The following Nepali translation was commissioned and published by Rev. Arthur Bolstad (LCMS), under Creative Commons license, and provided to SALM for free distribution. Originally published as part 1 of इसाई शिक्षा, the Nepali translation of Christians Teach, which is a compilation of Creeds, Luther's Small Catechism, Large Catechism, and A Summary of the Christian Faith by Henry Jacobs. इसाई शिक्षा is now published globally by South Asia Lutheran Mission, 2022.
प्रेरितहरुको बिश्वासको सार (The Apostles’ Creed)
म बिश्वास गर्दछु, एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि ।
अनि उहाँका एकले पुत्र, हाम्रा प्रभु येशू ख्रीष्ट माथि,
जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो । कन्ये मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधिनमा दुख भोग्नु भयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेश्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो, स्वर्गमा चढिजानुभयो, अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ । जहाँदेखि उहाँ जिउँदा र मरेकाहरुको न्याय गर्नलाई फेरि आउनुहुनेछ ।
म बिश्वास गर्दछु, पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरुको सँगति माथि, पापमोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्मरी जीवनमाथि । आमेन ।
निसेनको सार (Nicene Creed)
म बिश्वास गर्दछु, एक सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि, जसले सबै दृश्य र अदृश्य थोकहरु बनाउनु भयो ।
र एक पुत्र प्रभु येशू ख्रीष्ट माथि, परमेश्वरको एक मात्र पुत्र , सारा संसारका एक मात्र पिता, प्रभुका प्रभु, ज्योतिको पनि ज्योति, सत्य परमेश्वरका सत्य प्रभु, एक मात्र नबनाईएका, परमेश्वरको एउटै स्वरुपमा बनिएका, सबै थोकहरु उहाँ द्वारा बनिए, जो हामी मानिसहरुका लागि र मुक्तिको निम्ति स्वर्गबाट तल ओर्लनुभयो । पवित्र आत्माद्वारा कन्या मरियमको कोखमा गर्भधारण हुनुभयो र मानवको रुपमा जन्मनुभयो । जो पन्तियस पिलातसद्वारा कुसमा टागिनुभयो, दुख र कष्ट भोग्नुभयो र गाडिनुभयो र तेश्रो दिनमा मरेकाहरुबाट बिउँतनुभयो र धर्मशाश्त्र अनुसार स्वर्गमा उचालिनुभयो र परमेश्वरको दाहिने हातपट्टि बिराजमान हुनुहुन्छ र उहाँ फेरि महिमाका साथ जिउँदा र मरेकाहरुको न्याय गर्नलाई आउनुहुनेछ, जसको राज्यको कहिल्यै अन्त्य हुँदैन ।
र म बिश्वास गर्दछु, पवित्र आत्मा परमेश्वर माथि, जसले जीवन दिनुभएको छ, जो पिता र पुत्रद्वारा अभिप्रेरित हुनुहुन्छ । जो पिता र पुत्रसँगै महिमित र आराधनाको योग्य हुनुहुन्छ । जुन कुरा अगमबक्ताहरुद्वारा पनि घोषित गरियो ।
र म बिश्वास गर्दछु , एक पवित्र विश्वमण्डली र प्रेरितीय मण्डलीमाथि । पापमोचनको निम्ति एकमात्र बप्तिष्मा मैले स्वीकारर गर्दछु र मृतकको पुनरुत्थान र संसारको आउने जीवनको निम्ति म हेर्दछु ।
अथानसियन सार (Athanasian Creed)
जो कोही पनि बाँच्ने छन्, सबै कुराहरुका अगाडी उसँग बिश्व मण्डलीय बिश्वास हुनु जरुरी छ । जुन बिश्वास, जसको अपवादका रुपमा सबै जना पुर्ण र पापरहित हुन्छन्, बिना शंका उ अनन्तताले नष्ट हुन्छ।
र यो बिश्व मण्डलीय बिश्वास हो, कि हामीले त्रिएक परमेश्वरमा र एकतामा त्रिएकत्व भएको एउटै परमेश्वरको आराधना गर्छौँ । त्यहाँ व्यक्तिहरुमा न त अकमक्क पर्ने कुरा हुन्छ न त सारांशमा बिभाजन गर्ने कुरा हुन्छ । त्यहा पिताको एक व्यक्तित्व, पत्रको अर्को व्यक्तित्व र पवित्र आत्माको अर्को व्यक्तित्व छ । तर परमेश्वर, पुत्र, र पवित्रआत्मा सबै एकै हुन, महिमा समान, सर्वशक्तिमान, सहअनन्तता हो । त्यस्तै परमेश्वर पुत्र र पवित्र आत्मा हुनुहुन्छ । पिता सृष्टि नगरिनुभएको, पुत्र सृष्टि नगरिएका र पवित्र आत्मा सृष्टि नगरिएका । पिता, पुत्र र पवित्र आत्मा असिमित हुनुहुन्छ । पिता पुत्र र पवित्रआत्मा अनन्त हनहन्छ । तर ती तिनै अनन्त हनहत्न तर एकै अनन्त हनहन्छ । तर त्यहाँ तीनै सष्टि नगरिएका र असिमित सृष्टि नगरिएका र असिमित छैनन् तर एउटै सृष्टि नगरिएका र असिमित हुनुहुन्छ । त्यसै गरि जसरी पिता सर्वशक्तिमान हुनुहुन्छ । त्यसै गरि पुत्र र पवित्र आत्मा पनि सर्वशक्तिमान हुनुहुन्छ । तर तिनीहरु तीनवटै सर्वशक्तिमान हुनुहुन्न । तर एउटा सर्वशक्तिमान हुनुहुन्छ । त्यसैले पिता परमेश्वर हुनुहुन्छ । पुत्र परमेश्वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ । तर तिनीहरु तीनवटा परमेश्वर होईनन्, एउटै परमेश्वर हुनुहुन्छ । त्यसै गरि पिता प्रभु हुनुहुन्छ, पुत्र प्रभु हुनुहुन्छ र पवित्र आत्मा पनि प्रभु हुनुहुन्छ । र तीनवटा प्रभुहरु होईनन् एउटै मात्र प्रभु हुनुहुन्छ । हामी यस्तै कुराका वाहक हौँ कि प्रत्येक व्यक्ति प्रभु र परमेश्वर हुनुहुन्छ भनी इसाई सत्यतालाई स्वीकार गर्नु पर्छ । हामीलाई त्यहाँ तीनवटा परमेश्वर र प्रभु हुनुहुन्छ भन्ने कुरालाई क्यथोलिक धर्मले इन्कार गर्दछ ।
पिता न त बनाईएका, सृष्टि गरिएका र एकलौटे हुनुहुन्छ । पुत्र, परमेश्वर एउटै मात्र पुत्र हुनुहुन्छ, जो न त बनाईनुभयो, न त सृष्टि गरिनुभयो तर एकलौटे हुनुहुन्छ । पवित्र आत्मा, परमेश्वर र पुत्रको हुनुहुन्छ । जो नत बनाईनु भयो न सृष्टि गरिनुभयो तर अगाडी बढिरहनुभएको छ । त्यसैले त्यहाँ एउटै पिता हुनुहुन्छ । तिनवटा पिताहरु होईनन् । एउटै पुत्र तीनवटा पुत्रहरु होईनन् र एउटै पवित्र आत्मा तिनवटा पवित्र आत्माहरु होईनन् । र यो त्रिएकत्वमा कोहि पनि पहिलो र पछि भनिने छैन । कोहि पनि ठूलो र सानो भन्ने छैन । तर यी तिनै व्यक्तित्व सह अनन्त र सहसमान छन् । त्यसैले सबै कुराहरुमा माथि भनिएजस्तो त्रिएकमा एकता र एकताको त्रिएकत्वको आराधना गर्नु पर्छ । त्यो तसर्थ जुन बचाईने छ त्यसलाई हामी त्रिएक भनेर सम्झौं ।
त्यसै गरि अनन्त मुक्तिको आवश्यकताका साथ येशू ख्रीष्टको अवतारको बारेमा आज्ञाकारी भई बिश्वास गर्दछ । र हाम्रो ठिक बिश्वास यो हो की हामीले येशू ख्रीष्टलाई परमेश्वरको पुत्र, प्रभु र मानव भनेर विश्वास र स्वीकार गर्दछौँ । परमेश्वर पिताको मुल सार, संसारको लागि एकमात्र, मानव आफ्नो माताको सार, संसारमा जन्मनुभएको । पुर्ण प्रभु र पुर्ण मानव, एक आत्मा र मानविय देहले घेरिएको । परमेश्वरको शीर समान प्रभुलाई छोएको र मानवसारलाई छोएर केहि तल भरेको । तथापी उहाँ प्रभु र मानव दुबै हुनुहुन्छ र उहाँ दुई होईन एउटै ख्रीष्ट हुनुहुन्छ । एक परमेश्वर जसद्वारा देहको परिवर्तन होईन तर मानवीयतालाई प्रभुको रुपमा परिवर्तन गरियो । एउटै मात्र मुल सार द्वाराको दुबिधाबाट तर व्यक्तिको एकताद्वारा । यउटै मानवमा आत्मा र देह छ त्यसैले ख्रीष्टमा परमेश्वर र मानिस दुबै हुनुहुन्छ । जो हाम्रो मुक्तिको निम्ति दुख भोग्नु भयो । नर्क सम्मै होचिनुभयो र तेश्रो दिनमा मरेकाहरुबाट वौरी उठ्नुभयो । उहाँ स्वर्ग उचालिनुभयो, उहाँ सर्वशक्तिमान परमेश्वरको दाहिने हात पट्टि बिराजमान हुनुहुन्छ । फेरि जिउँदा र मरेकाहरुको न्याय गर्नलाई आउनुहुनेछ । उहाँको पुनरागमनमा सुतिगएकाहरु फेरि शरीरमा उठ्नेछन् । तिनीहरुले आफ्नो कामको लेखा दिनेछन् । र जसले राम्रो काम गरेका छन् तिनीहरुको जीवन अनन्ततासम्म र नराम्रो काम गर्ने अनन्तताको अग्नी कुण्डमा जानेछन्।
यो नै इसाई बिश्वास हो । जुन बिना विश्वासयोग्य प्रकारले र बिधिबवत रुपमा हिडेपनि ऊ बाँच्न सक्ने छैन ।
