबाट माग गरिएको कुरा हामी पालना गर्न सक्दैनौं । तर यसको अर्थ यो हो की विश्वासको शिक्षाले शुद्ध अनुग्रह ल्याउँछ र हामीलाई परमेश्वरमो स्वीकार्य बनाउँछ । किनभने यस ज्ञानले हामी परमेश्वरका सबै आज्ञाहरुमा प्रेम र आनन्द पाउँछौँ । किनभने हामीले यो देख्न सक्छौँ कि परमेश्वरले हामीलाई आफैलाई रित्याएर सबथोक दिनुभयो । जे उहाँ सँग थियो त्यो उहाँले गर्नुभयो । ताकि हामीले दश आज्ञाहरुलाई पालन गर्न सहयोग र निर्देशन दिन सकौँ । पिता, सबै जीवनहरु, पुत्र उहाँको सम्पुर्ण काम अना पवित्र आत्मा र उहाँको बरदान ।

अब यो सिद्धान्तलाई सरल प्रकारले जग बसाल्न दिनुहोस । ताकि नितीहरु बोझ नहोउन् । यदि तिनीहरुले यसको सार बुझ्न्छन् भने तिनीहरुले यसपछि अझ धेरै प्राप्त गर्ने प्रयास गर्न सक्नेछन् । र यो भाग जुन उनीहरुले सिकेका छन् ती शाश्त्रमा बढ्न र समृद हुन र बृद्धि हुन सक्न्छ र हामी जहिले सम्म यो सँसारमा रहन्छौ दैनिक रुपमा हामीले प्रसस्त मात्रमा सिकाउने हुनुपर्छ ।